- स्वागतद्वार बनाउने कामदारको मृत्यु
काठमाडौं, ६ असोज -कास)- राजदम्पती ललितपुर सवारीका लागि स्वागतद्वार बनाउने क्रममा घाइते भएका दोलखाका धनबहादुर भुजेल -काले घर्ती) कोे बिहीबार मृत्यु भएको छ । पुल्चोक हरिहरभवन अगाडि गेट बनाउँदा मंगलबार बिहान खसेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि वीर अस्पताल राखिएका उनको अपराह्न एक बजे मृत्यु भएको हो । द्वारको डोरी बाँध्न माथि चढेका बेला भुँइमा लत्रेको डोरी गाडीले किचेपछि उनी माथिबाट खसेका थिए । २८ वर्षे भुजेलको टाउको भुँइमा बजारिएको थियो ।
सवारी चलिरहेकै अवस्थामा मृत्यु भएका भुजेलको अपराह्न ५ बजेेतिर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि सिफारिस गरिएको छ । गेट निर्माणको ठेक्का लिएको ँडट एन लाइन? कम्पनीका तर्फबाट भुजेलले कर्मचारी सञ्चय कोषको सौजन्यको गेट बनाइरहेका थिए । त्यस क्रममा अन्य ३/४ जना कामदार पनि काममा संलग्न थिए । ठेकेदार कम्पनीले उनको जीवन बिमा भएकोे दाबी गरेको छ । घटनामा संलग्न गाडी र ड्राइभरलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
---------------------------------------------------------------------------------------------------------
From Today's Kantipur
------------स्वागत गर्नेमा स्कुुले बालबालिकाको संख्या बढी थियो । आठ वर्षर्भन्दा कम उमेरकाहरू भीडमा च्यापिएका थिए । सडक किनारमा बालबालिका त थिए नै, कृष्ण मन्दिर
परिसरमा पनि उनीहरूकै बाहुुल्य थियो । अधिकांश बालबालिकालाई स्कुुल पोसाकमै बिहान ९ बजेदेखि अनिवार्य उपस्थिति गराइएको थियो । ललितपुुर
उपमहानगरपालिकाछेउ उभिएका बालबालिकाले छ घन्टापछि मात्रै राजाको दर्शन पाएका थिए । उपमहानगर नजिकैको गावहालमा छ घन्टादेखि उभिएका केही विद्यार्थीले खाना
नखाएको दुुखेसो पोखेका थिए । त्यही स्थानमा तीन-चार वर्षका नानीहरूलाई पनि उभ्याइएको थियो । ती शिशुुकी शिक्षिकाले लामबद्घ हुुन शिशुुहरूलाई लिएर दु
ुई-तीनपटक ल्याउँदै लाँदै गनर्ुुपरेको बताइन् ।
पाँच घन्टा उभिएपछि पनि उक्त क्षेत्रमा गाडी गुुड्न प्रतिबन्ध लगाइएका कारण स्कुुलको बस समयमै नआइपुुग्दा बालबालिकाले थप सास्ती बेहोरेका थिए । स्वागतका लागि
सडकमा उभिएका सर्वसाधारणको अनुुहारमा नौला बढी थिए । आयोजकका अनुुसार वाग्मतीका विभिन्न जिल्लाबाट नागरिकहरू आएकाले नौला अनुुहार बढी देखिएका हुुन्
। सहभागी संस्थाका प्रतिनिधिहरूलेे उनीहरूलाई नारा र अभिवादन प्रक्रिया सिकाइरहेका दृश्य प्रशस्त देखिन्थे ।
पशुुपति वृद्धाश्रमका वृद्धवृद्धा र विभिन्न मन्दिरका साधुुसन्तहरूलाई पनि ठूलो संख्यामा सडकछेउ उभ्याइएको थियो । अधिकांश साधुुहरूले छातीमा 'संयुुक्त राष्ट्रसंघ महासन्धि
पालना गरौं' लेखिएको पर्चा टाँसेका थिए ।
ट्राफिकहरूले बिहानैदेखि काठमाडौंका केही र ललितपुुरका अधिकांश सडकमा सवारी साधन गुुड्न प्रतिबन्ध लगाएका थिए । बिहानैदेखि ठूला सार्वजनिक सवारी साधनलाई तीनकुुनेभित्र छिर्न दिइएको थिइएन । यसले राजधानीकै ट्राफिक अस्तव्यस्त भएको थियो । गाडी नचलेपछि तीनकुुनेदेखि थापाथलीबीच सर्वसाधारणको घुुइँचो लागेको थियो ।