Firstly the revised first part and then the new second part. Enjoy!!
एउटा कविता: " मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु"
मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो-
सुनेको छु तिम्रो देश त कमाल छ
सुन्दरताको मिसाल छ
मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ
अझ सुनाउन तिम्रो देश बारेमा.
अनि मैले सुनाए
हो! अनौठो मेरो देश नेपाल छ
सुन्दरतामा बेमिसाल छ
मनै लोभ्याउने पहाड अनि हिमाल छ
उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ
नेपालीको मनमा भोलापनको बहाल छ
तर अहिले मेरो देशको स्थिति बेहाल छ
राजनैतिक समस्या बिकराल छ
गरिबी र अकाल छ
जता ततै बन्ध र हड्ताल छ
दिनरात जुलुश र मशाल छ
सोझा नेपाली को हातमा रगतको गुलाल छ
विकासको न सुर छ न ताल छ
नया नेपाल बनाउने न नै कुनै कुमाल छ
यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो-
मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ
मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो-
जुन देश प्रकृतिले यस्तो मालामाल छ
त्यसमा के कारणले यस्तो बेहाल छ
मैले उत्तर गरे-
मेरो देशमा एउटा दाहाल छ
मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)