कुरा अघी बढ्दै गयो न त मैले आफु लाई रोके न त रिया ले नै , रातको जुन सँगै म र रिया उसको कोठामा अस्तायौ ।
बिहान आँखा खोल्दा मेरो सामु रिया थियो, उु अझै मेरो अंगालो बाधिएकी थि । मलाई हेरी मुस्कारायो अनी मेरो ओठमा आफ्नो स्पर्श छोडी नुहाउन गई । म पनि उठेर बाहिर निस्के । च्याङ्ग्रा मलाई हेर्दै हाँस्दै थियो ।
"के हो सुर्य हिजो पूर्बैमा अस्तायो नि ? "
म उु छेउ गएर बसे , " खै के भयो के भयो, मैले हिजो आफुलाई रोक्नै सकिन । तर वास्तबिक्ता आज पनि उही छ , म रियालाई त्यसरी मन पराउदिन "
च्याङ्ग्राको आँखामा आस्चर्य थियो " बैरे तैले यो कुरा रियालाई भन्नु उचित हुन्न, कती दुखाउछस उसको मन , तलाई पाप लाग्ला, अहिले केही नभन समय सँगै तेरो मन पनि बद्लिन्छ "
" अनी तेरो रात कस्तो भयो " मैले सोधे
"कुरै नगर यार, आज पनि भेट्ने भन्या छे तरुनीले, बर्षौको प्यास मेटिने भयो "
म हासी मात्रै राखे, केटोको प्रगती देखी खुशी थिए ।
त्यो रात पनि च्याङ्ग्रा उही खैरिनीसँग आयो, तर त्यो रात म आफ्नो कोठाबाट बाहिर निस्किन ।
च्याङ्ग्रा र खैरेनी त्यो दिन पछी धेरै जसो सधैं सँगै हुने गर्थे, खैरेनी समय समयमा हाम्रो घर आउथी र हाम्रो साथी बन्न पुगेकी थि । एक दिन हामी डिनर खाई बार्दलीमा बसेर चुरोट तान्दै गरेको बेला गाडी किन्ने कुरा निस्कियो, खासै हामीलाई गाडी त चाहिएको थिएन तर कुरै कुरामा निस्क्या, कुरा गर्दा कस्को बाउको के जान्छ ।
च्याङ्ग्रा - " बैरे एउटा गाडी लिनु पर्यो, यसो समय समयमा घुम्न जान रमाइलो नै हुन्थ्यो "
म - "हुन त हुन्थ्यो तर घुम्न त जिन्दगी छदै छ नि पहिले यो पढाई त सकियोस्, त्यस पछी भन्या भन्या गाडी किन्नु पर्छ "
रिया - "बैरे तिम्रो गाडीमा मै पहिले अगाडिको सिटमा बस्छु है, मलाई राख्छौ ?"
" अगाडि त मेरो बुढी बस्छ, बुढी नहुन्जेल टेम्प्रोररी बुढी च्याङ्ग्रा बस्छ " मेरो नियत उसलाई जिस्काउनु थियो र त्यस्ले काम पनि गर्यो, उु रिसाई ।
च्याङ्ग्राको खैरेनीले कुरा बुझ्यो र च्याङ्ग्रालाई सोध्यो, "व्हाट अबाउट यू हन?"
" यू, अफ कोर्स "
च्याङ्ग्राको उत्तरले नयाँ मोड लियो, खैरिनीले च्याङ्ग्रालाई - "डु यू थिन्क यू क्यान बे विथ मी फोर थे रेस्ट अफ योर लाईफ " भनी सोधी ।
च्याङ्ग्राले तरुनीलाई मख्याउन -" अफ कोर्से बेबी " भन्यो
तरुनीलाई मेरो र रियाको बारेमा च्याङ्ग्राले केही नभनेको रहेछ । मलाई हेर्दै - "व्हाट अबोउत यू बैरे, व्हाट उड बि योर द्रीम गर्ल "
मैले नसोची - " वेल्ल, सि उड बि वेअरिङ्ग अ रेड द्रेस्स विथ अ टियर द्रोप नेकलस । आइ विल्ल क्नोव वान्स आइ सी हर "
खैरेनी - " सो यू ह्याव नट फाउन्ड हर एट ?"
म - "नट द्यात आइ क्नोव अफ "
रिया उठेर भित्र गई, च्याङ्ग्राले मलाई घुरेर हेर्यो, म हासे मात्रै । तर मैले सत्यता बोलेको थिए । मैले रिया सँग आफ्नो भविस्य गास्न अझै सकेको थिन ।
च्याङ्ग्रा र खैरेनी सुत्न छिरे कोठामा रिया आइ म भएको ठाउँमा बसी, केही बोलिन, मलाई हेर्दै बसी । म आँफै हासी त्यो क्षणलाई भंग गर्न खोजे - "त्यसतो रिसाउनु त पर्दैन "
उु रिसाई - " मैले जती गरे नि तिम्रो लागि काम नै हुन्छ , म तिम्रो लायक कहिले बन्न सकिन । के खोज्छौ म सँग तिमी म त्यही गर्छु , भन मेरो मायामा के कमी छ ?"
म पनि जवानै थिए शायद बुद्धी थिएन उल्टै रिसाई - "अघी भने झै तिमी मेरो सपनाको केटी होइनौ " भन्दै म कोठा भित्र गए ।
त्यो दिन पछी हाम्रो त्यसतो कुरा भएन, मनको कुरा न त उसले खोल्न सक्यो, आफ्नो त मन मै केही थिएन के फोर्नु ? अब खाली ग्र्यादुएसनको प्रतिक्षा थियो । गर्मीको सेमेस्टर जसरी आयो त्यसरी नै बित्यो र ग्र्यादुएसनको दिन पनि आयो । सेरोमणी सकिए पछी हामी तिनै जना कोठामा आयौ , अब के त भन्ने प्रश्न तिनै जनामा उठ्यो ।
कोठाको बातावरण भर्खर सकेको ग्र्यादुएसनको थिएन हाम्रो मित्रताको अन्तको बिजोगले भरिएको थियो । च्याङ्ग्रा र म त सँगै हुन्थ्यौ तर रियाको के त ? उसलाई बस भनेर रोक्ने क्रममा म थिईन । शायद उु आफ्नो आफन्त भएकोमा जान्छे होला भनी सोचे । कुरा उठाउने शक्ती हामी कसैमा थिएन , हाम्रो लिस महिनाको अन्तिममा सकिन्थ्यो ।
- "अब के त, केटा केटी हो ?" मैले नै सोधे
- "खै" रियाले भनी
म - "अब काम खोज्न तिर लाग्नु पर्यो, अब त सेरिय्स हुनु पर्छ खेलबाड छैन, तिमीले के सोच्या छौ, कहाँ जाने कहाँ बस्ने " मैले त्यो प्रश्न रियालाई सोधे । च्याङ्ग्रालाई सोध्नु केही मत्लबनै थिएन , म जहाँ हुन्थे त्यो त्यही नै हुन्थ्यो । रियाबाट अपेक्षा गरेको उत्तर च्याङ्ग्राबाट आयो
- "खै तिमीहरुको के छ प्लान त्यो चाँही थाहा छैन, म त खैरिनी सँग कलिफोर्निया जान्छु, त्यही नै काम खोज्छु होला "
म केही बोल्न सकिन, मेरो प्रश्नले जे असार रियालाई गरेको थियो च्याङ्ग्राको उत्तरले मलाई सोही असार पारेको थियो । त्यही पनि मलाई पनि साथ हिड भन्छ भन्ने अपेक्षा थियो तर उसले भनेन । मैले आफुलाई संहली - "कहिले जान्छस त " भनी सोधे
"एक हप्ता भित्र "
रिया केही बोलिन उु हामी सब छुटिने, त्यस माथि पनि मैले उु सँग नबस्ने कुरा मेरो प्रश्नले सुनाएकोले उसको बोल्ने भाडो उसका आँखा बनेको थियो ।
दुई दिन जती पछी हामी सबै बार तिर गयौ । सधैंको झै पिउन धेरै भएको थियो , तर त्यो दिन त बिशेष गरी बिछोडको लागि पिउदै थिए म । दु:खमा पिउदा धेरै लाग्छ भन्थे आफु लाई पनि त्यही भयो । आफु लाई संहाल्नै नसकेर मलाई लिदै च्याङ्ग्रा र रिया कोठामा आए ।
च्याङ्ग्रा मलाई गाली गर्दै थियो - " के हो किन गती छाड्या ? "
मेरो मन ज्वाला मुखी बिस्फोट हुन बाँकी थियो र भयो पनि - " मैले च्याङ्ग्रालाई अपसब्द भन्दै, त खैरेनी पाए पछी यत्रो बर्षको मित्रतालाई पनि लात हान्न सक्ने , तेरो लागि यस्ता तरुनी कती छोडियो कती, तलाई भने मेरो बाल नै छैन । "
च्याङ्ग्रा मलाई संहालन खोज्दै थियो तर सकेन , उसलाई पनि म सँग छुटिने बियोग थियो, तर मैले बुझेको थिईन र त्यही रिश उसले पनि म मा पोख्यो । कुरा धेरै अघी बढ्यो हामी बिच हाता पाई भयो , च्याङ्ग्रा म अब यहाँ बस्दिन म भोली नै जान्छु भनी कोठा तिर लाग्यो ।
रिया मलाई हेर्दै रुदै थि , - "बैरे तिमी देखी मलाई दु:ख लाग्छ, तिमी आफ्नो साथी सँग छुट्टीदा तिमीलाई चाँही गाह्रो हुने, तिमी जसलाई मैले मेरो सर्बसो दिएको छु म बिना बाँच्न चाँही तिमीलाई केही हुन्न । तिमी ढुङ्गाको मान्छे रहेछौ, ढुङ्गालाई मैले देउता माने तर तिम्रो कठोर मनमा मेरो लागि कहिले माया पलाएन । " भन्दै उु पनि आफ्नो कोठा तिर लागि ।
रात बित्यो बात बित्यो हुन्छ भन ठानेको थिए मैले , बिहान उठ्दा च्याङ्ग्रा गई सकेको रहेछ । एक चोटि जान्छु पनि भनेन । रिया अझै रुदै थि, पक्कै च्याङ्ग्रा सँग भेट भयो भन्ने सोचे, तर सोधिन । मैले पनि आफ्नो स्वाभिमान छोड्न सकिन । मैले च्याङ्ग्रालाई फोन नगरने निधो गरे । म त्यहाँ बसी न त च्याङ्ग्राको अभाब महशुस गर्न चाहन्थे न रिया रोकै सुन्न , म बाहिर लागे । बेलुकी घर फर्केर आउँदा रिया आफ्नो लुगा फाटो मिलाउदै गरेको देखे । सुट्केसमा लुगा हाल्दै थि, उु पनि मलाई छोडि जाने निर्णय गरी सकेकी थि । मलाई रियाले भन्दा च्याङ्ग्रा गएको रिश धेरै उठी रहेको थियो एक शब्द नबोली म आफ्नो कोठामा गए ।
साझको खान खाने समय भयो, पापी पेटको सवाल थियो बाहिर निस्किनै पर्यो रियाले खान तयार पारी सकेको रहेछ । म केही बोलिन खाना लिएर खान बसे , उसका नजरहरुले "मलाई रोक" भन्दै थे, मैले रोकेको भए रिया मेरो लागि बस्थी तर मैले आफ्नो भविस्य उु सँग देखेको थिन । उु मेरो सपनाकी परी थीइन मैले उसलाई रोक्नु भनेको आफ्नो स्वार्थ पुरा गर्नु बाहेक केही हुन्न थियो , त्यसैले मैले उसलाई रोकिन ।
खाना खाएर भाडा माझी बार्दलीमा बसेर म चुरोट तान्दै थिए, रिया बाहिर आइ । म उसको आँखामा आफुलाई देख्न सक्थे तर देख्न चाहन्न थे त्यसैले उसको आँखाबाट टाढै बसे ।
रिया - "बैरे म भोली जादै छु, तिमी लाई केही भन्नु छ "
उसको केही, मेरो उसलाई नजाउ भन्ने थियो, तर मैले -"छैन " भने , "कहाँ जान्छौ ? "
"पछी कहाँ त्यो थाहा छैन तर अहिले फुपुकोमा जान्छु, न्यू योर्क "
"हुन्छ" - मैले अरु केही बोलिन, न त सोधे नै कती खेर जाने हो भनेर ।
उु आँखा भरी आशु पारी आफ्नो कोठामा गइ । राती सुत्नु अघी उसलाई आउने जीवनको शुभ कामना दिन्छु भनेर सोच्या थिए तर उसको अगाडि पर्नै सकिन, म पनि आफ्नो कोठामा गई बसे । रातभरी सुत्न सकिन, म आफ्नो जीवनलाई केलाउदै थिए, च्याङ्ग्रा र म कहिले छुट्टीन्न झै लाग्थ्यो आज उु पनि छैन । म रिया सँग मेरो कथा यो क्रमले टुङ्ग्याउन चाहन्न थे , मेरो र उसको बिच केही नभए पनि मित्रताको आधार थियो , त्यो धागो टुट्न दिन म चाहन्न थे ।
३-३.५ बर्ष अघी मैले नयाँ परिवार भेटेको थिए तर आज म सँग कोही थिएन । म हारेको जुवारी जस्तै भएको थिए तर मैले जुवा पनि खेलेको थिन, जिन्दगीले समयलाई आफ्नो पासो बनाई युधिस्थिरलाई झै मलाई पनि कंगाल बनाएको थियो । सोच्दा सोच्दै कती खेर आँखा लाग्यो थाहा भएन, आँखा खोल्दा म एक्लै भएको थिए रिया पनि मेरो समक्ष थिएन । उु मलाई नभेटी बिलाइन् ।
भेगसमा गर्या सबै पाप मुक्त भन्थे, तर मेरो पाप त्यो क्षण धुरी बाट चिचाई चिचाई कराइ रहेको थियो । केही दिन पछी म पनि आफ्नो बाटो लागे, हाम्रो भेगसको कहानी अधुरो नै रहयो ।
आउने दिनहरुले बर्षौ काट्यो, हुन त हामी सँग एक अर्काको फोन नम्बर नभए पनि ईमेल थियो, तर एक अर्का लाई लेख्ने सहास कहिले उठेन । अरुमा नभए पनि म मा चाँही । च्याङ्ग्रा र रियाको कुरा हुन्थ्यो हुँदैन थियो त्यो मलाई थाहा थिएन तर मेरो चाँही दुबै सँग बोल छल थिएन । कैयौ पटक लेखु भनी ईमेल लेख्न पनि बसे तर पठाउन चाँही सकिन, उनी हरु म बिना बाँच्न सक्छ भने म पनि उनीहरु बिना बाँच्न सक्छु भनेर देखाउनु मलाई थियो ।
समय सँगै पुराना यादहरु नभरिए पनि काम र तरक्कीले समय ओगेट्न थाल्यो, अब त झन ति पल हरु आफ्नो एकान्तमा केलाउने सहारा मात्रै हुन पुगेका थियो । जाड तान्या बेला र एक्लो हुँदा दुबै को याद आउथ्यो तर आफ्नो घाऊ आफु सगै साची राख्थे .............
क्रमश :