[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 99740 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-20-09 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,
I am one of your silent readers. I am reading this story and following up everyday.
Katha ramro chha. I will be waiting to read rest of the story.
Keep it up.

GOGOL
 
Posted on 05-20-09 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL lai phone garnu paryo bhaneko tyo underscore chahi kasari dial garne ho phone ma........... ;-)
 
Posted on 05-21-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या लहरे,


मेरो पछि नलाग, अघि जाउ। अहिले तिम्रो ट्रेन पनि छुट्ला।


फुस्केट त नम्बर १ नैं हो नि तिमी, मेरो आँखा धमिलो भन्ने, तिम्रै आँखा डेढोँ, लौ जा। त्यो गुच्चा चोरलाइ किन जे पायो त्यही भन्या? सोझो भनेर नहेप है?


कस्तो रिस उठेछ लहरेलाइ नेहा देखि, कि नेहासङ तिम्रो पर्‍यो? ह्या छोडिदेउ दुख पाए उसैले पाँउछ। तिमी चाहि बरु नील र सगरमा नझुकिउ नि।


ctal,


नमस्ते! अनि तपाइ सन्चै?


रिट्ठे पनि कथा खोज्नै नसक्ने भएछ। के खाएर आको होला? हे हे हे।


कालेदाइ,


हेर्नु न त्यो नील पनि कति फर्वार्ड भन्या, कति छिटै फोन नम्बर चाहिने। दाइलाइ केलिले  मोबिल दाइ रे हेर्नु त। त्यस्तोपनि भन्ने हो?


केलि,


काले दाइ त त्यस्तो धेरै कालो हुनु हुन्न रे। गोल छ नि गोल त्यो भन्दा त सेतै हुनु हुन्छ रे। अर्कै नाम देउ कालेदाइलाइ।


ल ल गुच्चा चोर जी,


त्यो लहरी छिट्टै खोज्नु पर्‍यो। शुभ काममा किन ढिलाइ?


क्रेजी रिडर बिस्टे,


बिस्तारै घाम तापेर पढ अनि सानो बिस्टेलाइ पनि सुनाउ है।


यो बैरे कति मात्या हँ? जे पायो त्यही नलेख है, अस्तिको फोटो टाँसिदिन्छु अनि थाहा पाउला।


रिया त धेरै स्वस्थ होली है, बर्गाकार जस्तो।


पूरे,


बादल लाग्दा चाहि कालो चस्मा लाएर आकाश हेर्नु पर्छ भन्ने थाहा छैन तिमीलाइ?
बैरेको सङतले पुरे नि बिग्रिने भयो अब!


Gogol,


किन SilenT भएर पढ्या अलि कराएर पढ्नु न। त्यो _ डायल गर्न undertaker लाइ सोध्नु पर्छ रे क्या। हे हे हे।


 
Posted on 05-21-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ क्रजी म तिम्रो पछी पछी लाग्या लाग्यै


तिमी भने लहरी खोज्ने कुरा गर्ने -


म नेहा जस्तो होइन नि हो - अगाडि तिमी हुँदा हुँदा लहरी लाई खोज्ने -


हो मेरो आँखा डेढोँ भएकोले नै तिमीलाई देख्या हो मैले अनी अस्ती भन्या होइन तिमीलाई पनि डेढे आँखा भएको मान्छे मन पर्छ भनेर -


अनी गुच्चा चोर जि मैले केही नराम्रो भन्या जस्तो लाग्दैन तपाईंलाई यो क्रेजी बिनासितै के के भनिराछ है, अनी लहरी खोज्न जानु पर्ला


जस्तो पनि छैन - क्रेजी हुँदा हुँदै


 
Posted on 05-21-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, मैले पनि सबै पढे है तर यो प्रेमको भाषा र अरबी भाषा उस्तै लाग्छ बुझ्नै गार्हो, पछी सबै सकिएपछी सारान्श पनि लेख्नु है
 
Posted on 05-22-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'क्रेजी किया रे!...'

ल कथै कथा रहेछ, यो पनि पढ्छु! कमेन्ट पछि ल!
 
Posted on 05-22-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीको कथा को क्रेजी नै भएं, सारांश मा भन्नु पर्दा। यति का जाँगर, यतिका भावभंगिमा कहाबाट बटुल्नु हुन्छ क्रेजी ? इर्ष्या लाग्यो।
 
Posted on 05-25-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मैले तिम्रो प्रश्न बुझिन।" नेहा अलमल्ल परी।


"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?" नीलले मुख्य प्रश्न सोध्यो।

नेहा बिचारशून्य भएर नीललाइ हेरिरही।


भाग-९


केहि बेरको मौनतापछि नेहा बोली।


"तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?"


"तिम्रो कुरामा म पूर्ण सहमत छु। पाउन नसकिने या दुर्लभ कुराले मान्छेलाइ दुख दिन्छ। अझ आफ्नो पहुँच भन्दा परको मानिस वा बस्तु अझै प्रिय लाग्छन्। किनभने तिनिहरु कहिल्यै आफ्नै हुन सक्दैनन्। अचम्मको नियम छ यो मनको पनि, जसको माया लाग्छ, उ अरु कसैलाइ चाहन्छ।" नीलले दाहिने आँखा झिम्कायो।


"त्यहि त! कहिले कहिं तिमीलाइ जीबन देखेर दिक्क लाग्दैन? कस्तो एकोहोरो समय है, कहि कतै परिबर्तन नहुने। उहि रुटिन, उहि एकरुपता" नेहा बिषय फेर्ने प्रयास गर्न थाली।


"त्यो त आफुमा भर पर्ने कुरा हो। यदि तिमी परिबर्तन चाहन्छौ भने त्यसको लागि आँट पनि गर्न सक्नु पर्छ। कोरा कल्पनामा बाँचेर जीबन रमाइलो हुँदैन।" नील परिबर्तनको लागि वकालत गर्ने वकिल जस्तै देखिन्थ्यो।


"तिमीले के भन्न खोजेको?" नेहाले नीलको कुरा बुझिन।


"हामी परिबर्तन चाहन्छौ तर त्यसको लागि आफु तयार हुन सक्दैनौ, हामीलाइ उहि पुरानो एकोहोरो जीबन मन पर्छ। नयाँ अबसरहरु ढोकामै बसेर ढकढकाँउदा पनि हामीलाइ उहि निराश जिन्दगी प्यारो लाग्छ।" नील अलि गम्भिर देखियो।


"नयाँ अबसरहरु सुख लिएर आएका हुन्छन भन्ने के ग्यारेन्टी छ र? के नयाँ अबसर पनि केहि दिन पछि उहि पुरानै ढर्रामा उदासी लिएर आँउदैनन् र?" नेहालाइ बिस्वास लागेन।


"हो मुख्य कुरा त्यहि हो! बिस्वास गर्न सक्नु पर्‍यो, सकारात्मक सोचाइ राख्न सक्नु पर्‍यो नयाँ अबसरहरु अरु सुखान्त हुन सक्छन्।" नील नयाँ अबसरमा जोड दिंदै थ्यो।


"भन्नु र हुनुमा फरक छ, शब्द र यथार्थमा फरक हुन्छ।" नेहाले आफ्नो ढीपी छोडिन।


"यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्‍यो।


"तिमीलाइ मेरो बारेमा के थाहा छ र?" नेहाले सोधी।


"तिमी हसिंली छौ, जब तिमी कुरा गर्छौ, मलाइ रमाइलो लाग्छ। तिम्रो मुस्कान धेरै आकर्षक छ। जब तिमी मुस्काँउछौ, मलाइ लाग्छ जीबन धेरै सुन्दर छ। तिम्रो आँखा पारदर्शी छन्। मलाइ लाग्छ, तिम्रो मनको कुरा आँखाहरु बताइरहेका हुन्छन्। तिम्रो खुशी, दुख सबै आँखामा देखिन्छ। यो भन्दा बढी अरु के जान्न जरुरी छ र?" नील सोद्धैथ्यो।


"तिमी बाहिरी आबरणलाइ मात्र हेर्दैछौ। तिमीलाइ मेरो बारेमा केहि थाहा छैन।" नेहा चिसी देखिन्थी।


"हामी किन सरल जिन्दगीलाइ जटिल बनाँउछौ हँ? मलाइ तिमी मन पर्छ। यही कुरालाइ किन लम्बाएर अनुसन्धान गर्नु पर्‍यो र? सत्य कुरा के हो भने म तिमीलाइ मन पराँउछु। स्वीकार गर्नु या नगर्नु तिम्रो कुरा। तर मन पराउनु मेरो चाहना हो। म तिमीलाइ म जस्तै एउटा साधारण मान्छे भन्ने बुझ्दछु। साधारण यस अर्थमा कि हामी मान्छे मा गुण, अबगुण, माया, दया, रिस, इर्श्या, लोभ, मोह सबै कुरा हुन्छन्। परिस्थिति अनुसार कहिले के देखिन्छन् कहिले के? म त्यसलाइ ठुलो कुरा मान्दिन।" नील प्रस्ट थियो शायद।


"तिम्रो कुराहरु मेरो बुझाइमा गार्हो बिषय जस्तो लाग्छन्।" नेहा भन्दैथी।


"त्यसो भए सुन, नेहा! यो समय तिमी र म छौँ, साथमा तिमीलाइ सुन्दर लाग्ने आकाश पनि छ। जुन, ताराहरु हाम्रो समयको साक्षी बसेका छन्। यो समय हिजो थिएन, भोली हुन्छ भन्ने पक्का छैन। अहिले जुन क्षण छ, यो पल अनमोल छ। म तिमीसङ मेरो मनको कुराहरु पोख्दैछु। यही नैं सुन्दरता हो यो समयको। यसलाइ म मनको एउटा कुनामा साँचेर राख्न चाहन्छु। जिन्दगीका सुन्दर पलहरुलाइ बचत गरेर राख्नु पर्छ।" नील खुशी देखिन्थ्यो।


नेहा चुप लागी, नीलको कुराहरुलाइ मनमनै बुझ्न खोजी, केहि बुझे जस्तो लाग्यो र केहि नबुझे जस्तो पनि। समय त नेहालाइ पनि रमाइलो लागेको हो सगरको संझनाले, नीलको मिठो मिठो कुराहरु। उ अझै सगर र नीललाइ फरक छुट्याउन खोज्छे, तर सगर आएर नीललाइ छेकिदिन्छ। अध्याँरो बाक्लिदैंथ्यो, उसले नीललाइ भित्र जाने अनुरोध गरी, भित्र सारा सबैलाइ केहि भनीरहीकी थी।


"नील! तिमीलाइ किताबहरु पढ्न रुचि छ?" भित्र पस्ने बितिकै साराले सोधी।


"किन? कहिले कहिं पढ्छु।" नील सजिलो जवाफ दियो।


"हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। यदि तिमी पनि सहभागी हुन चाहन्छौ भने स्वागत छ।" साराले बूक- क्लबको बारे जानकारी दी।


"अबश्य ! तर यसपाली कुन किताबबारे छलफल गर्ने त?" नील ले सोध्यो।


"उदरिङ हाइटस्" भन्ने किताबबारे सुनेको छौ? त्यो बिश्व प्रसिद्ध प्रेम कथा हो "इमिली ब्रोन्ट" भन्ने लेखिकाले लेखेकी। हामी त्यही प्रेम कथा बारे चर्चा गर्नेछौ यसपाली।" साराले भनी।


"प्रेम कथा त रोचक नैं हुने भयो नि समय र परिस्थिति अनुसार। म अहिल्यै अमेजनबाट किताब किन्छु,आजैदेखि पढ्न पनि शुरु गर्छु।" नेहालाइ छड्के हेर्दै भन्यो नीलले।


"त्यस्तो हतार गर्नु पर्दैन, हामीसङ अझै दुइ हप्ता बाँकी छ, आरामले पढे हुन्छ।" सारा हाँसी।


नेहा "उदरिङ् हाइट्स्"की नायिका "क्याथरीन"को प्रेमबारे सोच्न थाली। यो उपन्यास नेहाले धेरै पल्ट पढेकी छे र उ हरेक पल्ट आफुमा "क्याथरीन" पाँउछे, अनि फेरि नेहामा हराँउछे।


क्रमश:

Last edited: 25-May-09 11:54 AM

 
Posted on 05-25-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी, मलाई त एक्लै भाको बेलामा पनि त्यस्तो कुरा गर्न आउन्न, त्यो निल त क्या खतरा ! केटी लाई convince गर्न क्या गाह्रो लाग्छ मलाई । तपाईंको कथा पढे पछी सिकिन्छ जस्तो छ
अर्को भागको प्रतिक्षामा !

Guchcha chor.
 
Posted on 05-25-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिँली आज धेरै वटा भागहरु एकै चोटी पढेँ ,रमाइलो छ आज गन्थन गर्दिन ,मलाई यो कथाको अन्त्य बुझ्न मन छ ,कति भाग लाग्ने हो?

 
Posted on 05-25-09 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो खाल को केटी हो यो नेहा


कथाकार जस्तै क्रेजी हो कि जस्तो लाग्यो,


निल ले यो गीत त्यो पार्टी मा गाएको भए ठ्याक्कै मिल्थ्यो


 


किसी पथर कि मुरत से


मुहबत का इरादा है


परस्तिस कि तमन्ना है


इबादत का इरादा है


 


जो दिल कि धड्कने सम्झे


ना आन्खो कि जुबा सम्झे


नजर कि गफ्तगु सम्झे


न जज्बो का बँया सम्झे


उसिके साम्ने उसकी सिकाएतका इरादा है





 
Posted on 05-25-09 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,


म त अरबी मात्रै होइन, चाइनिज, जापानिज, कोरिअन, आदि इत्यादि केहि पनि भाषा बुझ्दिन।


होइन, यो stat लाइ धामी झाँक्रि लाएर उपचार गर्नु पर्ने हो कि क्या हो? केहि नि बुझ्दिन रे, मायामा सातो गाको जस्तो छ, हे हे हे।


बिर्खे चा,


तिमी कहाँ लुक्या हँ? खोइ त येसो कथाहरु लेख्नु पर्दैन? कथा चौतारीको शुरु गर न प्लिज।


राहुलदाइ,


जाँगर भन्या साथीहरुको मायाले गर्दा लाग्दो रैछ। अझ दाइले यस्तो करौडौंको कमेन्ट दिएपछि त झन झन लेख्न मन लाग्दो रैछ।


गुच्चा चोरले हँसायो! एक्लै भाको बेलामा किन त्यस्तो कुरा गर्नु पर्‍यो त, त्यो त दुक्लै हुँदा मात्र त हो नि। त्यति पनि थाहा छैन ? Convince गर्न माया गर्न भन्दा गार्हो हुन्छ नि।


यो फुच्चे चाहि कथा शुरु भाको छैन अन्त्य बुझ्न मन छ भन्छ। बssढ!


लौ! नेहालाइ पत्थर रे लहरेले। मान्छे पनि कहिँ पत्थर हुन्छ बौचा? छन्त आशे?


राम्रो गीत राख्यौ लहरे, धन्यबाद!


 
Posted on 05-25-09 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्हा जि, वने तेल: छ्या आशे - जहिले देखे नि आशे आशे भन्छ -


मैले नेहा लाई पत्थर भन्या हो त - पत्थर लाई पो नेहा भन्या त -


कुरा बुझ्नु छैन - जे पनि उल्तो बुझ्ने क्या यो क्रेजी पनि


अनी मैले राखेपछी नराम्रो गीत पनि राम्रो हुन्छ क्रेजी हिही


 
Posted on 05-25-09 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परस्तिस bhanya k ho????


छन्त दाए मा ला बौचा?


 
Posted on 05-25-09 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के हो

नेवारी होइन नत्र भन्दिन्थे के हो भनेर

गेस गर्दा लोप सप नै होला भन्ने अनुमान छ मेरो

धाथे ख: ला, द्यागु ए खला - ख्या याइगु मय जित - न्ही पहिला हे मधा धाइ
 
Posted on 05-25-09 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो गीतको अर्थ नबुझ्ने मान्छेले किन गीत राख्नु पर्‍यो?


गेस गर्दा त के के हुन्छ के के?


ख:ला ख: ला, बौचा माक:  मखुला?


ख: ख:, धाथे माक ख:।


 
Posted on 05-25-09 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत राख्न कसैलाई सोध्नु पर्दैन क्यारे अनी राख्दे


गेस गर्दा के हुन्छ - मैले गेस गरेको चाँही ठ्याक्कै मिल्छ -


जि माक ख: सा छ माकनी - पाकनी न ख: धाथे ख:


 
Posted on 05-25-09 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परस्तिश = adoration, worship


इबादत = devotion, prayers


जज़बाँ जज़्बात = emotion, feeling, enthusiasm, rage


रूबरू = face to face


बेजा = unnecessary


बेजाँ = lifeless


तक़ल्लुफ़ = Etiquette, Manners


बग़ावत = rebellion


 


किसी पत्थर की मूरत से मुहब्बत का इरादा है


परस्तिश की तमन्ना है, इबादत का इरादा है


किसी पत्थर की मूरत से ...


 


जो दिल की धड़कनें समझे न आँखों की ज़ुबाँ समझे


नज़र की गुफ़्तगू समझे न जज़बों का बयाँ समझे


उसी के सामने उसकी शिक़ायत का इरादा है


किसी पत्थर की मूरत से ...


 


मुहब्बत बेरुख़ी से और भड़केगी वो क्या जाने


तबीयत इस अदा पे और फड़केगी वो क्या जाने


वो क्या जाने कि अपना किस क़यामत का इरादा है


किसी पत्थर की मूरत से ...


 


सुना है हर जवाँ पत्थर के दिल में आग होती है


मगर जब तक न छेड़ो, शर्म के पर्दे में सोती है


ये सोचा है की दिल की बात उसके रूबरू कह दे


नतीजा कुच भी निकले आज अपनी आरज़ू कह दे


हर इक बेजाँ तक़ल्लुफ़ से बग़ावत का इरादा है


किसी पत्थर की मूरत से ...


 


 


 
Posted on 05-25-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey CL long time how you doing?am a fan of your stories this one is also very interesting waiting for next read.wow thery are going to discuss abt wuthering heights eh hope Nil will not turnout to be like Heathcliff too much love n so much hate. 
 
Posted on 05-26-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?>>


ओहो यो त मेरो पशुपती जस्तै भयो । कुरा त १००% ठीक हो । पछुताउने भयो तरुनी


<<यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्‍यो।>>


यो निल्ले आफ्नो ढोकामा अवसरले ढक्ढकाको सुनेन कि क्या हो , म त नेहाको माध्यम बन्न पनि तयार छु , निल बोकापन बाट ग्र्याजुएट भाको छैन जस्तो छ हेहेहेहेहेहे



<<हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। >>
कहा बाट बुक क्लब आयो हरे प्रभु !!!!!!!!


<<"उदरिङ हाइटस्" >>
लौ लौ पहिलो उपन्यास चाँही दरो छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters