"अपरेसन ००३" एक जंकी थी, अहिले पनि त हुन सक्छे वा भोली गएर फेरि "ड्रग्स्" नखाली भन्ने के बिस्वास? यस्तो राम्रो जिवनलाइ कसरी कुरुप पारेकी होली यो केटीले। मलाइ उसको आमा बुबाको प्रति दया लाग्यो। कस्तो सन्तान जन्मियो भनेर रोए होलान। के यसलाइ कसैको आँसुले छुन सक्ला? सिर्फ आफ्नो ब्यक्तिगत जिवन भन्दा पर उसले कसैलाइ पनि बुझ्न सक्दिन होला। अहिले पनि उ खालि आफ्नै जिबन बाँचेकी छे। कस्ति स्वार्थी रैछे? उसलाइ केहि कुराको चिन्ता छैन, न त डर नै। आफुले "ड्रग्स्" खाएको कुरा बताँउदा पनि उसको अनुहारमा अलिकति पनि संकोच र हिच्किचाहट देखिदैनथ्यो। उसले यसरी भन्दैथी, मानौं उसले खाना खाएकी हो, दैनिक खाने साधारण खाना। यस्तो सन्तान त शत्रुको पनि नहोओस। रितुको रुप मात्र होइन उसको मन पनि सार्है असुन्दर लाग्यो मलाइ। यो संसारकी सबै भन्दा नराम्री केटी। हे भगवान! मलाइ अझै काम गर्नु छ यो केटी सङ अरु १२ दिन। मेरो सोचाइको क्रमलाइ बिथोल्दै यिन्ते बोल्न थाल्यो।
"रिह्याबमा राखेर पनि के गर्नु। छुटेर गएको ३ महिना भित्र फेरि "ड्रग्स्" खाएर उस्तै भएर फर्किन्छन्। मामाघर गाको भन्दा सजिलो। कुनै ठोस कार्यक्रम संचालन गर्न सकिएको छैन। त्यो "डिटक्स" ले मात्र के हुन्थ्यो?" यिन्ते यथार्थ बताँउदै थ्यो।
"तिनीहरु सबैलाइ "शूट" गर्नु पर्छ। यसै पनि धर्तीको बोझ त हुन्। बाँचेर के काम?" मैले रितुको प्रतिक्रिया हेर्ने आशाले भने।
उसको अनुहारमा "आँधीबेहरी" आउनु अघिको शुन्यता देखिएको थ्यो। सोचे भन्दा बेग्लै तरिकाले उ बोली। "त्यहि त! मिन्जो सङ रैछ नि राम्रो उपाय।" फेरि यिन्तेतिर फर्किदैं भनी। " येसो गर्नु न इन्स्पेक्टर यिन्ते! तपाइ त्यो फेरि "लागु पदार्थ खाने" सबैलाइ मिन्जोका पठाइदिनुस् न। उसले समस्या समाधान गर्दो रैछ नि।" त्यसपछि मेरो मुखलाइ पढ्न थाली।
"अस्ति पनि एउटा ठुलो परिणामको अफिम चाइना जाँदैछ भन्ने खबर आको थ्यो।" यिन्तेले अर्को कुरा निकाल्यो।
"अनि.........?" बिचैमा बोली "००३"।
"१०० कि. मि. पर ३ घन्टा पहाड चढेर तस्करहरुको कारोबार हुने ठाँउमा पुग्नु थ्यो। हामी राती उकालो चढेर टुप्पोमा पुग्दा उनिहरु त भागीसकेछन्। हथियार पनि थ्यो रे उनिहरु सङ। भौगोलिक कारणले पनि हामीलाइ कठिनाइ भएको छ।" यिन्ते अलि बढी नै कुराहरु गर्नु थाल्यो त्यो सङ।
"कस्तो रमाइलो कुरा। अरु पनि होला नि त्यस्ता अनुभवहरु। भन्नुस्न इन्स्पेक्टर यिन्ते। जस्तै जङलको बिचमा तस्करहरुलाइ लखेटेको, गोली चलेको, सबै अफिम पकडेको अनि तपाइको बहादुरीको कथा पत्रिकामा छापेको कुरा हरु क्या।" रितु अरु उत्सुक भइ।
"अब जानु पर्छ।" मैले घडी हेर्दै भने। भर्खर ९।३० भाको थ्यो। बिदेशीलाइ धेरै कुरा बताउनु ठिक छैन। त्यसमा पनि यो रहस्यमयी "००३" लाइ।
"तपाइको कुरा सुन्न त फुर्सदमा आउनु पर्ला यिन्ते। भोली हामी आधा दिनमा अर्को साइट जाँदैंछौ। मिस रितुको तालिमको लागि। अरु ६ घन्टाको ड्राइव छ। बिहान रितुको तालिम पनि छ। अलिकति "रेस्ट" पनि गर्नु पर्यो र भोलीको तयारी पनि।" मैले अप्रत्यक्ष रुपमा यिन्तेलाइ धेरै नबोल्न संकेत दिए।
"यति छिट्टै होटेलमा गएर के काम? मलाइ त निद्रा पनि लाग्दैन।" रितु अनिक्षा देखाँउदै थी।
म उठे पछि उ मेरो पछि लागी। यिन्तेले हामीलाइ होटेल "ड्रप" गर्यो। "अपरेसन ००३" आफ्नो कोठामा गइ। मैले आफ्नो काम शुरु गर्न थाँले। मैले मेरो मिल्ने साथी जो म सङै यो "अपरेसन ००३" मा संलग्न छ उसलाइ फोन गरें। हिजो पनि मैले फोन गरेको थें नि। ए, उसको नाम त भन्नै बिर्सेछु। उसको नाम "च" हो।
"आजको ताजा खबर?" च ले "हेल्लो" भन्नासाथ सोधें।
"खासै केहि छैन पनि र छ पनि।" उसले कुरा घुमाइ घुमाइ बोल्यो।
"सिधा सिधा भन त।" मलाइ झर्को लाग्यो।
"एउटा online लेख ले international संसारमा तहल्का मचाएको छ।"
"कस्तो लेख?" मैले बिचैमा सोधें।
"रङूनको नाइट क्लबमा हुने "यौन ब्यबसाय र त्यसमा हुने कमिसनतन्त्र"।" उस्ले भन्यो।
"त्यो त संसारको सबै ठाँउमा हुन्छ। त्यस्तो बिशेष सनन्सनीपूर्ण समाचार कहाँ भयो र?"
मैले आफ्नो धारणा सुनाए।
"त्यस्तो होइन, त्यस लेखमा त्यस "कमिसनमा" संलग्न सबै सैनिक हाकिमहरुको "पोस्ट" र नाम पनि उल्लेख गरिएको छ। कसले कति प्रतिशत पाँउछ भन्ने कुरा पनि छ। अहिले यो लेखले फेरि संसारको ध्यान हाम्रो देशको अर्थतन्त्रमा तानेको छ।" उसले सबिस्तार भन्यो।
"ए, त्यो दुइ चार दिन पछि आफै सेलाँउछ। बाहिर जति त्यो लेखले हाम्रो देशको धज्जी उडाए पनि यहाँ इन्टर्नेटको सुबिधा त्यती छैन। निमुखा जनताहरु थाहा पाएपनि केहि गर्न सक्दैनन्। उहि बिरालोको घाँटीमा घन्टी झुन्ड्याने को ? भने जस्तै हुन्छ। यो ठुलो कुरा होइन।" मैले त्यति ठुलो मुद्दा बनाउनु पर्ने जरुरी देखिन।
"अमेरिकाले त उहिले सबै सहयोग बन्द गरिसक्यो। अरु रहेपयेका देशहरुले पनि UN मार्फत दबाब दिन शुरु गर्ला भन्ने आशंका छ।" उ गम्भिर थ्यो।
"त्यस्तो ठुलो कुरामा तैले र मैले टाउको दुखाउनु जरुरत छैन। त्यस्तो पत्रकार मुला त कति आँउछन्, लेख्छन् अनि हराँउछन्। हामीलाइ "अपरेसन ००३" मा जति धेरै कुरा खोज्नु छ। अँ, त्यो कुनै बेला को "हेरोइन युजर" पनि हो रे। त्यस्ले आफै भनेकी आज बेलुकी।" मैले उस्को हिजोको जानकारीलाइ अलिकति बलियो गर्ने प्रमाण पेश गरे।
" सुन ! त्यो लेखकले आफ्नो बास्तबिक नाम देको छैन अनलाइन पत्रिकामा। तर हामीहरुको शंका "००३" नैं छ। त्यसले केही यौनकर्मी केटीहरुको गोप्य अन्तर्बार्ता लिएकी थी। केटीहरुले यो कुरा अस्वीकार गरीरहेछन्। तर नाइटक्लबका केहि कर्मचारीहरुले "अपरेसन ००३" ती केटीहरुसङ धेरै नैं घुलमिल भएको कुरा बताएका छन्।" उसले अर्को कुरा जोड्यो फेरि "००३"।
"यो कहिले को कुरा हो?" मैले अरु प्रश्न गरें।
"लेख निस्केको ३ दिन भयो अनि उसले ती केटीहरुसङ कुरा गरेको यस्तै दुइ हप्ता जती।" च ले लामो स्वास फेरेको सुनियो।
"कस्ती "बोक्सी" रैछे? के मात्र गर्न भ्याउने? लेख लेख्ने, अन्तर्बार्ता लिने, तालिम गर्ने। यसको अरु काम छैन भन्या?" मैले आफ्नो दिक्दारी पोखें च लाइ।
"अहिले अरु कुरा होइन। यो हाम्रो देशमा छे। झन बिभिन्न ठाँउमा घुमिरहेकी छे। यसले अरु पनि त्यस्तै गोप्य कुराहरु भेट्न सक्छे र बिश्वलाइ आफ्नो लेखद्वारा सुचित गर्न सक्छे। त्यसैले त्यसको हरेक गतिबिधिमा नजर राख। फोटो कहाँ कुन ठाँउमा खिच्छे याद गर्नु। मैले सुने अनुसार त्यसको लेखहरुको माग बढ्दै छ रे।" च ले अरु सचेत बनायो मलाइ।
"अहिले सम्म त त्यस्तो मौका पाएकी छैन। तर एक्दम कुरा खोतल्न बाठी छे। म छु नि त्यसलाइ ठिक पार्ने।" मैले आफुलाइ पनि बिस्वस्त बनाए मनमनमा।
"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।" च ले यो बाक्यसहित फोन राखिदियो।
मेरो कानमा त्यही बाक्य बारम्बार गुन्जिन थाल्यो।
"अपरेसन ००३" सोचे भन्दा धेरै खतर्नाक छे।"
क्रमश:
Last edited: 08-Jul-08 10:58 AM
Last edited: 08-Jul-08 11:30 AM