[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अविश्मरणीय पलबाट

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 15433 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-02-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मामाघर" नाम नै प्यारो, सबैको माया पाउने, त्यसैले बिदा त हुनैनहुने, नजिकै थियो पुगिहाल्थेँ। हुन त पुग्नु अगाडिनै माइजुको फोन आउथ्यो--"भान्जि जाँच सिद्द्यो होइन? कहिले आउने? समीरलाई पठाइदिउँ लिनलाई?" समीरदाई, मेरो मामाको छोरा, म भन्दा तिन बर्ष ठुलो र खुब कुरा मिल्ने। उहाँ मलाइ जे पनि भन्ने र म उहाँको कुराहरु लुकाउन खप्पिस्। पढ्नमा जेहन्दार्, बोलिबचन् मिठो, ठुला बडाहरुलाई आदरगर्ने र साथिहरुसगँ मिलन्शार जस्ता गुणहरुले भरिपुर्ण हुनुहुन्थ्यो समीरदाई। बानिबेहोराको साथ साथै अनुहार पनि राम्रो पाउनु भएको थियो। मेरा साथिहरु भुतुक्कै हुन्थे उहाँ भनेपछि।

सबै बानिहरु मद्धे एकै बानि थियो उहाँको, सबैलाई चिन्तामा पारेको, मोटोर साइकल् तिब्र गतिमा चलाउने। मामा माइजु समीरदाईलाई सम्झाउदा सम्झाउदा दिक्क भैसक्नु भएको थियो। हाम्रो घरमा आउँदा पनि बाबा र आमाको त्यहि कुर सुन्नु पर्थ्यो। हुन त म पनि कम थिँन, मौका पाको बेलामा भनि हाल्थेँ--"हजुरलाई यत्तिका मान्छेहरु ले भन्दा पनि केहि पिर् लाग्दैन भन्या?", अनि उहाँको जवाफ उहि हुन्थ्यो--"नकरान तँ पनि उसैत सबैको झ्याउँ झ्याउँ सुनिराबेलमा, थाहा छैन काग कराउदै जान्छ, पिना सुक्दै जान्छ भनेर ?" हुन पनि हो, आखिर् जति भने पनि मान्ने होइन भनेर सम्झिन्थेँ अनि अरुनै कुरा गर्थेँ। हुन त म आफुपनि डराउथेँ हत्तपत्त उहाँको बाइकमा बस्न। कतै जानु पर्यो भने पहिलेनै सर्त् लगाउथेँ "यतिभन्दा बढि इश्पीड मा चलाउन पाँइदैन नत्र म बाटोमा नै चिच्च्याइदिन्छु", "हुन्छ" त भन्नु हुन्थ्यो तर अलिक टाढा पुगेपछि उहि ताल हुन्थ्यो, नरोके सम्म म थुरथुर् हुन्थे अनि रिसाउदै भन्थेँ --"अब त कहिले पनि कतै पनि जान्न हजुरसगँ", अनि हास्दै भन्नु हुन्थ्यो-- "त्यो त तैले जहिले पनि भन्छेस्, खोइ त ? म नै नभै तँलाई केहि हुदैन"

मेरो बाबा आमाले समीरदाईलाई एक्दम्नै माया गर्नु हुन्थ्यो र समीरदाई पनि हरेक् दुइ तिन् दिनमा आइरहन्नु हुन्थ्यो र हाम्रो घरमा र एक ठुलो छोराको चाहिएको आवश्यकता पुरा गरिदिनु हुन्थ्यो। म र दाई घन्टौ कुर गर्थ्यो, उहाँको साथिहरुको, मेरो साथिहरुको । कहिले काहि दिक्कहुनु  भएको बेलामा भन्नु हुन्थ्यो-- "बुझिस् म त बार सिद्धिने बित्तिकै जन्छु अमेरिका, कसैको कुरा पनि सुन्न नपर्ने"  अनि म पनि चम्कि चम्कि थपिदिन्थे--"हो हो हजुर् जानु भयो भने म पनि आउछु, मलाइ एक्लै बाबाले पठाउनु हुन्न बरु हजुरहुनु भयो भने मान्नु हुन्छ" 

कहिले काहिँ साथिहरु सगँ जमघट् गर्दा धेरै ढिलो हुन्ने भयो भने घर फर्किदा मामा को गालि खाने भएर मलाइ फोन गर्नु हुन्थ्यो र हाम्रो घरमा आउनु हुन्थ्यो। म पनि सुटुक्क ढोका खोलिदिन्थेँ र भाई सगँ गएर खुसुक्क सुत्नु हुन्थ्यो। म पनि मामाहरुलाई दाई छिट्टैनै फर्किनु भएको थियो भनिदिन्थेँ। तर हाम्रो घरमा चाँहि बिहान देखिनै आमाको कर् कर् सुन्नु पर्थ्यो, समीरदाईलाई गालि गर्दै। आमाको गालि उहिहुन्थ्यो जहिले पनि--"छोरा तँ कति लापर्बाह भएको है, अब त ठुलो भैसकिस् नि, खालि साथिहरु सगँ बरल्लिएको छ,  बुवा आमाको केहि पिर् छैन तलाई?" अनि समीरदाई खिस्स हाँस्दै, आमालाई अङगालो मार्दै भन्नु हुन्थ्यो--"तेहि बुवा आमाको पर्वाह भएर त होनि फुपु म हिजो राति घर नगएको,  नत्र गैहाल्थिनि आधा रातमा हल्लिदै घर",  उहाँको तेस्तो जवाफ सुनेपछि म रोक्न खोजेपनि नसकेर खित्का छोडेर हास्थेँ। समीरदाई को बानीनै थियो जति गालिगरेपनि नरिसाउने र मजाकमा उडाइदिने।

समीरदाइ बार सिद्दाएर अमेरिक जाने तयारिमा निकैनै बेस्थ हुनुहुन्थ्यो, त्यसैले उहाँलाई भेट्न त्योताका अलि कठिन नै हुन्थ्यो। हाम्रो घर नआउनु भएको पनि धेरै नै भैसकेकोथ्यो। एकदिन पानी परिराथ्यो,  आमा र म ज्याल् बाट बहिर हेर्दै कुरा गर्दैथ्योउँ दाईकै बारेमा,  टुप्लुक्क आइपुग्नु भयो। अनि आमाले दाईलाई हेर्दै भन्नु भयो--"कति लामु रहेछ छोरा तेरो आयु, भर्खरै तेरै कुर गर्दैथ्योउँ हामिहरु", "आयु त तेस्तै हो फुपु तर खबर् चाहिँ खुसिको छ म सगँ"--उहाँले हर्शले गद् गद् भएको अनुहार् ले भन्नु भयो। आमा ले पनि अलि उत्तेजनात्मक् स्वोर् ले सोध्नु भयो--"के छोरा सुनाइहाल्न?"  म पनि उत्सुक् हुँदै कान ठाडो ठाडो बनाएर सोधेँ--"के दाई हामी पनि सुनम्न?" दाई अनुहारबाट खुशिको झलक टप्काउदै आमालाई हेर्दै भनु भयो--"फुपु म त जाने भयँ नि अमेरिका, आज भिसा पाएँ मैले", हामीहरु एक्दम् खुसि भयोउँ अनि म कराउन थालेँ --"मलाइ ट्रिट अहिलेनै चाहियो" भन्दै। "मेरो अहिले एउटा साथिलाई भेट्नै पर्ने छ, पख् म एक्छिन्मा आउछु तँ तयार भैरनु, अनि जाउँला"--दाईले भन्नु भयो। "यस्तो पानीमा किन जानु पर्यो?  छोरा त पनि अहिले नजा साथिकाँ, म खाजा बनाउछु"--आमाले भन्नुभयो। म किन मान्थेँ र?  जिद्धि गर्न थालि हालेँ--"नाई नाई जाने " भन्दै।  बाहिर निस्कन खोज्दै गरेको दाईलाई आमाले भन्नु भयो--"चिया त खाएर जा, माथि बन्दै छ" ,  दाइलाई साथिहरु भेट्न हतार् भैरको के सुन्नु हुन्थ्यो र?"पछि खाउँला फुपु" भन्दै बाहिर निस्किनुभयो। म झ्याल्बाट बाहिर हेरिरहेँ, आमाले आवजदिनुभयो--"छोरा पानी परिराछ, बिस्तरै चलाहै मोटर् साइकल्",--"भैहाल्छ नि, तेहि पनि म जहिले पनि बिस्तारै त चलाउछु नि"--भर्याङ् ओर्लदै गरेको दाईले मलाइ हेर्दै आखाँ झिम्काउदै भन्नु भयो। म हासेँ र दाईलाई हेरिरहेँ। किन हो किन मन खिन्न लाग्यो। "अब दाई गएपछि त मामाघर कति शुन्य हुन्छ होला? मलाई त जानै मन लाग्दैन होला?"--आखाँभरि आँशु पारेर आमालाई भने। आमाले मलाइ अङालोमार्दै भन्नु भयो--"लौ के भ कि होलि? झन् दाइ जाने बेलामा खुशि पो हुनु पर्छ त",  तर मेरो मन खिन्न नै भैरह्यो।

म दाईसगँ जानलाइ कुरिराथेँ, धेरैनै ढिलो भैसक्याथ्यो, दाई आउनै भएन, तर फोने आयो मामाको। मामा रुदै हुनुहुन्थ्यो र आमालाइ भन्दै हुनुहुन्थ्यो दाई को दुर्घटना भयो भनेर। म र आमा दौडेर मामाघर पुग्योउँ । मामाघरमा एक किसिमको सन्नाटा छायिरहेको थियो, कुरा बुझ्दा थाहा पयोउँ पानी परिरहेको रहेछ, दाइ तेहि तिब्र गतिमा हाक्दैइ हुनुहुदो रहेछ मोटर् साइकल्, अगाडि ट्रकले फलामको डन्डि लिएर जादै रहिछ,  मोटर् साइकल् पानीमा चिप्लेछ र दाई सिधै ट्रक्मा जाक्किनु भएछ, र दुइटा डन्डि दाईको छातिबाट भित्र छिरेछ र घटनाइस्थल्मा आफ्नु प्राण त्याग्नु भएछ । एकैदिनमा मेरो दाई इतिहासमा परिवर्तन् हुनु भएछ।

त्यो दिन दाई खुशिको खबर् सगैँ आफ्नु जिवन को अन्तिम भेट् लिएर आउनु भएको रहेछ,  हामीलाइ के थाहा? आमाले आशिक त दिनु भएको थियो लामु आयुको तर लान भनेर तम्तयार भएको कालले हाम्रो के सुन्थ्यो र? यो सन्सारमा जन्मे पछि म्रित्यु त निस्चित् नै छ, तर त्यति कठोर म्रित्यु किन?  आज म्रित्युको लग्भग एक् दशक नै भैसक्यो तर पनि म यो बिरानो ठाउमा मान्छेहरु को भिडमा आफ्नै दाईलाई खोजिरहेको पाउछु, उहाँको झझल्कोले मलाइ पच्छ्याइरहेको पाउछु, अनि मेरो आखाँमा छाउनु हुन्छ, त्यहि समीरदाई जो अन्तिम पटक् हाम्रो भर्याङ्बाट ओर्लदै गरेको मलाइ आखाँ झिम्काउदै।

Last edited: 02-Dec-07 01:55 PM

 
Posted on 12-03-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी हो कुन्नी , तिब्र गतिमा मो तर साइकल गु डाउने कुरा ले कही दुर्गाटना दुर्घटना पर्ने त होईन भन्ने प्रश्न उठेकोथियो,  दु:खन्तमा अन्त्य भयो। आसा बिपरित।

 
Posted on 12-06-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Due to my busy schedule at work, I wasn’t able to check out Sajha for sometime.  I’m glad that I signed in today. What a tragic and true event you wrote. “Move on” are the short two words most of us can use for your console. But I know it is easier said than done.  


 
Posted on 12-07-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika jee tapai lekhdai garus ma padhdai garchhu!!!
 
Posted on 12-07-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Narayangarh suburb ji, SateLite ji, SurNaTal ji, bikash kc ji, kalejo, Somesarki ji, waiyat ji, hyperthread ji,  Nepal?? Ji, Deep, uptowngal, harkeDai, Nayasadak, PunteDamai ji and Occult:

 

First of all, I would like to ask for forgiveness for sharing this distressing story. It is very kind of you all for reading this and commenting. I never wanted to post this story but later I listened to my friends and changed my mind. Actually the credit should go to my friend who is Sameer Dai’s very good friend because he typed the whole story for me. I really appreciate your kindheartedness and I will try to come up with something that provides enjoyment to readers.  

 

Thank you

 

Dipika

 

 



 
Posted on 12-11-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, हजुरको कथाहरु हृदय छुने त हुन्छन नै  तर यो कथाले चै मलाई अलिक बढि नै भावुक बनायो।

संझना चाहे दुखले होस चाहे खुशीले मन भित्र प्रभाव त छोडेको हुन्छ नै। तर,त्यो पल जो आँखाभरि बिम्व झै बसेको हुन्छ त्यो मान्छे जस्को अनुपस्थिति खट्किएको हुन्छ --न बिर्सन सकिन्छ न संझेर सहन सकिन्छ

 हजुरको  यो प्रस्तुति पनि राम्रो लाग्यो !


 
Posted on 12-11-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji, sabai thikai chha tara tapai ko katha ma dai lai mare pani tyati krur tarika le chhati ma dui ota falam ko rod le chhedaera marnu hundainathiyo.

 


 
Posted on 12-11-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heart touching,

sameer ji ko aatma le shanti pawos.


 
Posted on 12-12-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सजिब, हृदय छुने अनि भाबुक  बनाउने अर्को प्रस्तुती ..पल बिशेशले कहिले काही बिगतका यादहरुमा डुब्न बिबस गराउछ। अनि मानपटलमा लुकेर बसेका ति क्षणहरु ताज भएर आउछन, आखामा नाच्न थाल्छन।

 तपाइको  यो प्रस्तुति पनि राम्रो लाग्यो ! अरु पनि लेख्दै गर्नुस ।


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
I hope all the fake Nepali refugee get deported
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters