“दश मा
थिएँ म जब मैले स्कुलको ट्वाईलेटमा चुरोट शुरु गरेको थिएँ ।मलाई लाग्थ्यो केटाहरु
खान्छन् मैले किन हुन्न ? उनिहरु त्यसबाट मजा लिन्छन् भने What’s stopping me ? केटि हुनु के सिमा मा
बस्नु मात्र हो वा स्वच्छन्द आकाशमा उनिहरुको पनि हक हुन्छ ? होला मैले गलत बाटो
लिएँ तर शायद मेरो सोच ठिक थियो । तर सबै साँचो कुरा सबैले बिश्वास गर्नुपर्छ
भन्ने रहेनछ । “
म एक छिन चुप भएँ बरण्डा बाहिर चरा छिरबिर चिरबिर कराईनै रहेको थियो उ त बोलि
पनि त बुझ्दैन हाम्रो , मेरो कथाको औचित्य
के उसलाई ? फगत एउटा प्रदुषित ध्वनि न हुँ म उसको लागि त । सुधा पनि नजिकैको
कुर्सिमा बसिनै रहेकी थिई परिवर्तन उसमा पनि थिएन उ उत्तिकै दत्तचित्त थिई मेरो
कथा सुन्न र कथाको निष्कर्ष निकाल्न ! परिवर्तन त मात्र म मा थियो । लामो समय देखी
चट्टान बनेर जमाएर राखेको आफ्नो मुटुलाई पगाल्दै थिएँ कोहि आफ्नो सुन्ने पाएर । म
फेरि शुरु भएँ ।
“ मलाई
तिम्रो जस्तो औँलामा नेलपोलिस लगाउन , थोरै खस्केको कुर्ताको सललाई पनि एउटा कला
लाई मुर्तरुप दिए जस्तो गरेर आफ्नो ठाउँमा ल्याउन , चौडा निधारमा सानो टिका लगाएर
आफूलाई पुर्ण बनाउन कहिलै आएन तै पनि साथिहरु भन्थे म रफ स्केच नै भए पनि पर्फेक्ट
थिएँ , कलेजमा आएपछि मेरा फाटेका ,खूईलिएका जिन्स and a pair of sneakers को अलग नै मौलिकता थियो ,अनि मैले खोपेको ट्याटुको चर्चा बारम्बार
भईरहन्थ्यो केटाहरुको सर्कल मा । जुन मेरो attitude सँग match गर्थ्यो रे ! हुन त
मलाई आफु कलेज को सेलिब्रिटि बन्ने रहर थिएन तै पनि धेरै चिन्थे मलाई शायद प्रिथक
भएर शायद बिग्रेकि केटी भनेर !”
“अनि ?” मेरो निमेश भरको मौनता पनि
सुधाले सहन सकिन । म थोरै हाँसे उसको ब्यग्रता देखेर !
“सेकण्ड
यियरको फेयरवेलको प्रोग्राम थियो , नकिन अन हेभन्स डोर मा As a guitarist play गरिसकेर म स्टेजबाट तल झर्दै
मात्र के थिएँ कसैको हात मेरो अगाडि तेर्सियो । “
“you play guitar really well , कस्को थियो त हात ? ”
“
जस्ले शायद मलाई म सँग चिनायो उसैको , नाममा के राखेको छ र उसलाई तिमी उ नै भनेर
बुझ न ! मेरो सम्पुर्ण कथाभरिको उ सम्बोधन उसकै लागि मात्र हुनेछ । उसले म सँग
अटोग्राफ माग्दै हात बढाएको थियो । उ कमर्स बाट रहेछ मेरो संगत बाट टाढा , म उसलाई चिन्दिनथेँ तर उसको नोटिसमा म धेरै
दिन देखि परेको रहेछु । “
“sorry , I don’t like unnecessary
showing off , मैले उसको हात पर सार्दै जवाफ
फर्काएँ । मैले उ तिर ध्यान दिन जरुरि
ठानिन केटाहरुको सबै केटिहरुलाई एउटै तराजुमा तौलने बानि मलाई पहिले देखिनै मन
पर्दैन थियो । “
“अनि ?” सुधाको कौतुहलता कायम थियो ,
मैले एकछिन बाहिर हेरेँ । बाहिर आकाश कालो
थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला ,
किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति
मात्र छ कि मान्छे जे गर्छ अरुलाई देखाउन
मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन्
वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग
पुगिरहेको छ वा छैन भनेर ।
“बाहिर
बरण्डामा निस्किने हो ? मलाई यहाँ उकुसमुकुस भयो । “ मैले प्रसङ्ग बदलेँ ।
“As u wish ! “
सुधाले नजिकैको दुईवटा कुर्सि बाहिर लिएर अघि लागि ! हामी बाहिर बरण्डामा
बस्यौँ । गार्ड हाउसको धमिलो प्रकाश मेरो कोठाको बरण्डा सम्म आईरहेको थियो । मैले
बाहिर बत्ति जलाउन आवश्यक ठानिन ।
“भन न
त कथा किन रोकेको ?”
सुधाले फेरि कथामा फर्कन आग्रह गरी ।
“तर
उसले हात हटाएन , उसको भनाईमा उ म सँग बोल्न खोजेकै करिब चार पाँच महिना भइसकेको
थियो रे त्यतिबेला र सारै हिम्मत जुटाएर आएको थियो रे उ त्यतिबेला , मैले उसको
अनुहार हेरेँ थोरै नै भए पनि सत्यता देखे ! म थोरै हाँसे अनि के जान्दछौ तिमी मेरो
बारेमा भनेर सोधेँ , म सँग त्यो बाहेक उसलाई सोध्न अरु प्रश्नहरु थिएनन् । “ जे सोध !“ उसले मेरो आँखामा आँखा मिलाउँदै
जवाफ दियो । उसको आफु प्रतिको बिश्वास यति धेरै देखियो कि मलाई पनि उसलाई बिश्वास
गर्न कर लाग्यो उ मेरो बारेमा सबै जान्दछ भनेर ! “
“अनि ?” यसपालि सुधा सुस्तरि बोली ।
“मैले
उसको हातमा अटोग्राफको सट्टा मेरो मोबाइल नम्बर लेखिदिएँ हाम्रो सम्बन्धलाई बढावा
दिन मलाई लाग्यो उसका आँखाहरु विश्वास गर्न योग्य छन् , सबै केटीहरु जस्तै मैले
पनि यहिँ गल्ति गरेँ । “
“पहिलो
भेटमैँ तिमी त्यति अघि बढ्यौ ?”
“ म
सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an
addict ! “
“ok ! अनि ?”
“सबै
सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि
हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन , coz I trusted him र यस्ता कुरामा हिच्किचाउनु मेरो
स्वभावमा थिएन ! मैले उसलाई व्हिस्कि ,चुरोट देखी उसको बेडरुम सम्म साथ दिएँ । “
म एकछिन चुप भएँ ।
“अनि
एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with
another guy too रे !
That created our break up ,मलाई पछि लाग्यो उ चाहन्थ्यो म उसको बाटो बाट हटुँ किनकि
उसले चाहेको नै त्यहि थियो , मलाई थाहा छ केटाहरुको बिचारमा मेरो सोचका केटीहरु
सँग जिवन गुजार्न सकिँदैन !”
मलाई यो घटना ले केटाहरु प्रति बचेकुचेको बिश्वासलाई पनि चिहानमा गाड्यो ।
सुधा यसपालि चुप नै रहि , उसले केहि पनि बोल्न सकिन । मैले आफ्नो कथालाई
निरन्तरता दिइराखेँ ।
“ उ
सँग को बिछोड अरु कुराहरु सँगको सामिप्यताको कारण बन्यो शायद म चुरोट व्हिस्कि बाट
एक स्टेप माथि चढे त्यहिँबाट ! जब घर परिवारको बारेमा सोचेँ ! म धेरै टाढा आइसकेको
थिएँ , मेरो लागि कल्पनाकुञ्ज का ढोका खुलिसकेका थिए ! “
म रोकिएँ एकछिन सुधा मेरो नजिकै थिई कुर्सिमा ढल्किरहेकी म थोरै उठेँ ।
“ मलाई
लाग्छ तिमीले कथा मात्र भन्यौ यो तिम्रो कथा तिम्रो मुटु हलुका बनाउनलाई मात्र
थिएन ! तिमी मलाई अरु पनि केहि भन्न चाहन्छौ ! भन न प्लिज ! for gods sake ! “
“ धेरै
पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले
तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई
गलतम ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु
देखी इर्ष्या लागेर आउँछ । “ मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले
धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर
बिस्किई ।
क्रमश: