[VIEWED 144419
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-12-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे " के छ काजी " सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? " "कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई " "ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ । " के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्यो "के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त " "केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? " म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे " यही सेप्टेम्बर ४ तारीक , केरेन सँग " को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे । च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु, त मेरो बेस्ट म्यान होस् " हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि । मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे । फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? " उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो । सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले । आज भन्दा ८ बर्ष अगाडिका कुराहरु याद आए .....................
|
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 05-19-09 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे को कथा र क्रेजी को कथा पदे मज्जा आयो कथा चि लेक्ने, तर अली ढिलो लेक्ने के, लेत लतिफ हरु अनी बैरे यो के भन्या<<<<<< हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले >>>> केटा मान्छे ले नि बच्चा पाउछन???
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 05-19-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-19-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो>>> omg!!<<< "बाबु जुवाले युधिस्थिरको त मती भ्रस्ट गर्यो तेरो पनि गर्ला , एक दम सोच बिचार गर्नु सके सम्म जुवा मा मन नभुलाउनु है भन्या थियीन् ">>> सत्य-वचन
<<<"म तिमी हरु सँगै बस्छु" भनी>>>
हुन त गुरुले ऐले सम्म बाल द्या छैन, तर पनि एउटा उत्सुकता कि रिया कस्ती होली भन्ने? ऐले सम्म त साथी, मिल्ने साथी जस्तो लागिरछ, तर प्रभोको कथा त सोच्नै सकिन्न, कता कता पुग्छ। जे होस्, बडो काइदा जाँदै छ प्रभो, पेलुम पेलुम, अझ पेलुम तर एउटो कुरो, गुरु त अमेरिका अर्काइ कामले आ रइछन। भेन यो त, धत् !!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-19-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>"बौलाएको छैन, एक त पैसा पनि शेर हुन्छ, तरुनी भए पछी मिठो मिठो पनि खान पाहिन्छ , घर पनि सफा सुगर हुन्छ हामी पनि भलद्मी झै बस्छौ " << कुरा ठीक गर्या हो च्याङ्रा ले - आइडिया त मान्नै पर्छ हुन पनि हो नि - काम एक फाईदा अनेक - अझै पेलुम पेलुम - ब'बाल गइराछ कथा
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-19-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<अनी बैरे यो के भन्या <<<<<< हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले >>>> केटा मान्छे ले नि बच्चा पाउछन???>> अब उत्तर कसरी दिउ म यो प्रश्न को मैचा, केटा मान्छेले बच्चा त पाउदैन तर ................... बुझ्ने लाई सुनको माला, नबुझ्नेलाई श्रीखण्ड
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 05-19-09 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Balla balla k-tha padne maula paye..Sarai ramailo lagyo.. Will be waiting for the next part !! NepaliThita
|
|
|
KAledai
Please log in to subscribe to KAledai's postings.
Posted on 05-20-09 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे ज्यु, कथा दामी गै रा छ, साह्रै मिठो छ। पढि रहुँ जस्तो, तर एक्कास्सी ब्रेक लाग्छ बिच बिचमा ... थप्दै जानुस् हामी पड्दै जान्छौ अनी कोमेन्ट गरूला। कालेदाइ
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-20-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Crazy Love <<रियाले बैरेलाइ तह लाउने भइ। बैरेले हेल्मेट र लाइफ ज्याकेट किने हुन्छ छिट्टै। च्याङ्रा त रियाले बैरेलाइ गर्ने कार्बाही देखेर त्राहिमाम हुने भइ हाल्यो। >> खै अहिले सम्म कसैले तह लाउन सक्या छैन, तरुनी ले के सक्ला र ? Keli <<कथा चि लेक्ने, तर अली ढिलो लेक्ने के, लेत लतिफ हरु अनी बैरे यो के भन्या<<<<<< हेर केटा, बच्चा पाउने कहिले कहिले, भोटो सिलाउने अहिले >>>> केटा मान्छे ले नि बच्चा पाउछन???>> त्यो मैले भन्या हो र च्याङ्ग्राले भन्या उसैलाई सोध्नु पर्ला, कथाको अर्को भाग भोली सम्म पक्कै आउने छ perfectionist <<<<<केही गरी खैरिनी पट्टे पनि आफ्नो कोठामा ल्याउन नमिल्ने हुन्थ्यो>>> omg!! हुन त गुरुले ऐले सम्म बाल द्या छैन, तर पनि एउटा उत्सुकता कि रिया कस्ती होली भन्ने? ऐले सम्म त साथी, मिल्ने साथी जस्तो लागिरछ, तर प्रभोको कथा त सोच्नै सकिन्न, कता कता पुग्छ। जे होस्, बडो काइदा जाँदै छ प्रभो, पेलुम पेलुम, अझ पेलुम तर एउटो कुरो, गुरु त अमेरिका अर्काइ कामले आ रइछन। भेन यो त, धत् !!!>> अब जिन्दगीमा तरुनी नहुँदा बोका ले अरु कस्को बारेमा सोच्ने प्रभु ? खै कथा भन्ने कि जिन्दगी सधैं लेफ्ट टर्न हान्या हान्यै गर्छ यसमा मेरो के दोष ? अमेरिका पढ्न आको भे त डाक्तर भई हाल्थे नि सर, आफु त खैरिनी पट्टाउन आको हेर्दै जाउ के हुन्छ । serial <<कुरा ठीक गर्या हो च्याङ्रा ले - आइडिया त मान्नै पर्छ हुन पनि हो नि - काम एक फाईदा अनेक - >> त्यही त लहरे जिन्दगी मा सधैं फाईदा कै काम कुरा गर्नु पर्यो, तरुनीलाई सँदै राख्दा हाम्रै फाईदा होला जस्तो छ Nepali Thita <<Balla balla k-tha padne maula paye..Sarai ramailo lagyo.. Will be waiting for the next part !!>> अर्को भाग तपाईको प्रतिक्षाको फल मिठो हुन्छ भन्ने आश्वासन ब्यक्त गर्दछु kAledai <<कथा दामी गै रा छ, साह्रै मिठो छ। पढि रहुँ जस्तो, तर एक्कास्सी ब्रेक लाग्छ बिच बिचमा ... थप्दै जानुस् हामी पड्दै जान्छौ अनी कोमेन्ट गरूला।>> के गर्ने प्रभु ब्रेक नभाको गाडी झै जिन्दगी कुदी रहा छ त्यसैले त ठक्कर नै ठक्कर लेख्या छ यो खप्परमा
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-21-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रियाको आँखामा अली खुशीका किरण हरु छछल्केको देखियो कारण मैले बुझिसकेको थिए, त्यही पनि उसले आइ "म तिमी हरु सँगै बस्छु" भनी । अडभाईसरले कलेज छेउको स्टुडेन्ट यूनिटहरुको लिस्ट दिएको थियो त्यही बुझ्न गईयो । खासै राम्रो लागेन, अरु कोही नेपाली त्यस कलेजमा भएको खबर पनि थिएन, नभए सोध्नु हुन्थियो । अब त भोक पनि लागि सकेको थियो , भोक मेटाउन ईण्डियन रेस्तुरन्त खोज्न लागियो । दिउसोको गर्मी ले पकाउला झै गरेको थियो तर बसमा एसी भएकोले खासै याद भएन । वरी परीका द्रिश्य निकै रमाईलो थियो तर मध्यान्नको दिउसोमा भेगस के राम्रो हुन्थ्यो । हामीले एउटा ईण्डियन रेस्तुरन्त फेला पारी भित्र पस्यौ । वेटर नेपाली झै लाग्यो , उु नजिक आए पछी च्याङ्ग्राले " आर यू नेपाली भनी सोध्यो " वेटरले "हो" भनी जवाफ दियो । मेनु हेर्दा १० डलर सिट इन चार्ज रहेछ प्रती ब्यक्ती, २००० रुपैयाको चुना लाग्ने भयो सोचे , नेपाली दाईले "तपाईहरु लाई लाग्दैन यो चार्ज खैरे हरुलाई मात्रै हो , दुई जना लाई पुग्नेले ३ जना लाई मिली बाडी खान पुग्छ" भने । नेपाली दाइले शायद नेपाली भनी हाम्रो मद्घत गरेको होला । उनले फेरी हामीलाई - "यहा घुम्न आउनु भाको ?" भनी सोधे "होइन, पढ्न यू एन एल भि मा " च्याङ्ग्राले भन्यो - " दाई भर्खरै कलेज छेउमा कोठा हेर्या खासै मन परेन, नजिक कतै किफायती राम्रो कोठा पाईदैन " उसले फेरी प्रश्न गर्यो । नेपाली दाई - "कलेज छेउ त पाईदैन भाई, तर बसको सुवीदा भएको ठाउँ चाँही छ , पैसा पनि सस्तै छ, कोठा पनि यहाँ भन्दा गतिला नै छ , खाली भाई हरु लाई अली टाढा पर्छ भन्ने मात्रै हो । फेरी यहाँ ईण्डियन पसल छैन, त्यहाँबाट चाँही नजिकै एउटा ईण्डियन ग्रोसरी पसल छ , हामी पनि त्यही बाट ग्रोसरी गर्छौ । नेपाली खानु पर्नेलाई सजिलो हुन्छ । बरु अस्ती त्यहाँ मान्छे पनि खोज्दै थियो बहिनी लाई चाँही त्यहा काम दिन्छ होला । खाना खाएर नेपाली दाई सँग त्यहाँ जाने बाटो मागी हामी त्यहाँ गयौ । उसले भन्या झै सब राम्रो लाग्यो अपार्टमेन्ट फर्निस्ड रहेछ सुनमा सुगन्ध भयो, चाहिने समान पनि थोरै हुने भयो , हामी त्यही बस्ने निर्णय गर्यौ । कलेज भन्दा आफ्नो अरु सुबिस्ता नजिक हुनु पर्छ झै लाग्यो हामी लाई । त्यहाँ बाट हामी कलेज आफ्नो समान लिना गयौ । बाटोमा च्याङ्ग्राले केही नियम बनायो । १ खाने कुरा पकाउने काम धेरै जसो रियाले गर्ने छ २ भाडा माझ्ने काम चाँही हामी (च्याङ्ग्रा र म ) दुई मिली जुली गर्ने ३ आफ्नो कोठा, आफ्नो जिम्मा भान्छा र बैठक चाँही सधैं सफा हुनु पर्ने छ ४ पैसा मिली जुली तिर्नु पर्ने , ठेक्का पटा चाँही मेरो भागमा ५ आफु आफ्नै जिन्दगी बाँच अरुलाई आफ्नै जिन्दगी बाँच्न देउ रियाले सबै कुराको सहमती देखाईन, मुखले नभए नि आँखाले । मलाई त्यो कुराको मत्लब थिएन , मेरो लक्ष्य उु थिएन । कोठामा आफ्नो समान मिलाई हामी घरको समानहरु किन मेल गर्न गयौ । बाटोमा -"वेल्कम टू द सिन सिटी" जता त्यतै लेखेको देखियो, रातको अध्यारोमा भेगस कोइलामा चम्कने हिरा झै चम्की रहेको थियो । भेगसमा गरेको पाप पनि पाप होइन भनेको हुनाले यसलाई सिन सिटी भनिन्छ रे, मन मनै लौ अब चाँही दिल खोलेर पाप गर्नु पर्छ भनी सोचे । च्याङ्ग्रा तिर हेरे उु पनि मलाई हेर्दै मख्ख थियो उसले मेरो मन को कुरा पढेको थियो र उु पनि मैले झै सोची रहेको छ भन्ने मलाई ड्रिढ विश्वाश थियो । आफुलाई चाहिने समानको किल मेल गरे पछी हामी डेरा तिर लाग्यौ । पहिलो छाक आफ्नो परिवारबाट टाढा तर नयाँ परिवारको साथ खादा रमाइलो नै भयो । भाडा कुडा मोज माझ गरी त्यो दिनको थकान मेट्न लाग्यौ । यसरी नै समय बित्दै गयो , हामी घर भन्दा बेसी कलेज र काममै समय धेरै बिताउथ्यौ , हाम्रो नियममा रियाले पकाउने भनेको कुरा चाँही पुरा हुन सकेन । उु पनि आफ्नो काम र पढाईमा ब्यस्त हुन्थी । त्यसैले जसले भ्यायो उसैले खान पकाउथ्यो, खान पकाउनेले चाँही भाडा माझ्न बाट बंछित हुन्थ्यो । च्याङ्ग्रा र म भाडा माझ्न पालो लगाउथ्यौ तर मेरो पालो हुँदा रिया मलाई सगाउन आउथी । उु म सँग धेरै समय बिताउन चाहन्थी तर म चाँही उसलाई भाउ दिन्न थे । मेरो दर्शनशास्त्र सहज थियो, मेरो जवानी एक चोटि मात्रै आउछ र यो जवानी बित्नु भन्दा पहिले म जिन्दगी को सब मोजहरु समेट्न चाहन्थे, आफु लाई अरुको जाल मा बाध्न मलाई हतार थिएन । तर हाम्रो नेपालबाट बोकी हिंडेको सोच अमेरिकामा सफल हुन चाँही गाह्रो हुने देख्या थियौ । पहिलो कुरो हामी सँग तरुनीहरुको लागि उडाउन प्रसस्त सुका थिएन, त्यो पनि भेगसमा । दोस्रो हामी आफ्नो अगाडि कोही भन्दा कम नभएको देख्थयौ तर खैरेनीहरुले हामीलाई भाउ दिदैन थे । त्यही पनि हारेको जुवारी झै एक हात त दाउ लाग्ला भनी हामी दाउ चाँही कहिले छोड्दैनथ्यौ । हामी वीकेन्डमा प्राय जसो क्यासिनो र डिस्को ध्याउथ्यौ कतै भाग्य म्नुस्कुराइ हाल्छ कि भन्ने सोचेर, तर पुर्पुरोमा नलेख्या कहाँ बाट हुन्थ्यो ? रिया चाँही घरमै कि त पढि कि त टि.भी हेरी बस्थी । कोठा आउँदा हामी प्राय जसो कैची क्ट हान्दै आउथ्यौ , उु हाम्रो यो बानीको बिरोध गर्न खोज्थी तर असफल हुन्थी । यसरी नै समयले दिन छोडि हप्ता, हप्ता छोडि महिना र महिना छोडि बर्ष दिन काट्यो । अमेरिका आको बर्ष दिन पुरा भयो भनेर च्याङ्ग्राले तिनै जना जाड खान जाने कुरा उठायो । के खोज्छस कानो आँखो भने झै म त सधैंको झै तयार नै थिए, रिया हिच्किचाउन खोजी उु खासै धेरै पिउदैन थि, हाम्रो दाजोमा, तर च्याङ्ग्रालाई नकार्न सकिन । हामी आफु सधैं जाने ठाउँमा गएर धोक्न सुरु गर्यौ । डान्स फ्लोर पनि थियो त्यहाँ, अली झुम्म पारे पछी हामी नाच्न तिर लाग्यौ, आफु उही त माहुरीको रानी खोज्दै हिंड्न लाग्यौ तर अरिंगालको झुममा माहुरी के भेटिन्थ्यो ? तर नाच्न र पिउन भने छोड्या थिएनौ । रिया हामीलाई संहाल्न खोज्दै गरेको चाँही लाग्छ तर लाग्या बेला के हो के ? सधैंको झै बिहान टाउको फुट्ला झै भएको थियो, सधैं ओड्ने भुईमा झर्दा काप्दै उठ्नु पर्थ्यो , तर त्यो दिन भने न्यानोपन महसुश भई रहेको थियो । खोल्न नसके पनि बिस्तारै आँखाको पर्दा उघारे, आफुलाई अर्ध नग्न मैले आफ्नो कोठामा होइन रियाको कोठामा भेटे .......................
|
|
|
AlterEgo
Please log in to subscribe to AlterEgo's postings.
Posted on 05-21-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dami gairacha baire...keep it up
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-21-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेह, अर्धनग्न अनी त्यो पनि रियाको कोठामा? हे सत्यानासी, लौ न, क्रमस नि देखिन, खै के भो, काँ बिचाँ ल्याएर रोक्या, खै के भो, कथामा अझ अरु बाँकी छ थाहा छ, तर काँ ल्याएर रोक्या बैरे, धत, जुम न जुम। भेन एस्तो त, आइ मिन कथा रोक्या चाँही।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-21-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे ले गर्नु गरेछ - बैरे चाँही रिया को कोठामा होला अनी रिया चाँही बैरे को कोठामा त्यस्तो खानु भएन - आफ्नै कोठा नै थाहा नपाउने गरी ल ल ब'बाल छ कथा अरु पनि पेलुम
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-21-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<लेह, अर्धनग्न अनी त्यो पनि रियाको कोठामा? हे सत्यानासी, लौ न, क्रमस नि देखिन, खै के भो, काँ बिचाँ ल्याएर रोक्या, खै के भो, कथामा अझ अरु बाँकी छ थाहा छ, तर काँ ल्याएर रोक्या बैरे, धत, जुम न जुम। भेन एस्तो त, आइ मिन कथा रोक्या चाँही। >> सफल जिन्दगी अहिले कहाँ क्रमश हुन्छ पुरे , कहाँ सत्यानासी ? काहानी त बल्ल सुरु भयो
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 05-21-09 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ammai baire ta.
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-21-09 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त खुशी आम्मै, बाबै सब्बै भो याँ, भन्नै के बाँकी भो र, अब अर्को भागमा आएर, म चाँही रियाको कोठामा अनी रिया चाँही मेरो कोठामा सुतिछे भनेर भन्न बेर लाउन्न। कहानी मे त्वीस्त्!! भनेर भन्देलान, ल न, भोली सम्म कुर्न गार्हो भो क्या, गुरु आज फ्री छन हाम्लाई थाहा छ, राखुम न राखुम, अनी अनी के भो?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-21-09 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<तेइ त खुशी आम्मै, बाबै सब्बै भो याँ, भन्नै के बाँकी भो र, अब अर्को भागमा आएर, म चाँही रियाको कोठामा अनी रिया चाँही मेरो कोठामा सुतिछे भनेर भन्न बेर लाउन्न। कहानी मे त्वीस्त्!! भनेर भन्देलान, ल न, भोली सम्म कुर्न गार्हो भो क्या, गुरु आज फ्री छन हाम्लाई थाहा छ, राखुम न राखुम, अनी अनी के भो?>> पुरे प्रभु फुतुरे अहिले भनी दीउला कोठा चाँही दुबै जना एउटै मा थियौ । यो चाँही प्लोट लिक भाको ल हेहेहेहेहे , कहानीको अर्को भाग कि त भोली नभए मंगलवार सम्म कुर्दा कसो होला , सोमबार त छुट्टी भयो भोली पनि लोङ वीकेन्डको तयारी गर्नु पर्यो नि ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-21-09 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरी बास्स्सै! लौ भो त अब! के के देखे इ आँखाले अब गर्नु के त लौ, यो कहानी पढ्दै जांदा आँखा अगाडि फिलिम गएसरी सररररर गइराथ्यो, अब यो प्लोत लीक हुना साथ आँखा चिम्लिन पर्यो बै। अनी गुरु, काँ मंगलवार सम्म कुरुम भन्या? बच्चे कि जान लोगे क्या? सके आजै नभे भोली बिहान सम्म कुनै ठोस भाग सम्म त लानै पर्यो नि हैन र? बिचरा हामी कसरी बस्नी, सिन बैरेले झ्याल खोलेको सम्म गएर अड्क्या छ। सकिन्न प्रभो, लौ न मिले भरे नभे भोली सम्म त हाल्नै पर्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-09 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक सास मा २ एपिसोड पढियो। सदा झैं, कथा झैं बैरे को भागमा मोज र भोज होस् ।
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 05-22-09 12:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे एकै चोटि बिहान राती को part censor किन त?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 05-22-09 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सधैंको झै बिहान टाउको फुट्ला झै भएको थियो, सधैं ओड्ने भुईमा झर्दा काप्दै उठ्नु पर्थ्यो , तर त्यो दिन भने न्यानोपन महसुश भई रहेको थियो । खोल्न नसके पनि बिस्तारै आँखाको पर्दा उघारे, आफुलाई अर्ध नग्न मैले आफ्नो कोठामा होइन रियाको कोठामा भेटे .............. टाउकोको कपाल देखी खुटाको नङ सब ठाडो भए, मन मनै के भएछ भनी सोचे । म जे नहोश भनी सोच्थे त्यही भयो कि क्या हो भन्दै हिजो रातीको कुराहरु सम्झना थाले तर सम्झिन सकिन । केही भएको छैन जस्तो पनि लाग्यो तर केही भाको भे अब के भन्ने पनि लाग्यो । ह्या आफुले जानी जानी केही गर्या होईन, उसले चाहेको भए त रोक्न पनि सक्थ्यो नि भन्दै उठ्न प्रयास गरे । त्यही क्षण रिया कोठामा छिरी , म हात निधारमा राखी पल्टि रहेको थिए कुरा हरु सम्झिन खोज्दै थिए । उु मेरो छेउमा आइ, मेरो हात निधारबाट हटाइ आफ्नो ओठको स्पर्श मेरो निधारमा लगाइ अब उठ १ बज्न आट्यो भनी र बाहिर कोठा तिर लागि । बाहिर जानु अघी आफ्नो टेबुल छेउमा राखेको रेडियोमा क्यासेटको चक्का हाली गीत बजायो "ह्याव आइ टोल्ड यू ड्याट आइ लभ यू " । अब म झन आन्योलमा परी, यो गीत बज्नु र उसले मेरो मस्तिस्क चुम्मन दिनुको अर्थ हिजो राती पक्कै केही भएको हुनु पर्छ । रियाको ठाउमा कोही खैरेनी भाको भे केही फरक पर्दैन थियो तर उु नेपाली केटी थियो त्यस माथि मेरो रूम मेट, उ सधैं त्यही हुन्थी उु सँग भाग्न पनि असंभव थियो । आफु कुन भुमरीमा फसियो भन्दै उठियो, लुगा लगाइ बाहिर जादा च्याङ्ग्रा पनि त्यही सिरेल खाँदै थियो । उु मलाई देखेर हाँस्दै थियो, उसले कही बोल्न खोज्दै थियो तर मेरो हेराइको अर्थ उसले बुझेको थियो त्यसैले चुप लागि बसिरहेको थियो । "ल म एक छिन बाहिर गई आउछु" भन्दै निस्क्यो मलाई र रियालाई एक्लै छोड्दै । म रियाको सामना गर्न नसक्ने अवस्थामा थिए, आफुले बोल्नु भन्दा धेरै बोल्छु कि भन्ने डरले नास्ता चाडै खाई म पनि निस्के । उसले मलाई रोक्न कोशीश गर्न आटेकी थि तर म पर्स्थिती बाट भागदै बाहिर निस्के । अपार्टमेन्टको स्विम्मिन्ग् पूलमा च्याङ्ग्रा भेटियो , उु सँग भाको चुरोट तान्दै खतम भयो यार भने । च्याङ्ग्रा - "ठिकै छ नि अब, जे हुनु भयो, रिया राम्री केटी नै छ तिमी हरु को कुरा पनि मिल्छ, तलाई मन पराउछे त्यो कुरा तलाई थाहा छ त नै हो भाउ खोज्ने " म - " तलाई मेरो बानी थाहा छ , र म आहिले कुनै सिरियस सम्बन्धमा पनि हुन चाहन्न । मलाई अहिले जिन्दगीको मोज लुट्नु छ, म उु सँग सम्बन्ध नै गास्न चाहन्न " च्याङ्ग्रा - " त्यो त तैले हिजो नै सोच्नु पर्ने कुरा हो " म - " तैले हिजो मलाई किन रोकिनस ? " च्याङ्ग्रा - " हिजो म तिमीहरुको सामु आउनु भन्दा पहिले कुरा अन्तै पुगिसकेको थियो " छोरा मान्छे हुँ, कती केटी आए कती जिन्दगीमा, उु पनि त्यही मद्धे एक हो भनु झै लाग्यो तर उसको बेज्जत च्याङ्ग्राको अगाडि गर्न मन लागेन त्यसैले चुप लागे । च्याङ्ग्रा "ल मेरो काम छ, पछी कुरा गरुला भन्दै निस्क्यो " । म अब कोठामा जान बाहेक अरु केही चारा थिएन । कोठा भित्र पस्दा रिया आफ्नै कोठा भित्र थि , म पनि सिधै आफ्नो कोठा तिर लागे । ह्याङ ओभर हटाउन नुहाउन गए । नुहाइ बाहिर आउँदा रिया मेरै कोठामा मेरो प्रतिक्षा गरी रहेकी थि । मलाई देखेर "तिमी सँग कुरा गर्नु छ भनी " म केही बोलिन गएर आफ्नो पढ्ने टेबुलमा बसे । " बैरे, हिजो जे भयो मलाई त्यसको केही पस्चताप छैन, म तिमीलाई मन पराउछु त्यो कुरा तिमीलाई पनि थाहा छ, कुरा मेरो होइन तिम्रो हो , के तिमीलाई हिजो जे भयो त्यस्को पस्चताप छ ?" मलाई हिजो के भयो त्यो पनि थाहा थिएन, तर त्यो भन्नु उसको म प्रतीको प्रेमको लागि थप्पड हानु बराबर थियो , म उसलाई मन पराउथे तर केवल एक साथीको रुपले मात्रै । सत्यता खोल्नु भनेको हिजोको घटना जे भए नि आफ्नो हवस पुराएको हुन जान्थ्यो तर सत्य त्यो पनि होइन । मैले आफ्नो हवश कहिले रिया माथि उतार्ने सोचेको पनि थिन तर के भयो त्यो खुद मलाई थाहा थिएन । म के बोल्ने के नबोल्ने केही थाहा थिएन तर चुप बस्नु पनि उचित थिएन । "हिजो जे भयो त्यसको जिमेदार म हुँ, तर जे भयो त्यो ठीक भएन मलाई सोच्ने समय चहाईन्छ " सत्य त्यही थियो । रिया आँखा भरी आसुँ बोकी मेरो कोठाबाट बाहिर निस्की । उसले बुझ्नु पर्ने कुरा हो, उसलाई थाहा थियो म उसलाई आफु बाट टाढा राख्न प्रयास गर्थे । उसले मलाई रोक्न सक्थ्यो तर रोकिन । ताली एक हातले मात्रै बज्दैन यसमा मेरो जती दोष छ उु पनि त्यसको भागेदारी हो । मैले मेरो मनलाई सान्तोना दिए । समय बित्दै थियो, रियाको प्रश्नको जवाफ मैले दिन सकेको थियिन, म अझै उु बाट टाढा भाग्ने प्रयास गरी रहेको थिए । यसरी नै आर्को एक बर्ष पनि बित्यो । अब त कलेजको पढाईले पनि मध्यान्तर नाघी अन्तिम भागको सुरुवात गरी सकेको थियो । हामीले २० घण्टा कलेजमा काम गर्थयौ र अरु थप २० घण्टा बाहिर पनि गर्थयौ । हाम्रो प्राय जसो पढ्ने बाहेक अरु केही काम थिएन । गर्मी र जाडोको छुट्टीमा पनि हामी क्लास लियी पढ्थ्यौ त्यसै ले आपेक्षा गरेको ४ बर्ष भन्दा अघी नै पढाई सकिने निस्चित थियो । यसरी नै गयो भने एक, बर्ष डेढ बर्ष भित्र हाम्रो पढाई सकिने थियो । सधैंको झै शुक्रबारको दिन च्याङ्ग्रा र म झकी झकाउ भएर घर बाट निस्कियौ । घरमा खान पाके पनि जुठो भने हामी सधैं बाहिर नै गर्ने सोच्थ्यौ । बिगत २ बर्षको असफल प्रयासले हामीलाई अझै झुकाएको थिएन । नजिकको तिर्थ हेला भने झै, रिया मेरो पशुपती थियो । त्यो दिन मेरो भाग्य चम्क्यो बारमा एउटा खिरेनी भेटियो । आफ्नो नियत निको थिएन तर जवानी लागेको कुन चाँही बोकाको होला र ? केही क्षण पछी त्यो तरुनी र म मेरो कोठा भित्र पुगिसकेका थियौ । बिहानको सुर्य आउँदा जुन बिलाएको झै खैरेनी पनि बिलाइन्, खैरेनीलाई ढोकासम्म छोडेर भित्र पस्दा मेरो बाटोमा रिया उभेकी थि ।
|
|