[Show all top banners]

pasu
Replies to this thread:

More by pasu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "Mit-Mitini" Tradition

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 12995 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-06-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am having to write a brief paper on any tradition that is followed in any culture.
In this regard, I have decided to write about a tradition in my own Nepalese culture.
Could anybody with experience and knowledge please elaborate on “Mit-Mitini” tradition in Nepal?

Is it a historical tradition being passed down?
How is this tradition followed?
What is the ceremonial process?
What is the purpose of this tradition?
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-06-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित, मितिनी नै हो।
 
Posted on 01-06-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i do have a mitini too but didnt know the history behind it.we had to go through this whole process with pandit 1st the made us cross our hands and put tika on eacth other then we had to say like all these mantras then we had to give each other money and dressed and etc it was a really long process. i didnt know it was actually supose to be done with a different cast. i have also heard that if ur mitini or met is about to be married or is married and u r not and if u see ur metini's spouse they become like ur spouse is this true this does anyone know????
 
Posted on 01-06-06 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले भनेको कुरा ठिक हो। मीत लाउँदा जातीय भेदभाव मेट्ने हेतुले लाइन्छ। त्यसले गर्दा मीतहरु सबै बिजातका जोडि हुन्छन्। मेरा ठुल्बाले पनि एक दमाइ सँग मीत लगाएका थे। ठुल्बाका मीत हाम्रो घरमा कहिले पनि आएनन् तर ठुल्बा चैं उनका घरमा जान्थे। हाम्रो बोस्टनका दाजुका पनि मीत छन् र दुबै मीतलाइ म चिन्छु। मलाइ पनि गाउँलेहरुले एक मेरै नाम भएको नेवार सँग मीत लाउन कर गरेका थे, तर उमेर मेरो उस्को भन्दा सानो भएकोले मेरो आमा (हजुरआमा) ले "आफू भन्दा ठुलो उमेरको मान्छेसँग मीतलाउन हुन्न, ग्रहले थिच्छ" भनेर लाउन दिन भएन।

what is the ceremonial process?
लाउने ले मीत लाउदा कहिलेकाहिं त बिहे नै झै गर्छन् रे। तर साधारण तया, एक अर्कालाइ माला लाइदिएर र दुनामा जुठो दहि खाएर अनि टाउको ठोक्काएर मीत लगाइन्छ क्यारे है, मैले सम्झे अनुसार।
 
Posted on 01-07-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यस्तो पपुलर र रमाइलो चलनको बारेमा कसैलाइ थाह छैन र भन्याँ। खै, हाम्रो सिरे, भउते, माइला, नमे, मुन्द्रे, सब कहाँ गए?

जाओस न दुइ शब्द।
 
Posted on 01-07-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जानकारीमा भएसम्म,
दादाले भन्नु भएको कुरो complete+accurate

थप-थाप गर्नै पर्दैन ।
हाम्रो पश्चिम तिर भने "मीत" मात्रै भन्ने चलन छ, पू्र्व तिर चाँहि "मीतज्यू" भनिँदो रहेछ ।

मेरो नि एक जना गुरुङ्ग मीत हुनु हुन्थ्यो (म बाहुन) । मलाई उहाँको बुवा-आमाले "मीत छोरा" भन्नु हुन्थ्यो, दाजु भाईले
"मीत भाई"। तेस्तै मेरो घरकाले उहाँलाई पनि त्यसरी नै सम्बोधन गर्नु हुन्थ्यो । हाम्रो "मितेरी" ली दुवै घरको
सम्बन्ध नै एकदम सुमधुर भएको थियो । उहाँको परिवार गुरुङ्ग गाउँ-बस्तीको हर्ताकर्ता, तेस्तै मेरो परिवार पनि राजनैतिक खाले ।

तर ठिटाहरुको समाजमा त जो "दादा" हुन्थ्यो, उसको अर्कै खाले रवाफ हुन्थ्यो । मेरो मीत-दाई चाँहि फेरि ब्रिटिश लाहुरेमा भर्ती
नहुँदै गाउँको "दादा" जुन प्रभावको अनुभव हामीले पनि यथेस्टै गर्थ्यौँ । बाटामा हिँड्दा हामी हिँडेसि "फलानोको भाई- मीत भाई"
भनेर पनि सतर्क हुने मान्छे पनि भेटिन्थे ।

उहाँको ईच्छा पनि ब्रिटिशको लाहुरे नसके मलायको, त्यो पनि नसके नाईट बस किनेर तेही चलाउने भन्ने थियो,
आफू पढन्ते परियो । पछि दसै जस्तो गरेर सालिन्दा १-२ पटक मात्रै घर जाने भईयो, नत्र आफू काठमान्डुमा,
उहाँ गाउँमै हुनु हुन्थ्यो । गाउँमा जाँदा जे सक्दो पाहुर (gift) पनि लगिदिन्थे, मीतलाई पाहुर किन्न भनेर
घरकाले छुट्टै पैसा दिन्थे ।

हुँदा हुँदै सम्पर्क कम भयो, गाउँमा फोन थिएन । पछि मीतज्यू माओबादीमा लाग्नु भयो रे भन्ने सुनेको पनि हो,
गर्दा गर्दै एक दिन उहाँको नाम शाही जल्लादको सेनाले "मूठभेड" मा मारिएका आतँककारी हरुको नाममा प्रसारण ग-यो ।

पछि बुझ्दा थाहा भयो, गाउँमा गुरुङ्गको छोरा क्यारे, स्कूल पढ्दै खेरि देखि उहाँहरु अलिक militant स्वभावको ।
पछि त मलाई पक्का छ, उहाँमा धेरै राजनैतिक चेतना आएको थियो माओबादीमा हुँदा । उहाँ कताबाट
आफ्नो घर आउनु भएर सुत्नु भएको रहेछ, कसले पोल लगाईदिएछ कुन्नि ।

घरमा बाबु-आमा मात्रै हुनु हुँदो रहेछ । बाबु-आमा कै अगाडि मध्यरातमा जल्लादी हरु गएर घर बाहिर पनि ननिकालेरै
हत्या गरेछन्।

शेर बहादुर देउवाको पालामा हो, रेडियोले "साथमा ३ थान बन्दुक, कम्ब्याट ड्रेस, सकेट बम १ थान र सो बनाउने सामग्री"
पनि भेटियो भनेको थियो । जबकि उहाँ माओबादीको शुद्ध राजनैतिक मान्छे हुनुहुन्थ्यो । मध्यरातमा सुतेको ठाउँमै उहाँको
हत्या भयो ।

निर्दोष साथी मारिँदा र हत्याराहरु राज्यकै तर्फबाट प्रोत्साहित हुँदा, अनि मरेको साथी माथि अनेक आरोप लाग्दा चित्त
बेसरी नै दुख्दो रहेछ । तेस्तै छ त नि साँहिला, दुर्भाग्यवश मीत प्रथासँग मेरो राम्रो अनुभव छैन ।

Keep rolling...
 
Posted on 01-07-06 4:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र श्रीपाच ले गरेको कुरा ले मेरो मितज्यु को याद दिलायो।हुन त मेरो मितज्यु क्षत्री र म उपाध्याय तर कहिलै आभास नै भएन हामि अलग हौ। अनि अझ मेरो घर मा ऊसलाइ मिल्ने माया र मलाइ उसको घर मा मिल्ने माया ले त हामि एक आर्का को परिवार लाइ एति सम्म सामिप्यमा लेराएको थियो त्यो अहिले सम्झदा नै मिठो आन्नद आउछ अहिले।

