(कथा) भ्रष्ट मनहरु... # राजन थपलिया
चुरोट धेरै नखा मर्लास भन्दा ऊ भन्थ्यो- त्यसो भए संसारमा मर्ने जती सबै चुरोट खाएर को भएरै मरे का हुन त ? Do डु हुने अनि go गु नहुने त्यस्तो पनि कही हुन्छ? यो सिक्षा प्राणाली नै गलत हो भन्दै, सर हरु सँग घन्टौ चर्को बहस गर्थ्यो । बिज्ञान मा पनि सधै बिबाद पर्थ्यो सियो पानी मा डुब्छ तर पानी जहाँज किन दुबदैन ? ऊ सधै भन्थ्यो बाबा त्यो बनाएको नै पानी माथि तैरिन लाई हो त अनि कसरी डुब्छ । कक्षा ८ म पढ्दा पढदै उसलाई सिक्षा प्राणाली मा निकै खराबि छ, भन्ने लाग्यो । यो पढेर केहि काम नहुने देख्यो । त्यो बेला हजुर आमा ले भनि रहनु हुन्थ्यो "बाबु पढाई नछोड राम्रो पढिस भने कसै ले नि त लाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस भने सबै ले हेला गर्छन । बाबु तेसैले पढन जा- भन्दा उस्ले हजुर आमा को केहि कुरा सुनेन अनि जबाफ फर्काइ हाल्यो- त बुढी को होस धेरै जान्ने हुने पढ्न मन लागे त जान त । तलाई के थाहा, के राम्रो के नराम्रो । धेरै दिमाग न खा । जवानी मा आफु पढ्ने बेला मा चाही मोज मस्ती गरेर हिडिस अहिले चाही हम्लाई अर्ती दिन्छे , तेरो अर्ती त आफै राख ।
त्यस पछी का दिन हरु जुवा तास खेल्ने, सधै तरुनी केटी को पछी लागेर हिंड्ने अनि ओल्टो कोल्टो कोही नदेख्ने बितिकै केटी लाई समाती हाल्ने । त्यो बेला कती सम्म अन्ध बिश्वास थियो कि ब्रामण सँग तल्लो जात को छोरी चेली ले महिनावारी नहुँदै यौन सम्ब न्ध राख्यो भने धर्म हुन्छ भन्ने घटिया मन्यता थियो । त्यसैले भैरे ले कसै लाई पनि बाकी राखेन । स्कुल मा हुँदा पनि सधै साथी हरु लाई पिट्ने किताब च्याती दिने गर्दथ्यो । अझ समिर लाई त एकदिन मर्ने गरी पिटेर सिस्नु घारी मा फ्याकिदिएको थियो । उनि कक्षा मा सबै लाई इस्या गर्दथ्यो । उ सबै लाई निकै सताउथ्यो। भैरे ८ कक्षा म पढ्ने भए पनि उमेर चाही १६ बर्श काटी सके को थियो । यसरि नै दिन हरु बित्दै गए । भैरे राजनितीमा लागि सकेको थियो । गणतन्त्र को अन्धो भक्त भइ सकेको थियो । उसका साथी हरु ले जिस्काउदै उस्को नाम नै “गणतन्त्र” राखी दिएका थिए । उ आफु लाई निकै चतुर ठान्द्थ्यो ।
भैरे एक दिन बाटो मा हिडिरहेको थियो । अचानक २ तला माथि झ्याल बाट एक युबती ले सेक्स सिम्बोल दिइन अनि त भैरे पागल जस्तो बेचैनी भयो । उत्तेजित हुँदै सरासर त्यही युबती को कोठा तिर लाग्यो । ति युबती ले यस्तो व्यबहार गरिन कि भैरे लाई बर्षौं पुरानो साथी लाई भेटे जस्तो लाग्यो । रिया यस्ती युबती थिएन जस्ले जवान पुरुष हरु लाई खेलौना को रुप मा हेर्थिन । सरीर ले ईच्छा गर्दा युज गर्थिन जब खेल सकिन्थ्यो अनि थोत्रो कागज झै फ्याकी दिन्थिन ।
आज त्यसै खेल मा भैरे पनि एक थोत्रो कागज भएको थियो । रिमा लाई सेक्स को अनन्द प्रेम मा हुन्छ भन्ने राम्ररी थाहा थियो । उनि एक सिक्षित नारी थिएन । तर के गर्नु लामो समय सम्मन कसैलाई प्रेम गरेकी थिइन तर Boy Friend ले विवाह गर्न नमाने पछी केटा हरु सबै स्वर्थी हुन्छन, अनि यिनी हरु हाम्रा खेलौना हुन भन्ने भावना उनको मन मा बिकास भइ सके को थियो । एक बर्श पछी उनको त्यही Boyfriend लिन आयो । रिना उसको माया मा यती पग्ली सकेकी थिइन कि बर्णन गर्ने कुनै शब्द छैन । अनि केहि बर्श पछी रिना को विवाह त्यही Boyfriend सँग भयो । आज उनि Business Women को रुप मा निकै सुखी जिबन बिता इ रहेकी छिन । भैरे भने त्यो हिजो भेटिएकी केटी रिना लाई आज पनि चान्स पाइन्छ कि भनेर त्यो बाटो ५, ६ महिना सम्म त्यही बाटो हिडिरहन्थ्यो तर त्यसपछी उस्को भेट रिना सँग कहिले भएन ।
देश मा निरङ्कुश राज तन्त्र को जरा उखेल्न महान जन-आन्दोलन भइरहेको थियो । भैरे पनि त्यस्को नेतृत्व गरी रहे को थियो । सडक को गल्ली गल्लिमा, चोक चोक मा ऊ सधै अघी अघी पुलिस लाई झम्टिन जान्थ्यो । कती लाई त हात खुट्टा भाची दिएको थियो । उ पनि कहिले काही मर्ने गरी पिटाइ खान्थ्यो । आखिर निरंकुश राजतन्त्रको जरा उखेलियो । उस्का साथी हरु अब भैरे लाई गृह मन्त्री बनाउनु पर्छ भन्थे । धेरै ले पार्टी अध्यक्ष लाई सिफारिस पनि गरी दिएको थियो । तर उस्को हैसियत केन्द्रिय स्त रमा नभएको कारण ले अनि पढाई लेखाइ पनि त्यती न भएको कारण ले ऊ माथि जान सकेन ।
त्यसपछी पार्टी को सिफारिस मा पर्यटन मन्त्रालयमा पिउन को जागिर दिइयो । मन्त्री बन्ने सपना देखेको भैरे त्यो सपना पुरा हुन नपाउदा निकै दुखी थियो । राजनीति गर्यो आखिर उस्ले के पायो । यस्तो तल्लो स्त र को जागिर त राजनीति नगरे को भए पनि पाइ हालिन्थ्यो नि जस्तो उस्लाई लाग्यो पुरा राजनीति प्रती उस्लाई घृणा लाग्यो । उमेर ले चालिस काटी सके को थियो । बिगत सम्झी पछुतो मनी रह्यो ।
जे भए पनि आज पहिलो दिन अफिस गयो । सिधै हाकिम को अफिस मा गयो, ढोका को घन्टी बजायो अनि एक्कासी ढोका खुल्यो । सिर झुकाउदै नमस्ते सर भन्यो उ झल्यास भयो समिर लाई त्यहाँ देखेर आफु सँगै पढ्ने साथी हाकिम अनि आफु चाही पिउन भित्र-भित्र निकै लाज लाग्यो उस्लाई ।
समिर ले अचानक भन्यो त किन यहाँ ? तल जा सबै सिसा हरु अनि टोइलेट सफा गर । भैरे को अनुहार कालो निलो भयो । आज बल्ल उस्को आखा खुल्यो ।आफ्नो हैसियत कहाँ समिर को हैसियत कहाँ, धिक्कार छ मेरो जिन्दगी भन्दै बिगत सम्झन थाल्यो अनि पढाई छोड्ने बितिकै उस्को हजुरआमा ले भन्नु भएको त्यो बाक्य को सम्झना आयो । त्यो बेला हजुर आमा ले भनि रहनु हुन्थ्यो "बाबु पढाई नछोड राम्रो पढिस भने कसै ले नि त लाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस भने सबै को हेला सहनु पर्छ अनि त्यो दिन नै थाहा हुन्छ तलाई पढाई को महत्व त त्यो दिन झल्याँस्स ब्युझने छस ।" स्वोर्गिय हजुर आमा लाई सम्झी रह्यो । त्यही बाक्य ले दिन भरी पोली रह्यो । टोलाएको देखेर समिर ले भन्यो ओ.. भैरे के टोलाएर बसेको जा…. भने को सुनिनस । भैरे ले जबाफ फर्कायो मेरो कुरा त सुन…. समिर म तिम्रो साथी हो यसरी नहप्काउ….। समिर ले भन्यो व्हाट? what a nonsense? ।पिउन ले हकिम लाई तिमी भन्ने ओ मिस्टर बुढो भइ सकिस तेरो बुद्धी कहिले आउछ ह । को सँग कसरी बोल्नु पर्छ भन्ने थाहा छैन । निलो मुख लगा उदै कोठा बाट बहिर निस्कदै थियो । अचानक एक बयस्क युबती सँग ठोकिन पुग्यो
त्यो ठोकिने युबती को अनुहारमा हेर्यो रिना पो रैछ । अनि भन्यो ओ तिमी यहाँ हाकिम साहेब को मा कसरी को हौ तिमी ? मैले तिम्लाई कती खोजे कहाँ गा’को थियौ ? समिर त्यो सबै देखी रहे को थियो चिच्याएर भन्यो what a nonsense? मेरो Wife सँग ठोकिएर हिंड्ने त को होस । समिर ले रिना सँग सोध्यो तिमी चिन्छौ रिना यो को हो ? रिना ले भनिन मलाई थाहा छैन को हो यो idiot कस्ता कस्ता मान्छे लाई हायर गर्नु हुन्छ डियर तपाईं पनि । यो मैले गरे को होईन रिना यहाँ सबै सोर्स फोर्स त चल्छ नि । भैरे डराउदै सिसा पुछ्न गै सके को थियो ।
यसरि नै दिन हरु बित्दै थियो । नारायण हिटी दरबार संग्रहालय बनी सकेको थियो त्यहाँ जनता ले पनि प्रबेश पाउने भनेर सरकारले घोसणा गर्यो ।त्यो दिन भैरे बिकै खुशी थियो किनकी देशमा गणतन्त्र ल्याउन उस्ले पनि ठुलो भूमिका खेलेको थियो । त्यसको प्रथम दिन प्रचण्ड घाम र गर्मी सहदै भैरे पनि नारायण हिटी अगाडी टिकेट काटेर लाईन मा बसी रहेको थियो । मान्छे हरु को भिड निकै थियो । भिड नियन्त्रण गर्न पुलिस हरुले अस्रु ग्यास छोड्यो । भैरे केहि बिरामी थियो । भिडमा उ छिटो डौड्न सकेन फेरी एक्कासी लाठी चार्ज भयो । भैरे को टाउको मा लाठी को बर्षा भयो । सरिर रक्ताम्य हुँदै टाउको बाट निकै रक्तस्राब भयो । आखिर , नारायण हिटी संग्रहालय हेर्ने सपना अधुरो नै रह्यो । छट्पटिदै अन्तिम शब्द गण्तन्त्र, गणतन्त्र भन्दै संसार ऊ बाट बिदा भयो ।