[VIEWED 150915
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-16-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ * चौतारी १३५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५
औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 16-Nov-08 04:39 PM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-17-08 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खप्रासाद संवाद सचिवालयको अत्यन्त जरुरी सुचना:
हालै चौतारी नगरमा चलेको चर्चाले बिर्खबहादूर बोगटी छोराको बाबु बनेको हल्लाले हामि अत्यन्तै मर्माहित होइबक्सेका छौँ। हामि वर्तमानपर्यन्त बाबुको छोरा नै रहिबक्सेकोमा छोराको बाबु भइनबक्सिसकेको परिप्रेक्षमा, चौतारी नगरमा चलेको यस अनर्गल, कपोलकल्पित, मिथ्या, पूर्वाग्रही तथा भ्रामक समाचारले हाम्रो ध्यानाकृष्ट गरेको छ। आदरणिय चौतारी जनसमूदायहरु, चौतारीको यस कठिन घडिमा कुनै पनि प्रकारको हल्ला तथा प्रचारबाजिमा नफँस्नुहुन हामि सम्पूर्ण नगरबासिहरुलाई अनुरोध गरिबक्सन्छौँ! सिरि चौतारीनाथले हामि सबैको कल्यान गरुन, जय लोल चौतारी!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-17-08 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, अन्तरे दाई। बिर्खे जिम्माल, मिस आखिर हल्ला कहाँ बाट आयो? हावा न चली पात हल्लेको होला र ? आगो नलागी धुंवा पक्कै आएको होइन होला?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-17-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल, बा कठै! हउरलै बौचाले ले साह्रै सताउचन है-खुच्चिङ्
लौ CT पनि, अनिखेरि हजुर्बा कसरी हुन्छ त? हजुर्बा भैसक्या मान्छे हो नि त जिम्माल बा चै।
अन्तरेजी, गित गाएर हिडिसक्नु भा हो? :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-17-08 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu ma ni aaipugehai sapai lai darsan dina.
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-17-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी दैनिक टेली प्रसारण
हामीलाई भर्खर प्राप्त भएको समाचार अनुसार हालै श्री लहरे कान्त लाकौल ले चौतारी देशमा श्री बिर्खबहादूर बोगटी छोराका बाबु हुन भनेका र उक्त कुरा सिर्फ कपोल्कल्पित तथा भ्रामक भएको भन्दै श्री बिर्खबहादूर बोगटी ले सुचना प्रकाशित गरेका छन। उक्त सुचनामा श्री बिर्खबहादूर बोगटीले आफु बुवा नभइसकेको कुरा प्रस्ट त पारेका छन तर यसै चौतारी देशका श्री बिस्टे बहादुरलाई सम्धी को नाताले सम्बोधन गर्ने उनी ले कुन आधार मा सो गरेका हुन बुझ्नको लागि हाम्रो सम्बाद्दाता श्री बिर्खबहादूर बोगटीलाई खोज्दै छन। उहासँग संपर्क हुने बित्तिकै हामी तपाईंहरुको जिज्ञासा मेटाउने कोशीश गर्ने छौ। त्यतिन्जेल सम्मलाई यो सान्नानी सापकोटालाई बिदा दिनुहोस्, नमस्कार!
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 11-17-08 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सबैलाई !! के हुँदै छ? श्री बिर्ख बहादुर बोगटी बाउ बन्न लागेको खबर झुटा साचो के हो छुट्याउन तिर नलागी हामी पनि बधाई ज्ञापन गर्न चाहन्छौ
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-17-08 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) ठुली हउरको दर्शन पाएर मलै निकै खुशी लाओ । बेलाबेलाँ यस्तै दर्शन दिदै अर्नु पर्च के --हिहिहि
अनि सिस तरकारी बेच्न सकियो त?
प्रिती सिस, सन्चै हो हउर पनि? टेली सेवा शुरु अर्नु भा हो हउरले चै । अब गाह्रो हुने भो जिममाल बा लै चै --स्पष्टिकरण दिनुपर्च भनेर जिम्माल बा उता पारि उकालो चढ्दै हुनुहुन्थ्यो अघि भर्खर देकेकिम मैले
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-17-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यतै छु मिसदिदि। दिनभरि एउटो कुनाँ बसेर गफ सुन्नि बिचार छ आज बरु तपाईंको के छ?
तारेमाम ठुल्दाई, चिलिम बिरेक भैसक्या हो?
जिम्माल बा, यो त ठिक भेन है, तर कुरो भने त्यै हो पात कसरी हल्ल्यो?
ठुल्बुइनी के छ ताअाअाअाअाअाअा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-17-08 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्र हुँदैछ त - हल्ला त गजबकै चलेछ त यहाँ अनी त्यसमाथि सान्नानीको टेली कार्यक्रम - ल रमाइलो नै हुने भयो। म त हेर्न बसे है अनी तारेमाम् फेरी सबैलाई अनी मिस दिदी के छ सञ्चै होइन - छु दु - ने सिरौला - नेवारी सम्झ्याछकी बिर्सिसक्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-17-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे दाई के छ - मुन्टाना बाट मुन्ट्या हो कि त्यही हो - हो हो पात हल्लेको चाँही हो - तर कसरी हल्यो त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-17-08 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्रान्तीपूर दैनिक-
प्रमूख समाचार-
बिर्खबहादुर छोराको बाबु बनेको कुरा गलत-
बिर्खप्रासाद संवाद सचिवालयबाट आज प्रकाशित एक सुचना अनुसार बिर्खबहादूर बोगटी छोराको बाबु नबनेको कुरा थाहा हुन आएको छ।
कता गए पुराना गाउँले?
नोबेम्बर १७, चौतारी।चौतारीमा धेरै समयदेखि हराइराखेका पुराना रैथाने गाउँलेहरु मध्ये केहि पुरानै नाममा निकै लामो समयपछि त केहि नयाँ थुतुनोसहित आज देखा परेकोले, अरु पुराना गाउँलेहरु कता गए भनेर सबैमा खुल्दुली छाएको छ। अब आउने दिनहरुमा ती पुराना गाउँलेहरुलाई, या त “नयाँ बोतलमा पुरानो रक्सी” वा “पुरानो बोतलमा नयाँ स्वाद सहितको पुरानै रक्सि” को रुपमा देख्न पाइने संभावना बिश्लेशकहरुको रहेको छ।
ठुल्दाई भोकै-
नोबेम्बर १७, चौतारी। हजूर! सुन्दाखेरि अचम्म लाग्न सक्छ, तर सत्य कुरा हो ठुल्दाई बिगत केहि दिनदेखि भोकै छन्। हैन हैन, भात खान नपाउनु भएको हैन। अहँ, यो पनि मिलेन असलि म:म खान नपाएर पनि हैन। अनुमान लगाउनुहोस्, हजूर अब भने मिल्यो, तपाइँले अनुमान गर्नुभएजस्तै बिगत केहि दिन देखि, धाराप्रवाह गफ गर्न खप्पिस ठुल्दाईले गफ गर्न नपाउँदा भोकै पर्नुभएको समाचार प्राप्त भएको छ। उनको यस दुखड घडिमा उनलाई साथ दिन चौतारीकै केहि गाउँलेहरुले, श्री लहरेकान्त लाकौलको अध्यक्षतामा, तीन सदस्यिय “ठूल्दाईको गफ सुनसान समिती” गठन गरि, भोलि बाट दिनको ४ घन्टाको दरले ठुल्दाईको गफ सुन्ने भएका छन्। यो कुरा थाहा पाएर, ठुल्दाई प्रसन्न मुद्रामा चिलिमब्रेकलाई निस्केका थिए।
माष्टरनी नानिको पुनर्वहाली-
शैक्षिक क्षेत्रमा चलेको हडताल संगै , चौतारी पाठशालाबाट भएको माष्टरनी नानीको अनुपस्थितीसंगै चौतारीमा पठनपाठन बन्द भएदेखि, आज पहिलो पटक पाठशाला खुलेको छ। यसबारेमा उनिसंग हाम्रा संवाददाताले कुरा गर्दा उनले अबदेखि चौतारी पाठशालाको सम्पूर्ण कार्यभार उनले नया जोश तथा जाँगरका साथ सम्हाल्नेछिन्। माष्टरनी नानीलाई हामि भ्रान्तिपूर दैनिकको तर्फबाट शुभकामाना छ।
वर्गिकृत बिज्ञापन:
बिक्रिमा- सन १९९६ मा इलाहाबादमा ठुल्दाईले पानी पिउने गरेको भिन्टेज तुम्लेट बिक्रिमा। संपर्क- ठुल्दाई- फिला-दे-फिया, अम्रिका।
चाहियो- बिर्खबहादुर बोगटीलाई बुढेसकालले आँखा कमजोर हुँदै गरेकोले, पत्रिका पढेर सुनाउने एउटि चलाख पढेलेखेकी कन्या चाहियो। तलब सुबिधा बिर्खबहादुरको मन अनुसार।
काइँयो हरायो-
म ट्याउसि चढेर सेउसिलाई भेट्न टेउसास जाँदा मैले कोर्दै गरेको माछाकाँडे काइँयो हराएकोले मेरो प्रेमजीवनमा नै घात पर्ने सम्भावना भएकोले, उक्त काइँयो फेला पार्नुहुने महानुभावले खबर गर्नुभए पुरस्कार स्वरुप, लप गर्ने तरिका बताउने छु। संपर्क- झिल्के, रोज आइल्यान्ड, बाल्टिक सि, युरोप।
चाहियो-
बन्जर जमीनमा रुखिरुवा उमार्नसक्ने बैज्ञानिकहरु चाहियो। काम पुरा गर्न सकेमा तलब सुबिधा मागे जति। संपर्क- पुन्टे, नयाँखर्क, अम्रिका।
बाँकि समाचार पछि…..
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-17-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वते माडसाप, सान्नानी र लहरे नि आइसकेचन। लु यो कुरोको छिनोफानो आज गर्नै पर्च। बाबुको छोरा एक्कासी रातारात छोराको बाबु कसरी बन्न पुगो। बरु ठुल्दाईको सुर्जे एक कार्टन फुकियोस, हर्क्या सिंगै बुङूर चपाई भ्याम, च्याङ्बाका तोङ्बा त के कोदाका भकारी रित्तिउन आज चौतारिआँ बसेर रमको रम कोकको कोक पार्नै पर्च।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-17-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरेजी,म चै यै चौतारीआँ बसेर एकछिन रमाइलोअर्ने बिचार अरेकिम।
पात अल्झिए पछि हल्लिन के बेर -लहरामा के (कति रिस उठ्ने होला अब)
अनि बौचा के भन्च रे त्यो नेवारी शब्दले मलै चै त्यो के जाती पो हो - कान्फुज पार्च के ।सिरौला भनेको चै खाने कुरो हैन त? :)
राहुलदाई हउरको चिलिम बिरेक छैन के आझ? कता गैसक्नु भएछ त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-17-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम। लोल बिर्खे बा लोल। ठुलदाइ भोकै भन्ने समाचार पढेर हर्ख ले गदगद भएको छ।
भोजन पश्चातको चिलिम ब्रेक पछी को पहिलो पोस्टिङ् मा स्वागत छ। लहरे ले सूर्य उपहार पठाएर धन्न भएको छु। भोजन पछी सूर्य । वाह ! वाह ! यस्तो पो ब्रेक।
पाठशाला प्रस्थान साइत भएकोले आगामी पोस्टिङ् पाठशालाको प्रयोगशाला बाटै हुने ब्यहोरा समेत जानकारी गराइन्छ। भवदीय राहुल भाई राज भण्डारी
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-17-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल जिम्माल बा, बन्जर जमीनमा रुखिरुवा उमार्नसक्ने बैज्ञानिकहरु चाहियो। बुढा सपना परधानको कार्जेकरममा लाग्या थ्ये के रे हिजो, कस्तो भच कुन्नि
|
|
|
CT.
Please log in to subscribe to CT.'s postings.
Posted on 11-17-08 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यो अन्तरे ले मुनासिव कुरो अर्या हो है । मिस दिदि लै न्याधिस बनाम्नि प्रस्ताव राखेँ है । भ्रान्तिपुर को आर्को अंशाँ तो पनि आम्छ कि ? हन यो हावा चै चल्यो कसरी ?
लु म चै भातगोदाइ कार्जेक्रम तिर लागेम ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-17-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्पष्टिकरण
चौतारी दैनिक टेली प्रसारण मा प्रसारित बिर्खे सम्धी कसरी भए भन्ने कुरा ले सबै स्रोता हरु लाई आस्चर्य बनाएको हुँदा सो कुरा को स्पष्टिकरण दिन निज बिर्खे बहादुर बोगटी का साख्य सम्धी म बिष्ट बाहुदर बिष्ट एउटा सानो बक्तब्य राख्न चाहन्छु। आज भन्दा करीब अक बर्ष आघी चौतारी मा हामी दुई सम्धी को जम्का भेट हुँदा एक अर्का ले भबिस्यमा सम्धी हुने निधो गरेर एक अर्का को छोरा छोरी एक अर्का लाई दिने निधो गरेका र, ३ महिना अघी म बिस्टेराम बिष्टलाई पुत्र लाभ भएको हुँदा, सम्धी बिर्खे बोगटीलाई पुत्र लाभ नभै वहाँ हाल पुत्री लाभ को जमर्को गर्दै गरेको कुरा यहाँ हरु लाई अवगत गराउन चाहन्छ।
-बिष्ट बाहुदर बिष्ट-
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-17-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो पर्बत लै मैले कसरी नदेखिम त -- हत्तेरिका एउटा आँखा देखिने चस्मा त मलै पनि चाहिने भओ कि भन्चु।
पर्बत जी सन्चै? हउरलै गाली अर्ने मान्छे कमि त भाछैन ? :)
जिममाल बा ,
हउरको लफंगो नाती निशान्त भागेर कालापाहाड तिर हिनिसक्यो र भन्चु? क्यार्न सूचना अर्नु भा? किन कन्या नै चाहिने हउरलै पत्रिका पढेर सुनाउन? छ नि त्यो च्वाङवा पनि मज्जाले कखरा पढ्न सक्चन त लोल खच्चर मर्यो रे के अनिखेरि आज भोलि त काम पनि छैन रे उन्को
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-17-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजै हुनु पर्छ छिनोफानो जे पर्ला पर्ला ल अनी मिस दिदी के भनेको त्यस्तो - सिरौला भनेको खानेकुरा होइन यिsssssss सिरौला भनेको सक्यो - खान सकियो भनेर सोधेको - अनी अरु खोइ त अन्तरे दाई व्हाट'स गोइङ ओन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-17-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
masterni dai dharaimaa bhaeni hajurlai dekhdaa khusi lagyo. ani hajurlai sanchai. Sir ra bhantang bhunting laai kasto chani.
Antare daaaaaaaaa malai sanchai cha taaaaaaaaaaaa. ani mero tarfa bata hajurko saahu budholai ek khotta dinu bhayo taaaaaaaaaaa
|
|