मङ्सिर
६ गते संविधानसभाको निर्वाचन नहुँदा प्रतिगामी शक्तिहरू चलखेल गर्ने
सम्भावना बढेर गएको कुराप्रति राजनीतिक नेताहरूमा गम्भीर चिन्ता उत्पन्न
भएको देखियो। यो चिन्ता वास्तविकताको एउटा पाटो हो। तर, ६
गते चुनाव भएको भए देश र जनताले के पाउँथे भन्ने कोणबाट दलहरूले कुनै
प्रकारको बहस चलाउन नचाहेका मात्र होइनन् कि यस प्रश्नलाई सचेततापूर्वक
ओझेलमा राख्न पनि खोजिरहेका छन्।
यो मान्नैपर्छ कि गत जेठमा संविधानसभाको निर्वाचन नहुने घोषणा हुनासाथ
यसमार्फत जनआन्दोलनको माग अनुसारको परिणाम प्राप्त नहुने प्रस्ट भइसकेको
थियो। अब हुने संविधानसभामा दलहरूको नियति भनेको शक्ति सन्तुलन आफ्नो
पक्षमा पार्न सक्रिय रहेका राजा, भारत र अमेरिकामध्ये कसलाई नजिक मानेर जाने भन्ने कुनै एउटा खराब विकल्पको छनोट गरी आफ्नो रणनीति बनाउने र मात्रामा जे-जस्तो पाइन्छ, त्यही ग्रहण गरी अग्रगामी निकासको तृष्णा शान्त पार्ने मात्र हो। (more…)