“ हैन के गरि राख्नु भएको ? त्यो टिभी र ल्यापटप खोल्न पाईन्न है ! मैले पहिल्यै भनि दिया छु !” डिश बासिङ्ग गरि रहेकी मेरी श्रीमती मुनाको तिखो आबाज सुनें !
“यस्सो केहि हेल्प गरि दिनु भए त कति छिटो काम सकिन्थ्यो नि ! आफूलाई यहां ढाड दुखेर कस्तो छ ! दिन भरि काम गरेर आउनु छ अझ घरमा आउदा नि मोजा समेत सोफाबाट उठाएर ठाउंमा राखि दिनु पर्ने ! यसो साफ सुग्घर गरि दिए के बिग्रन्थ्यो र !”
“लन्द्रिको लुगा ड्राएरमा राखि दिनुस् त ! बरु मन छ भने एक पल्ट फेरि रिन्स गर्दिनु भए हुन्छ ! छोरीको लुगा, मोजा सबै मैला छन् – ती पनि बासरमा राखी दिनुस् !”
“हिजो राईस कुकर माझ्नुस् भन्दा भोली माझ्छु भनेर त्यतिकै – पानीमा मात्रै डुबाई राख्दिनु भा’को भए पनि माझ्न सजीलो हुन्थ्यो नि !”
त्यो रेड सक्स- फेड सक्सको गेम पनि किन दिन दिनै हुनु पर्ने होला ? काम न काज सित कति न आफूलाई फ्यान भन्ने ! के के न होला जस्तो – संधै बस्या छ त्बां परेर हेरि रहन्छ – आफू त त्यस्तो भो छोरीलाई समेत काउच पोटेटो बनाई सक्यो – छोरीको भोलीको होम बोर्कलाई हेल्प गर्नुस् त !”
“कम्प्यूटर स्लो भो भनेर नंया ल्यापटप किनेको खै के काम ? रिसर्च पेपर लेख्ने रे- कम्प्यूटर राम्रो चाहियो भनेर किनेर खै पेपर लेखेको ? खाली खेलेर बस्ने ? त्यै साझा फाजा हेरेर बस्नलाई होला !”
“अस्ति सबमिट गरि सकें – काम नगरि त्यसै लेख्न सकिन्छ कि क्या हो?’ बल्ल एउटा जबाब दिएं !
“ल यो मासु पनि फ्रोजन रहेछ – माईक्रोबेभमा हाल्दिनु त ! पाक्ने गरि हैन न नि – स्वाद जान्छ ! केहि काम गर्दिए पनि बिगारी मात्र दिन्छ- खै के भन्नु !”
“अदुबा लसुन छोडाएर ब्लेन्ड गर्दिनु त !”
“कि त चाहिने नचाहिने गजल फजल लेख्यो –यस्सो क्रियटीभ काम साम गर्नु छैन !”
“हिजो तपाईले पखालेको साग चिरचिर गर्ने गरि बालुबै-बालुबा थियो ! खानै मन लागेन मलाई !”
“जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”
“यो भांडा पनि कति कट्कटिन सक्या होला !”
“त्यो बाथरुममा साबर कर्टनको हुक फुस्क्या छ – मिलाई दिनुस् त !”
“ह्याण्ड बासिङ्ग सोप सिधिया छ – भरि दिनुस् त !”
“खाने बेला हुन लाग्यो – टेबल सेट गर्नुस् त ! पानी खाने हो कि जुस खाने हो राख्नुस् ! छोरी के खान्छे सोधेर मात्र आधा राखी दिनुस् – जहिले नि फ्याल्छे सित्तै आ’को पैसा जस्तो ! मरि मरि खाम गर्नु छ – घरमा आएर पनि यत्तिकै !”
“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !”
“पर्या छैन त्यो बिबिसी सुन्न पनि – नया कुरा केहि हुने हैन ! बिबिसी सुन्ने भनेर आखीर त्यै साझा-फाजामा झुण्डिने त हो नि !”
आफूलाई भने आज बिहान शुरु गरेको नया थ्रेडमा कति हिट भो ? ककस्ले कमेण्ट गरे ? भनेर हेर्न उकुस मुकुस भै राख्या छ ! अझ क्याफे एन जोईन गरेको कुरा त ऊस्लाई थाहा नै भएको छैन !
(अलि अलि सत्य घटनामा आधारित)
यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे