मेरो लागि सोमबार होस् या शुक्रबार , दुवै दिन बराबर नै हुन् । एक्लो मान्छे, चाहे शुक्रबार होस् या सोमबार , सधै नै एक्लो । बरु अफिस जादा नै मान्छे भेटिन्छन ।
आज सोमबार । अफिस पुग्ने बित्तिकै गूगल न्युज खोलेर एक नजर सरसर्ती दौडाए । अनि खोले नागरिक न्युज । बुद्धिसागर को " सत्रौं केटि " भन्ने कथा पढ्दै जादा, केहि वर्ष अगाडी पढेको "स्वोर्ग बंग" एक्कासी सम्झे ।
"गूगल दाइ जिन्दाबाद" ।
एकै चोटी को सर्च मा त्यो कथा भेटियो । पहिलो लिंक मा नै रहेछ ।
आधा घण्टा मै त्यो कथा पनि सकियो । अल्छि लागि रहेको थियो, अनि आखा घुमाउन थाले, अघि को सर्च मा फेरि । "म मरी सके पछि " भन्ने कथा मा टक्क आखा रोकियो ।
थोरै व्यंगात्मक, अलिकति राजनीतिक, अनि जीवन को दैनिक कठिनाई हरु लाइ एक दम सरल रुप मा पस्त्रुत गरेको रहेछन लेखक ले , तर एउटा मरे को पात्र को दृस्टी बाट । पढ्दै जादा रमाइलो लागि रह्यो ।
"कठै बिचरा , नमरेको भए पनि हुन्थ्यो नि "
कथा सकिने बित्तिकै मेरो मुख बाट अचानक निस्कियो । अनि कसैले सुनी हाले कि क्या हो भनेर यता उति हेरे । कोइ थिएनन् । लन्च ब्रेक मा पनि त्यो पात्र मेरो मानसपटल मा घुमी रह्यो। आफुलाई मन पर्ने चलचित्र को कुनै दृश्य झैँ ।
"जीवन कति छोटो छ है । बालुवा मा कोरियाका रेखाहरु जस्तै । एकै छिन् मा मेटियर जाने । बिना कुनै कारण , बिना कुनै सुचना, बिना कुनै अर्थ । अन्तिममा न कसै लाइ अंगालो हाल्न दिन्छ, न कसै लाइ बाय बाय भन्न नै । आउछ अनि सुटुक्क लिएर जान्छ । बाकी रहन्छ छ त केवल एउटा रित्तो पन । गर्न नपाएको, बाकी रहेको अधुरो अनि अपुरो रित्तोपन ।"
साझ घर आउने बेला मा, त्यो पात्र लाइ फेरि सम्झे ।
घर आएर अब केहि पकाउन पर्यो भनेर भान्सा तिर लगे. काउली काटे , भाडा माझ्न साबुन भिजाए , अनि साग धोएर प्लेट मा राखे ।
प्लेट बाट साग को पानी तपतप गरि चुहदै थियो । एक छिन् नियालेर हेरी रहे । खै किन हो कुन्नि, त्यो पानी झरेको देखेर एक दम रमाइलो लागि रह्यो । अचानक, केहि भारी बजन ले आफुलाई थिचे जस्तो लाग्यो। छेउ मा रहेको फ्रिज मा हात राखेर आफु लाइ धान्न खोजे । तर अहं केहि डेग चलेन, अनि भुइँ मा थचक्क बसे ।
आँखा खोल्दा एउटा मान्छे फ्रिज नजिकै बसी रहे को थियो । गर्दन बांगो गरेर टाउको चै फ्रिज मा अडकाको । दुवै आँखा एक नास ले एउतै दिशा मा टोलाई रहेका थिए । एउटा हात ले फ्रिज लाइ चय्प्प पारेर समाते को थियो अनि अर्को हात को हत्केला चाई आकाश तिर फर्केका थिए। केहि मागे जस्तो अनि केहि दिए जस्तो। मागेको कि दिए को भन्ने छुट्टाउन चाही नमिल्ने। दुवै खुट्टा भुइँ मा लत्रक लत्रे क थिए।
ओ हेल्लो !!! Are you alright man ? भन्दै उसको आखा अगाडी हात हलाये। तर उ मुक थियो। हात येसो उचाले अनि छोडे। हात भुइँ मा बजारियो अनि तन्रंग लत्रियो। येसो अनुहार हेरे को त ठ्याकै म जस्तै।
"ओए नमिते त मरिस कि क्या हो ?" अचानक आफै लाइ सोधे। एकै छिन् मा मेरो सातो उड्यो, अनि ब्यकुलता ले यता उति हेरे।
प्लेट को साग बाट पानी अझै चुहिरहेको थियो। तर अघि को भन्दा बिस्तारै। पहिले पनि एकछिन साग को फेद मा जम्मा हुन्थ्यो अनि एउटा ठुलो ढिक्का को रुप मा झर्थ्यो, टोवाप गरेर। अघि बसालेको भात राइस कुकर मा उम्ल्दै थियो। भाडा माझ्छु भनेर भिजाए को साबुन मा फिज आइ सके को रहेछ। आधा ताछिए को आलु अनि काटिएका काउली का टुक्रा हरु पाकिन तयार देखिन्थे।
केहि हफ्ता अगाडी मरे को सपना देख्दा, केहि साथि हरु लाइ भने को थिए। केहिले ल अब तपाई को राम्रो हुन्छ भनेका थिए, केहि ले चाई अलिक चनखो हुनु है भने का थिये. मोटे, चालिसे अनि पप्पु ले चाही मलाई हासेर उडाए।
"अब येत्रो को चनाखो हुनु , मरी त हाले!!"
"के थाहा साचिकै मर्न लेख्या रहेछ भनेर ? थाहा भए को भए कमसेकम "राम्री" लाई bye bye त भन्थे नि। "
"हे भगवान! "राम्री" लाइ bye bye पनि भन्न नपाई मरे। थुइक्क मलाई!!!"
रिस ले आफै लाइ सरापे…….
क्रमश: