[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 187765 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-23-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा के हो बिहान बिहान देखि हसाउन थालेउ नि।
 
Posted on 07-23-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा तथास्तु !


कोल्गेट ताराराम्पाम कहिले देखुन् सुरु हुने हो जिम्माल बा?????
कुम्ले ब्रो को कफि विथ कुम्ले कहिले सुरु हुने हो फेरि??????
 
Posted on 07-23-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिर्खे दा के हो बिहान बिहान देखि हसाउन थालेउ नि। "

हजूर ठुलि, हजुरको दर्शन पाउना साथ रमाइलो कुरा गर्न मन लाग्छ के गर्नु।अनि हजुरलाई सन्चै? भुजा खाइस्यो?

धन्यवाद् दुर्गे भाउजु आच्या माता!
 
Posted on 07-23-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि जिम्दै छु |

 
Posted on 07-23-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा हामि सबै कोल्गेट ताराराम्पाम को वेत गरिरा चौ।
कुम्ले दादु व्हेर इज कफि विथ कुम्ले।
 
Posted on 07-23-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि हजुरलाई सन्चै? भुजा खाइस्यो
 
Posted on 07-23-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्दे दिल , दर्दे जिगर
दिलमे जगाया आपने
पहेले तो मे शायर था
आशिक बनाया आपने।
 
Posted on 07-23-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार यो रेडियो चौतारी हो। गत हप्ता सुन्नुभयो नेपाङ्ग्रेजीमा समाचार, आज सुन्नुहोस शुद्ध नेपालिन्कृतमा स्वास्थ्य समाचार।

अर्वुदरोग निवारण संस्था द्वारा गरियेको अनुशन्धान द्वारा प्रकाशित एक सोधग्रन्थ अनुसार अर्वुदरोग र 'स्वेत लम्ब धुम्र चुसिका' बिचको सम्बन्ध सोचे भन्दा भयङ्कर छ। उक्त सोधग्रन्थ उल्लेख गर्छ 'स्वेत लम्ब धुम्र चुसिका' भन्दा 'हस्तम मल्लिका ओष्ठम च्याप्पिका' ले शरिरमा हुने तिनै दोष बात पित्त कफ मा थोरै असर गरे ता पनि सेवन समापन गर्दा गरिने कृया 'अङ्गुस्टम समर्पयामि'ले समाजिक स्वास्थ्यमा असर गर्छ।

कास्टमण्डपमा अत्यन्तै लोकप्रिय भोजन 'मांसपिन्डम मुखम कप्ल्याक्कम' ले शारिरीक बिकासमा उक्त भोजनको बनौट जस्तै असर गर्ने तथ्य थाहा हुन आएको छ।

नेत्रदोष हुनेहरुले प्रातकालमा जब सुर्योदय हुन्छ त्यो प्रहर देखि 'भाष्कर निस्तेज नेत्रपटल काँच' लगाउने गरेमा नेत्रदोष ठिक हुन जान्छ।

जम्बुदिपे भारतबर्षे नेपाल देशेमा 'लौहपथगामि' को संभावना अध्ययन चल्दैछ। आजबाट करिब २० बर्षमा सम्पुर्ण 'लौहपथगामि आवत जावत पथ' निर्माण कार्य समापन हुने कुरा थाहा हुन आएको छ। त्यसपछिको पाँच पर्षमा भने 'लौहपथगामि आवत जावत सुचक यन्त्र' पनि जडान गरिने कुरा यहाँ एक अभियन्ताले बताउनुभयो।

मौसम:
आज पृथ्वीको तापमान बढेता पनि कास्टमन्डपको तापक्रम भने मधुर हुने कुरा छ। वायुको चाप भुमध्यरेखा देखि कर्कट र मकर रेखा सम्म बढेता पनि, यसले पृथ्वीको आयतनलाई केहि असर नपार्ने देखिन्छ। बैज्ञानिकहरुका अनुसार, जति तापक्रम बढेता पनि पृथ्विको परिधि र त्रिज्या उक्त बृद्धिको तुलनामा अत्यन्तै बिशाल भएको हुनाले यसले केहि नगर्ने कुरा खुल्न आएको छ।

समाचारमा उल्लेख भएका केहि भाषा प्रश्न। सबै प्रश्नको सहि उत्तर दिने महानुभावलाई एउता भागवत गिताको पुस्तक, एउटा आयुर्वेदको पुस्तक र एउटा कोकशाष्त्रको पुस्तक पुरस्कार दिइने छ। निम्न शब्द वा शब्दविन्यासलाई नेपालि वा अंग्रेजीमा परिणत गर्नुहोस।

१)अर्वुदरोग
२)स्वेत लम्ब धुम्र चुसिका
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका
४)अङ्गुस्टम समर्पयामि
५)मांसपिन्डम मुखम कप्ल्याक्कम
६)भाष्कर निस्तेज नेत्रपटल काँच
७)कर्कट र मकर रेखा
८)परिधि र त्रिज्या
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
१०)अभियन्ता

 
Posted on 07-23-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)अर्वुदरोग = क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका = चुरोट्
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका= सुर्ति वा खैनी
४)अङ्गुस्टम समर्पयामि= सुर्ति मल्ने क्रममा धुलो झार्ने क्रिया
५)मांसपिन्डम मुखम कप्ल्याक्कम = म: म: ( आहा क्या मिठो)
६)भाष्कर निस्तेज नेत्रपटल काँच = चस्मा
७)कर्कट र मकर रेखा = भुमध्य राखाको उत्तर् र दक्षिण मा २३ दशमलब ५ को कोणमा झुकाब हुने प्रिथ्बीको परिधीमा कोरिएको काल्पनिक रेखाहरु
८)परिधि र त्रिज्या = circumference र arch
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र = रेल, रेलको लिग, रेल्वे सिग्नल
१०)अभियन्ता- इन्जिनियर
तारेमाम्, पुरस्कार् पाम्।
 
Posted on 07-23-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-23-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)अर्वुदरोग -- क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- खैनी
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म:
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- चश्मा
७)कर्कट र मकर रेखा -- २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु
८)परिधि र त्रिज्या - सर्कमफरेन्स र आर्च
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल
१०)अभियन्ता -- ईन्जिनियर
 
Posted on 07-23-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!
एकपटक रिभ्यू गर्ने कि??? :P
अरु पनि आउँदै होलान्!

 
Posted on 07-23-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या पुरस्कार पाम्ला भन्या त ठुल्दाइ बुडाले उछिनिहालेचन नि, हैन यो सोमबारको दिनाँ स्कुलाँ खुरुखुरु नपढेर के को उत्तर दिईराख्नु पर्या भन्या, तात्तो न छारो

ल ल जे भए नि पुरस्कार बाँडुम न त, सबै ठिक हुन्छ

ठुली के छ? लन्चिसक्या हो??
 
Posted on 07-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि लन्च खा चैन
 
Posted on 07-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा ले प्रश्नको उत्तर चुहावट गर्नु भएकोले भान्जो हरिले सबै मिलायो। बधाई छ हरि।
 
Posted on 07-23-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! एकेडेमिक चौतारी भइरा :)

भान्जो पनि एकपटक रिभ्यू गर्ने कि? :)


 
Posted on 07-23-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
सबै सञ्चै त होलान नि के सोधिरहनु ।
हरि, ठुली, दुर्गा भाउजु अनि सानो कान्छा र बिर्खेदाईलाई नमस्कार यो रिट्ठे को

बिर्खे दाई को सवाल को जवाफ दिने कोशीस गर्छु है त कतै पुरस्कार हात पर्ने हो कि टुस्स लार ।
बिर्खे दाई को सवाल को जवाफ दिने कोशीस गर्छु है त कतै पुरस्कार हात पर्ने हो कि टुस्स लार ।
नम्बर एक अर्बुदरोग भन्या क्यान्सर भाईहाल्यो ।
२> चुरोट
३> सुर्ती
४> थाहा भएन
५> म:म
६> चस्मा
7. Cancer and Capricon
8. Perpendicular and radius
९> रेल
10. DK

लु एत्ती हो अरू थाहा भये त मरी जाउ।
 
Posted on 07-23-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)अर्वुदरोग -- क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- सुर्ति
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म:
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- चश्मा
७)कर्कट र मकर रेखा -- २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु
८)परिधि र त्रिज्या - सर्कमफरेन्स र आर्च
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल, रेल को ट्र्याक, रेलको साइरन (हर्न)
१०)अभियन्ता -- ईन्जिनियर
 
Posted on 07-23-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)अर्वुदरोग - Cancer
२)स्वेत लम्ब धुम्र चुसिका - Cigarette
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका- Tobacco
४)अङ्गुस्टम समर्पयामि - Clutching by fingers and dedicating(??)
५)मांसपिन्डम मुखम कप्ल्याक्कम - Mo: Mo or Dumplings!
६)भाष्कर निस्तेज नेत्रपटल काँच - Anti UV Goggles or Sunglasses!!
७)कर्कट र मकर रेखा - Tropic of cancer and Tropic of Capricorn
८)परिधि र त्रिज्या - Circumference and Arch
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र- Train, Railroad, Train arrival and departure information system!
१०)अभियन्ता - Engineer
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters