देशमा जुनसुकै "तन्त्र" आएपनि र नाम बदलेर जे सुकै राखेपनि हिजोको शाही सेना आज पनि उस्तै छ, नीति नियमलाई टेर्दैन र यातना दिनमा संसार प्रसिद्ध हुन लायक छ। हालै नेपाल प्रहरी माथि समेत सेनाका कथित क्याप्टेन लगायतले दुर्ब्यबहार गरेका छन्। जबसम्म हिजोका कर्तुत हरुका लगि सेनाका जिम्मेवारहरुले गतिलो सजाय पाऊँदैनन्, जबसम्म सेनाभित्रबाट यस्ता "विक्रम शाह" र "विक्रम राणा"हरुको बाहुल्यको अन्त्य हुँदैन, तबसम्म सेनामा हामीलाई कसैले छुन सक्दैन, हामीले जे गरेपनि हुन्छ भन्ने मनोवृत्तिको अन्त्य हुनेछैन र यो सेना कहिल्यै जनताको सेना हुनै छैन।
हेरौँ हाम्रो छ्वालीखुट्टे सरकारले के गर्छ अब? यीनलाई कारवाही गर्न सक्छ कि सक्दैन?
देश अझै "शाही शासन"मा छ, "शाही सेना"को आडमा! नाम फेर्दैमा रक्सी सर्बत बन्दैन!
-
http://www.kantipuronline.com/kolnews.php?&nid=81069