राकेशजी
प्राय: सुषुप्त गजल समुहमा तपाईलाई ल्याउने असफल प्रयास बाबजुद तपाईका गजलहरु शौखले पढ्छु है र आज लागेका केहि कुराहरु हाल्दै छु !
आँधी, बतास, समुद्र गहमा यत्तिखेर
बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर
आंधी बतास समुन्द्रले ल्याउने असरको बयान अलि कमजोर देखियो - बग्नुको सट्टा छाल, ज्वारभाटा ल्याउने वा सो सरहमा भए बढ्ता असर हुन्थ्यो कि ?
यंहा "बग्नु" भनेको साधारण नै भयो नि हैन र ?
जीन्दगीको ओझेलमा कसरी रमाउँ
मिठास छैन गुलियो महमा यत्तिखेर
यो शेरका मिसरा ए उला र सानिहरुको सम्बन्ध देखिन मैले ।
पहिलो मिसरामा ओझेलमा रमाउन नसक्नु भन्दा बरु जिन्दगीको स्वाद हराएको बर्णन गर्दा बेस हुन्थ्यो कि ? मेरो सोचाई मात्र यस्तो हो है – अन्यथा नलिनु होला !
थियो जो अब छैन मनको छेवैमा
दु:खी रहेछु पोखिएको बहमा यत्तिखेर
एक्लै डुबिरहेछु भन्न खोज्नु भएको होला हैन ?
फुलि नै रहेँथे म बिझाएँ कसरी
नजानी तिम्रो मुटुको तहमा यत्तिखेर
ब्याकरणको हिसाबले “म” भन्दा “मैले” राखे कस्तो हुन्थ्यो ?
जस्तै :
फूली नै रहेथें, मैले बिझाएं कसरी ?
त्यसो त फूलको धारले रेटेको पनि भोग्नेहरु छन् !