[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 204782 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 10-24-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरिघरि,

विष कै किन नहोस्,  स्वाद पाउँ अलिअलि

 

"उक्तिवैचित्र्य" को अनुपम उदाहरण ! र, भउतेज्यूले भन्नु भए झै, साँच्चीकै मिलियन डलरको शेर !

 

तिम्रो आँसुको छप्कोले मेरो छद्‍म श्रृङ्गार छिल्यो

 

यो मिसरा पनि बेजोड छ ।

 

शुष्क र नारावादी गजल (with due respect, ज्ञानुवाकरजीको लगायत) पढ्दा पढ्दाको तम्तमाईलो स्वाद शिरिषको शेर पढेपछि हट्छ र गजल विधासंग फेरि पिरिम पर्छ गाँठे !

 

Nepe 

 

 


 
Posted on 10-24-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे गुरु !

कहां हराउनु भा'को यत्तिका दिन ?


 
Posted on 10-27-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Still in process of modifying but could not resist to post.

 

मेरो झरीसित तिम्रा किरण ठोक्काउनु बेस्सरि !
रङ्ग कस्तो हुन्छ, ईन्द्रेणीलाई देखाउथें थरि थरि !

(inspired by deep's story)

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि !
बिषकै किन नहोस् स्वाद पाउथें अलि अलि !

तिम्रो आंशुको छप्काले मेरो छद्म श्रृंगार छिल्यो !
सकली रुप छर्लङिने हुंदा बढ्यो मुटुको ढुकढुकी !

नलठ्याई रहरले चिर्‌यौ अब सिउने अभ्यास गर
नीको भइयो भने पीडाको क्रम सुनाउथे दुखी दुखी !

पर्खाल भित्र खै के कस्तो आरती भो थाहा छैन !
तिम्रो मुहारले उज्यालो पाए जलाए हुन्छ मलाई !


Alternatively.
नित्य निशामा हुने पूजाको प्रकृति थाहा छैन,
आरतिमा दीप नपुगे मलाई बाल्ने दिन्छु स्वीकृती !


 
Posted on 10-31-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुर भो कि क्या हो ? कसैको नजर गएन !
 
Posted on 10-31-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो! शिरीष गुरु, मेरो चाहिँ नजर नपरेकै रहेछ। झुर चाहिँ त्यहि भयो। गजल त लाजबाब छ नि! :)

बिशेषत: यो शेर-

पर्खाल भित्र खै के कस्तो आरती भो थाहा छैन !
तिम्रो मुहारले उज्यालो पाए जलाए हुन्छ मलाई !

अल्टरनेट भन्दा यसले छोयो प्रभु मलाई त!


 
Posted on 10-31-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Okay, my comment on the last two couplets. But technical maatra hai.

 

One of the features of a good couplet is an IMMEDIATE and EFFORTLESS union between the first and the second lines. This feature is rather weak in the last two couplets or at least not as good as it was in the preceding couplets.

 

यसरी भन्दा सजिलो होला । पछिल्ला दुई शेरहरुमा शिरीषले भनुम् न तीन भागहरु (आदि, मध्य, अन्त्य) भएका दुई बृहद कथाहरु भन्न चाहिरहेका छन् । किन्तु दुबै शेरमा कथाको आदिअन्त्य त छ, परन्तु मध्य भाग भने गायब छ । यसले गर्दा मिसराहरु बिच किञ्चित दूरीको अनुभव हुन्छ ।

 

शेर भनेको स्वभावैले एक बृहद कथालाई डिस्टिल गरेर त्यसको आध्यात्मिक सार खिच्ने विधा हो । त्यसो हुनाले कतिपय कथांशहरु स्वभावैले फालिन्छन् त्यस क्रममा । ध्यान दिनु पर्ने कुरा के हो भने कथांशको छनोट गर्दा तिनीहरु बिचको बहाव भंग नहुने किसिमले छान्नुपर्छ ।

 

लामा कथालाई कहिलेकाही छोटा छोटा टुक्रा पारेर हरेक टुक्राको एक शेर बनाउदा यस्तो समस्या नआउन सक्छ भन्ने लाग्छ मलाई ।

 

यो सानो प्राविधिक पक्ष बाहेक शेरहरु वजनदार छन् ।    

 

Nepe


 
Posted on 11-01-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Guru

Thank You for your comment which I have taken seriously to improve myself.

Now I feel, (after you pointed out), they truely lacked "body", only the head and tail were present. I wish I had and envy critical thoughts like yours.

 

Birkhe

Thank You anyway.


 
Posted on 11-11-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

underconstruction.......

 

बिराम गर्दै नगर्ने त्यस्तो को होला ज्ञानी  ?

गल्ती पछि के महसुस गरियो भन्ने कुरा आयो !

 

मेरो निस्वार्थ निदानमाथी नियती देखे

पीयूषै दिदा पनि फालियो भन्ने कुरा आयो !

 

बाटाकै मान्छेको कृपा माग्नु पर्‌यो आखीर !

मन्दिरमा ढुङ्गा ढोगियो भन्ने कुरा आयो !

 

श्रृंगारका अन्तराले तिम्रा अंङ्गहरु जोडिए

कतिका ठोस मन फोडियो भन्ने कुरा आयो !

 

समस्या खोजी समाधान निकाल्छन् बुद्दिजीबि

आफ्नो सोध, अबैध र  सारियो भन्ने कुरा आयो !

Last edited: 11-Nov-07 11:21 AM
Last edited: 11-Nov-07 11:24 AM

 
Posted on 11-11-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निगूढ (vague) रदिफको चाखलाग्दो प्रयोग ।

 

 मिसराहरुको कुशल कार्यविभाजन (पहिलो मिसराले प्रश्न/समस्या/कथा को उठान र दोश्रोले त्यसको बिठान गर्ने तरिका) र तिनीहरु बिच राम्रो तार्किक सम्बन्ध ।

 

निरन्तर विकसित निजी शैली । नविन विम्ब र बौद्धिकताको प्रचुर प्रयोग ।

 

अब एउटा क्षुद्र कुरा पनि । शिरीषले नेपाली व्याकरण (खास गरेर हिज्जे: ह्रस्व-दीर्घ, व/ब र स// को प्रयोग आदि) मा ध्यान दिन पर्‍यो । हुन त म स्वयं पनि यसमा कमजोर छु ।

 

नेपाली भाषाको शुद्धाशुद्धी सम्बन्धी एउटा राम्रो पुस्तक भर्खरै प्रकाशित भएको छ । नाम बिर्सें । त्यो पठनिय र संग्रहणिय होला भन्ने लाग्छ ।

 

 

बिराम गर्दै नगर्ने त्यस्तो को होला ज्ञानी  ?

गल्ति पछि के महसुस गरियो भन्ने कुरा आयो !

 

मेरो नि:स्वार्थ निदानमाथि नियति देखे

पीयूषै दिदा पनि फालियो भन्ने कुरा आयो !

 

बाटाकै मान्छेको कृपा माग्नु पर्‍यो आखिर !

मन्दिरमा ढुङ्गा ढोगियो भन्ने कुरा आयो !

 

श्रृंगारका अन्तराले तिम्रा अंङ्गहरु जोडिए

कतिका ठोस मन फोडियो भन्ने कुरा आयो !

 

समस्या खोजी समाधान निकाल्छन् बुद्धिजीवी

आफ्नो शोध, अवैध  सारियो भन्ने कुरा आयो !

 

 __________________


 
Posted on 11-12-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे गुरु - मसित बास्तबमा एउटा ठूलो नेपाली शब्दकोश छ ! आर्को चोटी म गुरुको सल्लाह मुताबिक भिराएर हेर्ने छु - प्रतिक्रियाको लागी धन्यबाद !

 

 

तिमी र म बीच को बलियो भन्ने कुरा आयो !

छुट्टिएन को डण्डी को बियो भन्ने कुरा आयो !

 

ऊपचारमा नियत देखे निदान हुन्छ र ?    

पीयूष पिलाउदा बिष दियो भन्ने कुरा आयो !

 

बिराम गर्दै नगर्ने त्यस्तो को होला ज्ञानी  ?

गल्ति पछि के महसुस गरियो भन्ने कुरा आयो !

 

बाटाकै मान्छेको कृपा माग्नु पर्‍यो आखिर !

मन्दिरमा ढुङ्गा ढोगियो भन्ने कुरा आयो !

 

श्रृंगारका अन्तराले तिम्रा अंङ्गहरु जोडिए

कतिका ठोस मन फोडियो भन्ने कुरा आयो !

 

समस्या खोजी समाधान निकाल्छन् बुद्धिजीवी

आफ्नो शोध, अवैध  सारियो भन्ने कुरा आयो !

 


 
Posted on 11-12-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व/ब, स//ष/,त/ट/ र य/ए  इत्यादीको गलत प्रयोगले जति वाक्य बिग्रेको जस्तो देखिन्छ त्यति ह्ह्रस्व-दीर्घ को गलत प्रयोगले बिग्रेको जस्तो देखिन्न किन होला? कि मलाई मात्र त्यस्तो लागेको हो?


 
Posted on 11-12-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा, त र ट, थ र ठ अनि स हरुको सही प्रयोग गरिएन भने त्यो शब्दको अर्थ जन्त जानु पर्ने अन्तै गए जस्तो हुन्छ। ह्रस्व दीर्घले त्यसरी अर्कै अर्थ दिने शब्दहरु थोरै छन्। जस्तो सिता र सीता अनि बिच र बीच। तर मुख्य कुरो भनेको पाठकले सही अर्थ बुझे कि बुझेनन् भन्ने कुरा हो। ह्रस्व दीर्घको सामन्य बिग्राइमा समष्टीमा बिग्रियो भन्नु चाहिँ अन्याय नै हुन्छ भन्ने लाग्दछ।
सके सम्म शुद्ध होस् भन्ने हर कोइले चाहेकै हुन्छ।

 
Posted on 11-12-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे...मलाई कस्तो लाग्यो भने, शब्दहरुको सहि प्रयोग चाहिँ यसो सोचेर अलि मिलाउन सकिने तर ह्रस्व दीर्घको सहि प्रयोग चाहिँ गाह्रो लाग्ने भएर म आफैँमा बायस भएर यस्तो लागेको जस्तो छ मलाई!
 
Posted on 11-12-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिराम गर्दै नगर्ने त्यस्तो को होला ज्ञानी  ?

गल्ति पछि के महसुस गरियो भन्ने कुरा आयो !


यो हरफ चै गजबै लाग्यो। अली कती थ्प्न मन लाग्यो।
भुल गर्न मात्रै हैन रहिछ जवानी
रसलल्ल फिजिएको फरिय सम्हल्ने दिन आयो
एक हार मै किन बीट मर्ने जिन्दगी?
सम्झौत गरेरै अघी बढ्ने दिन आयो
ब्यकुल जीन्दगिमा धेरै प्यास हुन्छ
एकै प्टक्मा हैन, पटक पटक मा प्यास मेटाउने दिन आयो
भुल गर्न मात्रै हैन रहिछ जवानी
रसलल्ल फिजिएको फरिय सम्हल्ने दिन आयो
रथ का दुबइ पङ्र भलियो भन्ने हैन
एक अर्क बिन अधुरो मन्ने दिन आयो
आध्यरोमै हामी धेरै कुन्ठियोउ
संसारलाई ज्योतिर्ग्मएे गर्ने दिन आयो
।।।।।।।।।।।।।अस्तu


 
Posted on 11-13-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटाकै मान्छेको कृपा माग्नु पर्‍यो आखिर !

मन्दिरमा ढुङ्गा ढोगियो भन्ने कुरा आयो !

 

यो शेर एक असाधारण शेर हो । कसैले यसलाई "आस्तिकतावाद" को नकार-घोषणा भन्लान्, म भने यसलाई "मानवतावाद" को एक साहसिक सकार-घोषणा भन्छु ।

समस्तमा, यो शेरले देवकोटाको सिङ्गै कविता "यात्री" लाई एकै शेरमा व्यक्त गर्न सकेको छ ।

शेरको सौन्दर्य नै त्यही  हो - विराट कुरालाई संक्षेपमा  भन्न सक्नु ।

Nepe

 

पढ्नुहोस्:

देवकोटाको "यात्री"


 
Posted on 11-14-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु

त्यो अलि बढि भएन रे भन्या ! धन्यबाद जे होस् हजुरलाई !

बास्तबमा मैले लेख्न खोजेको परिदृष्य यस्तो थियो -

यदि भगवानले सबै कुरा पुर्‌याई दिएको भए मन्दिर भित्र - बाहिर किन मान्छेले मान्छे सित भीख माग्नु पर्ने हो तर शब्द र अकछ्यर आदी मिलाउदा मिलाउदा त्यो लेखिन पुगेको हो !

यो साझामा टास्न हतार हुने हुदा एक किसिमको completion भएको फिलिङ हुदो रहेछ र बांकी  improvement गर्न अल्छि हुदो रहेछ ! 

फेरि एकपल्ट प्रोत्साहनको लागी धन्यबाद ! गल्ति देखाउदै गर्नु होला !

छोरीलाई पियानो लेसनमा लिएर जांदा त्यसै सुनेर बस्नु भन्दा बरु लेख्छु भनि लेखेको -

‍‌‍‌+

+

मन र मगज बिच, झगडा भै रहेछ !

यो ज्यान, बिरोधी स्वरको, अखडा भै रहेछ !

 

(classical dilemma between head and heart लाई परिमार्जन गरेको !)

८ ‌‌‍‍‍र ७ गर्न खोज्या अलि भा' छैन !

बिर्खे, राहुल भाई, र नारायणगढ सबर्बलाई धन्यबाद !

 

 

 

Last edited: 14-Nov-07 10:44 PM
Last edited: 14-Nov-07 10:50 PM

 
Posted on 11-19-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो

रमण घिमिरे

अलिक पाको हुँदै गएपछि धेरैलाई आफ्नो नाम मन पर्दैन । कसैलाई नामसँगै जोडिने बहादुर, प्रसाद, नाथ, कुमारजस्ता सहायक नामहरू मन पर्दैन भने कसैलाई आप\mनो थर नै बिझाउँछ  त्यसैले नेपाली साहित्यमा धेरै नामहरूलाई मासेर उपनामहरूले रजाइँ गर्दै आएका छन् 

अर्घाखाँचीको सन्धिखर्कबाट बाको औँला समाउँदै भारत, पश्चिम बङ्गाल पुगेका लोकबहादुर रानालाई पनि उमेरले २० को खुड्किलो टेक्न थालेपछि आप\mनो नाम मन परेनछ । उनले छ अक्षरको नामबाट बसाइँ सरेर आफूलाई दुई अक्षरमा सिँगारे, बुँद राना  भन्छन्, "नयाँ नामको पछिल्तिर तात्त्विक कारण त छैन । तर, त्यसबेला हिन्दीका नामी साहित्यकारहरू निराला, दिनकरहरूबाट प्रभावित भएर मैले यो नाम छानेँ ।" यति हुँदाहुँदै पनि प्रवासबाट फर्केपछि मात्र उनले आप\mनो न्वारान गरेका हुन् । नत्र पूणिर्या जिल्लाको रेल्वे जङ्सनमा बासँग हुँदासम्म उनी लोकबहादुर नै थिए 

गजल साहित्यमा बुँद राना महासागर हुन्  । उनीजस्ता धारलिा गजलकार नेपालमा थोरै छन् । छँदै छैनन् भन्दा पनि बात लाग्दैन । विकृति र विसङ्गतिलाई गजलमा उन्ने उनको कला अद्भुत छ । र, पढ्नेसुन्नेहरू त्यसलाई हृदयमै सिउरन्िछन्  जनआन्दोलन-२ उत्कर्षमा थियो । भैरहवामा बुँदको टोलमा सुरक्षा फौजका जवानहरू सङ्गीन तानेर तारो खोज्दै हिँडिरहेका थिए । तर, राजा ज्ञानेन्द्रलाई 'माइला' बनाएर सडकमै गगनभेदी स्वरमा गजल गाइदिए उनले ः

अति गरे खति हुन्छ, बुझे हुन्थ्यो माइलाले

अति भए कति हुन्छ ? बुझे हुन्थ्यो माइलाले ।

गजलमा बुँद राना दुस्साहसी छन् । सायद दुस्साहस उनले प्रवासबाटै लिएर आएका हुन् । स्वभाव मात्र होइन, कला र बान्की पनि उतै सिकेर आएका हुन् । उनका गजलले ठेट उर्दू व्याकरणको अनुकरण गर्छन् । हामीकहाँ अधिकांशतः गजलका नाममा गीत लेखिन्छ र गायनशैलीलाई गजलको संज्ञा दिइन्छ  । गजल भनेको उर्दू गीतलेखनको एउटा प्रसिद्ध शैली हो भन्ने जान्दाजान्दै पनि प्रयोगमा शैलीभङ्ग गरेर लेख्नेहरूको सङ्ख्या बाक्लो छ । तर, उमेरले छ दशकको मध्यतिर लम्किँदै गरेका यी बूढा गजल लेखनमा कट्टर छन् । उनी जति तात्ताता गजल लेख्छन्, त्यति नै तात्तातो पाराले सुनाउँछन्  उनका गजल पढ्दाभन्दा सुन्दा श्रोताहरू अझ बढी तात्छन् । उनी गजलहरू बकाइदा सस्वर सुनाउँछन्, भट्याउनेमा उनलाई पटक्कै विश्वास छैन 

त्यसो त सुरुमा कविता लेखेका हुन् बुँदले  । पश्चिम बङ्गालको पूणिर्या जिल्ला अन्तर्गतको एउटा रेल्वे स्टेसनमा सिपाही थिए उनका बाबु । सङ्गत र पढाइ दुवैले हिन्दी भाषामा पकड रह्यो उनको । सिको पनि हिन्दीकै साहित्यकारहरूको गरे । नाम त एउटा उदाहरण छँदैछ, त्यसपछि धारलिो गजल लेखन र उम्दा वाचन शैली  पहिलोपल्ट उनले गजल पाठ गर्दा नै गायक-सङ्गीतकारहरू धुन भर्न अकमकाउँछन् । बुँद राना आफ्ना हरेक गजललाई आफैँ धुन हालेर मज्जाले गाइदिन्छन् 

गजल लेख्ने प्रेरणा पनि बुँदले प्रवासबाटै च्यापेर आएका हुन्  जमानामा हिन्दी फिल्ममा मरहित्ते हाल्थे बूढा । फिल्ममा हिरोले गीत गाउँदा मख्ख परेर सुन्थे  । हिरोले गाएका गीत-गजलहरूबाट दर्शकमा परेको छाप रहरलाग्दो हुन्थ्यो  उनलाई गीत-गजलले मानिसको ढुकढुकीमा बास बस्न सकिने रहेछ भन्ने बोध भयो । उनले विस्तारै बुझ्दै गए गजलको शक्ति । अनि, गजलका लागि आफ्नो कलममा मसी भरे । कविता र मुक्तक लेख्दालेख्दै गजलको पे्ररणा दियो, भैरहवाले । त्यहाँ उनका गजलको 'बजार' ह्वात्तै बढ्यो । भन्छन्, "त्यसैले म गजलबाहिर निस्कनै सकिनँ ।"

वास्तवमा बुँद रानाका लागि गजल श्रीमतीजत्तिकै पि्रय, सहृदयी र संवाद गर्न योग्य छन् । उनी गजलमा श्रीमतीसँग जत्तिकै भित्री वार्ता गर्छन् । तर पनि बुँदका गजलले चलनचल्तीका प्रेमप्रणयका रसिला/कोमल कुराहरूलाई भन्दा राजनीतिका ताता/खस्रा कुराहरूलाई नै अभिव्यक्त गररिहेका हुन्छन् । उनी गजलमा यथार्थवादी धारालाई प्रवाहित गर्न चाहन्छन् । र, यही सोखले गजलमा राजनीति गर्‍यो भन्ने फत्तुरहरू पनि खेप्नुपर्‍यो उनले । तर, उनी आफ्ना विचार र धाराबाट एकपाइलो पनि डगमगाएनन्  । उनले त भारतमा फैज/दुश्यन्त कुमार र नेपालमा धर्मागत शर्मा 'तूफान' हरूको बिँडो थामेका मात्र हुन् 

बुँद रानाका गजलमा सधैँ एउटा विद्रोह तरबार थुतेर कागजमा ओर्लिन्छ, एउटा क्रान्ति बिगुल फुकेर वाक्यमा डुक्रिन्छ र उनका गजलसामु एउटा सामन्ती शक्तिहीन भएर लत्रिन्छ । अनि, त जनआन्दोलनमा राजा ज्ञानेन्द्रविरुद्ध बन्दुकको नालबीचबाट गजलनाद गर्दा उनी एकरत्ति हच्केनन्  । बारुदको गन्ध ओकल्दै सङ्गीनले घेरएिको संत्रस्त सडकमा उभिएर उनले जनतालाई मिसायलभन्दा जोखिम गजल सुनाए यसरी ः

जनघाती, देशघाती यस्ता अपराधीलाई

सूली पनि घटी हुन्छ, बुझे हुन्थ्यो माइलाले ।

भन्नेहरूले त बुँद रानाले गजलमा राजनीति गर्‍यो भन्छन् । तर, उनी त वास्तविक जीवनमै राजनीति गर्छन्  । बुझ्दै जाँदा उनी त एमाले रूपन्देही जिल्ला कमिटीका कार्यालय सचिव पो रहेछन् ! "म नेकपा एमालेको कार्यकर्ता नै हुँ नि, त्यो पनि होल टाइमर," अलिकति पनि सङ्कोच नमानी भन्छन् बुँद । उनको गर्जो नै यसैबाट चलेको छ भन्दा पनि हुन्छ । थप्छन्, "श्रीमती शिक्षिका छिन् । मेरो र उनको कमाइबाट मजैले चलेको छ घर ।" कुनै बेला भैरहवाको सडकमा रक्िसा चलाएर जीविका धान्दै आएका यी स्रष्टा एमाले बनेपछि मानिस होइन, मानिसका विचारलाई बोकेर हिँड्न थाले 

कहिलेकाहीँ सिर्जना र सिद्धान्तबीच चर्काचर्की त पर्दैन ? कुनै समय माओवादी नेता बाबुराम भट्टराईले लगाउने घोप्टे टोपी लगाउने यी राजनीतिक कार्यकर्ता जब एउटा स्रष्टा र त्यसभन्दा पनि धरातलमा पुगेर सोच्छन् अनि चिन्तित र दुःखी हुन पुग्छन् । उनको दुखेसो पनि तिनै बाबुरामको माओवादी पार्टीप्रति नै छ । "हामीले अहिले जुन स्वतन्त्रता र मुक्ति पाएका छौँ, त्यसको सही उपयोग गर्नुपर्ने हो," उनी भन्छन्, "माओवादीको मुटुको कुनै कुनामा अलिकति देशको माया र जनआस्था छ र ढुङ्गोजस्तो कठोर नहुने हो भने आफ्ना जिद्दीमा उसले पुनःविचार गर्नैपर्छ ।" उनी यस प्रसङ्गलाई गजलबाटै व्यक्त गर्छन्् ः

जल्ले भन्थ्यो मैले गर्छु राम्रो औषधि

अहिले उही बनेको छ, काल देशको ।

यो गजल उनले धेरै अघि रचेका हुन्, सायद त्यसबेला राजा ज्ञानेन्द्रका हातमा थियो देशको बागडोर  । आज मुलुकको राजनीतिमा एक सय ८० डिग्रीको कोणमा परविर्तन भएको छ । बुँद रानाले आफ्ना अभिव्यक्तिहरूको बेलिविस्तार लगाइरहँदा माओवादीलगायत आठ राजनीतिक दलका हातमा देशको शासन व्यवस्था परभि्रमण भइरहेको थियो  , यस गजलले हरेक चरणका शासकहरूका शिरमा अभिषेक गर्दै आइरहेको छ 

बुँद राना एमालेको 'फुलटाइमर' भएकोमा गर्व गर्छन् । भैरहवातिर पार्टीको कुनै नारा लेख्नुपर्‍यो भने उनैलाई जिम्मा दिइन्छ । उनी नाइनास्ती नगरी राजीखुसी लेखिदिन्छन् पनि । यस्तो तिख्खर गजल सर्जकलाई जाबो नारा लेख्न केको आइतबार ! उनले केही समयअघि मात्र यस्तै एउटा नारा लेखे ः

संविधानसभा किन ?

सार्वभौमसत्ता जनतामा दिन !

एउटा राजनीतिक कार्यकर्ता, त्यो पनि 'फुलटाइमर' गजल लेख्दा कहिलेकाहीँ एमालेको पक्षपाती भएको अनुभव हुन्छ कि हुँदैन ? भन्छन्, "मैले कुनै सिद्धान्त र पार्टीविशेषको प्रचारका लागि गजल लेखिनँ । राजनीतिबाट उत्पन्न विकृतिले समाजलाई जुन पीडा पुगेको छ, त्यसको विरुद्धमा लेख्ने जमर्को मात्र गरेको हुँ ।"

सिर्जनाका बखत एमालेले गरेको अन्याय पनि गजलमा अभिव्यक्त हुन्छ कि काङ्ग्रेस र माओवादीका मात्र ? यस प्रश्नमा उनी मज्जाले हाँस्छन्, "म सर्जकका रूपमा स्वतन्त्र हुन्छु र छु पनि," भन्छन्, "त्यतिबेला मेरो दिमागमा समाजका विकृति, विसङ्गति र अव्यवस्थाहरू मात्र घुमिरहेका हुन्छन् । मैले एमाले भएर कहिल्यै कलम समाइनँ ।" उनी आफूलाई एउटा सचेत नागरकि, त्यसपछि स्रष्टा र अनि मात्र राजनीतिक कार्यकर्ता ठान्छन् 

एउटा झोला बोकेर नेपाल मात्र होइन, भारतमा हुने गजल गोष्ठीहरूमा बाक्लै सहभागी हुने बुँद रानासँग ठूल्ठूला महत्त्वाकाङ्क्षा छैनन् र बग्रेल्ती सपनाहरू पनि छैनन् । त्यसैले उनी आफूलाई सुखी ठान्छन् । महत्त्वाकाङ्क्षा र सपनाहरूको उरुङ्मा बस्नुपरेको भए उनी समस्यैसमस्याले घेरएिका हुन्थे । तर, उनी यसबाट सधैँ मुक्त छन् । उनी रिक्सा चलाउँदा पनि सुखी नै थिए र आज पनि केही आर्थिक स्थिति सजिलो हुँदा पनि सुखी नै छन् ।

उनी प्रेमप्रणयका गजल लेखेर समय बिताउन चाहँदैनन् । "त्यो दिन पनि आउला," उनी भन्छन्, "तर, अहिले बेला आइसकेको छैन ।" उनको एक मात्र महत्त्वाकाङ्क्षा या सपना भनेको शान्त नेपाल हो, जहाँ निश्चिन्त भएर गजल रचना गर्न पाइयोस् । उनको मनले कोरेको 'नयाँ नेपाल' को परकिल्पना यत्ति हो । त्यसपछि उनले पनि सकारात्मक र प्रेमप्रणयका सुकोमल गजल लेख्ने छन् । "तर, विकृति रहुन्जेल त यसलाई छाडेर कसरी प्रेमका भाकाहरू हाल्न सकिएला र ?" उनको आशङ्का छ । त्यसैले उनी जनतालाई आफ्नो कलममार्फत सदैव सचेत गराइरहन्छन्, आफ्नो कर्तव्य ठानेर यसैमा प्रतिवद्ध रहिरहने प्रण पनि गर्छन् । आखिर जीवनको परभिाषा पनि त आ-आफ्नै हुन्छ नि ! तर, जति प्रतिकूलता भए पनि उनले बुझेको जीवन त्यति असहज छैन । त्यसैले त उनी गजलमा भन्छन् ः

सेती हो जिन्दगी, काली हो जिन्दगी

बग्न नजाने गन्दा नाली हो जिन्दगी ।

चार दशकभन्दा लामो समयदेखि गजललाई मजजल गर्दै जनतामा जागरणको बीउ रोप्दै यी पाका गजलकार यायावर भएर ठाउँठाउँमा पुगे, गजलको झोला बोकेर । र, जहाँ पुगे पनि एउटै सन्देश फैल्याए चेतना । यस्ता अनेकौँ यात्रा र भ्रमणहरूले उनलाई जिन्दगीसँग सन्निकट हुने अवसर दिए  । उनले आफ्नो जीवनलाई बारम्बार खारे, आगोमा सुन खारेसर  ि। र, जिन्दगीलाई हरेक दिन एउटा विजयोत्सवका रूपमा स्वीकारे आफ्नो गजलमा झैँ ः

सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो

कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो ?



 
Posted on 11-20-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>गजल साहित्यमा बुँद राना महासागर हुन् 

>उनीजस्ता धारलिा गजलकार नेपालमा थोरै छन् ।

>छँदै छैनन् भन्दा पनि बात लाग्दैन ।

 

 

गजलको सौन्दर्यवाद र सरल प्रगतिशिल सामाजिक सन्देशको लागि बूँद रानाको जोडा शायद छैनन् । तर जटिल दार्शनिक र बौद्धिक चिन्तनहरुको मामलामा त हाम्रो शिरीषको जोडा छैन भन्ने दावी गर्दछु म । म आफैले पनि एक-दुई टुक्राहरुमा त्यस्तो अभ्यास गरेको छु ।

 

बूँद राना नेपाली गजलको एक विशाल हस्ताक्षर हुन् तापनि मलाई उनका रचनामा भएका शास्त्रिय निश्चिततावाद (determinism), द्विमार्गवाद (black or white) र केही मात्रामा विषयगत अबहुलता (lack of diversity) खट्किन्छ ।

 

नेपाली गजलले समृद्ध दार्शनिक स्वरुप ग्रहण गर्न केही कठीन यात्रा गर्न अझै बाँकी छ र केही अभ्यासी सहयात्रीहरु यताउता छरिएका मात्र हुन्, हुँदै नभएका चाही होईनन् है ।

 

प्रतिभाशाली अग्रजहरुलाई यथोचित सम्मान सहित,

 

नेपे

 

 


 
Posted on 11-21-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Guru

I hope you are not kidding re kya ! You've inflated me like a ballon with He and I am floating in the air.

BTW my computer crashed so there were quite a lot of that were underconstruction and they are gone - I did not save them else where. I will have to copy the rest from the emails and this thread itself.

 

Here is one that I am working on - the kafia I chose seemed to be hard to work with. Anticipating your critical thoughts as usual.

मुटु र मस्तिष्क बिचमा झगडा भै रहेछ !

यो ज्यान बिरोधी स्वरको अखडा भै रहेछ !

 

धोएर सुकाउन राखेको एउटै कमीज -

तिम्रो फोहर मैला पुछ्ने कपडा भै रहेछ !

 

म नमूना बनें तिम्रो चित्रकला निखार्न

धर्म छाडी नाड्गियो भन्ने खतडा भै रहेछ !

 

जुन पानीले मेरो आकृतीलाई क्षय पार्‌यो

त्यस्कै संसर्गमा पग्लेको लाभा कडा भै रहेछ !

 

Last edited: 22-Nov-07 11:00 AM

 
Posted on 11-21-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाँगडान गैराखेको रे'छ शिरिष गुरु। म त छेउको ढुङ्गोमा ढाड सेकाउँदै हजुरले छप्ल्याङ छप्ल्याङ बाँकोटे हानेको हेरेर बसेँ भो। सकिएन, पस्यो कि पानी खाइन्छ।

 

मन र मस्तिष्क बिचमा झगडा भै रहेछ !

यो ज्यान बिरोधी स्वरको अखडा भै रहेछ !

 

 

गजब छ, आफ्नो ब्यथा नि त्यस्तै छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters