जब म नेपाल मा बसेर मेरा बा आमा को अगाडि राजनीति को कुरा गर्थे अनी चुनाव मा कलले जित्ने अनी कलले हार्ने कुरा गर्थे मेरा बा भन्ने गर्थे जलले जिते पनि तैले केइ पाउने हैन तलाई के को टाउको दुखाइ ! तर आइले यहाँ आयेर मैले बुजे एउटा राम्रो नेता ले जित्दा र एउटा नराम्रो नेता ले चुनाव जित्दा हामी जस्ता गरि खाने नेपाली लाई कति असर पर्छ । जो मन्त्री भए ने हुने केइ हैन भन्नु अन्धो ले हात्ती को बयान गरे जस्तो हो भन्ने मलाई लाग्छ । एउटा पदेलेखेको देस र जनता लाई चिनेको र देस र जनता ले नी चिनेको नेता ले देस चलौनु र ठाउँ ठाउँ बाट हारेको अनी भ्रस्टचार मा चुर्लुममा दुबेको नेता ले देस चलौनु मा पक्कै केइ फरक हुन्छ । र तेसले एउटा नेपाली मात्र हैन सारा नेपाली को भाग्य नी कोर्न सक्छ । हाम्रो देस मा हिजो कुनै एउटा राम्रो नेता ले शासन गरेको भए आज हामी जस्ता लाखौं नेपाली यसरी बिदेसी भुमी मा रगत पसिना बगयेर बस्न पर्दैन थो ! मेरो बिचार मा एउटा देस बन्न एउटा असल नेता को नेत्रितो नी चाहिन्छ , हामी नेपाली बुद्दिमनी छौ , हामी सँग शिप छ , श्रोत छ , साधन छ , तर हामी केइ गर्न सकी रहेका चैनौ किन की हामी बीच एउटा येअस्तो नेता छैन जसले हामीलाई तेसको उपयोग गर्न होउसवोस , अरु देस सँग लडेर हाम्रो हक र अधिकार को कुरा गरोस !
मलाई असर पार्छ ,भोली मेरो देसमा को प्रधान मन्त्री हुन्च, को मन्त्री हुन्छ , अनी कलले चुनाव जित्छ , अनी कलले हार्छ ! नेपाली राजनीतिमा बच्चै बेला देखि लघाव ले मलाई धेरै असार पारेको छ , म यो भन्दिन की मैले अरु भन्दा धेरै बुजेको छु तर मलाई येती थाहा छ की मैले ने केइ मात्रा मा नेपाली राजनीति बुजेको छु । र जहाँ सममा मलाई लाग्छ आइले को परीपेक्ष्य मा नेपाली राजनीति मा डा. बाबुराम भट्टराई जस्तो अरु कोइ मान्छे प्रधान मन्त्री हुन लयेक छैन । मैले आज सममा कुनै पार्टी को झन्डा बोकेको नी छैन र जहाँ सममा मलाई लाग्छ अब बोक्किन नी होला तर नेपाली राजनीति लाई मैले बुजे अनुसार डा. बाबुराम भट्टराई ले आइले को अवस्था मा देस लाई एउटा निकस दिन सक्छन । पेरी यहाँ मलाई माओवादी को चम्चा भन्ल्लान तर मलाई त्यो कुरा ले असार पार्दैन , भन्ने ले त जे पनि भन्छन् , आफु कति ठीक छु आँफै ले बिचार गर्ने कुरा हो !
म बाबुराम भट्टराई लाई बेग्तिगत रुप मा चिन्दिन न आज सममा मैले देखेको नै छु , तर मैले उसको बारे जति सुने जति पडे तेसले मलाई उनी प्रति एउटा आदार को भाव जगयो । एउटा पार्टी को नेता ले आरको पार्टी को मान्छे को राम्रो भन्नु भनेको नेपाली राजनीति मा वीरलै सुन्न मा पयिन्छ , (ती नेता नमरुन्जेल सममा, मरे पछी त गिरिजा को ने प्रसम्सा भकै को ) , तर डा. बाबुराम भट्टराई एउटा येस्ता नेता हुन जसको प्रसम्स उन्कै प्रतिदोन्दी ले ने गर्छन् , एउटा अखिल का केन्द्रिये नेता भन्दै थे मोरोले त धेरै राम्रो काम पो गरेछआफु मन्त्री हुँदा !
माओवादी जन्मनु को करण अनेक छन् माओवादी ले किन हतियर उथयो त्यो अरको बहस को बिषय हुन सक्छ , तर माओवादी पार्टीलाई राम्रो सँग बुजेका लाई थाहा होला डा. भट्टराई कै बिचार अनी सिद्दान्त मा माओवादी खुला राजनीति मा आएको हो !मओबदी भित्र दोस्रो खेमा मनिने बैध्य र बादल को पछी लागेको भए प्रचन्ड आइले सममा गुप्त बास मै हुन्थे ।
काला अक्ष्यर भैंसी बराबर भयेका र ठाउँ ठाउँ बाट चुनाव हारेका नेता हरु ले देस चलौनु र बाबुराम भट्टराई जस्ता एउटा बुद्दिजिबी ले देस चलौनु मा पक्कै केइ फरक त पर्छ पर्छ । बाँकी आफ्नो बिचार !
जय देस