My first attempt, feedbacks will be greatly appreciated (good, bad or ugly)
*****************************
४/५ क्लासमा पड़दो हू , हाम्रो घर चबेलमा थियो | दुई तल्ला घर, तल्लो तल्ला भाडामा दिएको थियो, माथी हामी | घर को पछाडी सानो बारी थियो जहाँ मामी तरकारी-सरकारी, मकई लगाउनु हुन्थ्यो सीज़न हेरेर | मेरो कोठामा चाई यौटा कुनामा सानो यौटा पूजा कोठा थियो, राम, कृष्ण, आदि को फोटो आनि सालिग्राम राखेको | तेहा बुवाले पूजा-आजा गर्नु हुन्थ्यो आनि दशैंमा जमरा पनी रखने गरिन्थ्यो | अर्को कुनामा मेरो खाट थ्यो आनि खाट मुनि चाई कैले देखि को हो कुन्नी खाद्कुलो, गाग्री-साग्रि, पुराना टिन का बकास आदि राखेकोथ्यो | छोटकरीमा भन्नु पर्दा मेरो कोठा चाई भंडार कोठा जस्तई थ्यो |
सयद म सानै भएर होला, मलाई खासई मतलब थियेना, कोठा को बारेमा | दीदीलाई चाई कोठा सजाउन सौख थियो, खूब सजाऊथी आफ्नो कोठा | मेरो कोठा त मामी ले सफा गरिदिये सफा हुन्थ्यो, नत्र भाद्रगोल |
एकताका घरमा मूसाको बिग-बिगी बढ्यो, जता-ततई मूसाका लीड, जे पनी कटेको हुने | जुत्ता, मोजा, लुगा, सोफा, खाट, चमलको बोरा, कही छोडेंनन तिनीहरुले | रात पर्ने बित्तिकई घर भरी कुदेर सुतनई नादिनी | मामी हैरान हनुभो तिनिहरूबाट | मूसाको खोर किनियो, मूसाको ओखती रखियो तर कैले काही पर्थे तेत्ति हो, मुक्ति भने पाईयेना | खोरमा परेकाहरुलाई चाई म खुसुक्क पर लगेर छड़ी दिन्थे, नमरून बिचारा हरु भनेर | गाली चाई खुबई खान्थे तेई कुरा को लागी |
एक दिन सनिबार को दिन परेर मूसा हरु को सफाया गर्ने हुनु भो बुवाले | मलाई चाई मूसाहरु मरिने भये भनेर चिंता पर्यो | मूसा हरु संग कुनै माया त थिएन तै पानी " मार्ने " शब्द भन्ने बित्तिकई डर लाग्थ्यो र साथई ति मूसा हरु प्रति दया पनी | तर घरको कान्छो, मेरो कुरो कसले सुन्थ्यो र ?
नभन्दई त्यो दिन आई हल्यो, मलाई चाई बिहनई देखि डर अनी सुर्ता | बिहान चिया-सिया खाईसकेर बुवा तायर हुनु भो मूसा को सिकार गर्न | तल भाडा मा बसने अंकल पनी आई पुगे मदत गर्न, बिचारा उन्लाई पनी बस्न-टिक्न देका रैनछन तिनीहरूले | सुरु भयो मेरो कोठाबाट, मेरो कोठा को खाट मुनि तिनी हरु को गुड छ भन्ने कुरा मा संखई थिएन | म डराई-डराई ढोकामा आड़ लायेर हेरी रको थिए, नभंदै यौटा अझंग को मूसा खोर भित्र पारी हाल्नु भो, बुवा र अंकल मिलेर |
अब येस्लाई मार्नुहुन्छ भन्ने सोच ले नै मेरो मुटू कामन थाली सकेको थियो | मासिनो स्वरमा भने " बुवा येस्लाई नमारे हुन्न ? बरु म येस्लाई पर लगेर छोडी दिन्छु नि, चौर मा, फर्केर आउन नासकने गारी |"
" छोरा मान्छे भएर पनी त्येस्तो डरायेर हुन्छ कही ? हामी त सानामा परेवा मारेर खान्थ्याऊ " आफ्नो काम मा ब्येस्त बुवा ले मलाई हेर्दै नहेरी भन्नु भो " हेर्नुस न प्रधान जी आजकाल का बच्चा हरु लाई गुलेली सुलेली को सौख नै छैन, टीवी हेरछन, बसछन खाली"
" तेई भन्या त, हम्लाई कस्तो सौख हुन्थ्यो है परेबा मारन, माछा मारन ?" थपीहाले अंकल ले |
आफ्नो काम यहा नहुने देखे पछि पुगे मामी कहा गुहार माग्न | मामी माथी छत मा बसेर चमसुरको साग केलाउदै हुनुहुदों रहेछ, भनी हाले " मामी मामी, बुवा र अंकल मिलेर मूसा लाई मारन लागीसके, न मारन भंनुस न, बरु म पर चौर मा लगेर छड़ी दिन्छु नि "
मेरो मन को कुरा बुझेर मामी ले भन्नु भो " हेर बाबु, ति मूसालाई आज नमारे भोली मार्नै पर्छ, पालेर त राखन सकीदैन नि, त आफै भन त | आस्ति दीदी को त्यो नया लुगा काटी दियो, दीदी कती रोई भन त ?"
घाम तपेर बसी रहनु भाको हजूरआमालाई भनुकी जस्तो लगेको त्यो तर हजूरआमाले सानी हुदा गंगटा पोलेर खायेको कथा को याद आयो, भन्नै मन लागेन | मामी को छ्यौ मै टोलाएर बसी रहेको थिए, मामी ले फेरी भन्नु भो " तल नगाई कन येही बसिराख न त, किन जानू पर्यो तल तलाई मन पर्दैन भने | येहा बसेर पत्रिका पड़ेर सुना ल |"
विकल्पहीन भएर येत्तिकई पत्रिका पड़ेर बस्नु बाहेक कही उपाय थिएन, पडन थाले | एकछिन मा एउटा बदाम बेचने अयो, मामीले बदाम किनीदिनुभो, बदाम खाँदै बसे दीदी संग |
सनीबार को दिन सबै जाना कौसी तिरै देखिंथे, तल भाडा मा बसने आंटी पनी आउनु भो छत मा |
" दीदी, आज त मूसाहरुको सखाप भये छ है ? बल्ल शांति पायिने भो, हैरान परिसकेका थिए " मामी संग कुरा गर्न थाल्नु भो |
" के गर्नु मारन त नहुने हो, गणेश को बहन भनछन, तर के गर्नु उत्पात गर्न थाले पछि | तिम्रो पनी सोफा धुजा धुजा पर्यो भन्या हैन ?"
" हो त नि, अघिल्लो मैना मात्रै ल्यएको, के गर्नु अब ?"
" अनी के तल काम सकीसक्यो ? येहा बाबु डरायेर ...."
" छैन, छैन " म तीर हेर्दै भन्नु भो आंटी ले " आइले नजानु तल, मूसा को बच्चा भेटिया छन |"
" कसता बच्चा ? भर्खरका छन की क्या हो ? पाप लगने भो जस्तो छ |" मामी ले अली निरास हुदै भन्नु भो |
" भर्खरका छन दीदी, कान्छी औला जात्रा , आंखई नउग्रीएका | देखता त माया लाग्छ नि तर के गर्नु |"
मामीले मलाई रोकनू हुन्थ्यो होला तर त्यो भन्दा पैले म दौडिहाले तल तीर | मामी " बाबू, बाबू ...." भन्दै हुनु हुन्थ्यो |
तल गएर हेर्छू त भर्खर जन्मे का जस्ता ६ वटा मूसा का बच्चा हरु "चुई चुई " गरिराको देखि, न आँखा उग्रीएको छ, न जीऊ मा रौ छ, मुटू कटक्क कट्यो | आमा को न्यानो काख खोजी रहेका ति बच्चाहरुलाई त्यो बिहान को चिसो बतासले कती छेड़ी रहेको थियो होला, कती डराई रहेका थिए होला ? मा रुन मात्र सकिन |
बुवा लाई सोधे " यिनीहरुलाई नि मार्नी ?"
बुवा संग त्येसको उत्तर थिएन, एकछिनको मौनता पछि अली निरास, अली भाभुक जस्तो भएर भन्नु भो " के गर्नु त बाबु, पालछस त तं यिनीहरुलाई ?"
म संग यो प्रश्न को थियेना उत्तर, ट्वाल्ला परेछु एकछिन सम्म, बुवाले मेरो उत्तर पाईसक्नुभको थियो र सम्झाउदै भन्नु भो " हेर बाबु, जत्ती माया लागे पनी यिनिहरू लाई पालन सकिन्न.."
बिच मै काटेर भने, " उसो भे मर्नी त ? "
मेरा टल-पल आँखा देखेर भन्नु भो " हैन यिनी हरु लाई पछाडी बारीमा रखीदिनी, यिनीहरु को आमा ले आएर लान्छ "
मलाई पनी थाह थियो र बुवालाई पनी की यिनीहरु को आमा आउदैना भनेर, तैपनी एक किसिम को समझौता भो हामी बिच | अनी बुवाले लगेर राखीदिनुभो पछाडी बारीमा | उहाले के नै गर्न सक्नु हुन्थ्यो र ?
माथी छतमा गयेर बारीमा हेर्छू त कागहरुको धुइरो लागिसकेछ | आँखाबाट त झरेनन आशु तर मन बाट कती झरे मनलाई नै थाह छ |