[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 होली

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE: <<  1 2 3  
[VIEWED 22534 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-25-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली आउन झन्डै एक हप्तानै जस्तो बाँकीथ्यो काठमाडौं मा फुच्छे हरुलाई कस्ले छोइसक्नु। कहिले स्कुलबाट घर पुगौला र छतमा बसेर लोला हानौला भनेर जुर्मुरिन्थे। हामीहरुलाई घरबाट स्कुल, स्कुलबाट घर गर्न धरी धौ धौ हुने गरेर। त्यस्तो बेलामा पूजा आइपुगी डिल्लिबजारको सिद्धी पोलिक्लिनिक जाउँ भन्दै। उस्को मुखमा पिम्पल्स आयो रे, डक्टर बिमला ओझालाई देखाउनु पर्‍यो भन्दै। हुन पनी जुन नयाँ क्रिम बजारमा आयो त्यही दल्नु पर्थ्यो त्यस्लाई, कुन चै उस्को छालामा सुट गरेन होला दुई चार वोटा दाना त गालामा देखा परीहालेछन। "अहिले पर्या छैन, होली पछी जाउँला" भनेको के मान्थी? "त्यतिन्जेल कुर्यो भनेत मुखमा तिलको दाना राख्ने ठाउँ पनि हुँदैन पिम्पल्स ले ढाकेर" भन्न थालि। आउन पनि दुई दिनमा दुई चार वोटा आएछ दुइटै गालामा। कहिले त्यस्को मुखमा पहिले पिम्पल्स देखेको थिइन त्यसले धेरै नाइ पनि भन्न सकिन। "हेर् यो होलिको बेलामा म हिंडेर त मरे काटे पनि जान्न, ट्यक्सी अथवा ट्याम्पोमा लाने भए मात्र जान्छु"--मैले पनि पाएको बेलामा अड्को थापी हाले। उ झन के काम थि र? "ल हुन्छ तर तँ चै म: म: ख्वा है त" भनिहाली। अब उस्ले साधनको कुरामा हुन्छ भनेपछी मैले कसरी ख्वाउने कुरामा हुन्न भन्नु, फेरी भोली आफुलाई केही पर्‍यो भने चाहिने उही हो, अहिले बाँउठेर के गर्नु? हुन्छ भन्न पारीहाल्यो।

दुइजान को मिलोमत्तो मै जाने त भयौ तर घरमा के भन्ने? आमाले त "यस्तो होली को बेलामा पर्दैन" भन्ने सम्भावना धेरै थ्यो तेसैले पूजालाई पठाएँ पहिले आमाको कोठामा। उस्लाई देख्ने बित्तिकै आमाले भनिहाल्नु भयो--- "लौ के भ को छोरी अनुहारमा?, कस्तो भररर पिम्पल्स आएछ, तिमीहरु पानी धेरै खाँदैनौ त्यही भएर हो"। आमाले त्यती भन्ने बित्तिकै कुरा अगाडि बढाउन सजिलो भईहाल्यो। पूजाले हत्तपत्त भनिहाली "हो भन्या आमा, एक्कासी आयो, त्यही भएर दिपिका र म अहिले सिद्धी पोलिक्लिनिक जान ला"। आमाले मलाई पुलुक्क हेर्नुभयो। मैले पनि थपिहालेँ , आमाले केही भन्नु अगाडि नै ---"एकदम दुखिराछ रे, त्यसैले अहिले जाउँ भन्छे", "यस्तो होलिको बेलामा..." आमाको मुख बाट शब्द खस्न नपाई पूजाले टिपिहालि--"होइन आमा, टेम्पो मै जाने हो, केही हुँदैन, म पनि त्यसरी नै आएको हो अहिले"। पूजाको अनुहार देखेर आमाले धेरै केही भन्नु भएन, त्यही मौका पारेर म: म: खाने पैसा पनि आमा सँगै उठाएँ।

बाहिर हेरेको त एउटा टेम्पो ट्यक्सी केही छैन। त्यही भएर पो उस्ले एक्कै चोटि मा हुन्छ भनेको रहिछे।  आफ्नो टोल सम्म त केही थे न, त्यहा बाट बहिर निस्के पछी पो आपत। जुन घरको छत मा मान्छे देखे पनि सात्तो जाने, कती खेर लोला बर्सिने हो भनेर। पूजा त साधनाको केही कुरै गर्दिन बा। उ त झन वस्ता नगरि फटाफट अगाडि हिड्छे। "पुजे टेम्पो खोज भन्या" भनेको त "देखिनस एउटा केही छैन, कहाँ बाट खोज्नु, हिंड्न चुप लागेर जता पाईन्छ त्यतै चडौला" भन्दै खोज्न त एक थोपा पनि प्रयास धरी गर्दिन। उल्टो मलाई "म:म: खाएर जाने कि आउँदा खाने?" भनेर सोध्छे।
"तैले हिडार लग्ने हो भने त म पनि सक्दिन तँलाई म: म: ख्वाउन"--मलाई पनि झोक्कै चल्यो। "ह्या कहिले त हिड्न पनि मज्जा आउछ के, अत्ति गन् गन् पनि नगर्न"--उल्टो मैले पो गन् गन् गरेँ रे। "तँलाइ त्यो हिड्न मज्जा होइन, सिधै भन्न पैसा जोगाको भनेर, किन बहाना बनाउछेस"---हुन पनि तेस्ले त्यहि नै गरेकि हो। पकेट खर्च जति भएपनि नपुग्ने उसैलाइ। बजारमा आएका जती लुगा सबै उसैलाई चहिने। फेरी एकजना सँग घुम्न जाँदा एकचोटि लगाएको लुगा अर्को चोटि नहुने, आफ्नो मात्र नभएर मेरो धरी केही बाँकी राखेकी थिन। एकचोटि त बाबाले कुन चै को बाइक को पछाडि बसेकी,  मेरै लुगा लागाकी थि, देखेर मै हो कि भन्ठान्नु भएछ, घर आइपुग्ने बित्तिक्कै आमालाई खोइ छोरी भन्न थाल्नु भएछ। धन्न म घरमै थेँ त्यो दिन।

आखिर यस्ले हिडाएर नै लाने भई भन्दै, फेरी कतै बाट लोला पो आउने हो कि भन्दै गैराथ्यौ, टाढा बाट एउटा साइकलमा दुइटा केटाहरु हामीतिरै हान्निदै आए। पूजा र म आत्तिसकेका थ्यौ, झन तिनिहरु त नजिकै आएपछी त "हान हान हान" भन्न थाले, मैले दुइटै हात्ले टाउको छोपे अनी आँखा चिम्म गरेर कता तिर लोला बज्र्यो भनेको त, के को हुनु? तर्साएको मात्रै रहेछन, उल्टो "कठै बरा बहिनिहरु त कस्तो तर्सेको" भन्दै हाँस्दै पो गए। पूजा चै मान्छे कहाँ पुगिसकेपछी "बुझिस् तिनिहरुले हानेको भए बङ्गारा झारिदिन्थे" रे। फेरी मेरो भन्दा अगाडि उस्कै आँखा बन्द भईसकेका थे।

धन्न एकथोपा पनि पानी नछ्यप्पिकन पुग्यौ। उस्को check up को पालो आयो। दुबै जन भित्रै गयौ। डक्टरले यता उता हेरेको जस्तो गरेर औषधी दिइन र १ हप्ता पछी आउ भनेर पठाइन। २० मिनेट जतिमा सबै सिद्धियो। बाहिर निस्केपछी त के भन्छे--" यो डक्टर्हरु सबै झूर छन बुझिस्, राम्रो सँग हेरेको पनि छैन अर्को हप्ता आउ रे, सबै पैसा खाने बहाना हो अरु केही होइन"। "अनी भित्र चै केही भनिनस् अहिले के खान म सँग पड्किरा नि"-- मैले भने। हुन पनि हो, भित्र चै जे भने पनि  Ok Doctor, Ok Doctor भनिरही अहिले तात्तो न छारो सँग म सित पो सन्किन्छे। "यो डक्टर भएन बुझिस् N. K. Singh काँ जानु पर्‍यो Ohm Nursing Home मा "-- उ भुत्भुताइदै थि मैले सुनेको नसुनेकै गरिदिएँ । फेरी केही सोध्यो भने हिड जाउ  Ohm Nursing Home भन्ली भन्ने डर।
 
आउने बेलामा त नपाएको साधन जाने बेलामा के पाउला र? मैले आश मारिसकेको थे। झन पूजा त खुशी भईराथी। फुटेको बलुन र भिजेको भुई देख्दा चै मन झर्सँग झर्सँग हुने, कोही कतै लुकी पो राखेकाछन कि जस्तो लाग्ने। पूजा चै "ह्या किन डराइरा? यो ज्ञानेश्वोर त आफ्नै एरिया त हो नि" भन्दै थि। उस्को माइजुको को पनि मामाहरु छन क्यारे त्यो एरिया मा उस्ले पुरै ज्ञानेश्वोर नै आफ्नै भन्दी। "तलाई घरका त कसैले चिन्दैनन् होला अब सबै एरियानै आफ्नै भन्"--म जिस्किदै थे, " अरुले किन चिन्नु पर्‍यो र? माइजुको भाईले चिनिहाल्छनी" --हाँस्दै कता को कुरा कता लगेर जोडी।"धेरै नहास है अहिले रुनु पर्ला"--म भन्दै थें, एउटा फुच्चे त पछाडि बाट आएर ड्याम्म पूजाको ढाडमा लोलाले हानेर दौड्यो। पूजा "ऐया" भन्दै पछाडि फर्केकी थि, बलुन त फुटेन छ। भुइमै गूड्इराथ्यो, उस्ले त त्यही टिपेर फुच्चेलाई लखट्दै गई। मैले केही भन्नै पाएको छैन, फुच्चे अघी अघी कराउदै गल्ली तिर लाग्यो, पूजा पछी पछी लखेट्दै गल्ली तिरै गई। अब त्यो फुच्चे पो आफ्नो घर तिर भागेको होला, पूजा बुझ्नु न सुझ्नु सँग चिन्नु न जान्नु को गल्ली मा छिरी। मलाई आपत, गल्ली भित्र छिर्ने कि बाहिर कुर्ने जस्तो।
 
गल्ली मा जाउँ कि नजाउँ भन्दै दुई पाइला अघी सार्दै फेरी पछी हट्दै त्यो आइहालेनी हुन्थ्यो भन्दै बसिराथे, एउटा झन्डै बाबाको उमेरको जस्तो पसले दाई प्याच्च कराउनु भयो। "यो होलीको बेलामा केटीहरु किन यता उता गरिरा होलान, खुरुक्क घरमा नबसेर, चखला र मखला मलाई कस्ले देखला जसरि"। "काम परेर त निस्केको नी नत्र कस्ले सिकाइरहनु पर्थ्यो र? होलिको बेलामा बाहिर ननीस्किनु भनेर", मुख सम्म आइसकेको जवाफ पनि फर्काएर पेटमै पुर्याए, बेक्कार त्यो बाटोमा बसेर के पसले सँग झगडा गर्नु भनेर।
 
पसले दङ्ग पर्दै रमिता हेर्दै थिए क्या रे, पूजा निस्कि गल्लि बाट भिजेको बिरालो जसरी। एउटा झन्डै गुच्चा जत्रो तेही पनि एकचोटि हान्दा नफुटेको लोला लिएर फुच्चेलाई लखेट्ने भएकी थि, फुच्चेका घरको मान्छे ले त बाल्टिनी भरिको पानी खत्याइदेछन। त्यही पनि सफा पानी हो र? काठमाडौंमा पिउन त सफा पानी थेन अरुलाई ख्त्याउन कहाँ बाट पाउनु? लुगा धोएको पानी होला, अली अली त फीज पनि देखिन्थ्यो, फेरी ठुस ठुस गनाउने। खुब ज्ञानेश्वोर आफ्नै यरिया हो भन्दै थि अहिले त्यस्तो ताल देखेर म त मर्नै आटे हाँस उठेर। जती रोख्न खोजेपनी खित्का त छुटिहाल्यो। उ त  ल पख् तलाई भन्दै मलाई त्यो गल्ली तिर पो तान्न थालि, म डरले थुर्थुर। भयो भयो हिड घर भन्दै थे, एउटा अर्को फुच्चे स्कुल को ब्याग बोकेर साइकलमा हामीतिर हान्निदै थ्यो। पूजा त हत्तपत्त मेरो हात छोडेर "हेर है फुच्छे, बढ्ता हुने होइन, झापाड लाइदिन्छु म"---भन्नथालि। उस्को ठुलो ठुलो रिसालु आँखा अनी, ठडिएको चोरि औंला, र बढ्ता र झापाड मा जोड दिएको देखेर फुच्चे  तर्सेर साइकल बाट ओर्लिदै सानु स्वोर मा भन्यो "के गरे र मैले?"। "त्यो ब्याग मा लोला हालेको छ हो कि होइन भन्त", पूजा अझै रिसाइराथी। बिचरा फुच्चे त तर्सेर भन्छ--"घरमा नुहाउने पानी त छैन काँ बाट पाउनुनी झोल भरी हुने गरेर लोला, त्यत्तिकै टिउसन जान लागेको मान्छेलाई तर्साउदो पो रहेछ यो दिदी त"। फुच्चे  फत्फताउदै बाटो लाग्यो। पूजा मुर्मुरिदै भन्न थालि "बुझिस् एउटा ट्यक्सी टेम्पो जे पाइदेनी हुन्थ्यो, डेडिनै तिर्न परे पनि तिरी दिन्थें"।

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-28-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बलुन त फुटेन छ। भुइमै गूड्इराथ्यो, उस्ले त त्यही टिपेर फुच्चेलाई लखट्दै गई। मैले केही भन्नै पाएको छैन, फुच्चे अघी अघी कराउदै गल्ली तिर लाग्यो, पूजा पछी पछी लखेट्दै गल्ली तिरै गई।" . हाम्ले नि यस्तै गर्या थियौं एकपल्ट, धन।न पूजाले जस्तो भिज्नु पर्या चाहिं थिएन !!
गर्न नि अति गर्थे नि त होलीमा आकाशमा उडेको चराको  छायाँ  भुईंमा देख्दा नि मन झसंग हुन्थ्यो!! 
Well Written दिपिका! पुराना दिनहरु फेरि याद आए !

 
Posted on 04-28-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाको कुरोले एउटा होली बेलाको कुरो याद आयो। तेस्तै होलि आउन २-३ हफ्ता बाकि थ्यो होला म aunty काँ बस्दै गा थे काल्धारा। aunty का थुप्रै relatives का छोर्छोरिहरु गरेर थुप्रै थिए दिदी बहिनी दाजु भाई त्याँ तेइ भर गैरहन्थे म। अब होलीको बेला थ्यो कौसीमा बसेर पानी हाल्ने बाटोमा हिंड्ने मान्छेहरुलाई भनेर सल्लाह भो अनी बाल्टीनमा पानी लगेम कौसीमा। मैले एउटा मान्छे आको देखे र छिटो छिटो दिदिहरुलाई बोलाए। दिदिहरु आऊदासम्म मैले बाल्टीन कौसिको डिल्मा raaखेर  आधाअधी जती पानी खत्याउने position म राखिसक्या थे। एउटि दिदिले तल हेरेर ए त्यो मान्छेलाई नहाल भन्दै मलाई धाक्का देकि थि बाल्टीन त मेरो हातबाट फुस्केर तल खसिहाल्यो। लौ मार्यो अब के हुनी हो दिदिहरु त कालो निलो मुख लाउन थाले मेरो पनि उनिहरु डराको देखेर सातो उड्ला जस्तो भा थ्यो। कुरा किन बिग्र्यो सोध्ने आँट् पनि आएन। अर्कि दिदि कराउन थालि, यो प्रिति कस्ति रैछ तेस्तो सुटेड् बुटेड् मान्छे हातमा ब्रिफ्केस् लेर interview दिन जान ला जस्तो छ तेस्तोलाई नि पानी हाल्दिनि हो त? भन्दा नभन्दै त्यो मान्छे त कौसी मै आइपुगिसकेछ। मत भागे त्याँ बाट कुलेलम्। त्यस्पछि के भो केइ था छैन मलाई। नराम्रो सङ्ग बाल्टीन पनि टाउकैमा ठोक्या जस्तो आवाज नि आथ्यो।
 
Posted on 04-28-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली, हो म पनि तर्सिन्थ्यो चरा उड्यो भने पनि झस्की हाल्ने लोला भनेर।

प्रिती सिस, हसाउनु भयो। बिचरा त्यो मान्छे, त्या देखी त हजुरहरुको घरको छेउ छाउ हिंड्न पनि डराउथ्यो होला। अरु भन्दा नि बाटले नै लागेको चै नहोश है।


हजुर ले भनेर अर्को एउटा याद आयो के सिस।  म र भाई जहिले पनि होली खेल्न ठुलो बाबा को घरमा जाने। त्या दाईहरु खुब रमाइलो गर्न पर्ने। एक चोटि चै भाईलाई सन्चो भएन अनी बाबाले मलाई पनि जान दिनु भएन। मलाई त बिहान देखी पिर पर्न थाल्यो अनी दाईहरुले खेलोको झझल्को आउन थाल्यो। अब छत मा गएर अरुलाइ छ्याप्नु पर्यो भनेर गएँ। भाइ पनि आइहाल्यो। आमा र बाबा चै कोठामै चिया खादै गफ गरिरहनु भएको थियो। भाइ र म छतमा पुगिसकेको कसैलाई थाह थिएन। अझ भाई त खोकी ले ख्वाङ ख्वाङ खोकिराथ्यो, म चै बाबु बिस्तारइ खोक है फेरी बाबाहरुले थाहा पाउनु हुन्छ भनिराथे। अनि हामी खुब् चम्कि चम्कि हानिराथ्यौ लोला। दुई तिन जन केटाहरु चै हाम्रो घर्को ओरोदोरो गरिराथे। भाई र म झन् लुकि लुकि हानिराथ्यौ। हाम्रो गेटहरु सब् बन्द थियो। कुकुर चै खोर्मा थियो। त्यो केटाहरु त कसरि हाम्रो घरमा आउने भनेर दाउ खोजिरहेका रहेछन। जम्मा दुइ तलाको घर, तर हाइट मा भएको ले जता पनि भ्यौने लोला हान्न। पछि त त्यो केटाहरु ले कहाँ बाट भर्याङ् खोजेर लेराएछन् र पछडि बाट त आएछन् माथि छतमा। भाइलाइ र मलाइ त पुरै कालो मोबिल दलिदिए अनि निथ्रुक्क बनाएर भागे। भाइ मेरो अनुहार् हेरेर तर्सिने म भाईको। मुख धुन धरि पाएका थिएनौ बाबा त बाहिर कस्तो छ चाहलपहल हेर्न माथि आउनु भयो।हाम्रो अनुहार् देखेर त झण्डै त्यहि  faint हुनु भएको। झन छोरा छोरी कोठामा होलान भनेर ढुक्क हुनु भएको बाबा त कोठामा नभएर छत मा अझ त्यती मात्रा नभएर चिनिन नसक्ने अनुहार।

Last edited: 28-Apr-08 12:44 PM

 
Posted on 04-28-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका,
होलिको कुरा सम्झ्यायोउ, रमाइलो लाग्यो। त्यो पूजाले चै तिमीलाई दु:ख दिन जान्या नै हो बा। अब होलिको बेला लोला खाने सम्भाभना धेरै हुँदा हुँदै पनि किन हिंडेर जानु पर्या नि? 
 
Posted on 04-28-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"झन छोरा छोरी कोठामा होलान भनेर ढुक्क हुनु भएको बाबा त कोठामा नभएर छत मा अझ त्यती मात्रा नभएर चिनिन नसक्ने अनुहार"

dipu yo arko holiko small event ta jhan ramailo recha.


 
Posted on 04-28-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyai ta hai kalejo? :)
 
Posted on 04-28-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

", लौ न सुन्नु पर्‍यो यहाँको पनि होली को कथा। कथा छ चै भन्ने अनी सुनाउन चै नसुनाउने, त्यो त घोर अन्याय हो है"

Sunauna ta hunthyo but k garnu lekhnai aaudaina.


 
Posted on 04-28-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dippu le ma nabhaey ko bela pareyra katha taseeche   jhandai chhuteko raicha 

 guchcha jatro lola kasto hola, haina yo pujele kati dukha dina janeyki ho feri?


 
Posted on 04-28-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Norton

हो भनेको नेत्र, पूजाले दु:ख त देकी नि हो। हाम्रो एक चोटि प्लान बनेको थ्यो नि पूजालाई जगल्टाउने, जाने होइन त?

*~Spring~* 

बसन्त, मनमा आएको कुरालाई कपी मा उतार्ने त हो नि लेख्ने भनेको। एक चोटि प्रयास गरिदिउँन भाईहाल्छ नि
 
pjna007
 
प्रेरणा, लौ हो र तिमीनै नभएको बेलामा पो टाँसेछु
अनी त्यो लोला एकदम सानो थ्यो तर सच्चिकै गुच्चै जत्रो त होइन अलिकती ठुलै थ्यो
पूजाले थाहा पाइ भने "तेरो ढाड्मा लागेको भए थाहा पाउथिस गुच्चा जत्रो कि भोगटे जत्रो हो भनेर" भन्न बेर छैन

 
Posted on 04-28-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो विकृत 'होली' प्रति मेरो जति वितृष्णात्मक धारणा छ (अति नै छ के), त्यो भन्दा फरक, मलुवा र अझ भन्ने हो भने एक प्रकारको flirtatious टिप्पणी गरे जस्तो लाग्यो कथाले । होलीको दीर्घकालिन अभ्यस्तताबाट त्यस्तो (मलुवा) अवस्थामा पुगिने हो कि ?

 

त्यो बाहेक सधैं झै सुस्वादु लघुकथा । बधाई दिपिकाजी !

 

Nepe


 
Posted on 04-28-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नेपेदाको  विचार संग म पनि सहमत छु।

तर दिपिका सिस हजुरको लेख्नेकलाको म निकै कदर र सम्मान गर्छु है ।  निरन्तरता दिदै रहनु होला ----


 
Posted on 04-28-08 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसनानी,

 

धन्यवाद है । तर नि दोहर्‍याएर पढेपछि आफैले लेख्या आफैले बुझ्न धौ धौ पर्ने गरेर क्लिष्ट पो लेखेछु भन्ने लाग्या पनि हो । जेहोस् आसयमा सहमति सुन्न पाएँ, खुशी लाग्यो ।

 

वास्तवमै मलाई यो लोला हान्ने संस्कृतिसंग अति घृणा छ । यसले पीडक पक्षलाई sexual harassment, abuse, sadism, पीडित पक्षलाई पीडा र अपमान र दर्शकलाई निरिहता सिवाय केही दिएको देख्दिन ।

 

यो लोलासंस्कृतिलाई त उन्मूलनै गर्नुपर्छ । यसको लागि YCL लै लगाउनुपरेपनि परोस् । भनेको मात्रै नि । YCL होईन, sexual harassment विरुद्ध कानुन बनाएर कानुन प्रणाली र अदालतलाई बलियो बनाउनु पर्छ ।

(YCL ले त अब extra-judicial काम गर्ने होईन, दलनिरपेक्ष (माओवादीबाट स्वतन्त्र) भई साच्चीकै गान्धीवादी स्वयंसेवक बन्नुपर्छ, होईन भने विघटित हुनु पर्छ । YCL मात्र होईन अरु दलका भातृसंगठन भनिने लिगहरु पनि कि त दलनिरपेक्ष बनाईनुपर्छ, कि त विघटन नै गर्नुपर्छ । अबको नेपालमा कानुनी राज हुनुपर्छ, जसको शक्ति उसको भक्ति-राज होईन)

 

हत्तेरिका कुरा कता पुग्यो । यसलाई यही टुङ्ग्याउ ।

 

दीपिकाजीको कथा कथ्ने शैलीको त म पनि फ्यान नै हुँ । पठन-आनन्द पाईने कथा ।

 

Nepe

 

  

 


 
Posted on 04-29-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe

नेपे दाई, हजुर जस्तो विद्वान साहित्यकारको प्रतिकृया पाउनु भनेको मेरो लागि गौरव को कुरा हो। हजुर को कुरा सँग म पनि सहमत छु। होली भन्ने चाड जुन उस्रिङ्खलता सँग मनाइछ त्यो मलाई कहिले मन परेन। कथा पढ्दा flirtatious लागे पनि मेरो होली प्रतीको सोचाइ बिल्कुल अलग छ। मैले कथामा sexual harassment, abuse, sadism प्रस्तुत गरेको छैन किन भने शायद त्यस्ले कथामा mix of emotions होला भनेर नै हो।

miss_me

sis, हजुर को हौसला त मलाई जहिले चाहिन्छ। हक नै सम्झेर मागेकी छु है :)


 
Posted on 04-29-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

 दिपिका,

नमागेरै  पनि पाउछौ सिस

 बरू  हक त तिम्रो शुभभाइ संग माग्यो भने झन धेरै दिन्च----पठाइदिम?


 
Posted on 04-29-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम्! यस्तो मजाको कथा छुटिरारेछ, प्रेरणाले भने जस्तो म नभएको बेला लेखेर

जे होस, म बुडोलाई पनि रमाइलो लाग्यो! मेरि बास्सै उमेरमा त हाम्पनि कम थेनम गाँठे, लाम लागेर लोला मजाले भरिवरि होलि मा लोला हानिनथ्यो र लाला बाला हरुलालोला लागे पछि निथ्रुक्क वाई लिएर लाल लाल आँखा गाउनेलाई  हेरेर लोल गरेर हाँसिनथ्यो! लोल!

 


 
Posted on 04-29-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, धेरै दिन पछी अर्को रमाइलो कथा पस्केको मा धेरै धेरै धन्यवाद। प्रस्तुती गजब को छ। पूजा को कुरा जती गरे पनि कम हुने रहेछ।  सामान्य घटना लाई लिप-पोत गरेर पढु-पढु पर्न सक्ने तिम्रो खुबी लाई मान्नै पर्छ। लेख्दै गर है।  
 
Posted on 04-29-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर त्या माइला दाई म सँग रिसाको। मैले बोलाँउदा पनि नसुनेर भर्खर बिहे गरे लेराएको हाम्रो साक्षत लक्ष्मी जस्ती भाउजु पाए पछी त फुइँ फुइँ पर्दै हजुर ग को होइन भेगस लुसुक्क। अनी न आउने खबर न जाने खबर केही छैन। कहिले  यसो लुसुक्क चिह्याउने अनी खुसुक्क भाग्ने कसैले देख्लानकि भनेर हजुर अनी अब चै म सँग रिसाएर भो त।
अनी खोइ कोल्ले हो हजुर आउनु भयो रे भनेर अस्ती डन्का पिट्दै थ्यो। म झन कुरेर बसे, हजुर त फेरी खुसुक्क कता लागि सक्नु भएछ। अब यो माइला दाई को लुसुक्क र खुसुक्क को पछी लागेर भएन बा भनेर पूजाको पछी लागेको त टुप्लुक्क आइपुग्नु भएछ आज। झन कती दिन पछी दाइलाई भेट भयो भनेर बाहिनी खुशी भाईराछु, हजुर चै रिसाउने।

नेप्चे, के छ हाल खबर? कस्तो बेपत्ता हो साथि?  मैले लिप पोत गरेको नि माइला दाइ आउने थाहा पाएर क्या

Last edited: 29-Apr-08 01:48 PM

 
Posted on 04-30-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After going through this story, those fun days from holi made me nostalgic. Thanks for bringing another nice story, Dipika. Keep it up! 


 
Posted on 05-05-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika didi,

Holima kati dherai ramailo garintho Kathmandu maa huda. Maile pani dherai nai lola kha chu. Ma ta pachi pachhi ghar bata bahira nai niskinnathe. Hajurko lekhai malai sarai ramro lagyo. Aru katha pani lekhnus hai.


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters