[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 296161 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-08-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल माकुरे मेरो पनि शुभकामना

 
Posted on 01-08-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे माछो हो कि क्या हो आँखा खोलेर सुत्छु भन्छ यार
जिम्माल बुढा बुढेस्कालाँ नि हात चिलाम्छ कि कसो?
माकुरेले कता बाट बाटो बिराएछ आज?
ठुलि को त के कूरा गराइ भो? ऊ त अब कथा, पट्कथा लेख्न ब्यस्त होली, राता रात कती एउटा script राइटर को लागि साइन गरिसकी होला
चित्रे हिजो राती नि कती बजे सुतुम म भनेर सोचिरहेको भन्दै थ्यो
सोच्दा सोच्दै सुत्नै बिर्स्यो कि क्या हो? चित्रे कै छ दिन दुगुना रात चौगुना
लहरे बौचा खै? ठुल्दाइ किन तर्स्या हिजो आज?
ठुल्दाइ ले किन माया मार्नु भयो हिजो आज?
कुम्ले अझ नि बेपत्ता?
हरी को मन पारी आज चलेन?
सान्नानी कहाँ बेपत्ता फेरी?
मिस दिदी कता भास्या हो?
छ कसै सँग यस्को जवाफ???
इन सारा सवालो का जवाफ के लिये देखी चौतारीका अग्ला एपिसोड हमारा चिर पारीचित
चौतारी के नामुद हस्ती मिस्टर बिरख बहादुर बोगटी से


 
Posted on 01-08-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, म कुन क्याटगोरीको कामचोर रे? हिजो तिम्ले भन्दैथियौ नि!

जिम्मी बुडाले मलाइ नछोड्ने भए, मलाइ जहाँ देखे नि पिट्न मन लाग्दो रैछ बुडालाइ। मैले बुडाको के चोरेर खाइदियाथें र?
बरू अस्ति पून्टेदाइकोमा कस्टम चेकाँ पर्या त तिनै हुन् क्यारे!

हा हा! रिट्ठेले मलाइ माछा पो बनाइदिएछन्!
 
Posted on 01-08-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको गुलुप पनि खै कल्ले फेर्यो फेर्यो -- अस्तिनै पैला पैला हजार वाटको गुलुप थ्यो अचेल पच्चिस वाटको छ। कैले कैले यसो साठी वाट -- मुस्किलले सय वाट सम्म पुग्छ फेरी साट्सुट्टै पच्चिसमा -- कैले त १५ वाट तिर नी जान्छ। क्यार्नी होला?

सबनमलाई भनेर सोबर त भैयो तर ओभर पनि भैयो कि के हो के हो?


 
Posted on 01-08-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! दीप ज्यो, त्यो पैला पैला हजार वाट भएको चैं सय सय वाटका धेरै गुलुप भएर हो। आजकल सय वाटका 
धेरै गुलुप हराए, कुनै जले। यौटा सय वाटको गुलुप सधैं बल्थ्यो, तर त्यो गुलुप नि अचेल अरू ठाममा प्रकाश छर्न
जान्छ। कहिले भोल्टेज फ्लकचुएशन हुन्छ, त्यसैले चौतारीमा ट्याम ट्याममा अँध्यारो भा'को हो।
चौतारी ईलिन्जियर एवं जासूसको नाताले यति टेक्निकल ईन्फर्मेशन चैं पत्ता लाए मैले! 


 
Posted on 01-08-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरि हाजिर् भएं तारेमाम् ठोक्दै।
अलिकति ब्यस्त छु म नि।  कम्पुटर भन्दा पर काम भएकोले मात्र हो, नत्र काम ले छेक्थ्यो चौतारी चियाउन, इलाहाबादीलाई?
सबैलाई जदौ गरें है त।

 
Posted on 01-08-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

 

"धेरै उज्यालोको लागि? शंकर चिम!"

" टिकाउ, बलियो, र भरपर्दो? शंकर चिम!"

" होमवर्क गर्न सजिलो? शंकर चिम!"

"जुम्रा हेर्न सजिलो? शंकर चिम!"

" तपाइँ पनि यदि गुलुप जल्ने समस्यावाट दीप र चित्रे जस्तै ग्रसित हुनुहुन्छ  भने, सदैव प्रयोग गर्नुहोस शंकर चिम!"

"ढ्यानट्यार्यानsss"

 


 
Posted on 01-08-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुलुप bhaneko ke ho taaaaaaaaaaaaaaaa?

 
Posted on 01-08-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe da pls check ur email.

 
Posted on 01-08-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, जिम्माल बा, ठुलि, चित्रे, रिठ्ठे, दीप ब्रो लगायत सबै चौतारी बासी लाई दर्शन गरे है त
दुई दिन मा त ब्यापक भाईसकेछ
ठुलि का सिरिज अफ कथाज पढन भ्याएको छैन, अरु पनि एक्छिन मा पढ्नुपर्ला(जिम्माल बा को पनि छ जस्तो लागेको थियो)

राहुल दा तथा भाउजु को बिशेष 'हस्पिटालिटी' को लागि म हार्दिक आभारि छु
मध्यरात  को छोटो बसाइ को मिठो कुराकानी धेरै रमाइलो लाग्यो।
खल्ती रित्याउने पार्किङ् फि, ठुल्दाइ को अड्डा को भि आइ पि टरक को लन्च, JMT (जता मन्लायो त्यतै) कुदाइ, सप्पै गाम घुमे भन्दा पनि रमाइलो थियो।
ठुल्दाइ सित को भेट को अनुभव त भनौ भने फेरी एक्चोटी  भेटी सकेका चौतारीबासी को लागि 'आमा को अगाडि मामा को बयान ' होला। लौ है त

पर्बते
 
Posted on 01-08-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! पर्वते!

 

आदरणीय श्रोताहरु नमस्कार! यहाँहरुकै सुझाव र अनुरोधलाई ध्यानमा राखि, गत वर्ष अत्यन्तै रमाइलो मानिएको, 'चौतारी क्लोजअप तारारम्पम' अन्तरवार्ताको पुन: प्रसारण हुँदैछ! केहि बेर प्रतिक्षा गर्नुहोला! धन्यवाद्!

के तिमि क्लोजअप गर्दछौ

या दुनिया संग लड्दछौ

क्लोजअप किन गर्दछौ

 

टुँssssssssssssssssss………

 


 
Posted on 01-08-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन बाबा पानी चुहियो

अब के गर्ने

खर छैन घरको छानो के ले छाउने

एपोलो को कर्कटपाता आजै किनि ल्याउने

सधैँ टिक्ने एपोलोको कर्कट पाता छाउने

 

एपोलो कर्कट पाता, किफायति र भरपर्दो..

टुँsssss..........................

 

 

पातलीss! ए पातलीsss!

यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ।

उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि

भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ

श्रेष्ठ टेलरिङ बागबजार

टुँsssss..........................


 
Posted on 01-08-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो टुँउँउउउउउउउउउउउउ  त मुन्छे चिलिम हुँदा मात्र गर्छन यार।


 
Posted on 01-08-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा अब हजुर नि श्रेष्ठ टेलरिङ बागबजार जानुस् सुत सिउनको लागि खित खित खित


 
Posted on 01-08-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एभरेष्ट सिमेन्टअ

एभरेष्ट सिमेन्टअ

तिम्लाई पाएपछि जाँदैन

मेरो मन अन्त

पचास एम पि ए क्षमता भएको एभरेष्ट सिमेन्ट!

टुँsssssssssss............

 

आहाsss! कस्तो मिठ्ठो मासु, जिब्रोमै झुन्डिने

कुन मसला हालेर पकायौ भन भन बा?

उहि बि एम सि मिट मसला हालेर पकाएको मासु मिठो हुँदैन त?

फेरि नि आमा,

अँ अँ

यो मसला हालेपछि नून र प्याज बाहेक मासु नै हाल्नु पर्दैन

नाम के रे भन भन बा?

बि एम सि स्पेशल मिट मसला

तपाइँ पनि बि एम सि स्पेशल मिट, गरम, चिकन र सब्जीका साथै अन्य मसलाहरु प्रयोग गरि खानालाई स्वादिस्ट बनाउनुहोस!

टुँsssss..............

 


 
Posted on 01-08-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे मंगलमय जदौ! लौ हाजिर् भएं तारेमाम् ठोक्दै।

 
Posted on 01-08-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

एभरेष्ट सिमेन्टअ

एभरेष्ट सिमेन्टअ

तिम्लाई पाएपछि जाँदैन

मेरो मन अन्त

पचास एम पि ए क्षमता भएको एभरेष्ट सिमेन्ट!

टुँsssssssssss............

 

आहाsss! कस्तो मिठ्ठो मासु, जिब्रोमै झुन्डिने

कुन मसला हालेर पकायौ भन भन बा?

उहि बि एम सि मिट मसला हालेर पकाएको मासु मिठो हुँदैन त?

फेरि नि आमा,

अँ अँ

यो मसला हालेपछि नून र प्याज बाहेक मासु नै हाल्नु पर्दैन

नाम के रे भन भन बा?

बि एम सि स्पेशल मिट मसला

तपाइँ पनि बि एम सि स्पेशल मिट, गरम, चिकन र सब्जीका साथै अन्य मसलाहरु प्रयोग गरि खानालाई स्वादिस्ट बनाउनुहोस!

टुँsssss..............

*******************

"यो मसला हालेपछि नून र प्याज बाहेक मासु नै हाल्नु पर्दैन ..."

 

ए जिम्माल के यस्तो नचाईने कुरा गरेको हँ?

मासुनै नहाली के मासु पकाउने?

Last edited: 08-Jan-08 12:58 PM

 
Posted on 01-08-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के तिमि क्लोजअप गर्दछौ

या दुनिया संग लड्दछौ

क्लोजअप किन गर्दछौ

 

टुँssssssssssssssssss………

 

 

 

लामो कमर्शियल ब्रेक पछि स्वागत छ दर्शकवृन्द, क्लोजअप चौतारी तारारमपम अन्तरवार्ता द्वितियमा! दर्शकवृन्द थाहा पाइसक्नु नै भयो हाम्रा आजका अतिथि को को हुनहुन्छ भनेर। हजुर, वहाँहरु हुनुहुन्छ हाम्रा अति चिरपरिचित श्रि पुन्टे दाई  भन्ने पुन्टेन्द्र चिल्लाविक्रम पान्डे र श्रि भउते भन्ने भगुतभाई भन्डारी!

 

ल त आउनुहोस आजको अन्तरवार्ता शुरु गरौँ-

 

संवाददाता (दाँत देखाउँदै) - हे हे हे स्टुडियोमा स्वागत छ पुन्टे दाई र भउतेलाई!

 

पुन्टे दाई-

 

लु स्वागत भने स्वागत छ, कुन तरुणिले हेर्छे भनेर दाँत देखाउँदै छौ ए जिम्माले? सित्तैमा आको क्लोजअप भनेर हार्पिक धसेऊ कि के हो? तिम्लाई हेर्ने तरुणिलाइ यो चिल्लो तालुमा म्वाई खाने बनाइन भने मेरो नाम पुन्टे हैन, तेई धोबनिको च्यात्याssss पेटिकोटको कस्सम!

 

भउते-

 

संवाददाता-

 हे हे हे पुन्टे दाई, मेरो शुभकामना छ तपाइँको तालु तरुनिको लिपस्टिकले रातै होस! भउतेजी किन रिसाउनुभएको नि?

 

भउते-

 ए! पुन्टे बुडा! सालि र धोबिनि त कुखुरोले चल्ला छोप्या जस्तो छोप्यौ छोप्यौ हुँदा हुँदा बिर्खैजीलाई हेर्ने तरुनिलाई नि च्यात्या पेटिकोट ओढायौ हैन?? तिम्ले कसैको देखि नसहने भयौ पातकि बुडा!

 

पुन्टे दाई-

हामि त छुच्चो मुख फोरेर बोल्छम के रे। कतिका सालि बिच्किए कतिका बुइनि आत्तिए यइ मुख फोर्दा, अब त यत्रैसिती जता नखरमाउलि उतै पुन्टे जाउलि!

 

संवाददाता-

हे हे हे रमाइलो हुनुहुन्छ तपाइँहरु दुबैजना! त पुन्टे दाई भन्नुहोस तपाइँलाई सबै भन्दा मन पर्ने काम के हो? समाजसेवा, यातायातसेवा वा तरुनिसेवा??

 

भउते-

बुढा परे अब फन्दामा।

 भऊते : - )

 

पुन्टे दाई-

भउतेको कानमा नपार्नि भए उत्तर भन्छु :

 

भउते-

  तिम्रो उत्तर तिम्ले भन्नुभन्दा पहिले नै थाहा छ असत्ति बुढा! हजार सालि भए नि नपुग्ने, हजार धोबिनिको भट्टि गए नि नपुग्ने तिम्रा बखान गर्न मलाई के को आइतबार? तरुनिसेवा त हो नि के ल बाजि थाप्ने???

 

पुन्टे दाई- लु भउते बजिया, बाजि थाप्ने भा थापुम् तिम्ले जिते धोबिनि मेरि मुइँले जिते जुरेलि मेरि!

 

भउते-

लु हुन्छ त थापम् बाजि।

 

संवाददाता-

हैन भउतेजी पुन्टे दाईको बाजिको शर्त साँच्चै स्विकार हो तपाइँलाई?

 

भउते-

हँ?..... धुत् यि शत्रु बुडाले त मलाई मालुङ्गेको घट्ट घुमा जस्तो रियाईँ रियाईँ घुमाएर पो छाडे! ए! हरिया बाँस! जसो गरे नि किन धोबिनि र जुरेलिको कन्तो खन्छौ हँ? लु सपै तिम्रा भए यो जगतहुँदि भएका सपै तरुनि तिम्रै पेवा भए, मलाई हाम्रो चौतारीको सालि र बुईनिहरु भा पुग्छ। त्यता नि आँखा लाएको देखेँ भुने चाइँ तिम्लाई अस्ति भन्या जस्तो आँधिखोला दोभानाँ धुवाँ पुत्पुताम्दै डढाउने हुँ!

 

पुन्टे दाई (तालु र दाँत दुबै टल्काउँदै) -

यो भउते बाठो छ muaaaaaahh….

 

भउते-

बिर्खेजी यो स्टुडियोको पछाडि ढोका सोका त छ हैन? यिनि बुढालाइ हाम्रो खस्रो गालो मन पर्ला जस्तो छ!

 

संवाददाता-

 हा हा हाहारमाइलो हुनुहुन्छ तपाइँहरु!

 

पुन्टे दाई-

ओइ भउते! यो जिम्मालेले हाम्लाई रमाइलो भन्यो! बज्जियालाइ उठ्नु सम्म रिस उठिरा होला तरुणि उसको भागमा पारेन भनेर, अइले जागिर जोगाउन हाम्लाइ रमाइलो रे! येसकि मलाई स्यार्नि संसार अचम्मको छ!

 

भउते

 होला होला पुन्टे दाई। अब हउर र म त दाजुभाई, झगडा गरे नि मया माने नि हजुर त मेरो साढुदाई बरु हामि हाम्रो झगडा थाँति राखेर यहाँ चाहिँ राम्रो कुरा गर्नु पर्यो नत्र ताक्ने हामि बोक्ने यिनि बिर्खेको नलिखुट्टो हुन बेर छैन!

भऊते 

 : - )

 

संवाददाता- :

 

""दर्शकवृन्द! स्वयं संवाददाता माथि नै केहि नराम्रो आघातहरु पर्ने सम्भावना देखिएकोले हमि यो प्रसारण अचानक रोक्न बाध्य भएका छौँ। यसको बाँकि प्रसारणको कन्ट्र्याक्ट हाललाई खुल्ला गरिएको छ र संभवत समय र परिस्थिती मिलाएर उक्त बाँकि प्रसारण  यसै कार्यक्रममा पछि प्रसारण गरिने छ! हाललाई हामि टाप ठोक्न चाहन्छौँ!""

 

धन्यवाद्!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Are Nepalese cheapstakes?
Nepali Psycho
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters