hahahahahahaha
राजालाई कैदीको रूपमा बजेटः नेपाल
पाल्पा, जुलाई १४
एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संविधानले निलम्बित गरेका राजा ज्ञानेन्द्रलाई कैदीका रूपमा बजेट छुट्टयाइएको बताएका छन् । 'हामीले उनलाई राजाको रूपमा हैन, कैदीको रूपमा बजेट छुट्याएका हौ ।' महासचिव नेपालले भने ।
शनिबार प्रेस चौतारी तनहूँ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव नेपालले आर्थिक वर्ष२०६४/६५ मा राजदरबारका लागि छुट्टयाइएको साढे १२ करोडको बजेटमा भने र्समर्थन जनाए । 'यो रकम राजाका लागि थोरै हो, कैदीलाई बाँच्नका निम्ति थोरै रकम दिइएझैँ राजालाई पनि थोरै रकम दिएका हौँ ।' उनले भने ।
वर्षौदेखि मोटो रकम दिइने गरेको राजालाई अब चार महिना पाल्नु कुनै अचम्मको कुरा नभएको नेपालले बताए । 'अब कति दिन राजाले पैसा पाउने हुन र चार महिना त हो, संविधानसभा चुनावपछि त पाउनै छैनन् ।' नेपालले भने । संविधानसभाको निर्वाचनसम्मका लागि मात्र राजा ज्ञानेन्द्रलाई बजेट दिइएको नेपालको तर्क थियो ।