[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 OK को एउटा दसैँ
[VIEWED 6743 TIMES]
SAVE! for ease of future access.
Posted on 10-19-07 5:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेको त्यो दसैँ

 मैले राम्रोसँग जाने बुझेको पहिलो दसैँ। असोजको अन्तिम हप्ता, दसैँको सप्तमी। सबैका घर कमेरो र रातोमाटो छ्यापेर चिटिक्क पारेका। तीज पछि देखि नै खेल्ने साथीहरुको लहैलहैमा दसैँ आउने दिन गन्दै बसेको थिएँ म पनि। साना भाइबुईनाले पनि मसँगै तोतेबोलीमा दसैँ आउला खाउँला पिउँलाराम्रा राम्रा लुगा लाउँलागीत गाउँदै हातका कान्छी औँलादेखि बुढीऔँलासम्म पटकपटक गन्दै बसेका थिए। जतिपटक दसैँ सम्झ्यो, त्यतिपटक गन्यो। दिनको एकदर्जनपाली भन्दा बढि गन्न थालेको पनि महिनै भैसक्यो।

 

म ६ बर्षको थिएँ, बैनी ४ बर्षकी, भाई २ बर्षको। म भन्दा जेठाबाठा साथीहरुले भनेको: भोलीबिहान दहिचिउरा खाने दिन रे। तीनचार दिन अघिदेखि केराको घरीलाई काटेर घ्याम्पामा पकाएका छन् रे। दिउँसो खसी खाट्ने रे। सानेको बाबाले तीनदिन अघि शेर्पा गाउँबाट एउटा जब्बरको खसी किनेर ल्याएछन्, मंसिरमा धान भर्ने गरी। म पनि हेर्न गएको थिएँ, ठूलो खसी। झण्डै हानेको मलाई त्यस्ले। पर्सिपल्ट दिनभरी मासुभात खाने रे। त्यसको भोलिपल्ट टीका थाप्न मामाघर जाने रे, नयाँ लुगा लगाएर। सबैजना खुशीले रमाएका। म पनि अपवाद हुने कुरै थिएन। म रमाए पछि भाइबैनी पनि रमाउँथे स्वतह: सिद्द। कारण बुझ्नु किन परोस्?

 

सप्तमीको दिन बेलुका बल्लबल्ल रात प-यो। कति लामा यी दिनहरु पनि? भोलीपल्ट बिहान दहिचिउरा र मासुभात खानेदिनको कल्पनैमा रमाउँदा रमाउँदै भुसुक्कै निदाएँछु। बिउझिँदा त घामै झुल्किसकेछन्। भाई र बैनी सुतिरहेका थिए। उनीहरु निकै अवेरसम्म सुत्छन् बिहान। केटाकेटी त परे। हुन त म पनि कति न ठूलो भैसकेको हुँ र?

 

आज दसैँ, दहिचिउरा र मासुभात खाने दिनएक्लै भएपनि आवाजै निकालेर बोल्दै उठेँ म। बैनी पनि उठी मेरो बोली सुनेर।

 

पनि दहिचिउरा खानेबैनी रुन थाली। उसलाई मैले मात्र खान लागेको भन्ने लागेछ क्यारे।

 

हजुरआमा, आमा काहाँ गईन्। मलाई दहिचिउरा खै त?” मैले हजुरआमासँग दहिचिउरा मागेँ। दसैँ मनाउन खोजेँ। आमा र हजुरआमाले दसैँ मनाईसकेछन् जस्तो लाग्यो मलाई। कस्ता रैछन् है, हामी केटाकेटी सुतेकै बेलामा दसैँ मनाईसकेछन्?

तेरी आमा घाँस गाकी छ। कस्ले भन्यो तँलाई आज दहिचिउरा खाने भनेर?” हजुरआमाले मलाई सोध्नुभो।


सानेले भनेकोमैले भनेँ।


त्यो साने छुच्चोले भनेको के हुन्थ्यो?” हजुरआमाले फेरि दोहो-याउनुभो।


मैले पत्याएँ। सानेले मलाई धेरैपल्ट ढाँटेको छ। काँक्रो मैरै आँखै अगाडि चोरेर पनि मैले हुँदै हैन भनेर किरिया खायो। श्यामेका घरको पोथ्रोबाट कुखुराको फुल चोरेको हामी दुबै भएर। ओमेले मात्र चोरेको हो भनेर रुँदै लडिबुडि ग-यो। श्यामेका बाउले मलाई मात्र भकुरे। आज फेरि दसैँ हो भनेर ढाँटेछ मलाई। मलाई हजुरआमाको कुरा विश्वास लाग्यो। सानेले पक्कै ढाँट्यो मलाई।

 

हामी खेल्न निस्किउँ। भाईले बाटैमा आची गरेछ। बैनीलाई स्याउलाले सोरेर फाल्न भनेको मान्दै मानिन। घिनलाग्छ रे उसलाई। मैले नि फाल्नु प-यो। हामी पिङ खेल्न गयौँ। पर्सेदाई (पशुपतिदाई) ले पिङ हालिदिएको। कति मज्जाको है पर्सेदाई त!

 

ए ओमे। हाम्रा घरमा आईज त?” सानेले मलाई हात समाएर तान्यो उस्को घरतिर। म बैनीलाई पिङ मच्चाउँदै थिएँ।

 

किन साने?” मैले सोधेँ।

 

हाम्रा घरमा खसी काट्न लागेका छन्। आईज त हेर्नउसले मलाई झन् दह्रोगरी समाएर तान्यो। बैनीलाई पिङबाट झारेँ र हामी सानेको घर गयौँ। भाईलाई बोकेँ मैले पछाडि पिठ्युँमा, बैनीलाई हात समाएर डो-याएँ। साने त कुद्दै उस्को घरतिर लाग्यो। हामी पनि त्यतै गयौँ।


ठूलो खसी त काटीसकेछन्। टाउको एकातिर रहेछ, जीउ अर्कैतिर। मलाई त डर लाग्यो। हामी केटाकेटीलाई नजिक जानै दिएनन्। टाढै बसेर हे-यौँ, खसी काटेको। सानेका बा भुत्ला खुर्किँदै रहेछन्।


म कान पोलेर खाने। बा, मलाई कान देउन?” सानेले उसको बालाई कान दिनु भनेर ढिपी ग-यो।


एकछिन् पखसानेका बाले हतार गरेनन्।

 

सानेले जिद्दी छोडेन। उसका बाले खसिको कान काटेर दिए। कान हातमा झुण्डाउँदै साने घरभित्र पस्यो। हामी सानेले कान पोलेको ढोकाको छेउवाट चियाईचियाई हेर्दै बस्यौँ, भित्र गएनौँ। सानेको घरभित्र पस्ता अस्तिनै आमाले थप्पड हानेको डाम मेरो गालामा छँदैथियो। बैनी र भाई भित्र पस्न खोजे, मैले तानेर जानै दिईँन।

 

सानेले कान पोलेर हातमा झुण्डायो। अब सानेले पोलेको खसिको कान बाहिर लिएर आउँछ र हामी पनि खान पाउछौँ भन्ने आस थियो हामीलाई। सानेकी आमाले सानेलाई तलमाथि गएर खा भनिन्। खुरुर कुदेर तलामाथि चढ्यो।

 

हामी ढोकाबाट सानेकी आमाले रक्ती पकाएको हेरेरै बस्यौँ। सानेकी आमाले रक्तीको भाँडो अगेनाबाट निकालिन् र एउटा थालले छोपिन्। अनि बाहिर निस्कन खोज्दै ढोकातिर आईन् र कराउँदै हामीलाई हकारिन् हैन, यि केटाकेटीहरु पनि दसैँका बेलामा घरमा बसेर दहिचिउरा र मासुभात खान छोडेर के गाउँगाउँ ढुक्तै बसेका?

 

सानेकी आमाले गाली गरेपछि हामी डरायौँ।

 

मैले भाईलाई बोकेँ र बैनिको हात समाएर डो-याउँदै घर फर्कियौँ। आमा पनि घाँसबाट फर्कीसकिछन्।

 

हैन, तिमेरुलाई गाउँगाउँ नडुली खाको पच्दैन कि क्या हो? आमाका यस्ता गालिहरु पचाउन सक्ने भैसकेका थियौँ हामी तरपनि आज चाहिँ साच्चै नराम्रो लाग्यो।

 

आमा हाम्लो खछि कहिले कात्ने बैनीले तोतेबोलीमा बोली।

 

आज दसैँ, आज काट्ने है आमा मैले आमालाई फकाएँ।

 

ल आजै काट्ने, जा त ओमे त्यो घिरौँलाको झेलमा गएर एउटा ठूलो घिरौँलो टिपेर ले आमाले हामीहरुलाई फकाउँदै भन्नुभो।

 

मैले घिरौँलो ल्याएपछि खसी काट्ने है त?

 

ल हुन्छ। हामी नि घिरौँलालाई नै खसि मानेर काटेर मज्जासँग खाने है आमाले हासेँर फकाउनुभो।

 

नाईँ के, खसी नै काट्ने हामीले एकछिन् जिद्दी ग-यौँ। तर हाम्रो केहि लागेन।

 

ओकेको त्यो दसैँ त्यसरी नै बितेको थियो।

 

*समाप्त*


 
Posted on 10-19-07 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hami pani ghiraula  katera khaun na ta bro
 
Posted on 10-19-07 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी पनि पखेटा भाको खसी खाएर दशै मनाउदै छौ साथी
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
I hope all the fake Nepali refugee get deported
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters