[VIEWED 69700
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-09-09 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि) भाग-१ सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्। सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो। "उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्याएर नमस्ते गर्यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ। "उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै। "अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो। "ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो। एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन। "यहाँहरुलाइ म के गर्न सक्छु?" प्रबेशले बलबहादुरलाइ हेर्यो, बलबहादुरले प्रबेशलाइ। "भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्यो। "गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती। "मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो। "सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्यो। "बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो। "हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो। "त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्यो मैले?" सार्थकले फेरि मुख्य कुरामा जोड दियो। "मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन। "नागरिकता बनाउनु पर्यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो। "त्यो कुरामा मैले के गर्नु पर्यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो। "ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो। "के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो। "मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो। "कसको लागि त?" सार्थकले बुझ्नै सकेन। "यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो। क्रमश:
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-04-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कथा चाँही किन यती छोटो ? तेइ त, बैरेको कमेन्ट र कथा उत्रै रैछ। हप्तौं पछी आयो, त्यो पनि यती छोटो। अब कतै फस्ला जस्तो छ, सर्थक, हुन त पैले नै गल्ती गरेर फसी सक्यो, अब त्यो गल्ती को प्रायस्चित् बाहेक अरु के नै गर्न सक्छ र।
|
|
|
nepalibabu101
Please log in to subscribe to nepalibabu101's postings.
Posted on 08-04-09 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
crazy ji , yes lai ta novel ko rupanai rakhe kasto hola?? ekdam farak khalko katha cha , aba ke huncha ???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-09 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो बिजी भइरा मान्छे ले बिजी भनी नभनी कथा लेखिरा छ त्यही पनि कती छोटो भन्ने हो त एसो साइड लिइद्या नि ब'बाल कथा गइराछ, हुन त आफ्नो भन्या आफ्नै हुन्छ माया त लागिहाल्छ नि अब सार्थक ले केही गरेर त्रिस्ना लाई हेरिदीए त्रिस्ना को कल्याण हुने थियो अनी सार्थक ले गरेको कर्म को पनि पश्च्याताप
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-06-09 6:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कालेदाइ, जिन्दगी नैं असार पन्ध्र हो कि जस्तो लाग्छ आजकाल मलाइ पनि।ब्यस्तताको बाबजुद पनि तपाइको मिठो कमेन्ट पढेपछि चाहि कथा लेख्न प्रेरित गर्छ। अर्को चोटि आँउदा छुर्पी पनि ल्याउनु भयो भने हामी सबै बाँडी चुँडी खाँउला। ek@l, मैले नयाँ भाग राखेर पनि पुरानो भइसक्यो, अब अर्को नयाँ भाग पनि आँउदैछ। धैर्य गरिदिनु भएकोमा धन्यबाद साथी। बैरे, भोटो भन्दा पनि छोटो? तिम्रो वालेटमा कस्को फोटो? हे हे हे पुरे चा, बैरेको कमेन्ट भन्दा त लामै छ त यो भाग। कि बैरेलाइ जिस्काको हो? मलाइ त होइन है। nepalibabu101, नोबेल लेख्न अलि धेरै समय पनि लाग्छ होला, त्यत्रो लेख्ने हिम्मत पो छैन हो मलाइ। के गर्ने होला? तर पनि तपाइको राय राम्रो लाग्यो। भबिष्यमा लेखिन्छ कि कतै, असार १६ आयो भने। लहरेले नि पार्टि चेन्ज गरेछ। अचम्मै भो! साइड लिन नि जान्या रैछ। धन्याको पात!
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-06-09 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा साह्रै राम्रो छ. यो भाग साह्रै छोटो लाग्यो है क्रेजी
|
|
|
sikuti
Please log in to subscribe to sikuti's postings.
Posted on 08-06-09 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
A captivating story.....
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-07-09 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग- ११ सामाजिक दायराभित्र रहेको भए त्रिस्ना र उसको सम्बन्ध कति आत्मिय हुन्थ्यो, उत्तिकै स्वाभाबिक पनि। त्रिस्ना निस्फिक्री उसलाइ बाबा भन्न सक्थि, उ गर्बले त्रिस्नालाइ छोरी भन्न सक्थ्यो। तर परिस्थिति झन् झन् जटिल हुँदैछ। त्रिस्नालाइ उसले १७ बर्षपछि देख्दैछ त्यो पनि एउटी अपरिचत केटीको रुपमा। जुना छैन, ती दुबैलाइ परिचय गराउन। बलबहादुरको उद्देश्य मात्र नागरिकता हो। त्रिस्ना के चाहन्छे त? न त उसलाइ कसैले सोधेको छ, न त उसले भनेकी छे। उसको मन भित्र कति ज्वालामुखि फुट्नु अघिका लावाहरु सलबलाइरहेका होलान्? कति बर्षिन नसकेका काला बादलका बेगहरु मडारिदैं होलान्? कसले देखेको छ उसको मनभित्रको नबुझिने चित्र? सार्थकले क्यालेन्डर पल्टायो, प्रबेशले २-३ दिनमा खबर गर्छु भनेको छ। त्यो अनुसार त्रिस्नाको लागि कतै छात्राबासको प्रबन्ध गर्नलाइ धेरै समय बाँकि छैन। उसले आजैदेखि हेर्न शुरु गरे हुन्छ। उसले रिसेप्सनिस्टलाइ काठ्मान्डुको राम्रो राम्रो नाम चलेको केटिहरुको लागि खुलेका छात्राबासको नम्बर माग्यो र आफैले कुरा गर्न थाल्यो। २-३ वटा ठाँउमा कुरा गरेपछि एउटा छात्राबासमा आफै गएर हेर्ने बिचार गर्यो। कुपोन्डोलमा रहेछ त्यो होस्टेल चाहि। हिड्ने तर्खर गर्दा गर्दै रमेश आइपुग्यो। "दाइ, मैले त भेटिन उनिहरुलाइ।" "बस्ने ठाँउ नि?" सार्थकले सोध्यो। "गल्ली गल्ली भित्र खोजे, तर प्रबेशले भनेको ठाँउ नैं भेटिन।" रमेशले आफ्नो असमर्थता भन्यो। "ठिकै छ। आजलाइ भइ हाल्यो। अर्को चोटि प्रबेशसङै जाऔला।" केहि बेर सोच्दै सार्थकले फेरि रमेशलाइ भन्यो।"एकछिन कुपोन्डोल जानु पर्यो। ल हिँड"। रमेशले खुरुखुरु सार्थकको आग्रह मान्यो। छात्राबासको ढोकैमा वार्डेन क्रिपाले स्वागत गरी सार्थकलाइ। क्रिपा क्रिपालु देखिन्थी। सुतिको फिका हरियो सारी लगाएकी क्रिपा झट्ट हेर्दा कुनै तपस्वी जस्तै तेजिली देखिन्थी। उसको स्वर त्यस्तै मधुरो र शान्त थियो। अनुहारमा श्रिङारको नामनिशान थिएन र पनि उज्याली थी। उसको मातहतमा २५ छात्राहरु थिए। कोहि काठ्मान्डु कै कोहि बाहिरका, कोहि काम गर्ने र पढ्ने, कोहि पढ्दै मात्र। प्राय छात्राहरु टेक्निकल बिषयका बिधार्थीहरु थिए। उनिहरुको लागि पढ्ने बाताबरण अनुकुल थियो त्यहाँ। सुरक्षाको सन्दर्भमा कोहि पनि बेलुकी ७ बजे पछि बाहिर जान नपाउने र अभिभाबक लिन आए मात्र पास दिएर घर पठाउने नियम थियो। क्रिपाले सार्थकलाइ होस्टेलको सबै कोठाहरु देखाइ, पढ्ने कोठा, सुत्ने कोठा, खाना खाने कोठा, टि बि हेर्ने कोठा, लाइब्रेरी, भिजिटर आँउदा भेट्ने कोठा सबै। सम्पुर्ण नियमहरु बारे जानकारी दिइ। होस्टेल सफा देखिन्थ्यो र ठाँउ पनि सहरको भिंडबाट टाढा थियो। सार्थकले सबै कुराको निरिक्षण गरेपछि क्रिपालाइ सोध्यो। "महिनाको कति फी लिनु हुन्छ?" "कसको लागि?" क्रिपाले सोधी। "एउटी गाँउकी केटीको लागि।" सार्थकले अकमकाउदैं भन्यो। "अनि उस्को अभिभाबक?" क्रिपाले सोधी। "आमा मरी सकी। बाबु-- बाबु पनि मरिसक्यो" सार्थकले सानो स्वरमा भन्यो। उ आफैले आफुलाइ मार्यो एकछिनको लागि। "बिचरी!" क्रिपाले सहानुभुति जनाइ। "कति बर्षकी छे?" "१७ जति होली।"सार्थकले उ बन्दिपुर गएको, त्रिस्नाको उमेर आफै हिसाबकिताब गर्यो। "अनि कसले तिर्छ त उसको फी?" क्रिपा दयालु भए पनि मुख्य प्रश्न त्यहि नैं थियो। "म-- यानि मेरो साथी छ, उसैले तिर्छु भनेको छ।" सार्थकले कुरा मिलाउनै पर्यो। "तपाइको लागि भए म डिस्काउन्ट गर्न सक्छु। तर तपाइको साथीको लागि सक्दिन।" उस्तै मन्द मुस्कान छाडी क्रिपाले। "मलाइ चाहि किन बिषेश डिस्काउन्ट?" सार्थकले सम्झ्यो क्रिपा पनि उसको गीतको फ्यान रहिछ। "तपाइँ आभाको श्रीमान होइन? आभा मेरी कलेजकी मिल्ने साथी हो।" क्रिपाले त्यस्तो ठाँउमा गोली हानी, जहाँ पहिले नैं चोट लाग्ने संभाबना थियो। सार्थक मर्माहत भयो, एकछिनको लागि उसको ओंठ सुक्यो, दिमाग सुन्य भयो। क्रिपा आभाको साथी, त्रिस्नालाइ यहाँ राख्नु उपयुक्त लागेन सार्थकलाइ। "ए, तपाइँ आभाकी साथी, चिनेकै मान्छे पर्नु भएछ। संसार साँचिकै सानो छ।" सार्थक रोकियो अनि फेरि भन्यो।"म मेरो साथीलाइ सोध्छु, उसले के भन्छ? त्यसपछि तपाइलाइ खबर गरुलाँ"। भन्दै उ त्यहाँबाट छिटो छिटो बिदा भयो। "आजको दिन राम्रो छैन।" बाटोमा उसले रमेशलाइ भन्यो। "किन दाइ?" रमेशले सोध्यो। "त्रिस्नाको लागि होस्टेल हेर्न खोजेको। यहाको वार्डेन नैं आभाकी साथी रैछे। होस्टेल राम्रो छ तर आभाको साथी भएको ठाँउमा त्रिस्नालाइ राख्नु भनेको मैले आफ्नो खुट्टामा अफैले बन्चरो हान्नु जस्तै हो।" सार्थकले लामो सुस्केरा हाल्यो। "अनि तपाइले त्रिस्नासङ कुरा गर्नु भयो त?" रमेशले सोध्यो। "कुरा गर्नै पर्दैन। उ गाँउ गएर के गर्छे? यहिँ बस्छे, पढ्छे, एउटा काम त म भनसुन गरेर लगाइदिन सक्छु। यहाँ म छु उसको लागि। गाँउमा को हुन्छ? बलबहादुर पनि बुढो भइसक्यो। उसकी आमा मरी हाली।" सार्थक एक्लै एक्लै सोच्दै बोल्दैथ्यो। रमेश केहि बुझ्न सकिरहेको थिएन। साँझ घर पुग्दा सार्थक थकित थियो। खासै काम केहि गरेको थिएन तर त्रिस्नाको बारे सोच्दा सोच्दा उ गलेको थियो। श्रेया र समिरलाइ माया गरेर उ आफ्नो कोठामा जानै लागेको थियो। पछाडीबाट आभाको स्वर सुन्यो। "सार्थक!" पहिला उसलाइ बिस्वाश लागेन आभा नैं हो भनेर। यसरी उसले कहिले बोलाउदैनथी। "सार्थक"।दोस्रो चोटि उसले आभाकै स्वर सुनेर फर्क्यो। "तिमीसङ एउटा कुरा गर्नु छ।" आभाले भनी। "अहिले नैं?" सार्थकले सोध्यो। "अहिले नै।" आभाले भनी। "पाँच मिनेटपछि माथि कौसिमा आउ। त्यहीँ कुरा गरौंला।" सार्थकको मनमा शंकाको हुरी चल्न थाल्यो। के क्रिपाले आभालाइ दिँउसोको कुरा भनि सकी? के आभाले त्रिस्नाको बारे थाहा पाइ सकि? अब के हुन्छ? आभाले के भन्छे? सार्थकले के जवाफ दिन्छ? क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-07-09 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग पनि खररर पढेर सक्यो मान्छे चाँही नराम्रो होइन रहेछ सार्थक - त्यती सम्म त गर्ने बिचार गरेछ त्रिस्ना लाई अब कहाँ बाट आभा कि साथी भेटिरा ग्रह दशा ठीक छैन जस्तो छ सार्थक को एक चोटि देखाउन जानु पर्ने देखिन्छ लास्ट को सिन चाँही फिल्मी होला जस्तो लाग्यो अर्को भाग मा चाँही हात्ती आयो हात्ती आयो फुस्सा होला
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-07-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो क्रेजी हुन्छ नि, वीकेन्दमा आएर यस्तो सस्पेन्स राख्ने? ल भएन, मलाई त खाको नै पच्दैन, ल आजै या भोली यस्को अर्को भाग राख्न पर्यो, तुरुन्तै, हुन्न यसरी त!
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 08-11-09 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचरा सार्थकले जती लुकाएर काम फत्ते गर्छु भने पनि अफ्ठ्यारो पर्ला जस्तो छ, लौ अब धेरै कुराउनु भएन छिट्टो बाउ छोरी लाई मिलाइदिउँ त्यस्पछी सार्थक लाई जुन सुकन्या कहाँ भेटाइदिए पनि हुन्छ
|
|
|
kanchikancha
Please log in to subscribe to kanchikancha's postings.
Posted on 08-11-09 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कथा सक्किसक्यो होला भनेर पढ्न थालेको त कहाँ हुनु, पर्खाइको पीडाले त मलाई पनि सताउने भयो नी त हौ गान्ठे! जे होस् क्रेजी जी, कथा सार्है राम्रो लेख्नु भएको छ, पढ्दा अत्यन्त राम्रो लाग्यो। माया-प्रेमका भागहरु उत्श्रिन्खल लाग्दैनन्, कथासङ्गै बगेका छन्। अर्को भाग बरु झट्टै लेखिहालौ न है? उही, कान्छी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-11-09 11:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म पनि ब्याकुल छु सार्थकले के जबाब दिन्छ , छिटो थाहा पाउन पाउ है क्रेजी आत्मा ज्यु ।
|
|
|
kanchikancha
Please log in to subscribe to kanchikancha's postings.
Posted on 08-12-09 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी जी, यसो एस्टिमेट पाउ न त, कहिले एक्सपेक्ट गर्ने अर्को भाग भनेर :)
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-12-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-११ एकछिनपछि सार्थक माथि कौसिमा उक्लियो, आभा पहिले नैं उसैलाइ कुरेर बसेकी थिए। साँझ त परिसकेको थियो, तर रात अझै आइसकेको थिएन। काननिरको केहि केशलाइ चोर औलाले घुमाउदै आभा केहि सोचिरहेकी थिए। सार्थक आएको पनि उसले देखिन। सार्थक आभा नजिकैको को कुर्सीमा बस्यो, आभाले उसलाइ आफै हेर्छे भनेर कुर्यो। तर आभा आफ्नै धुनमा सोचमग्न थिए। त्यसपछि सार्थक आफैले आफु त्यहि भएको जानकारी दिनु पर्यो आभालाइ। "आभा।" आभाले पुलुक्क हेरी, चोर औंलाले बटारीरहेको केशलाइ छोडी, अनि मुस्काइ। "अस्ति तिमी म सङ के कुरा गर्न खोज्दै थियौ? म सङ समय थिएन। तर आज म सुन्न सक्छु।" आभाले सार्थकलाइ हेर्दै भनि। "के कुरा?" सार्थकले सम्झिने प्रयास गर्यो। "खोइ के कुरा हो? तर त्यति खेर म ब्यस्त थिए प्रिजेन्टेसनको काममा। त्यसैले मैले बिचैमा छोडेर हिड्नु परेको थियो। अस्ति भर्खर त हो नि। बिर्स्यौ?" आभाले सकेसम्म सम्झाउन खोजि। सार्थकले सम्झ्यो त्रिस्ना, शायद उस्कै बारेमा कुरा गर्न खोजेको थियो त्यो रात। तर उसले भन्नै सकेन। "ए, त्यस्तो जरुरी कुरा हैन। मैले मेरो नयाँ अलबम को नाम मात्र के राखे उपयुक्त होला भनेर तिमिलाए सोध्ने बिचार गरेको थिए। तर अब राखिसके। त्यो कुरा सकि सक्यो।" सार्थकलाइ भन्नु उचित लागेन। "त्यस्तो कुराको त मलाइ केहि आइडिया छैन ? तिमी आफै सोच्न सक्छौ नि।" केहि बेर रोकि अनि फेरि भनि आभाले। "आज मेरो एउटा कुरा छ तिमिसङ।" सार्थकले सोध्न सकेन, मात्र कुरिरह्यो आभाको कुरा छातिमा उफ्रिरहेको मुटुको आवाजले कानलाइ बहिरो बनाइसकेको थियो। तैपनि नियन्त्रण गर्ने प्रयासमा थियो सार्थक। "म एक महिनाको लागि क्यानडा जाँदैछु।" आभाको अनुहारमा खुशी थियो। सार्थकले सन्तोषको स्वाश फेर्यो। "अचानक? के काम पर्यो त्यस्तो?" सार्थकलाइ अलि अलि डर पनि लाग्यो। आभा उ सङ टाढिन लागेको जस्तो भान भयो। हुन त नजिक कहिले थिए र उनिहरु? "मलाइ एउटा नेत्रित्व बिकाश सम्बन्धी तालिममा क्यानडाको संस्थाले छानेको छ। त्यो कार्यक्रममा संसारका अन्य मुलुकबाट पनि म जस्तै नारीहरु आउनेछन्। हामीलाइ त्यहाँ एक महिना नेत्रित्व बिकाश सम्बन्धी तालिम दिइनेछ।" आभामा बास्तबमा अरुको मातहतमा भन्दा आफ्नै मातहतमा अरुलाइ काम लगाउन सक्ने क्षमता थियो। त्यसैले होला उ र सार्थक आ-आफ्नै ढङले परिवारिक जिम्मेदारी स्वतन्त्र रुपमा निभाउथे। उनिहरु कसैको मातहतमा थिएनन्, समानान्तर रेखाहरु जस्तो। "यो त धेरै खुसीको कुरा हो। भन, मैले तिमीलाइ के मद्दत गर्नु पर्छ तिम्रो सफल यात्राको लागि?" सार्थक कतै खुम्चे पनि आभाको सफलतामा खुसी भयो। "तिमी म नहुँदा श्रेया र समिरको सम्पूर्ण जिम्मेबारी लिन्छौ भन्ने आशा छ। घरको पनि।" आभाले सार्थकलाइ अनुरोध गरी। "त्यो त तिमीले चिन्ता गर्नै पर्दैन। तिमी ढुक्क भएर जाउ, तर हामी तिमीलाइ कुरिरहेका छौ भन्ने कुरा चाहि नबिर्स। उतै पलायन हुने बिचार छ भने त्यागिदेउ।"सार्थकले आफ्नो भाबनालाइ लुकाउन सकेन। जे भए पनि आभा उसकी आफ्नै मान्छे हो, जसले उसलाइ परिबर्तन गर्ने कोशिश गरेकी छैन। उ जस्तो छ त्यस्तै स्वीकारेकी छ। "उतै बसे पनि तिमीलाइ त केहि असर पर्दैन होला।" आभाले ब्यङ गरी उसलाइ। "तिमी मलाइ त्यति सार्हो निष्ठुरी छौ जस्तो लाग्दैनौ। हामी एक अर्कामा जति बिपरित दिशामा जान्छौ, आकर्षण त्यति नै बढ्छ। तिमी जहाँ जान्छौ म त्यही आँउछु, साथमा श्रेया र समिर पनि।" सार्थकले आभालाइ नियाल्यो, आज आभाको अनुहारमा अर्कै कान्ति थियो। यसभन्दा अघि कहिले देखेको थिएन त्यो उज्यालो। सार्थकको मोबाइल बज्न थाल्यो, आभा केहि भन्न खोज्दैथी, चुप लागि। सार्थकले नम्बर हेर्यो लिजा थिइ। उसले फोन उठाएन र आभा अलि पर कौसीतिर गइ। उ सार्थकलाइ उसको ब्यक्तिगत फोनकलको लागि प्राइबेसी दिन चाहन्थी। उ सधै यस्तै गर्थी, जब सार्थकको फोन आँउथ्यो। उसले कहिले पनि सार्थकलाइ कसले किन फोन गर्छ भन्ने चासो देखाइन। फोन बन्द भएको केहि बेरपछि आभा भएतिर सार्थक पनि गयो। बाताबरण सहज बनाउन उसले आभालाइ सोध्यो। "तिम्रो कार्यक्रम कहिले देखि कहिलेसम्म हुन्छ? मैले पनि त्यहि अनुसार मेरो कार्य तालिका मिलाउनु पर्यो।" "अर्को महिनाको दोस्रो हप्तादेखि एक महिना सम्म हो। त्यसपछि म फर्कि हाल्छु।" "टिकेटको लागि म प्रबन्ध गर्छु। मलाइ जाने र आउने दिनको मिति देउ।" सार्थकले आफुले सक्ने जिम्मेबारी लियो। "उताबाटै सबै प्रबन्ध हुन्छ। तिमी ट्रावल एजेन्सिलाइ सम्पर्क गरेर मेरो आइटिनरि देउ। त्यसपछि उनिहरुले ट्रावल अजेन्सिलाइ डाइरेक्ट सम्पर्क गर्छन्, सजिलै छ। हामीले केहि गर्नु पर्दैन।" आभाले भनी। "हुन्छ, मलाइ तिम्रो जाने र फर्किने दिनको मिति देउ।" "एकछिन पर्ख।" भन्दै आभा मिति हेर्न भित्र गइ। सार्थकलाइ कता कता आभा कहिल्यै नफर्किने गरी गइ भने के गर्ने होला भन्ने पीर पर्यो। आभा बिनाको उसको जिबन अरु निरथर्क हुनेछ। उ यस्तै यस्तै सोचिरहेको थियो। फेरि फोन आयो, यसपाली प्रबेशको थियो। हत्त न पत्त फोन उठायो सार्थकले। "प्रबेश जी, भन्नुस्!" "बलबहदुरले अलि छिटै काम सकाँउ भन्न थाले। त्रिस्ना नि बिरामी भइ रही रे। उता गाँउमा पनि थुप्रै काम बित्यो रे। सकेसम्म भोलि नै सकाँउ भनेको छ। के गर्ने?" "अनि त्रिस्नालाइ राम्रो निको भयो त?" सार्थकलाइ त्रिस्ना भन्दा महत्वपूर्ण बिषय अरु थिएन। "त्यस्तो धेरै बिरामी छैन, आउन सक्छे रे त्यो अफिसमा नागरिकताको लागि। त्यसैले मैले त भोलिको लागि सबै तयारी गरे। मैले चिनेको एकजना साथी पनि छ त्यहा। धेरै समय लाग्दैन, एक घन्टामा सबै सकाइदिन्छु भन्या छ। तपाइ पनि त्यस्तै ११:३० तिर CDO अफिस आउनु होला। म बलबहादुर र त्रिस्ना लिएर आँउछु। "किन यस्तो हतार? अघि बिहानै मात्र २-३ दिनपछि भनेको हैन?" सार्थकलाइ धेरै कुराको चिन्ता लाग्न थाल्यो अब। उसले त्रिस्नासङ कुरा पनि गर्न पाएको छैन। उ के चाहन्छे? सोध्न पाएको छैन। उसको ब्यबस्था गर्न पाएको छैन। "मैले त भोलीको लागि बन्दोबस्त गरि सके सर! उनिहरुलाइ समय छैन भने हामीले पनि धेरै अड्काएर राख्ने कुरा भएन। तपाइ चाहिने डकुमेन्ट लिएर आउनुस्। काम सकाइदिउँ, उनिहरु जे सुकै गरुन् त्यसपछि।" प्रबेशले उताबाट "भोलि भेटौंला" भन्दै फोन राखिदियो। सार्थकको मनको तार पनि काटियो कतैबाट, त्रिस्नासङको मन सङ मिलाउने तार। के अब त्रिस्ना फेरि पराइ हुन्छे उसको लागि? उ र त्रिस्नाको सम्बन्धको पर्खाल अझै ठुलो बन्छ? किन सक्दैन उ त्यो पर्खाल भत्काउन? क्रमश:
|
|
|
NitiSa
Please log in to subscribe to NitiSa's postings.
Posted on 08-12-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा राम्रो लागि रेहेको छ। अरु के के हुन्छ जान्न को लागि अर्को भाग को प्रतिक्षा मा ........... Crazy JI, आफ्नो त कबी, कथाकार हरु को संगत थिएएन कहिले पनि तर पनि यहाँ लाई म सानो बेलाको साथी जस्तो लागेको मा thank you, thank you
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा ले अर्को मोड लिना ला जस्तो छ कस्तो खाले सम्बन्ध हो यो सार्थक र आभा को - केही बुझ्न नसकिने लोग्ने स्वास्नी हो - बच्चा हरु नि छ तर सम्झौता गर्या रे - यती उनिहरु को सम्बन्ध सम्झौता मात्र हो भने सार्थक त्रिस्ना को बारे आभा लाई भन्न किन डराइरा त डराउनु पर्ने केही कारण देख्दिन म त - उनिहरु छोराछोरी लाई असार पर्ला त्यो अर्कै कुरा भो तर आभा लाई चाँही पक्कै पर्न नपर्नु पर्ने हो - भुलचुक लिने दिने - अर्को भाग तिरुन्त टाँस्ने
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-13-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सनिरा, राम्रो भनेकोमा धन्यबाद! सिकुटि, कस्तो डाढ लाग्यो यार् मलाइ। सिकुटि हुने कत्रो रहर थियो जिन्नकिमा। Just kidding!!! प्रसंसाको लागि धन्यबाद! यो लहरेलाइ कति हात्ती मन पर्या, हात्ती नै पठाइदिउ कि या हो कथामा पात्र बनाएर। अझ लहरेलाइ हात्तीको माउते बनाएर। पुरेचा, अर्को भाग मा सस्पेन्स छैन नि है? कि छ? Stat, सार्थकको लागि भन्या कि अरु कसैको लागि सुकन्या? अलि प्रष्ट भइन म त। कान्छि हौ! हाम्रो ज्वाइलाइ आरामै छ त कान्छि? अनि तिमिलाइ नि? त्यत्रो लामो प्रतिक्षा गरेकोमा धन्यबाद! हर्के ज्यु, ब्याकुल हुनु भएछ, माफि पाँउ है ढिलो भएकोमा। नितिसा, कबि कथाकार हरु नभए पनि अलि खुस्केटहरुको संगत त थियो होला नि? जोक गर्या मात्रै है।
|
|
|
KAledai
Please log in to subscribe to KAledai's postings.
Posted on 08-14-09 6:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी ज्यु, अहिले बे फुर्सदी र आउट अफ ईन्टरनेट भएकोले कहिले काही नेट सम्म आएर भने पनि तपाईंको कथा पढ्ने गरेको छु। बिजी भैइयो र कथा समयमा पढ्न पाइरहेको छुइन, कृपया माइन्ड नगर्नु होला ल, कथा एकदम राम्रो छ। लेख्ने क्रम नछुटाउनु होला। क्रेजी ज्यु को जय होस् ............. कालेदाइ
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 08-14-09 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग-१२
सार्थकले नसोचेको दिन पनि आयो। सधैं झै बिहानी सुर्योदयबाटै शुरु भएको थियो। उसको वरिपरि सबै कुरा उस्तै थिए, कौसी अगाडीको अम्बाको बोट उस्तै, तल बङैचामा फुलेका गुलाफहरु उस्तै र ढोकै नजिकका धुपीको बोट पनि उस्तै। केहि फरक नैं थिएन कहिँ पनि। मात्र उसको मन अमिलो भइरहेको थियो। उसलाइ यस्तो लागिरहेको थियो, कोहि उसको मुटुलाइ चिथोर्दै छ र पीडामा उ कराउन सक्दैन। उ कसैलाइ बताउन सक्दैन उसको मनको हालत। ओइलिएको मन लिएर उ हिड्यो CDO अफिस ११ बजेतिर।
त्यहाँ पुग्दा त्रिस्ना र बलबहादुर अझै आइपुगेका थिएनन्, प्रबेशले तयारी गर्दैथ्यो। सार्थकलाइ प्रबेशले उसकै साथीको कोठामा राख्यो। प्राय सबैले चिन्ने हुनाले सार्थक त्यही कोठामा बसेर झ्याल बाहिर हेर्न थाल्यो। नभन्दै केहि बेरपछि त्रिस्ना र बलबहादुर ढोकामा देखिए। बलबहादुरले झुकेर नमस्ते गर्यो, त्रिस्ना उसलाइ क्वार्क्वार्ती हेर्न थाली। त्रिस्ना अस्ति भन्दा अलि दुब्ली देखिएकी थिए। कमजोर जस्तो देख्थी, उ बलबहादुरको हात समातेर एउटा कुनामा उभिएकी थिइ। सार्थक त्रिस्नासङ कुरा गर्न चाहन्थ्यो, उस्लाइ कसरी शुरुवात गर्ने भन्ने पीर परिरहेको थियो। त्रिस्ना बलबहादुरलाइ नछोडि बसेकी थिए। सबै तयारी भइसकेपछि प्रबेशको साथीले सम्पूर्ण कागजात लिएर CDOको कोठामा गयो। केहि बेरपछि फर्क्यो र अलिकति समय कुर्नु पर्ने जानकारी दियो। कुरिन्जेल खान खान जाने कुरा भयो। बलबहादुर र त्रिस्ना अघि अघि निस्के, सार्थक र प्रबेश एक्छिन पछि निस्के। रमेश आइनसकेकोले सार्थक केहिबेर मुल ढोकामा कुरिरहेको थियो। त्यतिकैमा उसको आँखामा त्यहिँ भित्रको सानो चिया पसलमा पुग्यो। बलबहादुर र त्रिस्ना चिया पिउँदै थिए। त्रिस्ना सुखा पाउरोटी चियामा चोपेर खाइरहेकी थिइ। सार्थकलाइ कस्तो कस्तो लाग्यो। उ त लन्चको लागि रेस्टुरेन्ट जादैंछ। रमेश गाडी लिएर आइपुग्यो, त्यसपछि एउटा राम्रो रेस्टुरेन्टमा गएर सार्थकले चिकेन चाउमिन अर्डर गर्यो, रमेशले चाहि मोमो अर्डर गर्यो। दुबैजनाको अर्डर वेटरले एकैछिनमा ल्याइदियो। भोक त बेस्सरी लागिरहेको थियो सार्थकलाइ, तर पहिलो चम्चा मुखमा हाल्नासाथ उसले चियामा सुखा पाउरोटी चोपलेर खाइरहेकी त्रिस्नालाइ झलझल्ती सम्झिन पुग्यो। मन फेरि कुडिंयो, उसले खानै सकेन। त्रिस्नासङ आज उ कुरा गरेरै छाड्छ, उ अब निर्णय गर्नेछ। जो सुकैले जे सुकै भनोस्, मतलब् छैन उसलाइ। त्रिस्ना उसकी छोरी हो, उ लिन्छ जिम्मा त्रिस्नाको। उ दिन सक्छ सबै खुशी त्रिस्नालाइ। उसले अठोट गर्यो। आधा घन्टा पछि उनिहरु फेरि काठमान्डौ CDO अफिस पुगे।
प्रमुख जिल्ला अधिकारी (CDO) को कोठामा गएर सार्थक, त्रिस्ना उभिए, बलबहादुर ढोकैमा थियो। CDO ले सार्थकलाइ केहि प्रश्न सोध्यो, उसले त्रिस्ना उसकै छोरी हो भन्यो। अलिकति अबिस्वाश, अलिकति आश्चर्य मिसाएर CDO ले अरु केहि थप प्रश्न गर्यो। सार्थकले स्वाभाबिक रुपमा सबै कुरा बतायो। त्रिस्नालाइ पनि त्यस्तै गरि सोध्यो, जवाफ चाहि बलबहादुरले दियो। सार्थकले दस्तखत गर्यो, त्रिस्नाले गरी। नागरिकताको काम १५ मिनेटमा सकियो।बुबाको नाम सार्थक सिम्खडा लेखियो त्रिस्नाको नागरिकतामा। नागरिकता लिनासाथै बलबहादुरले "धन्यबाद, सर!" भन्यो सार्थकलाइ र CDO लाइ पनि र हत्त न पत्त फेरि त्रिस्नालाइ डोर्याएर लग्यो। सार्थक छक्क पर्यो, उसले कुरा गर्न बाँकि छ। उ उनिहरुको पछि पछि लाग्यो।
"बलबहादुर! एक्छिन पख्नुस्। कहाँ जान लाग्नु भएको?"
"सर, हाम्रो त आजै बेलुकीको बस छ बन्दिपुर जाने। अब धेरै समय बाँकी छैन।" बलबहादुर अझै त्रिस्नाको हात समातिरहेको थियो।
"किन आजै जानु पर्ने?" सार्थकले सोध्यो।
"यत्रो दिन यता बस्ता उता काम बिति सक्यो सर। अब यहाँ बस्ने काम पनि छैन।" बलबहादुर हतारिएकै थियो।
"सुन्नुस्! मलाइ एक्छिन त्रिस्ना सङ कुरा गर्न दिनुस्।" सार्थकले वरिपरि कसैलाइ देखेन।
"के कुरा गर्नु हुन्छ? उसले बोली फर्काउनै सक्दिन।" बलबहादुरले निधारको पसिना पुछ्दै भन्यो। त्रिस्ना कतै पर हेर्दै थिइ।
"के भन्नु भयो? त्रिस्ना बोल्न सक्दिन?"सार्थक अरु आतियो।
"उसको जन्मै त्यस्तो। बोल्न मात्र सक्दिन। अरु सबै बुझ्छे।" बलबहादुरले भन्यो।
"तपाइले यो कुरा अस्ति मलाइ किन भन्नु भएन?"सार्थकलाइ रिस पनि उठ्यो बलबहादुरदेखि।
"भनेर के हुन्थ्यो सर? उसको लेखालाइ कसैले बदल्न सक्दैन।" बलबहादुरको स्वरमा अरु तनाब थियो।
"अनि स्वास्थ्य सेबिका को काम कसरी गर्छे त?" सार्थकले थाहा नपाएको कुरा अरु पनि छन् कि भनेर सोध्यो।
"रहर गर्दैमा पुरा कहाँ हुन्छ र? अब स्वास्थ्य सेबिका नभए पनि उसको झोला सोला बोक्ने काम त गर्न सक्छे नि। चाहदैंमा सबै कुरा कहाँ पुरा हुन्छ र?" बलबहादुरमा केहि आशा केहि निराशा देखियो।
"त्रिस्नालाइ यहीँ छोड्नुस्, म उसलाइ डाक्टर देखाउछु, सकेसम्म चाहिने सबै उपचार गर्छु। उसलाइ पढाउछु र काम पनि खोजिदिन्छु। त्यो गाँउमा भन्दा यहाँ धेरै सुबिधा छ।" सार्थकले अनुरोध गर्यो।
"सर, तपाइको त सन्तान छन्, सुखी परिवार छ। मेरो त संसार नैं यही त्रिस्ना हो। मेरो आँसु, हाँसो सुख, दुख, रात, दिन, यही छोरी हो। म तपाइलाइ त्रिस्ना दिन सक्दिन।" बलबहादुरले दुइ हात जोडेर बिन्ती गर्यो।
"त्रिस्ना मेरी पनि छोरी हो। म उसलाइ बाबुको माया दिन चाहन्छु। त्यो तपाइ दिन सक्नु हुन्न।" सार्थकले त्यसो भन्दा वरिपरि दुइ- चार जना ब्यक्तिहरु झुम्मिन थालेका थिए।
"सर! म कति बाँचुला र? म पछिको जिम्मा तपाइ लिनु होला। तर बाँचुन्जेल मेरो संसार रित्तो नबनाइदिनु सर।" बलबहादुर रुन थाल्यो। प्रबेश र रमेश पनि आइपुग्यो। दुबैले सार्थकलाइ सम्झाउन थाले। त्रिस्ना बलबहादुर रोएको देखेर आँखा भरी आँसु पार्दै सार्थकलाइ हेर्न थाली। त्यो हेराइमा शायद तिरस्कार थियो। सार्थकको अनुहारमा ग्लानि थियो। त्रिस्ना केहि भन्न पनि सक्दिन,तर आँखाहरु बर्षिरहन्छन् लगातार। बिडम्बना सार्थक त्रिस्नालाइ फेरि गुमाउन चाहदैन।
धेरै बेर कुरा भए पछि प्रबेशले सार्थकलाइ त्रिस्नाको हालखबर बारे बन्दिपुर गए पिच्छे जानकारी दिइरहने आस्वाशन दियो। चाहेको खन्डमा सार्थकले त्रिस्नालाइ आबश्यक सामानहरु पनि पठाउन सक्ने पनि कुरा भयो। बिरामी भएमा वा बेला बेलामा सार्थक आफै बन्दिपुर गएर त्रिस्नालाइ भेट्न सक्ने अनुमति दियो बलबहादुरले। तर बलबहादुर बाँचुन्जेल त्रिस्ना उसैसङ बस्ने भइ। त्यहि भयो सम्झौता बाबु-छोरी बिचको। सार्थकको केहि लागेन। उसले त्यो दिन पैसा पनि बोकेको थिएन। बैंकको चेक पनि थिएन साथमा। उ त्रिस्नालाइ अलिकति पैसा दिन चाहन्थ्यो, तर उ सङ केहि सय मात्र थिए। त्यही भए पनि त्रिस्नाको हातमा राखि दिन चाहन्थ्यो उ। उसले वालेट छाम्न थाल्यो। २-३ सय भेटिए। पैसा निकाल्दै थियो, बलबहादुर र त्रिस्ना बिदा मागी केहि पर पुगिसकेका थिए। उ पैसा मुठिमा बन्द गरेर हेरिरह्यो दुबैलाइ।
उनिहरु मुख्य ढोकामा पुग्दा सार्थकले आफुलाइ नियन्त्रण गर्न सकेन र बोलायो "त्रिस्नाssss!"
त्रिस्नाले आँखाबाट बरर आँसु खसाल्दै एकचोटि सार्थकलाइ फर्केर हेरी, फेरि बलबहादुरको हात समाएर ढोकाबाट ओझेल भइ।
समाप्त।
Last edited: 16-Aug-09 09:57 AM
Last edited: 16-Aug-09 09:57 AM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-14-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमाSSSSSSS एक्छिन त अवाक्क पार्यौ क्रेजीचा तिम्ले, धत, कस्तो descriptive भन्या, कसरी यस्तो लेख्न सक्या बै तिम्ले? के खान्छौ हँ? माने क्रेजी पर्मात्मा, माने मैले। जय हो! त्रिस्नाको पछी के भो, अर्को भाग आउला नि है?
|
|