[Show all top banners]

TuN3R

More by TuN3R
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

MN_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी ब्यवसायी जलविद्युतमा लगानी गर्न इच्छुक
[VIEWED 4980 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-11 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वासिङटन डिसी, आश्विन ४ - अमेरिकी लगानीकर्ताले भारतको आर्थिक उन्नतिबाट अझ बढि फाइदा लिन सकिने भन्दै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् । नेपालमा लगानी प्रवर्धन गर्ने लक्षसाथ यहाँ आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलसँग भएको दुई दिने बैठकमा उनीहरुले यस्तो चाहना व्यक्त गरेका हुन् ।

भारतमा बढिरहेको अमेरिकी लगानीको प्रतिफल दीगो बनाउन पनि नेपालमा जलविद्युत विकासआवश्यक रहेकोमा उनीहरु सहमत भएका छन् । ‘भारतमा अमेरिकीहरुको ठूलो लगानी छ, यो बढिरहेको छ, उर्जा अभाव झेलिरहेको भारतीय बजार लक्षित गरेर अमेरिकीहरु नेपालमा लगानी गर्न तयार छन्’ नेपाली प्रतिनिधि मण्डलका नेता एवं महासंघको लगानी प्रवर्धन समितिका संयोजक चन्द्र ढकालले बैठकपछि भने ।

नेपालमै पनि उर्जा अभाव भएकाले बजारको समस्या छैन । भारतसँग सिमापार विद्युत व्यापार प्रवर्धन गर्न हालै विश्व बैंकको सहयोगमा प्रशारण लाईन निर्माण अघि बढेकोले निकासीको ढोका खुलेको छ । हालै मात्र २५ मेघावाट भन्दा माथिका जलविद्युत आयोजनाबाट उत्पादित विजुलीको खरिददर २० प्रतिशत बढाउने निर्णय सरकारले गरेको थियो । ‘यो पनि  लगानीकर्ताका लागि थप आकर्षण भएको छ’ ढकालले भने । निर्माणाधिन नयाँ जलविद्युत ऐन अझै लगानीमैत्री भएर आउने विश्वास गरिएको छ । लगानीका अवसर र विभिन्न परियोजनाहरुका बारेमा पनि छलफल भएको उनले बताए ।

अमेरिकाको डिपार्टमेन्ट अफ कमर्सको अन्तर्राष्ट्रिय व्यापारविद् रायन हलोवेलले नेतृत्व गरेको टोलीमा अमेरिकाको नेशनल हाइड्रो पावर एसोसिएसनका गभर्न्मेन्ट अफेयर्स डाइरेक्टर जेफ्री लेही, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सीका दक्षिण तथा दक्षिण पुर्वीएसिया निर्देशक हेनरी स्पिन्गासलगायत बैठकमा थिए । यो एजेन्सी विभिन्न आयोजनाहरुको पूर्व सम्भाव्यता अध्ययन गर्ने निकाय हो ।

नेपालमा भोटेकोशी जलविद्युत आयोजनाको पूर्व सम्भाव्यता अध्ययन यही कम्पनीले गरेको थियो । ‘उनीहरुको अध्ययनलाई संसारभरी विश्वास गरिन्छ, त्यसैले हामीले यसमा पनि आउन आग्रह गर्यौ’ ढकालले भने । त्यसबाहेक यो निकायले अध्ययन भ्रमण, कार्यशाला लगायतमा ठूलो लगानी गर्ने टोलीको अर्का सदस्य काठमाडौस्थित अमेरिकी दुतावासका बरिष्ठ आर्थिक विशेषज्ञ तापश गुप्ताले बताए ।

सोही डिपार्टमेन्टका नविकरणीय उर्जा व्यापारविद जेनिफर डेस्टिनको नेतृत्वमा अर्को टोलीसँग पनि वेग्लै छलफल भएको थियो । टोलीमा नेपाली दुतावासका चिफ अफ प्रोटोकल अर्जुनकान्त मैनाली, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, लेखनाथ नगरपालिका उद्योग वाणिज्य संघका वावुराम जमरकटेल लगायत थिए । बैठकपछि नेपालमा लगानी ल्याउने विषयमा निकै आशावादी भएको गुप्ताले बताए । संविधान बन्ने क्रम सकिएपछि नेपालले राजनीतिक स्थायित्व लिने र द्रुत आर्थिक विकास अघि बढ्ने जानकारी नेपालीहरुले गराएका थिए ।

-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

Let's see some opinions from sajhaites on this issue .


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters