नेपालमा टाईप २ मधुमेह लाइ डाक्टर हरुले कुनै औसधिनै दिदैनन | सधै डाईट बात नियन्त्रण गर्न सकिदैन अनि ह्वात्त बढी हाल्यो भने रोकथाम को केहि ब्यबस्था गर्न २.५ मिलिग्रामका औसधि दिदा कुनै फरक पर्दैन जस्तो लाग्छ | अनि केहि सोध्यो भने त डाक्टर कि म डाक्टर भन्ने कुरा अगाडि तेर्सिन्छ |
इन्सुलिन न लिने मधुमेहका रोगि हरुले खान पिन र योगा या साधारण कसरत बात मात्र नियन्त्रण गर्न नसकिने हुन्छ | मेरो बिचारमा मानसिक असान्ती , डिप्रेसन आदि इत्यादिले पनि मधुमेहको चाप मा तलमाथि पर्ने कुरा एक अनुभबी रोगीको कुरा हो | उनि भन्छन " आजभोलि मा १० मिलिग्राम ग्ल्याई बुराइड लिन्छु एक दिन १००-११० मा हुन्छ भने उही भोजनको सेबन मा पनि अर्को दिन १५८-१८१ तिर पुगेको देखि ५ मिलिग्राम थप औसधि बिहान लिदा एक्कासि सुगरको लेभेल घट्न गइ फेरी चिनी ( गुलियो , ग्लुकोज ) फुक्याउनु परेको कथा सुनाउछन |
उनि भन्छन , मेथि चुटेर धुलो बनाएको छु , संग दाल्चिनिको धुलो मिसाई सेबन पनि गर्छु , करेला पनि खान्छु , तै पनि यो दिन बिराई बिराई उकालो उरालो लागेको देखि दिक्दार मान्दै छन् | यो कुरालाई मध्ये नजर गर्दा खालि भोजन र साररिक थकान ले मात्र नियन्त्रण हुँदैन र डाक्टर हरुले दैनिक न्यून डोज दिदा केहि फरक नपर्ने कुरा हाम्रा नेपालका डाक्टरको घैटोमा घाम कहिले लाग्ला ?