अनुहार मिल्दा जुल्दा हामि टाढा बाट हेर्ने ले हामि २ दाजु भाइ भन्थे स्कुले जिबन मा कहिले न त झगडा थाहा भयो न त झगडा गर्न हामि लाइ आउथ्यो बरु एक दुइ झापड खाइयो होला साथ साथै। तर हामि मा एउटै कुरा खराबि थियो बच्चा मा सिनेमा हल धेरै जाने, भागि भागि सिनेमा हल गइन्थो, अनि त्यो खहेरे खोला मा नुहाउदा नुहाउदा कपाल पनि कैला भैसकेका थिए, नुहाउन गाएको वा सिनेमा गएको दिन अनि अन्टि ले केहि नभ्ने हुनाले म त्यहि सुत्थे अनि अर्को दिन बल्ल घर जान्थे किनकि मेरो ममि धेरै नि स्टिर्किट हुनुहुन्थो। कति बाहाना आउथ्यो झुट बोल्न सायद अहिले त्यो म बाट हुदैन होला। हुनत बाहाना नगरेर पनि के गर्नु हरेक हप्ता जस्तो परिबर्तन हुने फिल्म हेर्न जानै पर्ने, खाजा को लागि लगेको पैसा नखाइ नखाइ जोगाएर भए पनि भोको पेट मा सिनेमा हेरेको आनन्द आउने, त्यस माथि पनि अमिताभ का फिल्म हरु ले जुरुक जुरुक सिट बाट उठने सक्ति दिन्थो। त्यो समय मा कुनै फिल्म टुटाइएन जब सम्म हलबाला ले स्टुडेन्ट छुट दिन बन्द गरेनन्।त्यहा स्टुडेन्ट छुट बन्द भए पछि हामि दादा हरु लाइ झुकाएर ऊहा हरु को साइकल लिएर घर बाट ७ कि.मि. टाढा फिल्म हेर्न जान थाल्यौ। यस्तै मा एक दिन मित्जु को साइकल चोरि भयो घर सम्म त गइयो एउटा साइकल मा तर कसरि झुट बोल्ने थाहा नै भएन। फेरि आधा अन्टा को लागि मागेको साइकल ५ घन्टा पछि आएर हरायो भन्दा अब कसले पत्ताउने अनि त्यस माथि फिल्म हल मा हराएको साइकल स्कुल चौर बाट हरायो भने पछि मित्जु को बाबा (अंकल ) को हात बाट भेटियो नराम्रो दनक र साइकल २ दिन मा खोजेर लेराउने सर्त भयो तर भेटिएन र घर गइयो त्यहा भेटियो २ झापड अरु दादा को साइकल को पाउदानि नै नचल्ने भएको रहेछ र साइकल त्रिपट भएर। त्यस पछि कसम खाइयो अब सिनेमा नजाने।जति खेर हामि १४ लाग्दैथियौ। अब पढने भनेर पढन लाग्यौ सबैकुरा ठिकै चल्दै थिए।

त्यस्तैमा हामि त्यहा बाट बासाइ सरि नेपाल (काठमा्न्डौ) पस्यौ (काठमा्न्डौ: मेरो हजुरबुवा नेपाल भन्नुहुन्छ)जति खेर म १६ बर्ष भैसकेको थिए र मित्जु तहि हुनु भयो, हरेक पल साथ रहने हामि एका एक साल मा एक बार वा बढिमा २ पटक मिल्न सक्ने भयौ। तर मिल्दा हामि १ महिना चाहि साथै हुन्थेउ किनकि हामि मिल्ने भनेको कि त जाडो बिदा मा कि त गर्मि बिदा नै हुन्थयो। कता कता आभास त मिल्थो हामि टाढिएको तर मितिनि आमा (म अन्टि भन्थे) र मेरि आमा ले कहिले पनि दिनु भएन त्यो फिल गर्न त्यो हुलाक बाट पठाउने पत्र म अहिले सम्म कोर्छु जुन मेरि आमा ले कर गर्नु हुन्थयो कोर्न लाइ तर फरक यति मात्र पहिला चिठिका साथ ग्रिटिङ कार्ड हुन्थे अहिले मेरा वा म बसेका वरिपरि का तस्बिर र सायद मैले हुलाकि पत्र हजुरबुवा, मितज्यु बाहेक कसैलाइ लेखेको थाहा छैन भन्दा पनि फरक नपर्ला ।

तर समय को चक्र सगै म २०-२२ नहुदै उच्च शिक्षा को लागि बाहिर देश हानिए, त्यस पछि मित्जु को सरकारि दरबन्दि मा खुल्ने शिक्षक कोटा मा नाम निक्लियो मेरो हजुरबुवा को स्कुल मा। जाहा मेरो हजुरबुवा हेडमास्टर हुनु हुन्छ भने अरु ७ जना उहाका सहयात्रि ।अनि मित्जु ले पनि हजुरबुवा वा उहा का सहयात्रि ले जस्तै परिबार लाइ छोडेर घर बाट ६ घन्टा टाढा को ठाऊ मा आदिबासि हरु को शिक्षक बनेर देसको सेबा गर्ने संन्कल्प गर्नु भएको छ।

त्यस पछि त हामि साच्चिनै टाढा भयौ उहि साल मा मुस्किल ले ४, ५ वटा पत्र मिल्छ अनि त्यस माथि पनि पोहोर साल ऊहाको बिबाह भयो आफ्नो परिक्षा चलिरहेको थियो जान पाइएन आत्मा देखो नै हेर्ने रहर हुदा पनि ममि, दादा, बहिनि सबै जना जानु भएको थियो रे दादा ले घर बाट मुभि क्यामरा मा डेभलभ गरेर सिडि पठाइदिनु भएको छ काहिले काहि त्यो हेरछु र लाग्छ अब आफु जादा त मित छोरि वा छोरा भैस्कनै होला।

न त फोन सुबिधा छ फोन गर्न लाइ, इन्टरनेट अरु ५,१० साल लाइ भुले हुन्छ त्यहा । जाहा बाट नाजिक को हुलाक को लागि ३ घन्टा हिडनु पर्छ, बस समाउन ४ देखि ५ घन्टा (हिडने मान्छे मा भर) र हस्पिटल को त आफै दुरि तए गर्नुहोस। पत्र म हरेक महिना जस्तो कोर्छु तर त्यहा मुस्किल ले ३,४ वटा हात पर्छ त्यहा र यहा पनि र पहिला मैले यहा को ठेगाना प्रयोग गर्थे पछि डर भएर मकवानपुर को कुनै ठेगाना प्रयोग गर्दैछु न त म त्यहा गएको छु न त म जान्छु त्यो ठगाना भएको मान्छे लाइ सिर्फ यति मात्र को त्यि मेरा हजुरबुवा का एक चेला हुन र हजुरबुवा चाडै ने रिटायट हुनुहुदैछ सम्पुर्ण कार्यभार मित्जु लाइ सुम्पेर त्यस पछि त हामि झन टाढा हुनेछौ अहिले सम्म त कमसे कम मित्जु ले नकोरे पनि हजुरबुवा ले त्यहा बाट लेख्नु हुन्छ, पछि मित्जु एक्लै अनि फेरि यहाको लागि टिकट नै धेरै महङगो छ उहाहरुले नभने पनि मैले त्यो कुरा आभास गरेको छु र काम को लोड पनि त्यतिकैहुनेछ उहालाइ। कता कता केहि गुमाएको आभास हुन्छ यहा कुनै मिटो सपना बाट ब्युतिएको आभास हुन्छ कहिले काहि पत्र पढदा पनि।

सरि साथि हो म अलि सेन्टि भए जस्तो छ यहा लेखन् त मैले जबफ लेखन खोजेको पासु को तर मैले आफनो कथा लेख्न पुगेछु श्रिपाच को साथ पाएरनै होला त्यहि पनि राम्रो लाग्यो म यसलाइ मेटाइरहेको छैन याहा म पासु को उत्तर अर्को पटक लेखने छु, र साथिहरु मलाइ नै थाहा छैन भावना मा बगेर मैले के कति गल्ति लखेको छु प्लिज मिलाएर पढनु होला।यतिनै आझलाइ।

ऊहि साझा बसैमा
 
Posted on 01-07-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या सेन्टी कुरा गर्छ्न् यार दौँतरीहुर!
 
Posted on 01-07-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त।
पढ्दा पढ्दा सकिएछ तर अझै पढौँ पढौँ लाग्यो।
 
Posted on 01-07-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ब्रो तिमि ले के भन्न खोजेको त मैले बुझिन नि?
 
Posted on 01-07-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhabusaima , बिर्खेले भनेको बुझ्नलाई
Select View -> Encode ->Unicode(UTF-8)
 
Posted on 01-07-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai senti banai denu bhayo yo paathar money lai pani tapaile....huna ta jindagi ko thokar ma yeti sama bhaisake cha ke. I have been breaking relations with my own relatives recently coz they dont like the way i think, i talk and i walk. So i didnt give dyaam...nepal aako 1month huna lagi sakyo...havent been to see my any relatives, went to see my sanyo hajur muwa..ali ghumara kura gare...natai todi diye....mit ko kura garda maile ne birserako raichu..mero ne mitji hunu hunhca
mero mit is bahun, hami 11 barsa ko hunda aloo chordo da chorda, bagmati ma bhagera swimming garda garda, gai bastu lai khole banauda bhanuda ani arko ko gai bastu ko milking garera khada khada........we became good frens and finally ek din ke kura aayo...we went to pashupati and god shiva ko agadi we became mit....tara maile ta birse rako.
thanks guys...........
 
Posted on 01-08-06 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबसैमा....मैले के भनेको भने नि, तपाइँको कुरा पढ्दै जाँदा म कथा मै हराएँ! अझै पढ्न मन थियो कथा सकियो भनेको! अझै लेखौँ न है?
:)
 
Posted on 01-08-06 2:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ब्रो र दादा गिरि लाइ धन्यबाद कमेन्टको लागि। मनि माइन्डेड ब्रो नेभर माइन्ड यस्तै हो जिन्दगि, कसैले तपाइलाइ बुझ्न सकेन त्यो उनिहरु को समस्या जब सम्म तपाइ ले आफै ले आफुलाइ राम्रो सगं सक्नु हुन्छ भने।म पछि लेखने छु अरु पराना याद हरु साझमा बिर्खे ब्रो।
 
Posted on 01-08-06 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ छ मितिनी लाउने?
 
Posted on 01-08-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले आ-आफ्ना मीतेरीका अनुभवका कुरा गरे, म चाहिं यो प्रथाको ऐतिहासिक बिषयमा कुरा गरम् केरे। मेरो पनि अरुहरुले एउटा दमाइ केटासँग मित बोलाइदिएका थिए। त्यो बेला लाज लगाएर मित लगाइएन।

मैले सुनेसम्म,
हाम्रो नेपालमा उहिले (सायद अहिले पनि समय सापेक्ष्य हुँदैन भन्न चाहिं सकिंदैन) बाल मृत्यु बढी थियो। मानिसहरु काम गर्न भोट, मधेस जान्थे। पढाइको निम्ति गुरु आश्रम जान्थे। सार संक्षेपमा भन्नु पर्दा मानिसहरु घरमा धेरै बस्न पाउँदैनथे। त्यसो हुनाले घरमा हुने बा-आमाहरुलाई न्याँश्रो लाग्ने, दु:ख पर्दा भरोसा नहुने, धार्मिक उत्सवहरुमा छोरा-छोरीले गर्ने कर्म गर्ने मान्छे नहुँदा काम हल्ट हुने आदि सामाजिक पृष्टभूमिमा यो मीत प्रथा शुरु भएको हो कि जस्तो लाग्छ। सायद त्यसैले होला सकेसम्म अनुहार, उमेर मिल्नेको बिचमा मीत लगाउने चलन छ।

हाम्रो नेपालको अदालतमा सबभन्दा कम मुद्दा परेका नातेदार-साइनो २ वटा छन् अरे - सानीमा-ठुलिमाका छोराछोरी र मीत । परार नेपाल जाँदा एउटा बुढाले भन्याथे। हुन पनि यसमा अलिकति बास्तविकता छ जस्तो लाग्छ मलाई। र, मीतले मीतलाई धोका दिएको चाहिं मैले अहिलेसम्म सुनेको छैन। भन्दा भन्दै एउटा उखानको याद आयो - 'सुखको सालो, दु:खको मीत' । र मलाई यो धेरै हदसम्म यो कुरा सत्य लाग्छ।

हाम्रो धर्मग्रन्थ नियाल्ने हो भने हाम्रो संस्कृतिमा यो प्रथाको गहिरो छाप देखिन्छ। स्वस्थानीको कथा नसुन्ने त हामी यहाँ बिरलै हौंला। यस ग्रन्थमा पनि भनिएको छ - "---- छोरालाई दिनू, छोरा नभए मीत छोरालाई दिनू, मीत छोरा पनि नभए नदीमा लगी बगाइदिनू---"। यसबारे त केही टिप्पणी गर्नु परोइन। मीत भनेको आफ्नै अर्को अङ्ग सरहको तुलना समाजले गरेको छ।
र, रामायणमा पनि रामले सुग्रीवसँग मीत लगाएको कुरा उल्लेख गरिएको छ। र, यो चलन त्रेतायुगमा पनि चलेको रहेछ भन्ने कुरा थाहा हुन्छ (यदि रामायणलाई पछि नबङ्ग्याइएको भए)।

nice topic...
 
Posted on 01-08-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आज अर्को घटना सुनाउदै छु बच्चा को।
म बच्चा मा धेरै चक चके थिए तर मेरा मिज्यु अलि सान्त र अरुको कुरा धेरै सुन्ने भन्दा फरक नपर्ला। अनि मेरा एक मामा थिए उमेर मा ५, ७ बर्ष ले जेठा तर फुल अफ डेभिल आइडिया भएको भन्छु म उहा लाइ तर हामि त त गरेर कुरा गर्थेउ। अनि मेरा साथि हरु केशब; जसलाइ लाटो भनेर चिन्थ्यौ, उसले कसैलाइ एक थप्पड हानेको र कसैको चित्त दुखाएको थाहा छैन। बिहान बेलुका ज्याला गरेर २ भाइ र एक बहिनि संगै आफु पनि पढेको उ, हामि बिचमा एउटा नमुना थियो र समाज मा ऊसको बिशेष प्रतिष्ठा थियो, लाले, अलि जङ्गि स्वभाब अनि बिट्रिस आर्मि नै अन्तिम लक्ष्य उसको तिहार मा खैलेको पैसा ले जिम को सामान लिएर आउन बाध्य बनाएको थियो उसले तर हामि सबैको लागि लडने उ मात्र थियो हाम्रो गु्रुप मा र मान्छे हरु पनि डराउथे उसैका कारण ले हामि संग, यम बाहादुर (गोथे), पढन मा धेरै टाइम दिनु पर्छ भन्ने र साथिहरु सबैलाइ पढन उत्प्रेरित गराउने खालको थियो , हुनपनि ऊसका बुबा (गोर्खा राइफलस हब्लदार तर हाल किसान) का हरेक फोन मा उसलाइ पढन र हरेक टाइम आउदा पढाइ सम्बन्धि सामान लिएर आउथे, अनि माइला (रियल नाम थाहा छैन) पढने कुरा गर्यो पछि अगुल्टो ले हानेको कुकुर बिजुलि चम्कदा पनि तर्सिन्छ भने झे थियो तर उ स्विमिङ र रुख बाट चराको फुल निकाल्न माहिर थियो, किष्ण जो हामि मध्ये सबै भन्दा लुते थियो बाहेक दोहरि गित मा।

हामि हरु प्राय गर्मि बिदा मा वा बिहान पढाइ भएको बेलामा मा चोप्लेटि खेल्न जङ्गल छेउ को खोला(३ कि.मि टाढा) जान्थेउ भागि भागि। पिकनिक नै हुन्थ्यो त्यो हामि लाइ। घर बाट चिउरा लिएर गयो अनि बाटा मा दालमोट किन्यो, यस्तो मजा आउथ्यो कि कुरा गर्दा पनि जिब्रा मा पानि आउछ।त्यै बेलाको मजा ले ग्रदा अझ पनि म दालमोठ र चिउरा म मन पराउछु।

यस्तै चल्दै थियो एक दिन मामा ले सन्काएछ मित्जु लाइ उसको पालो चिप्लेटि को बिचमा काठको छेस्को राखिदिएछ पासो पर्यो किष्णे हामि लाइ त के थाहा मामा भगि हाल्यो किष्णे रुन चिच्चाउन थाल्यो रगत को खोलो बग्यो के गर्ने भन्ने भयो माइला , केसब , म र लाले ले किष्णे लाइ झाइकुटि पारेर बोक्यौ घर तर्फ हामिलाइ यादै भइन बाटा मा आउदा त मित्जु छैन , लालेले पो भन्छ उ त त्यहि बस्यो । थाहा त लाले पनि थाहा पाएको रहेछ मामा र मित्जु ले छेस्का राखेको तर उ पनि रमाइलो लिन चुप लागेको, अलि घुस्याहा पनि थियो उ यस्ता कुराहरु मा।
घर सम्म के लेराइ पुराएका थिएउ किष्णे कि आमा ले झन्डै मारेको हामिलाइ छोरा लाइ त्यसो गरेको भनेर तर याहा साम्म आइपुगदा किष्णे बिहोस भैसकेको थियो । त्यो त हामि लाइ के थाहा पछि बिष्णुहरि अंकल ले भने पछि पो थाहा भो। र ऊहा ले नै ट्याक्टर मा हालेर घर बाट ५किमि टाढा लिएर जानु भयो किष्णे कि आमा लाइ लिएर। अनि लाले माइला म केशब र गोथे लाग्यो मित्जु र मामा खोज्न जङ्गल तिर गाउ मा कसैलाइ पनि थाहा नदिइ , कति चिच्याएउ , बोलायौ केहि लागेन र गाउ मा गएर भन्नु भन्दा बिक्लप रहेन र गाउ मा गएर भनेउ मामा र मित्जु हराएको र हराउनु का कारण।
त्यस पछि त हामिले (बाहेक केसब र गोथे) पो भेटेउ त धुलाइ नमज्जा संग ममि को र अकंल (लाले को बुबा) को, अझ बिशैषत मैले, सबैले सम्झने चिप्लेटि मेरै कारन ले गएको भनेर। पाता बाधैर आगन मा राखियो सबैलाइ किष्णे नआउन जेल संम्म तर किष्णे आयो कट्टु लगाउने ठाउ मा सेतो पट्टि बाधेरम त्यस पछि पो हामिले थाहा पाएउ कति जोड परेको रेहेछ र अहिले सम्म पनि त्यसको खत छ किष्णे मा। सबैले माफ मागियो किष्णे सगं , उ पनि हास्न थाल्यो घाउ बिर्सेर र आयो हामि बिचमै। तर अब समस्या भो त्यि हराएका लाइ काहा खोज्ने भनेर जङ्गल को हरेक ठाउ ठाउ हेरे रे कहि भेटिएन रात परिसकेको थियो गैडा, भालु को राज रहेको त्यो जङ्गल मा छोरो गएर मर्यो भनेर अन्टि रुन लाग्नु भयो र अरु सम्झाउन लाग्नु भयो।
हामि ५ जना ले संक्लप गर्यौ चिपलटे अब नजाने। फेरि अंकल(मित बुवा) बन बिभाग मा सुदुर पश्चिम ममि लाइ धेरै टेन्सन भयो किनकि अन्टि लगभग फेन्ट हुनु भयो र अंकल लाइ घर आउन मेसज छोडिस्यो जिल्ला कार्यालय मा गोथेको घरको फोन बाट हुन पनि हाम्रो गाउ मा गोथे को घरमा बाहेक अन्त फोन पनि थिएन।

त्यो रात भर गाउ मा कोहि सुतेन्न, मैले आझ सम्म त्यहा को जति र त्यस बेलाको जति गाउले दाजु भाइ दिदि बाहिनि मा मिल्ति देखेको छैन हुनत बौदल आए पछि त्यहा पनि फुट त आयो । तर पनि त्यति खेर सबैले सहयोग गरे मित्जु र मामा लाइ खोज्ना। तर भेटिएन त्यो दिन त्यसतै भयो सबैलाइ बाघले खायो भन्ने भयो र हामि माथि दोष थुपारियो ।
 
Posted on 01-08-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊज्यलो भयो सबै आ आफ्ना काम मा लागे अब हामि लाइ घर बाट पाइला राख्ने अनुमति थिएन । बेलुका मित्जु आइपुग्नु भो सबैले ऊहालाइ यति गालि गरे कि कुरा नै भएन । उहा रात भर रुख माथि बास्नु भएछ पानि तर्खा र भोक अनि अध्यारो ले छोपे पछि त हुनु भएछ रुखमा बसेर रुन लाग्नु भए छ र बिहान घास काटन जाने हारु ले पो देखेछन र अंकल(लालेको बुबा) गएर लिएर आउनु भएको रहेछ। रा मामा को त अझ पत्तो नै छैन, गर्मि बिदा मा बस्न मेमि ले लेराउनु भएको । फेरि उसलाइ गाऊ मा बाहेक छेउ छाउ गाउ का ले चिन्दा पनि चिन्दैनन समस्या पर्यो मामा घर मा फोन गर्न फोन थिएन , अब के गर्ने ममि ले दादा लाइ मामा घर गएर हजुरबुवा र ठुलो मामा लाइ भन्न भन्नु भयो । घर बाट ७ किमि टाढा मामा घर छोरा हराएको खबर ले मामा र हजुरबुवा इकैचिन मा थित्रो ट्याक्टर लिएर आइपुग्नु भयो । सबै तिर खोजि हुन थाल्यो अन्त तिर पनि हल्ला फैलियो त्यस पछि यो कुरा घर बाट ५ किमि टाढा रहेका हजुरबुवा (ममि को मामाघर) को घर सम्म पुगेछ । बुढआ हजुरबुवा आउनु भयो लाठ्ठि टेकेर नाति लाइ शाथ लिएर । पछि पो थाहा भयो मामा चिप्लेटि बाट भागेर हजुरबुवा का लुक्न गएको रहेछ र भनेछ हजुर बुवालाइ भेटन आएको दिदि का आउदा खेरि (हजुर बुौाको घर मामा घर को ऊल्टो दिसा मा पर्छ)। मामा ले भेट्यो हजुरबुौा को हात बाट तिन झापड र दादा लाइ उसको सबै लुगा झोला मा हालेर दिन दादा लाि भन्नु भो।ठुलो मामा , मामा र हजुरबुवा , हजुरबुवा लाइ छोडन जानु भयो र त्यतै बाट घर । अब ममि लाइ र अण्टि लाइ अर्को समस्या पर्यो त्यो अंकल को । घर मा आएर गएको २ हप्ता भएको छैन , अनि जरुरि छ भनेरा फोन गरेको छ फेरि घोथे को बाट अन्टि ले फोन गर्नु भो जिल्ला कार्यालय तर अंकल हिडि सक्नु भएको रहेछ।

अब अर्को दनक भेटने टाइम हे्रन थाल्यौ हामि दुइ ले एक आर्का लाइ हेर्दै.................
 
Posted on 01-08-06 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero meet equivalent ta aauta punjabi keta cha. how's thyat?
 
Posted on 01-08-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो लेख्ने मन भएन व्यक्तिगत परिस्थितिले गर्दा,
अलि ज्यादा भेट्ने साथीभन्दा परका मान्छे सँग मीत लगा'को मात्र कुरा गर्छु ल ।

हाम्रो गाउँमा हिउदमा पर गाउँका मगर्निहरु मूला, भाँगो, आदि आदि ल्याएर आउँथे, उनिहरुसँग गाउँका केहि महिलाहरुले सैना लगाउँथे । कहिले काहीं सैना हरु सैना कहाँ बास बस्ने गरि पनि आउँथे ।

वर्षेनी हिमालतिरबाट केहि 'भोटे' (गाउँमा यसै भन्छन् गार्हो नमानौं है साथी हो )हरु हिङ् , बिरे नुन, सियो, जम्बु आदि आदि ल्या'र आउँथे । गाउँका उमेर मिल्ने ठिटागरु उनिहरुसँग मीत लाउँथे ।

मेरो चैं मीतेरी ला'को साथी छैन ।
 
Posted on 01-09-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you guys for your input.
I never had a "Mit" and was never very interested.
But reading your stories, and events in your stories, make me nostalgic.
It reminds me of "jado mahina ko chutti", spent with friends, playing "guchha," riding bicycle, lying down on chaur with friends enjoying warm afternoon after cold morning, eating badam, titaura, momo, roaming around and getting to places and gallis of your tol you had never been to and many many more. This was the schedule of the entire holiday.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters