पुराना कागजहरु खोतल्ने क्रममा यो कविता भेट्न पुगे। प्रस्तुत गर्दै छु। युनिकोड को नेपाली मिलाएर पदीदिनु भये आभारी हुने थिए।
प्रिस्ठभुमिमा हैतीमा भर्खरै भुकम्प आएको थियो र फोर्ब्स ले हाम्रो काठमाडौंलाई सम्भावित भुकम्पिय विनाशको सुचिमा नम्बर १ म राखेको थियो। नेपालको नकारात्मक प्रचार ले दिमाग रन्काइ रहेको बेला लेखेको थिए:
भुकम्प
हैती मा भर्खरै विनास भएको बेला
फोर्ब्स ले हाम्रो काठमाडौं लाई राखेको छ सर्वोच स्थानमा
सम्भावित विनाश बाट बिचलित लेखक
तिमीलाई म भन्न चाहन्छु :
मेरो काठमाडौं जनरल माओको मिलिसिया बूटहरुले किचिएको छ
दैनिक पत्रीकाहरुमा नछापिएका अक्षरहरुमा
लेखिएको छ
हत्या र आतंक का अभिशप्त डर् हरु
युद्ध र शान्तिको नातकिय मन्चनहरु बिच
ग्रीययुद्ध मेरो उमेरको लामो हिस्सा भएको छ
यती लामो द्वन्द बाचेको मलाई
तिमी भुकम्प को डर देखाउछौ ?
तिम्रो भुइचालोले केही लाख साधारण मानिसहरु मर्न सक्छन
कुनै नाम नभएका, अनुहार नभएका, सपना नभएका
तिनिहरु मरेर के हुन्छ ?
तिम्रो भुइचालोले प्रचन्डलाई मार्न सक्छ ?
बाबुरामलाई गायब गर्न सक्छ ?
तिम्रो भुइचालोले अनेकौ जातियतामा
बाडियेका हामीलाई
नेपाली बनाउन सक्छ ?
अनेकौ प्रदेशमा बाडिन आटेको मेरो देशलाई
नेपाल बनाउन सक्छ ?
सक्दैन भने -
तिमीले देखाएको डरले
मेरो मुटु हल्लिदैन भन्छु
आफ्नो पहिचान धुमिल भैरहेको बेला
तिमीले भनेजस्तै भुकम्पमा म मरे भने
के लेक्छौ तिमीले :
बाहुन, छेत्री, नेवार, राइ, मधेसी, माओवादी य न-माओबादी
के मीर्त् भेटियो -
के लेक्छौ तिमीले?
के???