[Show all top banners]

simon11

More by simon11
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 WHO should represent the Government in a cultural events
[VIEWED 4308 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-07 3:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am seeking the inputs from all fellow Nepalese and from the well wishers of Nepal as to how we should deal in a situation such as one we faced during Indra Jatra, described below in the future. I would like everyone to understand, by no means I am a Rajabadi by posting this forum. I think this is a very sensitive issue, not just from the religious point of view but from the cultural point of view also. What if the future head of state belongs to different religion? Who would represent as a head of state in a function such as Indra Jatra and many more centuries’ old cultural events? These events are our rich cultural heritages and we are morally liable to pass them to our future generations. My propositions would be appointing a religious leader from all major religions practiced in Nepal as a cultural ambassador sort of like we have today " bada guruju" who would be responsible for representing the cultural events on behalf of the Government.




होमपेज » समाचारपत्र » मुख्य समाचार
इन्द्रजात्रामा प्रधानमन्त्री

ईश्वरराज ढकाल(काठमाडौं)२ सय ५० वर्षलामो इतिहास बोकेको काठमाडौंको कुमारी रथयात्रामा राजा सहभागी हुने परम्परा यस वर्षेखि तोडिएको छ।




सोमबार लिंगो ठडयाएपछि शुरू भएको इन्द्रजात्राको दोस्रो दिन मंगलबार राष्ट्रप्रमुखको हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वसन्तपुरमा कुमारी दर्शन गर्नुभयो।



प्रधानमन्त्री कोइराला कुमारी दर्शन गर्न वसन्तपुर पुग्दा केही व्यक्तिले कालो झन्डो देखाउँदै राजाले नै कुमारीको दर्शन गर्नुपर्ने माग गरे।



दिउँसो साढे ४ बजे अत्यन्तै कडा सुरक्षाबीच कुमारी रथयात्रा अवलोकन गर्न पुग्नुभएका प्रम कोइरालाले साँझ साढे ६ बजे दर्शन गर्नुभएको थियो। साँझ ५ बजे कुमारीलाई रथमा राखेपछि प्रम कोइराला विगतमा राजा बस्ने गद्दी बैठकको स्थानमा बस्नुभएको थियो।



विगतमा राष्ट्रप्रमुखको अगाडि कुमारीको रथ केहीबेर रोकिने परम्परा रहेकोमा यस पटक नरोकीकनै गुडाइएको थियो। धेरैबेर उभिएपछि अस्वस्थता देखाउँदै प्रम कोइराला गद्दी बैठकमा बसिरहनुभएको थियो।

सुरक्षानिकायको कमजोरीका कारण रथयात्रा अस्तव्यस्त देखिन्थ्यो।



व्यवस्थापकीय कारण रथ सञ्चालनमा अवरोध पुगेको सुरक्षा निकायको दाबी छ। कुमारीलाई खुला रूपमा दर्शन गर्न नपाएकोमा विरोध जनाउँदै सोही रथायात्राका क्रममा निस्किने लाखे र पुलुकिसीले बहिष्कार गरेका थिए।



परम्पराअनुसार लाखे, पुलुकिसी, सवभक्कुले कुमारीलाई दर्शन गरेपछि मात्र रथ चलाइने गरिन्थ्यो। भैरव, गणेश र कुमारीको रथ राष्ट्रप्रमुखअगाडि आउँदा दाम चढाइने परम्परा पनि यस पटक तोडिएको थियो।



कर्मचारीले दाम चढाउन अनुरोध गर्दा प्रम कोइरालाले अस्वीकार गर्नुभयो। लाखे, पुलुकिसी र सवभक्कुले तीनवटै रथ दर्शन गरेपछि दाम चढाउने प्रचलन थियो।

पुरानै परम्परा कायम गर्नुपर्ने माग गर्दै कालो झन्डा देखाएका पर््रदर्शनकारीलाई प्रहरीले रोक्न सकेन।



व्यापक रूपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको रथयात्रामा पटकपटक झडपको स्थिति भएको थियो। जात्रा शुरू हुनुअगावै सरकारविरुद्ध कालो झन्डा देखाएको आरोपमा एकता परिषद्का पूवमहासचिव प्रणय पासालाई प्रहरीले पक्राउ गरेको थियो।



कुमारी रथयात्रामा सभामुख सुवास नेम्वाङ, गृहमन्त्री कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत, अमेरिकी र भारतीय राजदूत क्रमशः नान्सी पावेल र शिवशंकर मुखर्जीलगायत अधिकांश राजदूतको उपस्थिति थियो।



सो समारोहमा प्रधान सेनापति, सशस्त्र र नेपाल प्रहरी महानिरीक्षक, राष्ट्रसंघीय महासचिवका विशेष दूत इयान मार्टिन, स्वास्थ्य राज्यमन्त्री, माओवादीका दुइ सांसद र एमालेका केही नेता, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत कूटनीतिक नियोगका उच्च अधिकारीलगायतको उपस्थिति थियो।



इन्द्रजात्रा शुरूआतको २ सय ५० वर्षपुगेकाले यस वर्षविशेष समारोह साथ मनँइने भएको छ। जात्रा असोज १३ गतेसम्म चल्नेछ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters