[VIEWED 29179
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-03-08 11:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नोट: यस कथाका सम्पूर्ण पात्र अनी घटना काल्पनिक हुन। कसैको ब्यक्तिगत जिन्दगी सँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ।
बिना कुनै श्रीङ्गार नै राम्री देखिने कामना, आज त झन त्यो बेहुलीको रातो लुगा उनी माथी कस्तो खुलेको। हुन त पहिला उनलाई धेरै चोटी देखी न देखेको त हैन, तर आज उनको रुप को चमक अरु दिन भन्दा बेग्लै थियो। कुम कुम सम्म आउने उनको त्यो कालो कपाल, हल्का हाँस्दा पनि देखिने ति अनारका दाना झै मिलेका सेता दातहरु, सलक्क परेको त्यो नाक, ठुलो अर्ध ब्रीताकार निधार, म्रिगका जस्ता ति नयनहरु अनी त्यस माथी झिम-झिम गर्दै हल्ली रहेका, मिलेका ति परेलाहरु। एक क्षण त म हराउन पुगे, त्यो भर्खर स्वर्ग बाट झरेको परी जस्तो लाग्ने कामना को आक्रितीमा। पुर्णिमाको दिन को पूर्ण चन्द्र जस्तो धपक्क बली रहेको थियो, उनको त्यो अनुहार। त्यो खुसीको माहोलमा सबै रमाएकै देखिन्थे, तर मेरो मन चाही अली खिन्न थियो।
कामना सँग मेरो पहिलो भेट लगभग ८ महिना अगाडी प्रतिक दाई को बिहेमा भएको थियो। प्रतिक दाई, मेरो मामा को छोरा, पढ्न भनेर बिदेश लागेको मान्छे उतै को बासिन्दा भै सक्नु भएको थियो। छुट्टीमा नेपाल आउँदा मामा-माइजु ले बिहे गरेर जान साह्रै कर गर्नु भएको ले हतार-हतार मै बिहेको कुरो पनि छिनियो। सबै कुरा हतार-हतार मा भएकोले होला, जन्ती जानेहरु पनि थोरै नै थिए। राती को साइत थियो, खान पिन सकेर जग्गे को काम सुरु हुँदा सम्म मान्छे को भीड अली कम भै सकेको थियो। म चाइ प्रतिक दाई को जग्गे कुरेर बसेको थिए। म कुरुवा को बेहुली को छेउ मा बसी रहेकी एउटा सुन्दर अनुहार सँग बेला बेला मा आँखा जुधी राखेको थियो। हुन त बिहे को त्यो रमझममा अरु पनि सुन्दर मुहारहरु वरिपरी न घुमी रहेका त हैन, तर त्यो अनुहार को आकर्षण अरु भन्दा भिन्न थियो। उनको आँखाले केही भने पनि न भने पनि मलाई चाही खै किन हो, केही भनेको जस्तो भान भै रहेको थियो। भाउजु लाई केही चाहिएको थियो शायद, उनैको कानमा खुसुक्क खै के भन्नु भयो। उनी जुरुक्क उठिन अनी म भएको तिर पो आइन। मलाई न देखे जस्तो गरेर मेरो छेउ बाटै पास मात्र के भएकी थीइन, मेरो मुखबाट "excuse me" फुस्क्यो। "हजुर भन्नुस" उनी फरक्क फर्केर भनिन। अब मलाई पो आपत पर्यो, के भन्ने भनेर। तर केही निहु त पार्नै पर्यो। अचानक मेरो मुख बाट "toilet कता छ?" भन्ने वाक्य निस्कियो। सायद मेरो त्यो प्रश्न उनलाई बनावटी हो भन्ने आभास भै सकेको थियो कि क्या हो, हल्का हाँस्दै "ल हिंड्नुस् म देखाइ दिन्छु" भनिन। एउटा ज्ञानी बच्चा जस्तो उनको पछी पछी लागे।
"तपाइ भाउजु को के नाता पर्ने नि?" चिनापर्ची को क्रमलाई अगाडी बढाउने मेरो पहिलो प्रयास थियो। "म त तपाईं को हुने वाला भाउजु को बहिनी, फुपु को छोरी, हो नाता ले। तर हामी दिदी बहिनी भन्दा पनि साथी जस्तो हो" उनले एकै सासमा भनिन। "उसो भए तपाईं चाही भिनाजु को भाई पो पर्नु भएछ। आफ्नै भाई हो?" अब प्रश्न सोध्ने पालो उनको थियो।
"खै अब आफ्नै भन्ने कि टाढा को भन्ने, तपाईं को हुने वाला भिनाजु नाताले त मेरो मामाको छोरा पर्नु हुन्छ, तर हामी पनि दाजु-भाइ भन्दा साथी नै जस्तो छौ।" उनकै शब्द सापटी लिएर जवाफ दिए।
त्यही एउटा प्रश्न अनी उत्तरमै म त गन्तब्य को नजिकै पुगी सकेछु। "उ त्यही हो toilet" कुना को कोठा तिर देखाउदै उनले भनिन। "धन्यबाद" म औपचारिकता निभाउदै उनले देखाएको कोठा तिर लागे, उनी भने सिढी चढ्न थालिन।
फर्केर आउँदा उनी फेरी जग्गे को छेउ मै बसी रहेको पाए। उनको छेउ मा रहेका खाली कुर्सीहरु ले मलाई नै आमन्त्रण गरेको जस्तो लाग्यो, अनी त सरासर त्यही खाली कुर्सी तर्फ नै पाइला चाले।
"Can I sit here?" कुर्सी खाली छ भन्दैमा नेताहरु जस्तो सोध्दै न सोधी बस्ने कुरा पनि भएन। "Sure" पुलुक्क हेरेर उनले भनिन, अनी सेल फोन मा औंला नचाउन थालिन। कुर्सीलाई म तिर तानेर बसे, "दाइ ले अस्ट्रेलिया बाट यस यम यस गर्नु भएको रैछ, तेही पढ्दै थिए" मैले केही न सोधिकनै उनले बेली बिस्तार लगाइन।
" ए अनी तपाईं को नाम चाही के पर्यो नि?" मलाई अघी देखी नै सोध्न मन लागेको प्रश्न थियो त्यो। "कामना, अनी तपाईं को नि?" फेरी उनको प्रतिप्रश्न आयो। "रजत" उनी तिर हेर्दै मैले भने। "आजकल के गर्दै नि? पढाई चल्दै छ कि सकियो?" त्यो हाजिरी-जवाफको क्रममा प्रश्न सोध्ने पालो अब मेरो आएको थियो।
"के यु मा फार्मेसी पढ्दै छु। भर्खर फाइनल इयर को एक्जाम सकेर बसेको, रिजल्ट हुन बाकी छ।" उनले सबै बेली बिस्तार लगाइन। "तपाइ को पढाई चाही कहाँ पुग्यो नि?" सोचेकै प्रश्न आयो उता तिर बाट।
"म पनि बि इ सकेर रिजल्ट कुरेर बसिराको हो" हावाले अगाडी ल्याएको मेरो कपाललाई पछाडी सार्दै भने। "एsss.. भने पछी हामी दुबै जना बेरोजगार पो परेछौ त है?" हल्का मुस्कुराउदै उनले थपीन। ........
क्रमश:
Last edited: 06-Mar-08 03:49 PM
|
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-05-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता हाम्रो घोच-पेच चल्दै थियो भने उता तिर जग्गेमा मन्त्र भट्याउने कार्यक्रम भने अन्त्यष्ठी तिर लम्किदै थियो। केही अघी सम्म यो जग्गे को काम कती खेर सकिएला अनी एक छिन भए पनि आँखा लाई आराम दिउला भन्ने मेरो सुर लाई कामना को मिठो-मिठो कुराले भड्काइ सकेको थियो , बरु उल्टो जग्गे को काम अरु २-४ घण्टा चलोस भनेर प्रार्थना पो गर्न थाले। घरमा को को छन, कहाँ कहाँ छन यही गन्थन हुँदै थियो, हेर्दा हेर्दै फेरो को काम सकियो। नचाहदा नचाहदै छुटिनु पर्ने बेला भयो। झिस्मिसे भै सकेको थियो, भित्र दाई को साथीहरु तास खेल्दै रहेछन। उनीहरु रमाइ रमाइ कती को माल पर्यो, कस्ले कस्लाई कती तिर्नु पर्ने भयो भनेर हिसाब गर्थे, म चाही कति बेला बिहान होला भनेर घडी हेर्दै बसी रहे। पर्खाइ को दुई घण्टा पनि बिस घण्टा जस्तो लागी रहेको थियो, त्यती बेला। एक पत्रकारले आइन्स्टाइन लाई सापेक्षताबाद को सरल परीभाषा दिनुस न भन्दा आइन्स्टाइन ले "अब एउटा सुन्दर केटी लाई भेट्न जादा उस्लाई कुर्नु पर्यो भने तपाईंलाई ५ मिनेट पनि ५ घण्टा जस्तो लाग्छ, तर उनी आइ सके पछी गफ गर्न थाल्नु भयो भने ५ घण्टा पनि फेरी ५ मिनेट जस्तै लाग्छ" भनेका थिए रे। हुन त आइन्स्टाइन को सापेक्षताबाद को त्यो सिद्दान्त अहिले सम्म पनि मैले राम्ररी बुझेको छैन, तर त्यो "सरल परीभाषा" चाही सही रहेछ। आखिर आइन्स्टाइन जस्तो बिद्वान ले झुटो किन बोल्थे त?
बिहान चिया नास्ता खाएर बेहुली लिएर फर्कने कार्यक्रम थियो। नास्ता खान भनेर लाइनमा पालो कुरेर बसी रहेको थिए, "राती सुत्नु भयो त?" एक परिचित नारी आवाजले पछाडी बाट बोलायो। अब तिम्रै बारेमा सोचेर आँखा पनि झिमिक्क न गरी रात बित्यो भन्न पनि मिलेन। "सुते नि दुई घण्टा त, कुम्भकर्ण जस्तै गरी" हातमा नास्ताको प्लेट समात्दै उनी तिर हेर्दै न हेरी जवाफ दिए। शायद उनको नजर ले मेरो आँखा को कुरा पढेर मेरो झुट पक्डिने डर थियो मलाई।
"ए सुन त। मलाई तिम्रो ईमेल एड्रेस देउ न" अब चाही मलाई पछाडी फर्कन कर नै लाग्यो। तपाईं बाट सुरु भएको वार्तालाप अब तिमीमा पुगी सकेको थियो। "ल पख्नुस् है त" भनेर उनी घर भित्र लागिन। म हातमा नास्ता को प्लेट लिएर कुरी रहेको थिए, "ल लिनुस" मेरो हातमा कागजको एउटा टुक्रो थमाइ दिइन। बिदाइ को बेला भएछ क्यारे, ब्यान्ड बाजा घन्किन लाग्यो। "ल त है म जान्छु अब, भित्र काम छ" उनी बिदा मागिन। "OK" केवल यही एक शब्द निस्कन सक्यो मेरो मुख बाट त्यती बेला। हतार-हतार गर्दै नास्ता सकाए, निस्कने बेला भै सकेको रहेछ। अनि गरुङो मन पार्दै मोटरसाइकल स्टार्ट गरे। चाबेल बाट घर सम्म को २० मिनेटको त्यो बाटो अरु दिन भन्दा लामो लागी रहेको थियो। दाई को बिहा कै त्यो दिन भनेर अफिस बाट छुट्टी लिएको थिए। घर पुगेर ओछ्यान मा पल्टेको मात्र के थिए, आँखा लागी हाल्यो। रात भरी जागाराम बसेकोले होला मज्जा ले निदाएछु।
"ल हेर, यो त अझै सुती रहेको रैछ। ल उठ अब, सांझमा सुत्नु हुँदैन, फेरी खाना खाने बेला पनि हुन लाग्यो।" आमा को आवाज ले मेरो निन्द्रा खुल्यो।
क्रमश:
Last edited: 05-Mar-08 10:39 AM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-05-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC,
ma sanga pani GRE ko note cha. chahincha?
|
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 03-05-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yakku
Please log in to subscribe to Yakku's postings.
Posted on 03-05-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC, Katha ma Eienstein ko kura pani raichha. Yo part pani ramailo lagyo. Arko part pani chadai padham na.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिधै अरुलाइ दिन भर सुतेर बस्ने भन्देको नेप्चे तिमीले, लौ हेर धन्न कामना रिसाइनन्
ल यो भाग पनि राम्रो गयो, अर्को भागको प्रतिक्षामा....
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बहुप्रतिभाशाली नेप्चेको जय होस्। कबिता र कथाका पारखी नेप्चे बेरोज्गार हुने त कुरै भएननी हैन? कामनाअाअाअाअा
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-05-08 6:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nails, Thanks for the comment. Haven't you seen the movie "Kaamanaa?" Tehi movie ko story ta ho ni.
CL, अब तेती बेला चाहिएको GRE को नोट अब अहिले त के गर्नु। तैपनी तेती माया गरेर सोधी पछी नाइ त कसरी भन्नु। अब छोरोलाई काम लग्न सक्छ नि ईमेल मा पठाइ देउ है त।
Juggy bro, तेसै गफ दिन भएन है, १५०० चाइ केही आको थिएन, अली कम नै थ्यो। I don't think "Kamana" in this story is from your college as this is not a "real" story. Thank you very much for the encouraging comment.
Yakku, glad to know that you have liked the story so far. Thanks for the note.
दिपिका, अब सबै जना को नाक को टुप्पोमै रिस त कहाँ हुन्छ र भन्या? तेती बेला कामना रिसाको भए त आपद परी हाल्थ्यो नि। पढेर प्रतिकृया पस्किदेको मा आभारी छु।
Norton bro, तेती बेला कथा, कबिता फुर्न थाली सकेको थिएन नि। मिठा शब्द को लागी धन्यवाद टक्राउछु।
कथा लेख्न भर्खर सिक्दै छु, पढेर प्रतिकृया दिदै जाम है।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 03-06-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nkchora, feri sutya sutei bha ho? la ramro raihc aru pani jhattai lekhera tasa.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-06-08 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चेभाइ,
म पनि पढ्दै छु है --त्यसपछि के भओ?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-06-08 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pjna,
आमैss, कहाँ सुतेको सुतै हुनु नि। झन एकाबिहानै क्लास थियो आज त। राम्रो लागेको सुन्दा हर्षबिभोर भए।
झट्टै टास रे, लौ न। म त भर्खर अब अगाडी के लेख्ने भनेर सोच्दै पो छु ।
मिस दिदी, हजुर ले पनि पढ्दै हुनु हुन्छ भनेको सुनेर खुसी लाग्यो। त्यस पछी के भयो भनेर अहिले भन्दिन है, अर्को भाग मा है त।
Last edited: 06-Mar-08 03:45 PM
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-07-08 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ३ घडी तिर एक नजर लगाए, छ बजी सकेको रहेछ। भोक पनि लागेको थियो, न लागोस पनि त कसरी। बिहान नास्ता खाएर आएर पसारिएको मान्छे, ब्युझिदा सांझ पारी सकेको थियो। उठेर हाथमुख धोए, खाना तयार भै सकेको रहेछ। अरु दिन भन्दा साह्रै नै मिठो लाग्यो, त्यो बेलुकी को खाना पनि। भोजन भन्दा भोक मिठो रे, साचै हो रहेछ। अरु दिन खाना खाई सकेर एक छिन TV हेरेर माथी आफ्नो कोठा तिर उक्लिने म त्यो दिन खाना खाइ सकेर सिधै आफ्नो कोठा तिर लागे। भित्ता को घडी तिर एक नजर लगाए, ९ बज्न अझ ३० मिनेट बाकी रहेछ। आफु लाई चाही कती बेला ९ बज्ला र इन्टर्नेट जोडेर कामनालाई ईमेल गरु जस्तै भै सकेको थियो। फेरी त्यो दिन त भाई पनि घर मा थिएन। उसको जाच चल्दै थियो, त्यसैले पढ्न भनेर साथी कहाँ गएको थियो। नत्र भाई भएको बेला सुरु मा उसलाई ईमेल चेक गर्न दिए पछी बल्ल मेरो पालो आउथ्यो। बिहे को दिन कामना को हातमा सेल फोन त देखेको थिए, सिधै फोन नम्बर न मागेर किन ईमेल एड्रेस मागेछु मैले? आफ्नो मुर्खतामा एक चोटी आँफै लाई धिक्कारे। घडी हेर्दा हेर्दै ९ पनि बज्यो। हत न पत ईन्टरनेट जोडेर कामना लाई ईमेल गरेको त तुरुन्तै जवाफ आयो। मलाई त "के खोज्छस कानो, आँखा" जस्तै भै हाल्यो, उनलाई MSN म add गरेर च्याट गर्न थाले। कुराकानी को क्रम च्याट बाट फोन मा पनि पुग्यो। कहिले उनले गर्थीन भने कहिले मैले। फोन जस्ले गरे पनि कुरा भने दिनहु जसो हुन्थ्यो। दाई को बिहा सकिएको ३ हप्ता भएको थियो, भाउजु लाई लिएर दाई पनि अस्ट्रेलिया फर्किनु भयो। अफिस को काम ले एक दिन एउटा साइट जानु पर्ने भयो, भोली पल्ट ढलान को काम थियो। हुन त त्यो साइट मेरो जिम्मेबारी मा पर्दैन थियो। तर जुन साथी ले त्यो साइट हेर्थ्यो, उ बिरामी भएर त्यो दिन अफिस आएको थिएन। साइट पुगेर हेर्दा कामदारहरु ढलान को लागी रड बान्ने काम गर्दै रहेछन। उनीहरु लाई रड कहाँ कसरी बाध्ने भनेर सिकाउदै थिए, नारी अवाजमा कसैले "इन्जिनियर साब" भनेर बोलाएको जस्तो लाग्यो। बन्न लागेको घरको मालिकनी ले पो बोलाको हो कि भन्ठानेर दाँया-बाया हेरे, कोही पनि देखिन। फेरी आफ्नु चिनजान को त्यो ईलाका मा कोही भएको जस्तो पनि लाग्दैन थियो। आsss मेरो कान बज्या होला भनेर फेरी कामदारहरु लाई काम सिकाउन लागे। फेरी त्यही अघी कै आवाज ले "इन्जिनियर साब" भनेर बोलायो। मेरो कान बजेको पक्कै हैन रहेछ। पल्लो घर को कौसी बाट आवाज आएको जस्तो लागेर हेरेको त मेरी बास्सै कामना पो रैछ, कौसीमा। मेरो आश्चर्यको सिमा नै रहेन। हुन त उनले आफ्नो घर कहाँ भनेर मलाई त्यो बिहा को दिन नै भनी सकेकी थिइन। तर त्यो घना बस्तीमा उसकै घर निर मेरो अफिस को साइट छ भनेर मलाई के थाहा? "इन्जिनियर साब, त्यहा को काम सकी सके पछी मेरो घर मा पसेर जानुस है त। चिया खुवाउला नि" उता बाट अर्डर पो आयो। हुन त चिया सँग मेरो राम्रो दोस्ती थिएन, अहिले पनि छैन। तर कामना ले घर आउनु भनी सके पछी, कसरी न जानु? फेरी चिया पनि खुवाउने रे। त्यो बिहा को मन्डपमा भेटे पछी हाम्रो अर्को भेट भएकै थिएन, फोनमा नियमित कुराकानी भए पनि। साइट को काम सकाएर कामना को घर तिर लागे। मन्द मुस्कान का साथ ढोका खोलेर कामना ले स्वागत गरिन, त्यो मादक मुस्कान ले काम को थकाई सबै बिर्साइ दियो। बैठक कोठामा कामना को आमा TV हेरेर बसी रहनु भएको रहेछ, देख्ने बितिकै कामना को आमा भएको अड्कल गर्न मलाई गाह्रो परेन, नमस्ते टक्राइ हाले। "वहाँ प्रतिक भिनाजु को भाई रजत" कामना ले आमा सँग मेरो परिचय गराइन। औपचारिक कुराकानी चल्दै थियो। "म चिया बनाएर आउछु है" भन्दै कामना उठेकी मात्र के थिइन, अन्टी त झन "बाबु लाई भोक लाग्या होला, नास्ता पनि बनाउन" थप्नु हुन्छ। अब कामना नै भान्सा तिर लागे पछी त्यहाको रौनक नै हराउने, त्यसैले "भो दु:ख न गर, नास्त खाने टाइम नै भको छैन, बरु एक गिलास चिसो पानी खाम। फेरी मेरो अफिस मा पनि ढीला हुन्छ" मन को कुरो मुख बाट फुस्कियो। पानी त हैन, सर्बत पो लिएर आइछिन, कामना ले। "ल सर्बत लिनुस" भनेर ग्लास म तिर तेर्साएकी मात्रा के थिएन, खै के मा खुट्टा अल्झियो उनको। गिलास त टाइब्रेकरमा पेनाल्टी शुट हाने जस्तो म तिर हुत्तिएर आयो। धन्न हातले गिलास त समाते, तर सर्बतले भने शर्टलाई नुहाइ दियो। "सरी" लज्जित भावमा कामना ले भनिन। "केही छैन, सर्बत त हो। चिया भएको भए चाही सर्टलाई पोल्थ्यो होला, सर्बत ले त सितल भयो।" बाताबरणमा हासो गुन्जियो। कामना ले फेरी अर्को गिलास सर्बत बनाएर ल्याइन। यो पटक भने पेनल्टी हान्ने अनी रोक्ने क्रम चलेन। सर्बत अली खल्लो नै भए पनि कामना ले बनाएर आफ्नै हातले दिए पछी मन को प्यास भने मज्जा ले बुझ्यो। अफिस को काम ले हिंडेको मान्छे, धेरै बेर त्यसै अल्झेर बस्न मिलेन। त्यसैले कामना सँग TOEFL को materials र CD पैचो मागेर आफ्नो बाटो ततांए। त्यती भए पछी अर्को चोटी फेरी भेट्ने बाहाना भै हाल्यो, आफुलाई।
अफिस को काम को चटारो ले २-४ दिन न राम्रो सँग गाज्यो। तै पनि कामना सँग को फोन को कुराकानी भने नियमित जस्तो चल्दै थियो। एक दिन बिहान अफिस निस्किन लागेको थिए, कामना को फोन आयो। "हजुर सँग एउटा जरुरी कुरा गर्नु छ भेटेर, सांझमा अफिस पछी फुर्सद छ?" हुन त अघिल्लो दिन मात्र कुरा गरेको थिए, उनी सँग। अचानक फेरी के परेछ कुन्नी? मनमा जिज्ञासाको भुमरी मडारिन थालयो। "भै हाल्छ नि। भरै ४:३० मा बानेश्वर को बेकरी मा भेटौ न त" मैले उनको आग्रह नकार्न सकिन, फेरी उनलाई TOEFL को सामाग्रीहरु पनी फिर्ता दिन बाकी थियो। त्यो दिन भरी जसो मन मा कुरा खेली रह्यो: "कामना लाई त्यस्तो के परेछ, भेटेरै भन्नु पर्ने?" ......
क्रमश:
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हुन त चिया सँग मेरो राम्रो दोस्ती थिएन, अहिले पनि छैन" हजुर त मेरो दाइ नै हो बा!! बानि नि मिल्दो रछ ।
यो कतै सत्य घटनामा आधारित न होइन ? अर्को कुन धागोमा हो " उनि अर्कैकी श्रीमती भइन् भन्ने पढ्या थिएँ यहाँ नि तेस्तै तेस्तै !!!
अर्को भाग नि तु: पढ्न पाउने आशामा !!
|
|
|
Yakku
Please log in to subscribe to Yakku's postings.
Posted on 03-07-08 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कामना लाई त्यस्तो के परेछ, भेटेरै भन्नु पर्ने?" NKC bro, next part pani chadai padham na.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-07-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली बहिनी, ए हो र? तिम्रो पनि चिया सँग राम्रो दोस्ती छैन। उसो भये त तिमी कतै मेरो कुम्भ को मेला म छुट्टीएको बहिनी पो परेनौ? लौ न बहिनी ले त "कामना" भन्ने कोही भेट्यो कि "तपाईंले हाम्रो नेप्चे दाजु लाई चिन्या छ?" भनेर पो सोध्लिन जस्तो छ त। यो कथा पूर्ण काल्पनिक हो। अब बहिनी लाई त म BE सकेर consultancy मा काम गर्थे कि अरु केही काम गर्थे भनेर था नै छ नि, हैन र?
Yakku bro, thanks for the comment. I will try to serve next part soon.
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थाह त छ नि, कतै part time पनि गर्नुहुन्थ्यो कि भनेर नि!!
अहिले पनि म नराम्रो सँग झुक्किएँ, अर्को भाग आएछ भनेर हतार हतार खोलेको होइन पो रछ !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ नेउचे इलिन्जियर साप! भनेपछि कामनाको घर नि गइयो!
दामी जाँदैछ! लेख्दै गरूम्!
|
|
|
gunyucholi
Please log in to subscribe to gunyucholi's postings.
Posted on 03-08-08 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
. Okay, you have got the voice and all that is needed to keep a genuine
reader around. But, the writer of your caliber should choose something
challenging, a new domain, something which other people dare not attempt. Don’t
just exchange GRE notes, treat us with something new, something sensational,
something WOW! Write for yourself not for the wows and ooohs… and yes, I am NOT
waiting for the rest unless it is something other than the less ordinary so
called enticing encounters of the narrator.
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 03-08-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
k bhaech ta kamanalai ? la chito lekha Nkchora ramro lagyou yo bhag pani
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-09-08 11:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली बहिनी, यो कतै पार्ट टाइम गर्दा को कथा हैन। पूर्णरुपमा मेरो कल्पना को उपज हो।
चित्रे, हाहा कथा मै भए पनि कामनाको घर त पुगियो नि। प्रेरणात्मक प्रतिकृयाको लागी आभारी छु। पढेर २ शब्द लेखिदेको मा धन्यवाद।
Gunyucholi, I am really amazed by your remarks, specially by the phrase: "writer of your caliber" since I consider myself a "learner" in nepali literature. This is my 2nd attempt to write a story in Nepali. I never knew that readers like you had so much expectation from a novice writer like me. Here I am serving the final episode of the story. I am sorry if the instalment is not up to your expectation. I will try to do a better job next time. And, thank you very much for those words.
Pjna, I am glad to hear that you liked the story so far. Thank you very much for those boosting anotation.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-09-08 11:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तिम भाग..
मन का यिनै खुलदुली मेटाउन भनेकै समयमा बेकरी पुगे। मोटरसाइकल अड्याएर भित्र पस्न मात्र के आटेको थिए, कामना पनि टुप्लुक्क आइ पुगिन। "हैन के पर्यो त्यस्तो जरुरी कुरा, भेटेरै भन्नु पर्ने?" मेनु हेर्दै मैले सोधे। "हा हा हा, पहिला खाना त अर्डर गरौ, अनी भन्छु" उनका आँखा पनि मेनु मै टासिएका थिए। मेनुमा डुबिरहेका कामना को आँखाको भाव भुझ्ने प्रयास गरे, मैले। भन्छन आँखा भनेको मन को ऐना हो रे। तर ति आँखामा न त कुनै आश्चर्य प्रतिबिम्बित थिए, न त कुनै राज नै। हुन त आँखा ले प्रतिबिम्बित गर्ने हरेक सानातिना कुरा बुझ्न अभ्यस्त मान्छे त हैन म, तर कसै को आँखामा उर्लीरहेको ज्वारभाटाको छाल भने महसुश गर्न भने सक्थे। तर ति आँखामा कुनै बिशेष संकेत न देखेर मेरो कौतुहलता झन बढ्यो, आफ्नो आफ्नो खाना को अर्डर गरी सकेर फेरी अघी कै प्रश्न दोहर्याउन वाध्य भए म। "हिजो तिमीले first salary पाएको भनेको हैन? तेसै ले आज तिमी मलाई treat दिदै छौ। अब फोनमा treat दिन मिल्दैन थ्यो, तेसैले भेटेर भन्छु भनेर नि।" उनको त्यो वाक्य ले मेरो उत्सुकताको बाधलाई भत्कायो। "आफु त के के न भयो होला भनेर सोचेको त उस्लाई त first salary पाको treat पो चाइएको रैछ, दिन भरी करायो दक्षिणा हरायो भन्या यही हो" मनको कुरा मुख बाट भने निस्केन। दिनचर्या अनी यताउता को कुरा गर्दा गर्दै खाने काम पनि सकियो अनी आफ्नो घर तिर लागे। तर कामना ले त्यो दिन देखाएको आत्मियापन भने मलाई अली दोमन बनायो। हुन त मेरा अरु केटी साथीहरु पनि थिए, तर आज सम्म कसैले पनि यसरी हक देखाएर treat त ख्वाउनु परेको थिएन। फेरी अर्को मनमा चाँही आsss.. फेरी कामना अली frank मान्छे, त्यस्तो अन्थ्या केही सोच्नु पर्ने जस्तो लागेन।
समय आफ्नै गती मा बग्दै थियो। हाम्रो जिबन को नदी पनि आफ्नै बेगमा दौडी रहेको थिए। बेला बेलामा दोभान अनी त्रिबेणिहरु मा जम्का भेट हुन्थ्यो, एक छिन भलाकुसारी हुन्थ्यो, अनी फेरी हामी आफ्नै बाटो लागथ्यौ। हामीहरु आफ्नै संसारमा ब्यस्त थियौ, म आफ्नो काम मा, अनी कामना उनकै। कामना ले TOEFL मा राम्रो अंक ल्याइन अनी GRE को तयारीमा लागिन। मैले पनि TOEFL को झमेला जेनतेन गरेर पार लगाए, मेरो पनि राम्रै अंक आयो। यसो हेर्दा हामी दुबै जनाको भबिष्य को बाटो एउटै दिशा तर्फ लम्किरहेको आभास मैले पाएको थिए। आफ्नो उज्ज्वल भोली प्रती चनाखो हामी दुबै को तत्काल को गन्तब्य भनेको further study को लागी बिदेश जानु थियो। शायद त्यही भएर होला, हामी बिच को दुरी बिस्तारै घटाउने प्रयास गर्दै थिए म। भेटघाटको को क्रम निरन्तर चली रहेको थियो। बिज्ञान, राजनिती, साहित्य देखी पढाई, संगीत अनी फिल्म सम्म, हाम्रो कुराकानी हुने बिषय को दायरा निकै ठुलो थियो।
अफिस को कामले १ महिनाको लागी काठमान्डु बाट बाहिर जानु पर्ने भयो। एउटा महत्वपूर्ण प्रोजेक्टको काम रहेछ, अनी त्यस प्रोजेक्ट को सम्पूर्ण जिम्मेबारी मेरो काधमा थियो। एकातिर अफिसले ले म प्रती देखाएको विश्वासले अली कती हौसला बढाएको थियो भने, अर्को तिर कामना सँग १ महिना को लागी छुटिनु पर्दा अली कती नरमाइलो पनि लागेको थियो। कामना सँग एक महिना पछी भेट्ने बाचा गर्दै काजतपत्रको भारी बोकेर गन्तब्य तर्फ लागे। काम को दौड धुप मा एक महिना कती चाडो बित्यो पत्तै भएन।
काठमाण्डु फर्की सकेर कामनालाई फोन गरे। नियमित भलाकुसारी सकाएर फोन राख्न मात्र के लागेको थिए, "भोली अफिस सकाएर तपाईं लाई एक छिन फुर्सद छ? छ भने ५ बजे तिर बानेश्वरको बेकरी क्याफे मा एक चोटी भेटौ न। केही जरुरी कुरा गर्नु थियो।" कामना ले आग्रह गरिन। "ल हुन्छ, see you tomorrow, then" त्यो वार्तालाप टुङ्गियो। कामनाको "जरुरी" कुराले एक पल्ट फेरी मलाई उत्सुक बनायो। एक पल्ट सोचे, के नै होला त्यस्तो भेटेरै भन्नु पर्ने जरुरी कुरा त। क्यालेन्डर पल्टाएर हेरे, उनको जन्मदिन त आइ सकेको थिएन, न त मेरो नै। फेरी अर्को treat दिन लाई मेरो प्रमोसन पनि भै सकेको थिएन। कि त उनको कुकुर मोती को जन्मदिन पो हो भोली? मेरो अनुमान को दायरा त्यती मै सिमित भयो।
भनेकै समयमा कामना सँग भेट भयो। आज उनको आँखाको भाव अली बेग्लै थियो। ति आँखा ले केही भनी रहेका थिए। तर त्यो आँखा भित्र का binary code लाई decode गर्न मैले सकी रहेको थिइन। खाने कुराको अर्डर गरेर उनको जरुरी कुरा को राज बुझ्न मैले कुरा उक्काए। "रजत, जिबन को यो मोडमा मलाई तिम्रो सानो मद्घत चाहिएको छ। घरमा बिहा को लागि साह्रै कर गरी सक्नु भयो। बाबा-आमा को जिद को अगाडी म कमजोर हुन पुगे। घरमा बिहा को कुरा आएको छ। शायद तिमी केटा लाई चिन्दछौ होला। तिम्रै कलेजमा पढेको रे। तिमी भन्दा २ ब्याच सिनिअर होला। अहिले सम्म मैले केटा लाई भेटी सकेको त छैन। तिमी ले नै त्यो केटा कस्तो हो बुझेर मलाई खबर गर है। त्यस पछी बल्ल म के गर्ने भनेर निर्णय लिन सक्छु होला।" कामना का आँखा खाना को त्यो प्लेटमा गाडीएको थियो भने, औंलाहरु चम्चा सँग मिलेर चाउमिन को त्यो गुजुल्टो फुकाउने प्रयास गर्दै थिए। शायद ति एक महिनामा बागमतीमा धेरै नै पानी बगी सकेछ। "भै हाल्छ नि। एउटा साथी को नाता ले मेरो तर्फ बाट सक्दो सहयोग गर्ने छु। म अरु सँग बुझेर तिमी लाई खबर गर्छु है त।" उनको कुराले मुटु चसक्क पारेको भए पनि केही न भएको जस्तो अभिनय गर्दै मैले भने। खै किन हो, अरु दिन साह्रै मिठो लाग्ने बेकरीको म: म: त्यो दिन मलाई अली खल्लो लाग्यो। थाहै नपाई कुडिएको मन अनी थपिएको एउटा नयाँ काम को बोझ बोकेर घर फर्किए। खाना खान त मन थिएन, तै पनि देखाउनलाई भए पनि एउटा प्लेट समातेर अली कती खाना हालेर बसे। "किन थोरै भात लिएको नि? बाहिरै केही खाएर आएको?" आमाको प्रश्न आयो। "फर्किदा बाटोमा साथीहरु सँग नास्ता खाएको थिए, खासै भोक लागेको छैन" थालको सिता गन्दै जवाफ दिए। खै किन हो आमा सँग आँखा जुधाएर कुरा गर्ने हिम्मत थिएन म सँग। शायद आमाले मेरो अनुहार हेरर नै मन मा मचिएको खलबली को आभाश पाउने डर लागेको थियो मलाई। जसो तसो ३-४ गास टिपेर आफ्नो कोठा तिर लागे। भोली बिहानै अफिस जानु थियो, सुत्न भनेर ओछ्यानमा पल्टे, आँखामा भने निन्द्रा थिएन। मन मा चली रहेको आधिबेरीको जरो खोतल्न तिर लागे। आज कामना ले उनको बिहा को कुरा गर्दा किन मेरो मन चसक्क भएको? आखिर हामी बिच त्यस्तो के नै थियो र, रार्मो साथी को नाता बाहेक? के म कामना लाई मन पराउन थाली सकेको थिए? के म एकोहोरो प्रेमको भुवरीमा फसी सकेको थिए त? पहिलो भेट देखी त्यो साझको हरेक पलहरु मानसपटलमा चलचित्र झै नाच्न थाले। म बिस्तारै कामना तिर झुक्दै गएको आभास पाए मैले। हो, शायद मैले थाहै नपाई कामना लाई मन पराउन थाली सकेको रहेछु। जुन कुरा मलाई अश्वभाविक पनि लागेन। मेरो सबै भन्दा नजिक कि केटी साथी भनेको कामना नै थिएन त्यती बेला। तर कामना को लागि भने म केवल एउटा राम्रो साथी मात्र रहेछु। त्यो रात भरीको मन को अन्तरद्वन्द अनी बादबिबाद को एउटा निस्कर्ष निस्कियो: "यो भावना भने चिज नै यस्तै रहेछ, अन्धाहरु ले हात्ती छामे जस्तो। जसको हातमा जे पर्यो, उसलाई उस्तै लाग्ने।" अब मैले के गर्नु पर्ने होला? अर्को प्रश्न को जवाफ खोज्न बाकी नै थियो। "के मैले कामना लाई मन पराएको कुरा उनलाई भनु त?" एक चोट सोच्न वाध्य भए। "हैन, अब शायद अली ढिला भै सक्यो। उनको जीवनमा अरु कोही आउन लागेको बेला आफ्नु उपस्थिती जनाउनु उचित समय थिएन" मन को एउटा कुना बाट आवाज आयो। र त्यही आवाजको सल्लाह मान्ने निर्णय मैले गरे।
पुकार दाई को कुरा आएको रहेछ, कामनाको लागी। कलेजमा त्यती हेलमेल हुन न पाए पनि पुकार दाई का केही साथीहरु लाई राम्ररी चिन्दथे म। कुरा बुझ्दा पुकार दाई राम्रो मान्छे भएको निस्कर्ष निस्कियो, अनी त्यही कुरा कामना लाई भनी दिए।
आज कामना को बिहा पुकार दाई सँग हुँदै थियो। कामनाको त्यो खुसीमा समेल हुन मलाई पनि निम्ता दिइएको थियो। खिन्न मन भए पनि हासेको अभिनय गर्दै त्यहा केही घण्टा बिताए। अनी उनको सुखी जीवन को कामना गर्दै कामना सँग बिदा मागेर आफ्नो घर तिर लागे। .......
Last edited: 09-Mar-08 11:51 PM
|
|