...मलाई एकटक हेरीरहेको बाङ्गेले मुस्कुराउँदै भन्यो "ल पैला पशपती जाम, अनि बत्तिसपुतली जाम्ला--"
गौशालाबाट पशपती पुगीयो। प्राय:सधै झै पश्चीम ढोकाबाट छीरीयो। ढोका माथि चतुर्भुज नीलो बर्णका महादेबलाई हेरेर मन मनै "ल है" भनीयो अनि निहुरीएर ढोकाको संघारमा छोईयो। भित्र छिर्ने बित्तिकै गजुरलाई हेरेर छातीमा छोईयो, मन्दिर दाईने पार्दै केही खुडकिला चढेर बासुकी पुगियो, बासुकीको मन्दिर पछी हात घिसार्दै त्यहाँ भएको एउटा सानो प्वालमा पुर्याईयो, ढोगीयो, अनि केही सिंढी ओर्लेर देब्रे तिरको झ्यालबाट भित्र हेर्दै जय शम्भो गुन्जाईयो। बुढानिलकण्ठ-झझल्को नी घुमियो, गणेश पनि, अनि चाँगुनारायणको झझल्को पूर्ब पट्टी, तेसपछी हेराईले सरस्वती देखी जम्मै देउदेउतालाई भ्याईयो उत्तर भित्तामा एकमुस्ट।
बार्दलीबाट पारी पट्टीका शिबालयहरु हेरीयो, बार्दली नै मुनीको कोणे गजुर, ब्रम्हनाल, सबै भ्याईयो। अनि उन्मत्तेश्वर भैरब पछी पश्चिम ढोका माथि श्री ५ महेन्द्र साहरा लेख्या संगै शिब-पार्बतीको दिब्य जोडीमा फेरी ल है को निबेदन गरीयो। बाङ्गे र मेरा बत्तीसपुतली बारे कुरा भएनन् तेती बेला। सानो सांढे पछीबाट पशपती दर्शन गरीयो। आज बिशेष जाहेरी थ्यो आफ्नो, गरीयो। यसो लाईनमा चन्दन माग्न लायक कोही छन कि हेरीयो। जो थिई, उस्लाई बाङ्गेले फेला पार्यो। चन्दन लाएर बाङ्गे हनुमान तिर लागीसक्या थ्यो मैले चै एउटा पातमा अलिकति चन्दन मागेर खल्तीमा हालें। मन्दीरबाट निस्किनु अघि जाहेरी फेरी एक चोटी दोहोर्याएँ।
अरु बेला भए, त्यतै एक कप नास्ता समेत अनि चाबेल तिर पुगेर अर्को एक कप चिया जान्थ्यो। चाबेलको बाटो नपरे गौशालाको पर्थ्यो, त्यतै एक कप जान्थ्यो। जयबागेश्वरी तिर भएर चै धेरै जस्तो निस्किने गरीएको थिएन। धुप हाल्न त अलि साबधान हुनु पर्थ्यो, जता नी मिल्थ्यो।
त्यो बिहान नास्ताको कार्यक्रम स्थगीत गरीयो। गौशालामा आएर चिया खाने काम भो। मैले चैं धुप नहाल्ने बिचार गरें तेतीबेला। बाङ्गेले चै धर्म थाम्यो। सोपको एक फाँको संगै.
"ल बाङ्गे दाई भन्छु, अब बत्तीसपुतली जाम" चियाको कप राखेर मैले भनें।
"तैले त वाक्कै पारीस यार, कुन साईतमा आईछ उ हामी कहाँ--फेरी दशा लागेको हो कि के हो तँलाई--देखिहालिस -- नदेखेको भए कुरै सकिन्थ्यो---" उस्ले भन्यो तर बाटो चै बत्तीसपुतली कै लाग्यो। म दंग।
बत्तीसपुतलीका ती चिल्ला अग्ला रुखहरु पछी पार्दै अघि बढीयो। केही अघि बढे पछी दाईने लागियो। त्यो बाटो नछोडी गए दखिन दखिन हुँदै बानेस्वरबाट मैतीदेबी जाने पुल छेउ निस्किन्थ्यो सेपीलो घुम्ती पछी। तर बाङ्गेको काका बाजेको घर तेती पर थिएन। राम मन्दिरको हाराहारी थ्यो भन्दा हुन्छ। अग्लो पर्खाल, अनि त्यो नीलो ढोका भएको घरमा म पटक पटक पुगेकै हो बाङ्गे सँग।
गौशालाबाट यता लागे देखि नै धडकनको गती तेज हुँदै थ्यो, अहिले त्यो गती अरु तिब्र भएको थ्यो। बाङ्गेले म तिर पुलुक्क हेर्यो। हाँसेको हो कि जस्तो गर्यो र ढोकामा भएको घण्टीको स्वीच थिच्यो। भित्र बजेको घण्टी बाहीरै पनि सुनिन्थ्यो। ढोका तुरुन्तै खुल्यो। एउटा हातमा कुटे बोकेका हजुरबा ढोकाको अर्को तिर उभिएका थिए। हामी भित्र छीरीम। बाङ्गेले टाउको निउरायो, हजुरबाले आशिर्बचन बोले। मलाई नी आज चैं ढोग्दीम कि जस्तो लाग्या थ्यो तर ह्वात्तै सधै झै नमस्कार मुद्रामा हात उठीहाले। उनले मेरो पनि नमस्कार फर्काए। बाहीरी ढोका र घरको मूलढोका सम्मको भागमा २० फिट जति फराकिलो, ४० फिट जति लामो ढलान गरीएको थ्यो।
त्यै ढलानको दायाँ बायाँ लहरै गमलाहरु राखिएका थिए। गमलाहरुमा फुल झपक्क। त्यै ढलानमा एउटा कुर्सी, कुर्सीमा एउटा पत्रीका, र कुर्सीको खुट्टा छेउ एउटा रित्तो कप थ्यो। ढलान बाहीर दुबोको चौर थ्यो फुलका बिरुवाहरुले घेरीएको। अरु बेला पनि त्यहाँ पुगेकै हो। तर आज जसरी सबै तिर यसरी हेरीएको थिएन। त्यो घरको पूर्ब पट्टी २/४ फिट गहीरोमा अर्को झण्डै चारपाटे जग्गा थ्यो, जस्मा तरकारी लगाईएको देखिन्थ्यो। आभाहरुको जग्गा तेई हुनु पर्छ। अग्लो कम्पाउण्ड पर्खालले त्यो जग्गा र यता हजुरबाको घर सबै घेरेको थ्यो। हेराईको घेराई भित्र आभा अझै परेकी थिईन।
"आज त अचम्मै गरीस तैलें। के कति कामले आईस?" हजुरबाले बाङ्गेलाई हेर्दै सोधे।
"काम त केई नी छैन, यत्तिकै हजुरबाहरुलाई भेट्न आ" बाङ्गेले भन्यो।
"यत्तिकै त तँ आउँदैन थिईस, तेरो बाउ बरु बराबर आउँछ--ल जे भए नी राम्रो गरीस आफ्नो घरमा आउन काम चाहीदैन नी--अरुहरुको घरमा पो काम पर्दा जाने हो त--कसो?" हजुरबाले कुटो बोकेको हात पनि अलि माथि उठाउँदै सोधे। फुल गोडदै रेछन क्यारे उनी अघि घण्टी बजाउँदा। कुटो अझै बोकेकै थिए।
"काँ हजुरबा, आज पनि के गर्थ्यो कुन्नी यस्ले त--मैले जाम हजुरबा काँ भनेर ल्याको।" मैले भन्दीएँ।
"ठिक गरेउ, आउनु त पर्छ त--अनि के पशपती पुगेर?" हजुरबाले भने।
"हजुर" जबाफ बाङ्गेले दियो।
"खै त चन्दन?" हजुरबाले कुटेलाई छेउ लगाएर सोधे।
बाङ्गे अकमक्क परेको थ्यो, मैले अघि पातमा ल्याको चन्दन हजुरबा तिर तेर्साउँदै भनें "म सँग छ चन्दन हजुरबा"।
बाङ्गेले म तिर पुलुक्क हेर्यो तर केई भनेन।
यत्तिकैमा बाङ्गेकी काकी बाहिर निस्किन, उनलाई पनि प्रणाम गरीयो।
"को आयो भनेको त भि आई पी रे छ। हतपत दर्शन पाईदैन थ्यो।" उनले हाँस्दै भनीन। हामी पनि मुस्कुराईम।
"खै यो चन्दन लाउनु पर्ने, एक चोटी हात धुनु पर्यो" हजुरबाले भनेका मात्रै के थिए, सुनीता दिदी पानीको जग बोकेर आईपुगीन।
प्रसाद लाए, आभालाई नी दिम्ला भनेको चन्दन, हजुरबाले काकीलाई दिए, काकीले पात ढोगेर बाँकी चन्दन जम्मै लाईदिईन। हुन त तेती धेरै पनि थिएन।
"ए, बलेलाई भनेर कुर्सी पठाईदेउ त सुनीता बाहीर" काकीले भित्र तिर हेरेर कराईन।
"पर्दैन कुर्सी, यत्तिकै ठिक छ" बाङ्गे र मैले एकै चोटी जस्तो भनेम।
"खै त काका?" बाङ्गेले काकीलाई हेर्दै सोध्यो।
काका र सुकीर्ती मैतीदेबी दीदी काँ--स्कुलको कुरा गर्न--भिनाजुले गर्दा नहुने केई छैन" काकीले भनीन।
"ल खत्तम" मनमा एउटा पैरो गै गो। तर नाम त कस्तो मीठो रे छ, सुकिर्ती। पैरोको गती अलिकती सुस्तायो, त्यै नामको भरमा।
यत्तिकैमा दुईटा कुर्सी आए बाहीर।
अब मैले कतिबेला आउने, काका आए पनि नआए पनि सुकिर्ती मात्रै भए नी फर्किने कुन बेला भनेर सोध्न नमिल्ने। बाङ्गेले फ्याट्टै सोध्ला भनेको सोधेन।
यसो कुर्सी तिर हिन्दै गर्या जसरी उस्को कुममा आफ्नो कुम धसेर आँखिभुई उठाए पछी बल्ल बोल्यो बाङ्गे "ए, काका र सुकिर्ती सँग त भेट नहुने भो कि क्या हो--"
"आईहाल्छन नी एकै छिनमा अब--बिहानै गा--भिनाजुलाई शनिबार होस कि आईतबार आठ बजे पछी भेट हुँदैन" काकीले भनीन।
पैरोमा बाँध बाँध्न सुरु गर्यो मनले।
बाहीर कुनै मोटर आए पनि उ नै आईकी जस्तो हुने, मोटरसाईकलको आबाज सुन्यो त्यस्तै लाग्ने, मान्छे बोलेको सुन्यो उही बोलेकी हो कि जस्तो। मन झस्केको झस्केकै। तर खै उ आईपुगीन। आएका चिया र बिस्कुटमा अलमलिईयो एकै छिन।
"हजुरआमा खै त?" मैले फुल गोडने सुरमा फर्किन लागेका हजुरबालाई सोधें। मनलाई त अलमलाउनै पर्यो। बाङ्गे खास बोलेकै थिएन। यल्लाई लहै लहैमा लागेर ल्याउन नहुने भन्दै सोचिराथ्यो कि कुन्नी।
"हजुरआमा त पूजामा--- ११/१२ नबजी के सकिन्थ्यो उनको पूजा--मान्छे बैतरनी गाईको पुच्छर समातेर तर्छन अरे म चै तिमीहरुकै हजुरआमा समातेर तर्ने हो -- उ त पक्कै स्वर्ग जान्छे मेरो ठेगान छैन" यति भनेर हजुरबा हाँसे। हामी पनि मुस्कुराईम।
"अब यतै भुजा खाएर जाने --बल्ल बल्ल आको मान्छे म घरमा फोन गर्दीम्ला" काकीले बरण्डामा आएर सुनाईन।
म त "हस" भन्न तयार थिएँ, बाङ्गेले प्वाक्क "हैन काकी घर जानु पर्छ, मासु किनेर ल्याउन भन्या छन--यतै खाएर जान त हुन्थ्यो---अर्को दिन आउँला नी" भन्यो।
काकीले एकछिन ढीपी गरीन। बाङ्गेले मानेन। मलाई त दिक्कै लाग्यो। बाङ्गे र म कुर्सीमा बसेर भुईँको पत्रीका पढे जस्तो गरीम। उस्ले ईशाराले मलाई जाम भन्यो। मैले बिस्तारै पख न एकै छिन भनें। म सोच्दै पनि थिएँ-- यो अघोरीलाई कस्ले मासु किनेर ल्या भन्यो। तेती बिहान त हिनेको घरबाट। मान्छेहरु सुतीरा थिए।
"आज एकादशी के को मासु किन्नु?" भन्दीम कि जस्तो लाग्या थ्यो फेरी हजुरबा त्यै थिए। मैले हावाको भरमा एकादशी भनेर के चल्थ्यो।
आकासमा हल्का बादल थ्यो। बिशेष गरी पूर्ब तिर। यत्तिकैमा ढोकाको घण्टी बज्यो। तिहारको रकेट जसरी मन एक्कै चोटी उचाईमा पुग्यो। हजुरबाले ढोका खोले। काका र सुकीर्ती भित्र पसे।
उनीहरु भित्र पस्दा पस्दै म भने कुर्सीबाट उठीसकेको थिएँ। बाङ्गे पनि उठ्यो। बाङ्गे र मैले काकालाई यथोचित गरीम। काकाले पनि बाङ्गेको उपस्थितीमा आस्चर्य जनाए। सुकिर्ती मुस्कुराएर हाम्रो अघि उभिई। हेराई चै उस्को बाङ्गेमा टीकेका थिए। मलाई चै हेरेको हैन झै गरी हेरेकी थिई उस्ले। उ हाम्रो अघि उभिएकी थिई पूर्ब तिर। सूर्य बादल भित्र छेकिएको थ्यो, मानौ सुकिर्तीको आभामा उ तेजोबध भएको थ्यो।
सातवटा घोडाहरुले तानेको रथमा बसेर सूर्य आकासमा बिचरण गर्छन भन्थीन हजुरआमा ---आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...