[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ..पर्खाई..

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 14978 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-23-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले चुरोटको अर्को लामो सर्को तान्यो।

बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।

३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।

पैँतिस हजारदुबई पठाइदिउँ?

कति लाग्छ नि लाग्न चाहिँ?

एक लाखमा भिसा आइपुग्छ!

एक लाख!

मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!

उ सडकतिर हेर्न थाल्यो।

साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!

के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!

उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो।

अझै आइन त?

उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो।

उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ।

बालाजु हो? ल ल आउनुस छिटो!

बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो।

ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो।

ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?

बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो।

उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो।

उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ।

ऊ फेरि उतै हेर्न थाल्यो।

के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!

उसले मुख बिगार्यो।

दाई एक रुप्पे दिनोस न?

गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ।

के पैसा? चुप लाग् साले खाते!

उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो।

पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्।

उसको नजर त्यतै गयो।

सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!

केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए।

उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले।

यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!

उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो।

साली रश्मी अझै मर्दिन!

स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो।

कुनै स्कुलबस केटीहरुको नजिक रोकियो।

केटीहरुको हल्ला बढ्यो।

बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो।

उसले फेरि मुख बिगार्यो।

बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!

उसले सोच्यो।

उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।

ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।

.. हरु के हेर्छन कुन्नि?

उसले फेरि आफैँलाई प्रश्न गर्यो।

गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!

उत्तर पनि ऊ आफैँले दियो।

केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो।

साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!

उसको निधारमा ईर्ष्याको लहर जन्मियो।

उसले घडि हेर्यो र फेरि मुख बिगार्यो।

रश्मी आइपुग्नु पर्ने हो अब त!

उसले फेरि उता हेर्यो।

अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!

 रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!

उसको बिग्रेको मुख झन बिग्रियो।

साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!

उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो।

यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!

रश्मीले उसलाई भनेको सम्झियो।

बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?

उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई।

ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!

उसकै मनले उत्तर दियो।

उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ।

उसले फेरि घडि हेर्यो।

उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!

उसको रिस फेरि बढ्न थाल्यो।

एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ।

उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन।

ऊ अलिकता बेचैन देखियो।

यस्ता संग लभ गरेर के बस्नु?!

उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो।

एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो।

दाई एउटा लोकल कल!

पसलेले केहि नबोलि फोन देखाइदियो।

उसले कतैको नम्बर घुमायो।

हेलो! रश्मी छ?

हजूर म निरज!

साथि!

हो निरज नै हो हजुर!

ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!

ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो।

अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!

ऊ अलि सन्तुष्ट देखिन्थ्यो।

बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!

उसको मनमा माया र सहानुभूती पलायो।

खान कता लैजाने होला?

उसले मनमनै भन्यो र खल्ति छाम्यो।

छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!

उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो।

खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!

बेकरीको मम क्या दामि हुन्छ नि निरज!

फेरि उसलाई रश्मीले भनेको याद आयो।

त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??

रिसले उसको निधार फेरि खुम्चियो।

खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?

ओ निरजss!

नजिकै एउटा बाइक रोकियो।

ध्रुवे रहेछ।

उसले दाँत देखायो।

काँ जान लाग्या? हिन् म छोड्दिन्छु!

हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!

उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो।

त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा छ त्यसलाई तँ साले यहाँ कुरिराख्!

ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो।

उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो।

हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!

ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!

ध्रुवे हिँड्यो।

उसलाई औडाहा भयो।

साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!

उसको मुख झनै बिग्रियो।

उसले टेम्पो रोक्यो।

टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन।

टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो।

बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो।

उसले टेम्पोको छत एकपटक ठटायो।

ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो।

रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो।

टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे।

ड्राइवर भुन्भुनाउँदै थियो।

आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!

उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो।

बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो।

फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो।

उसले रेस्टुरेन्ट देख्यो।

सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो।

रेस्टुरेन्टको ढोका खुल्यो।

ऊ सकपकायो र ढोकाको छेउमा उभियो।

रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्।

उसको मुटुको धड्कन बढ्यो।

फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो।

उसलाई दुवैले देखेनन्।

स्टुपिड मान्छे के गरेको अगि?

उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो।

को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?

रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्।

बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो-

अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!

बाइक टाढा पुग्यो।

ऊसको मुटु उफ्रेको उफ्रेई थियो।

रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ।

के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!

ऊ, ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!

 

(समाप्त)

Last edited: 23-Jul-08 03:50 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-23-08 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दामी गयो, जिम्मालबा। तर चौतारीका पात्र कसैको नाम देखिएन नि यस पाला।  

 
Posted on 07-23-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जबै गयो ल कथा त - कस्तो लेख्न आउने हो -
यो पनि फिलिम हेर्या जस्तै क्या - कस्तो राम्ररी बयान गरेको
सबै चिज - कल्पना शक्ती त मान्नै पर्छ जिम्बाल को
मलाई त यो जिम्बाल कै जीवनको सत्य घटनामा आधारित जस्तै लाग्यो है। 
Last edited: 23-Jul-08 04:23 PM

 
सान्नानी
Posted on 07-23-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मलाई त यो जिम्बाल कै जीवनको सत्य घत्नामा आधारित जस्तै लाग्यो है।  "

haha ho ra lahare?

ramro chha jimmal baa katha, katha chautariko arko season kahile shuru garne ni?


 
Posted on 07-23-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।

ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।

 

थोरै रन्जनेहरु संग धेरै रश्मिहरु पल्केका छन र यो दुनियाँमा पीडा, ब्यथाहरु अनिगिन्ती छन।

वाह ! बिर्खे बा, वाह!


 
Posted on 07-23-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो र धेरै राम्रो लाग्यो माइला दाई। तितो तर वास्तविकता झल्काउने कथा।
निरज पात्रमा लुकेका यथार्थले मनै छोयो। अरु पनि पढ्ने नि

 


 
Posted on 07-23-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो हीनताबोध ले ग्रसित - आफै सँग असन्तुस्ट --  पात्र राइछ निरज-- जे लाई पनि नराम्रो देख्ने/ भन्ने -- अब यस्तो पात्र को मनोबाद सुनेर बाँकी पात्र हरु को के कुरा कटाइ भो र ?       पात्रहरु जस्तो  सुकै भए पनि लेखक को बर्णन गराइ लाई भने सलाम गर्नै पर्छ। कथा पढदा काठमाडौं को सडक मा  भत्भति पोल्ने घाम र धुलो खाँदै उभिएकै अनुभुती भयो  

 
Posted on 07-23-08 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पर्खाइको पिडा त्यहा माथि अर्कैले उडाएको देख्दा कती पिर परे होला त बिचरालाई, राम्रा राम्रा गाली गर्न पनि खुब जानेको रहेछ। अब अर्काकि(रन्जनकी) केटी लाई कुरेपछी धोका नपाएर के पाईन्छ त । मोबाइल, बाइक नभैकन लब गर्न खोज्नी कुन जमानाको केटा हो यो? राम्रो पाठ सिकियो लौ

एनिवे बिर्खे को तर्फबाट दामी गयो


 
Posted on 07-23-08 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा अनी दीपिका को कमेन्ट, दुबई राम्रो लाग्यो मलाई त
 
Posted on 07-23-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा,

 छोटो, मिठो, रमाइलो कथा रहेछ। लेख्दै, टास्दै गरम ।


 
Posted on 07-23-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच बबाल कथा गछन्त हौ बिर्खे सोम को।  फिरी निरज सोम लाई लास्टै रड्डिज भछन्त।
दाअाअाम्मी छ लु

दिपु कहतो छ बा तिमीलाई। कहतो मया लाउछ तिमरो। अहती माख्लो गाम्मा  देउदा आखो रसायो बा


 
Posted on 07-23-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच बबाल कथा गछन्त ।  फिरी निरज सोम लाई लास्टै रड्डिज भछन्त।


 
Posted on 07-23-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो लाग्यो बिर्खे दाई , मनोवाद मा त यहाँ भन्दा परिपक्व लेखन भेटिन्न होला ,अनि पात्रहरु सबै आफुले देखेका भोगेका झैँ लागे ,अरु पनि जाओस् है !


 
Posted on 07-24-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के- हाहाहाह तिम्रो हनिमूनको कथा लेख्न त लेख्ने बरु अलि अलि आइडिया देऊ न कस्तो भयो भनेर! धन्यवाद्।

रिट्ठे- धन्यवाद् रिट्ठे। खै धोकेबाज कसरि भन्नु, मैले कथामा धोका भन्दा पनि  फ्रस्ट्रेसन र जीवनको तिक्तताले गर्दा हीनभावना र निराशावादले ग्रसित युवाजमातको यथार्थ अलिकता झल्काउन खोजेको थिएँ।

चिप्लेज्यू- धन्यवाद्। चौतारीको पात्र नराखेर अलि स्वश्च्छन्द पाराले लेखियो।

लहरे- धन्यवाद्। लोल! मेरै जीवनको सत्यघटनामा आधारीत रे!सत्यघटनामा आधारित हैन तर एक किसिमले भन्नु पर्दा काठमान्डौको घरको झ्यालबाट बाहिर सडकमा हेर्दाको दृष्य चाहिँ हो।

सान्नानी- धन्यवाद्। कथा चौतारीको अर्को सिजनलाई केहि समय लाग्छ कि जस्तो छ। अनि फरक किसिमले ल्याउँला है।

ठूल्दाई- धेरै धन्यवाद् ठूल्दाई!

दीपीका नानू- धन्यवाद्। हाहाहाह अरु नि पढ्ने नि रे सानो नानूले भन्या जस्तो स्विट लाग्यो। अब त लेख्नै पर्यो नि!:)

प्रेरणा- निरज पात्रलाई चिनेकोमा धन्यवाद्!कुरा सहानुभूतीको आयो। निराशावादीहरु सहानुभूतीका पात्र हुन तर पनि निराशावादीतर्फ सहानुभूती जान सक्दैन किनकि यिनिहरूको फ्रसट्रेसनले यिनिहरुको प्रस्तुती, बोलि र सोचाईलाई नै नराम्रो देखाइदिन्छ। सहानुभूती राख्न मनलाग्ने तर पनि गाह्रो लागेको आभाष भएको हो भने कथा प्रस्तुत गर्न सफल भएछु। धन्यवाद्।

पर्वते- लोल पाठ नै सिकेको हो र भन्या? धन्यवाद्।

एकोलज्यू- मलाई पनि तपाइँलाई कथा मनपरेको र दीपीकाले गरेको कमेन्ट दुवै राम्रो लाग्यो। पढिदिनुभएकोमा धन्यवाद्।

नेप्चे- धन्यवाद्। हस लेखौँला र टाँस्दै गरौँला।

कलेजो- आम्बोssss!सोम त भक्कु टाइम पछि फिर्क्योन्त हौ साझामा? ल धन्यवाद छ ल।

नारनेज्यू-धन्यवाद्। निरज सोमलाई र रड्डिज नै भएको हो कि,बरु अदितीको हालखबर के छ?

फुच्चेकेटोज्यू- धन्यवाद्। हुन्छ लेख्दै जाउँला। तपाइँका कथाहरु पनि पढ्दै छु है मैले, कमेन्ट मात्र नियमित नभएको हो।

सबैलाई धन्यवाद्।


 
Posted on 07-24-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great observation( मैले पहिले पनि भनेको छु होला)
superb expression.....

ani maila dai,
im sorry but... i couldn't stop laughing.. while reading this ..(obviously, घटना संग पोखिएको बास्तविकता
बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!
TRUTH.. I must say...



 
Posted on 07-24-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् सोमेज्यू। भन्नुभएको छ र त्यस्तै भनाइहरुले गर्दा नै लेखौँ लेखौँ लाग्छ

अनि कता हराउनुभएको आजकल? धेरैमा देखा पर्नु भयो त।


 
Posted on 07-24-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई के खोई के  भा को छ, आज काल जिन्दगि,
२ महिना जति भोट तिर गाको थिये, नुन त होईन सम्झना हरु ल्याएको छु। मेसो मेलो मिलेमा लेखेर टाँस्ने छु ।
केहि नचाहिदो ब्यस्तताले च्यापेको थियो । त्यसका पनि गन्थन छन् । यस्तै रहेछ, कहिले रहर, कहिले बोझ्,  यो ब्यवहार पनि!!!
चौतारि  को कथाले बाघपटुका बाँध्यो ।  निकै सुक्ष्म अवलोकन हुन्छ हजुर को लेखाई मा  । निरन्तरता दिनु होला है लेखाई मा ।
भाउजु लाई नमस्कार!!!

 
Posted on 07-24-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो  अती मिठो अनी राम्रो को त कुरै नगरौ(धेरै धेरै धेरै राम्रो भन्या के )। Already a biggest AC of your writing skillsकल्पनाशिल्ता,शब्द अनी बेजोड प्रस्तुती-साह्रै राम्रो लाग्यो


 
Posted on 07-24-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ 'पर्खाई' आएर सब ले भ्याइ सकेचन मलाई अत्तो पत्तो छैन, पढेर रमाइलो लिने गाम्ले हरु एसो चौतारीयाँ नि भन्द्या भे के जान्थ्यो तिमीहरुको।
Enjoyed every bits of it..Great Plot..

what Next??

 


 
Posted on 07-24-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरुले कथा बास्तबिक हो कि भनेछन। कुरा त उठाकै हो। तर जिम्माल हुन कुन त? रन्जन? कि निरज? कि धुर्बे? कि त्यो बसाँ केटी तान्ने ठिटो?

मेरो बिचाराँ जिम्माल निरज होईनन्, रन्जन हुन भ्याएनन, बसाँ केटी तान्ने ठिटो पाए त हुँदा हुन-- भनेसी -- जिम्माल धुर्बे हुन ल धुर्बे।

कसो त धुर्बे जिम्माल? हेल्मेट फुकालेसी बिर्खे जिम्माल, लगाएसी धुर्बे जिम्माल। सत्ते पे सत्ताको अम्ताबचन जस्तो मान्छे क्या।

 

ब्यापक छ लेखाई।

सातघुम्तीकी उस्ले बे गरीछ कि अझै पर्खिदै छे रे मलाई जिम्माल? केही बुझियो? उ पनि पर्खाईले तिर्खाई होला अंखोरा बोकेर जामक्यारे म त --

 

 


 
Posted on 07-24-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेज्यू,भोटतिरको जावस न त छिटै सम्झनाहरु तपाइँकै चिरपरीचीत शैलीमा!यस्तै रहेछ रहर, बाध्यता, बोझ र व्यबहारहरु मिलाउँदै गइन्छ बिग्रँदै जान्छ र बिग्रँदै जान्छ मिलाउँदै गइन्छ जीवनपर्यन्त!
चौतारीको कथा सकाउन मनै लागेको थिएन बस अर्को मौसम कुरेको मात्र हो,उहि रहर र बोझको दोसाँधमा अल्मलिएको हुनाले। धन्यवाद् आउँदै गर्नुहोस।

बसन्ती, धन्यवाद् जाडो जाडो लागेको आज किन भनेको त एसि चलेकोले रहेछ! हाहाहा

बिस्टेज्यू, हो नि पर्खाईमा तपाइँको नजर पर्खेर बसेको बियाँलो भएछ तर पनि आइपुग्नुभयो धन्य भइयो! धन्यवाद् अर्को छिटै आउँछ।

दीप प्रभो, लोल!अब प्रभो यो पोस्टमा भन्दा किन कन्जुस्याइँ गरेको प्रभो बरु त्यो बसमा हात समातेर तान्ने भनिदिनुभएको भए प्रभोको के जान्थ्यो र? धन्यवाद्!
त्यो सातघुम्तीकी नखरमाऊली त मेरि बास्सै अझै नि एक्लै छिन नि नि प्रभोलाई कुरेको नै होला, तर प्रभो यता तिर उनि बिचरी कहिले कालधारा, कहिले ठमेल, कहिले सोह्रखुट्टे, कहिले पकनाजोल छेत्रपाटी गर्दा गर्दै चाउरिइन्, अस्तिन कहिले हो धोबिचौरमा एक्लै बसेर बिरह गित गाउँदै थिइन रे, तल ढल्कोबाट ढल्किँदै हिँड्दा कुन्नि कसले हो देखेको रे!जाम प्रभो जाम अम्खोरा हैन मेसो मिले पित्तले गाग्री नै बोकेर गए हुन्छ प्रभो छताछुल्लै पारम बरु!


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters