[VIEWED 71494
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-25-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस कथाका बिषयबस्तु, पात्र र घटना सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए। आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो। बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो।
"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर। सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन। ************************************************************************************************************************************** सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो। एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार गर्ने मान्छे हुन्छ, कुबाटो तिर लाग्ने डर हुँदैन भन्ने उहाहरुको धारणा थियो। सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ। निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको छ महिना भित्रै घर किन्यो। अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो। त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन। "कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो। भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।
काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।
घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।
क्रमश:
Last edited: 25-Jul-08 10:20 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-25-08 11:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु ,रमाइलो लाग्यो आफ्नै काहानी जस्तो लाग्यो एत्ती सम्मा त ठ्याक्कै छ अब चाँही कत्ती को मिल्ला हेरम न त छिट्टो । -मामा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-26-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका जि खोइ कथा अैपुगेनत - आफु यहाँ कुर्या कुर्यै - शनिबार पनि कस्तो नभ्याएको - अझै उठेछैन कि क्या हो - हिजो दिउँसै ताप कसेको मान्छे - कती सुत्न सकेको - अहिले आएर पानी ले छ्यापनु पर्ने क्या। उठ ल सुतिरा भे - उय्हिसक्या भे चाँही कथा लेख्न शुरु गरे हुन्छ - चिया, भात पछी खाए हुन्छ आँखा दुखेको त निको भयो होला है - होइन भन्या ११ बजी सक्यो - ठुल्दाइ ले जस्तो गर्नु भएन है - दुई दिन कुराउने होइन है - अरुले लेखेको मा चाँही छोटो भयो - लामो लेख चाडै लेख भन्छौ - आफुले पनि तेस्तै गर्ने क्या - क्या बोर भयो जे भने पनि कथा त छोटो नै भयो है - मेरो हिजोको र आज को कमेन्त जोड्यो भने कथा भन्दा लामो हुन्छ होला - कि कसो फेरी के के भन्यो नभ्नी फेरी - साथी भएर मात्र भनेको - अरुलाई भएेत बाल नै दिन्न थे नि - फेरी ठुस्स मुख लाउछ त आपत। एसो बिहान उठेर कथा पढौ भनेर सोचेको थिए - प्लन नै चौपत - तारेमाम्
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 07-26-08 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thik bhaneu serail aba ta paani nai chyaapera bhaye pani uthaayera arko part post gara bhannu paryo... malai ta kya aafnai baarema lekheko jasto laagiraacha.. yahaan samma ta ekdam mileko cha..ye dippu la utha aba..
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 07-26-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ambosssssssss dipu what a pleasant surprise! This one is quite different than your other stories. suruwat ta khatarai chha dipu. herdai jau dipule kaha puryauchhe. I am waiting for the next part.
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 07-26-08 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
One more Classic :-)Sathi yo chai ROMANTIC hola jasto chha hai..........Chhito chhto lekha la, feri ma jasto hoina ni.......Lol
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-27-08 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली ठिटा स्वागत गरें र पढिदिनु भएको मा धन्यवाद!
सान्नानी धन्यवाद! अर्को भाग लामो लेख्न प्रयास गर्छु है।
चिप्लु धन्यवाद!कथा अगाडि पनि बढाउछु झन चौतारी त छिरी हाल्छु नि
ठुल्दाइ धन्यबाद! छोटो भए पनि भोटो जस्तो लागेछ खुशी लाग्यो
लहरे धन्यवाद साथी! लौन तिम्रो वास्तविक जीवन सँग मिल्यो रे। पिर नगर। अब मिल्दैन।
पिया धन्यवाद! म सके सम्म छिटो टाँस्छु है।
नेत्र धन्यवाद! पढिदिएकोमा, अर्को भाग छिट्टै टाँस्छु है।
नेप्चु धन्यवाद! हो यो कथा अली गम्भिर नै छ।
यक्कु बारम्बार पाईरहेको हौसलाको लागि धन्यवाद!
सोम ज्यु धन्यवाद! अब त हजुरको पनि लेख्ने बेला भएन। माइला दाइलाई भन्दै हुनुहुन्थ्यो नि के के लेख्छु भनेर। सुरु गरिहाल्नुस् न है।
नारायण धन्यवाद! फोटो हेर्दै बोल्ला जस्तो केटी चाहियो? फोटोमै त बोल्नेले सच्चिकै त फेरी कान पकाउली नि। गाह्रो पर्ला है फेरी।
शुभ धन्यवाद! म भन्छु नि है पछी के के हुन्छ भनेर।
कान्छा धन्यवाद! यो पाली चै अली भिन्दै लेखु भनेर सोछेकी।
सुन्तले दाई धन्यवाद! गज्जब को लाग्यो भन्दा खुशी लाग्यो। हजुरहरुकै हौशलाको नतिजा हो यो।
पर्बत्या ज्यु धन्यवाद! धेरै हाँसियो अब अलिकती चै जिन्दगीको अर्को पाटो प्रस्तुत गर्न खोजेको।
एकल ज्यु, यो धागो मा स्वागत गरे। धन्यवाद! अर्को धागोमा मेरो कमेन्ट राम्रो लाग्यो भन्नु भएको रहेछ। त्यस्को लागि पनि धन्यवाद है।
मामा यती सम्म त कथा वास्तविक जीवन सँग मिलेछ तर अन्तिम भाग सम्म मिल्दैन होला र नमिलोस पनि। मेरो मामाको लागि मिल्ने कथा म अर्कै लेख्छु, यो होइन।
लहरे र कान्छा कस्तो सुतेको पनि देखी नसहेको तिमीहरुले। पानी छ्यप्छु रे। भयो म छिट्टै उठ्छु बरु।
कलेजो धन्यवाद! हुन्छ हेरदै जाउ है त म कहाँ कहाँ लिएर जान्छु।
साथी Amazing धन्यवाद! यो पाली चाइ रोम्यन्टिक है त। भन है कस्तो लाग्यो भनेर। अनी आफ्नो कथा पनि लौन बढाउन अगाडि।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-27-08 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग २ .........
निरनले पहिले एउटा साधारण ईमेल पठायो। आफ्नो बारेमा केही कुराहरु लेख्यो र सपनाको बारेमा केही सोध्यो। उ जान्न चाहन्थ्यो, यो सम्बन्ध सपनाले आफ्नो बाबाहरुको बचन-बाध्यतामा बाँधिएर अपनाउन लागेकी हो या उस्को आफ्नै इच्छा हो। सपनाले उही दिन उत्तर दिईन। यो उन्को आफ्नै इच्छा थियो। त्यसपछी अर्को दुई वटा ईमेल आदान प्रदान भयो। एक अर्काको बारेमा अझ बढी सोधे र बुझे। अनी सुरु भयो फोनमा कुराकानी। निरनले पहिलो पल्ट सपनालाई फोन गर्दा सपना त्यती खुलेर कुरा गर्न सकिन। अलिकती लजाइ र अलिकती डराइ। निरनले सोधेको प्रश्न हरुको जवाफ मात्रै दिई। आफुले केही सोधिन। त्यस दिन त्यती लामो कुरा भएन। निरनले "तिमी अब सुत म भोली फोन गर्छु" भनेर फोन राख्यो। फोन राखेको धेरै बेर सम्म सपनाको कानमा निरनको आवज गुन्जिरह्यो। उ निदाउन सकिन। धेरै बेर सम्म निरनको बारेमा सोचिरही। मनलाई खुशी र डर दुबैले बेचैन बनायो। भोली पल्ट त्यही समयमा निरनले फोन गर्यो। यो पाली उु अली खुलेर कुरा गरी।
"दिनभरी म सँग कुरा गर्न practice गरेको हो?" निरनले जिस्कायो। "हजुर हो" उु हाँसी र लजालु स्वोरमा उत्तर दिई।
उनिहरु को कुरा अब घण्टौ घण्टा सम्म हुन थाल्यो। निरन जिस्काइरहन्थ्यो उु हाँसिरहन्थी। निरनमा एक श्रीमानमा उस्ले खोजेको सबै गुणहरु पाई। निरन कम बोल्थ्यो तर हसाँउथ्यो। उमेरमा आफु भन्दा ठुलो थियो। उस्को गल्तिहरुलाई सच्चाइदिन्छ र हरेक कठिनाइहरुमा शान्त भएर र सोचेर पाइला चाल्छ भन्ने विश्वाश थियो। निरन बच्चै देखी बाहिर पढेको, अमेरिकामै बसेको धेरै भईसक्यो, हेर्दामा पनि राम्रो छ उस्को प्रेमिकाहरु नभएका होलान भनेर सपनाले कहिले सोचिन तर उस्को प्रेमिकाहरुको बारेमा सोध्दा पनि सोधिन। ति कुराहरुले उस्लाई केही फरक पार्दैनथ्यो। प्रेमिका र श्रीमती को बिच हुने अन्तर उस्ले राम्रो सँग बुझेकी थिई। उु निरनको शब्दहरुमा लुटुपुटु हुन्थी र उस्लाई आफ्नो श्रीमानको रुपमा पाउनु भनेको उ आँफै भाग्यमानी हुनु हो भन्ने ठन्दथी।
निरन सपना सँग कुरा गर्दा खुशी हुन्थ्यो। सपना उस्को अरु प्रेमिकाहरु भन्दा धेरै अलग थिई। उ निरन र उस्को भबिष्यको बारेमा कुरा गर्थी। आफ्नो इच्छाहरु उस्को अगाडि राख्नु भन्दा उस्को इच्छाहरुमा बढी चाख दिन्थी। रूपको घमन्ड उस्लाई कहिले भएन। मानौ उस्लाई थाहै थिएन उ कती सुन्दर छे भनेर। निरनले आफ्नो प्रगतिको बारेमा कुराहरु गर्थ्यो। उ खुशी भएर सुनिरहन्थी। निरन आफ्नो पढाईको कुरा गर्थ्यो। आफु सधैं अरु भन्दा कम पढ्ने तर सधैं अरु भन्दा अब्बल अंक लेराउने कुरा सुनाउथ्यो। सपना खुशी हुन्थी र उस्को तारिफ गर्थी। उ आफुनै एउटा सफल छत्रा थिई। पढेदेखी दोश्रो कहिले भईन। तर त्यो कुरा उस्ले निरन्लाई कहिले सुनाइन। सुनाइरहनु पर्ने जरूरत पनि देखिन। केबल अमेरिकामा एम. बि. ए. गर्ने इच्छा भएको कुरा मात्र सुनाइ। निरनलाई त्यो बिचार झन मनपर्यो। दुबैको घरबाट बिहेको कुरा अगाडि बढ्यो। निरनको बाबा मामुले सपनालाई सधैं छोरीको रुपामा पाउनु भएको थियो, बुहारी बनाउन पाउदा झन खुशी हुनुहुन्थ्यो। दुबै परिवारको रहन सहन र सामाजिक status उस्तै थियो र यो सम्बन्ध अगाडि बढाउन पाएकोमा दुबै परिवार खुशी थिए। निरनको र सपनाको भेट नभएपनी फोनमा धेरै कुरा भईसकेको भएर भेट भएकै सरी महसुस गर्थे। निरनले आफ्नो घरको फोटो पठाउथ्यो, सपना तेस्लाई कसरी सझाउने बारेमा सोच्थी र त्यही सोचाइमा मग्न हुन्थी। निरनको रोजाइको गीतहरु सुन्थी। अब आफुलाई मनपर्ने भन्दा निरनलाई मनपर्ने कुराहरुमा बढी ध्यान जान थालेको थियो। धेरै टोलाउने भएकी थिई सपना। मामुले बेला बेलामा जिस्काउनु हुन्थ्यो। उु लजाउथी। निरन पनि सपनाको कुराहरु सम्झेर एक्लै मुस्कुराउथ्यो। हरेक क्षण आफु सपना सँग नै पाउथ्यो। फोनमा मात्रा कुरा नभएर अब च्याट मा पनि कुरा हुनथालेको थ्यो। काममा पुग्दा सपना अन्लाईन हुन्थी। हाकिमको आँखा छली छली उ सपना सँग कुरा गर्थ्यो। उु निकै खुशी देखिन थालेको थियो। बिहेको दिन पक्का भईसकेको थियो। निरनले काममा बल्ल तल्ल तीन हप्ताको बिदा मिलायो। आफु H1 status मा थियो। green card को process अगाडि बढाइरहेको भएर ओकिलले सपनालाई (dependent visa)H4 मा लेराउनदा फाईदा हुन्छ भनेको थियो तेसैले उस्ले त्यही अनुसार कागजपत्र तयार पार्यो। सपनाले पनि आफ्नो चहिने कागजपत्र सबै तयार पारी। बिहेको दिन नजिक आउँदै थियो तेसैले बिहेको तयारी पनि धमाधम सँग हुनथाल्यो। बिहेको एक हप्ता अगाडि निरन आयो। किनमेल धेरै नै बाँकी थियो। कती कुराहरुको लागि उ अगाडि हुनै पर्ने भएकोले रोक्किरहेको थियो। सपना पनि कहिले आफ्नो घरपट्टी को किनमेल कहिले निरनको घरपट्टिको किनमेल मा धेरैनै ब्यस्त थीइ। निरन र उस्को भेट खासै हुन पाएको थिएन। फोनमा कुरा हुन्थ्यो। दिनका दिन बाट अब कुरा छिन का छिनमा पुगेको थियो। घरमा नातेदारहरुको भिड पनि बढ्न थाल्यो। बिहेको अघिल्लो दिन मामुले दुलहिको जोडा लेराएर सपनाको दराजमा राखिदिनु भयो। सपना थाकेर एकछिन पल्टेकी थीइ। मामु उस्को खाटको छेउमा आएर बस्नु भयो र अनायसै बिस्तार हातले उस्को गाला सुमसुमाउनु भयो। कहिले आफ्नो आँखाबाट धेरै टाढा नभएकी छोरी भोली अरुको घरमा जानु छ। उस्को गल्तिहरुलाई हामीले त सानै छे भनेर माफ गरिदिन्थ्यौ तर अरुले गर्लान कि नगर्लान ? उस्लाई आफ्नै जस्तो माया दिन सक्लान नि नसक्लान? उस्को कमी कमजोरिहरु अपनाउलान कि नअपनाउलान? अनेकौ प्रश्नहरु उहाको दिमागमा खेल्यो। आँखाभरी आशु पारेर कोठाबाट निस्किनु भयो। सपनाले आँखा खोली। मामु कोठामा आउनु भएको थाहा पाएकी थीइ। बिहे र निरनको बारेमा सोच्दा सोच्दा उस्ले बाबा मामुको र घरको बारेमा सोच्नै पाएकी थीइन। जुन घरमा हुर्क्यो बढ्यो र सधैं मेरो घर भनेर चिनायो भोली देखी त्यो घर उस्को माइती हुनेछ। अब जिन्दगी भरलाई उस्ले तेही नाम दिनु पर्छ आफ्नो घरलाई। अरुको घरलाई आफ्नो मान्नु पर्छ र त्यही रमाउन सिक्नु पर्छ। पहिलो पटक सपनाले आफु छोरी भएर जन्मेकोमा आँफै सँग खेद प्रकट गरी। फेरी निरनलाई सम्झी। उस्को आगमनले निरनको जीवनको बगैंचामा फुल्ने खुशीका फुलहरुको कल्पना गरी र उस्को जीवनमा आफ्नो महत्व सम्झेर छोरी भएर जन्मिनु र कसैको श्रीमती हुन पाउनुमा गर्व महसुस गरी र आफुलाई फेरी एकपटक भाग्यमानी पाइ।
क्रमश:
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-27-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपीका नानू, बल्ल पढ्न भ्याइयो र खुसिको कुरा अर्को भाग पनि संगसंगै पाइयो।
कथा निकै गहिरो होला जस्तो छ र साथ साथै आफैँले भोगेका केहि जीवनहरु देख्दा त झन उत्सुकता जाग्यो। छिटो छिटो लेख है? शुभकामना छ!
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 07-27-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la dippu.. katti choto choto lekheko bhanya.. jhan kurera baseko ta... kya interesting story... this one is completely different than your other ones.. kya ramailo rahecha..
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 07-27-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la dippu.. katti choto choto lekheko bhanya.. jhan kurera baseko ta... kya interesting story... this one is completely different than your other ones.. kya ramailo rahecha..
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-27-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल पढियो - अब के भन्ने त राम्रो छ भएर भन्नै परेन नि थाहा भएकै कुरा हो तिम्रो अरु कथा हरु भन्दा भिन्न तर धेरै गहिरो - यो भाग चाँही मलाई एकदमै मन पर्यो। के भन्ने के भन्ने भो - शब्द बै छैन भन्नु न यानी स्पीच्लेस। यो भो कथा सम्बन्धी कुरो अब अली मजाक गरु न है - आज त चाडै उठिछे - कस्तो चाडै उठेको नि - बाल्टिनमा पानी भरेर ल्याएकोथ े - केही गर्नै पाएन - क्या बोर - होली खेले जस्तो गरुँ भनेको - के गर्ने "उ आफुनै एउटा सफल छत्रा थिई। पढेदेखी दोश्रो कहिले भईन। तर त्यो कुरा उस्ले निरन्लाई कहिले सुनाइन। सुनाइरहनु पर्ने जरूरत पनि देखिन।" यो हरफ चाँही मलाई निक्कै नै राम्रो लाग्यो। आइ क्यान इमाजिन के सपना कस्ती होली भनेर। उस्को हरेक क्याराक्तर बयान गरे जस्तो छ यो एक हरफ्ले। मैले देखेको चिनेको केटीहरु - सपना जस्ती चाँही भेटेकी छैन ल - ग्यारेन्टी ल "रूपको घमन्ड उस्लाई कहिले भएन। मानौ उस्लाई थाहै थिएन उ कती सुन्दर छे भनेर।" बिरलै पाइएला एस्ता केटीहरु - लाखौं - होइन होइन करोडौ मा एक - म त पहिले नै फ्यान थे दिपिका को लेखाइको - अब त ए. सि. नै भये ल - अर्को भाग चाडै पढ्न पाइयोस्
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 07-27-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ आफुनै एउटा सफल छत्रा थिई। पढेदेखी दोश्रो कहिले भईन।
Ahem! Ahem!
khai k k bujhiyo k k
jokes apart, katha salala bageko chha| raamro chha| dherai kurauna hudaina hau pathakharulai|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-28-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइला दाई धन्यवाद! लौ काल्पनिक कथा फेरी सुरुमै लेखेकी त मेरै दाई, मामा अनी साथीले भोग्नु भएको कुरा हरु पो परेछन। अब मिल्दैन होला।
कान्छा धन्यवाद! लौन यो पाली त कती लामो लेखेको छु है। पखन बिस्तारै पढ्न रमाइलो हुन्छ, फेरी मलाई लेख्न पनि सजिलो हुन्छ नि त।
लहरे धन्यवाद! तिमीले पानी छ्याप्छु भनेको भएर नै छिटो उठेको साथी म। तिमी ए. सि. भयौ रे? तिम्रो गाउमा त चिसो बढी हुन्छ भन्ने सुनेको थिएँ भयो साथी ए सि नभएकै राम्रो। चिसो ले समात्छ फेरी।
कलेजो धन्यवाद! तिमी पनि लेखेको भन्दा बढी नबुझन है। यो कथा काल्पनिक हो। त्यसैले जे लेखेको छ त्यही बुझ न है :-)
Last edited: 28-Jul-08 08:57 AM
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 07-28-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I like the flow, its really good and hopefully will go as expected. Thanks for the great writing Dipika02 and will be waiting for the next one.
Nepali Thita
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 07-28-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपीका, ग्रेट गोइङ। दोश्रो भाग बल्ल पढि सिध्याएँ। कती कुराहरु त आँफैले भोगेको छु। कतै तिमीले मेरो कथा लेख्न लाग्या त हैन, मेरो अनुमती बिना?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-28-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपू, भरखर पढ्न भ्याएँ दोस्रो भाग। कतै जोलटिन नखाइ सलल्ल अघि बढीरहेको छ कथा, अरु पनि थप है त छिटो अनि मिठो गरी।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-28-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-28-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपु, यो भाग पनि राम्रो छ, कथा सलल बगी रहेको छ। निरन र सपना को यो प्रेम कथा को बाकी भाग पनि चाडै पढ्न पाइयोस।
|
|
|
SISHIR_1
Please log in to subscribe to SISHIR_1's postings.
Posted on 07-28-08 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika ji, nice story, padi rahu jasto laagne, baaki ansa pani chadai post gare ramailo hune thiyo :)
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 07-28-08 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निरन र सपनाको अहिले सम्मको 'सम्बन्ध' राम्रो देखिन्छ तर सपनाको उत्कृष्टपना (perfectness) बढी देखाउदा अनुमान गर्न गार्हो देखियो है । राम्रो जादै छ दिपीकाजि, अर्को भाग पनि आजै पढ्न पाइयोस
|
|