[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 201555 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-18-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गोलामे दा किन एस्तो स्याद भएर भन्नु भाको।
राहुल दा दर्शन।
कुम्ले दादु खै त्यो फोटो मा त हजुर देखिननी। कतै त्यो फोटो हजुरलेनै खिच्नु भाको त हैन।


 
Posted on 10-18-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली चिया खायौ?
गोतामे दाइ दर्शन्!
कुमल्वा, बडा अच्छा अनि दुर्लभ फोटो टाँस्नु भयो। थ्यान्कू!

 
Posted on 10-18-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति तास खेल्न बोलाको बेलामा कुम्ले  किन आएन भन्या त फोटु खिच्दै पो रैच।  रिठ्ठे र ठुल्दाइ टाट भएर यत्तिकै हात बाँधेर बसेको हो क्या हो?  तर साँच्चिकै तेसरी बसेर फेट्न पाए क्या मजा आउदो हो।

सबैलाई फूलपातीको शुभकामना - जदौ!

ठूल्नानी  

गोतामे दाइ, ठुल्दाइ, यामे, कुम्ले के छ हालखबर??


 
Posted on 10-18-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहिबारे जदौ सम्पूर्ण गाउलेहरुलाई

ठुलि, ठुल्दाइ, कुम्ले सबैको आजको दिन मंगलमय बनोस्

लोल कुम्स पाट, त्यो फोटोमा म त निक्कै सोझो रइछु, दर्शक भएर बसिरा'रइछु म त
धन्यवाद


 
Posted on 10-18-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलपाती लाग्यो भन्छन आफु त तितेपातीको झ्याङ्गमा कता हो कता --

तै पनि दशैको थप शुभकामना सबैलाई।


 
Posted on 10-18-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ!

सबैलाई मेरो तर्फबाट पनि फुल्पातिको शुभ कामना!


 
Posted on 10-18-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले पनि नमस्ते गरे हरी
फुलपाती को शुभ-कामना
हो है हरी साच्चिकै त्यसरी जम्न पाये त क्या रमाइलो हुन्थ्यो
अब क्रिश्मसमा 'चौतारी महोत्सव २००७' मा त्यो इक्ष्या पनि पुरा हुन्छ


 
Posted on 10-18-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे पट्ठो, ग्वाँचुराम, हरि, दीप सबैमा तारेमाम्।
कुमल्वा, फोटो यता टाँसेर, उता लुसुक्क  बोर्डिङ स्कूलमा तास खेल्न मस्त देखें।
आफ्नै गाम्ले संग के को लाज हो, सोझो कुम्ले?

 
Posted on 10-18-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी तिमीले मलाई किन देखी नसहेको । मैले तिम्रो के खाइदेको छु। धरै निउ भोज्ने होइन ल फेरी तिम्रो

कपाल सपाल भुतालेर पून्ते दाको टाउको कस्तो बनाउन नपरोस नि। असती मोरा


रित्थे, दीप ज्यु,  ग्वछे सबै लाई मेरो नि धरै धरै शुभ कामना यो फुलपातिको

 
Posted on 10-18-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलपातीको शुभकामना!

चौतारीमा गोताएँ आएछन् यिनलाई फुलपाति बडाइँ अरेर बत्तिस तोपको सलामि चढाएर भ' नि चौतारीमा राख्नु परो, नत्र बुडा अचेल कहिलेकाहिँ बाटो बिरा'र मात्तै आम्छन्!

 


 
Posted on 10-18-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि! किन सरापेको हाउँरो भान्जोलाई त्यस्तरी? फेरि झगडा पर्यो हो तिमेरुको??? हरे पर्भु अहिले त यस्तो झगडा गर्छन झन पछि के के देख्नु पर्ने हो! लौ न नि कैलाशपती रछ्छे गर! ख्वाक्...... ख्वाक्.....!


 
Posted on 10-18-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ख्वाक्...... ख्वाक्.....!

 
Posted on 10-18-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,

लौ त यो चौतारीमा यस्का केन्द्रीय कार्य समितीका बत्तिस जना सदस्यहरुलाई अबिलम्ब हाजीर हुन जानकारी गराम त -- सबैले एक एक तोप दिए पछी बत्तीस हुन्छ गोतामेलाई -- ल म तयार छु -- खेर नजाओस है जिम्माल, फुलपातीको तोप।

 

ठुली,
लौ किन रिसाकी? दशैमा तेसरी हरीलाई गाली गर्ने हो त? बदमास।

तिमी त बिछट्टै राम्री छेउ अरे नी, हो? खै सबनम आईन, यो भर्या रातो सारी तिमीलाई नै दिम कि के हो?-- हेरम न रातो सारीमा झन कस्ति राम्री देखिन्छेउ -- हामी पनि गति परम न? हुन्न?


 
Posted on 10-18-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हेर्नुस् न त हजुरको भान्जो म सँग निउ खोज्छ। मैले केही भनेको थिन तेसै मलाई गोल्भेदा जत्रो आँखाले हेर्छ। हजुरको भान्जो साह्रै झगडालु छ।
बिर्खे दा हजुरको भान्जोलाई सिस्नो पानी लाउन नपुगेको जस्तो छ।


 
Posted on 10-18-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भो त अब दीप ज्यु ले नि मलाई नै भन्ने के। हरिलाई चै कसैले नि केही नबन्ने । तेही भर यो हरी मातेको।

 
Posted on 10-18-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले एक एक तोप दिएर सलामि चढाउन त हुन्छ नि!

चौतारीमा केहि त आफैँमा ठुलो आगो लगाउने तोप छन नि फेरि! शबनम आइन भने त सिधा दीपको दिलमा तोप बज्छ नि गाँठे! उफ्रि आएपछि सिधा रिट्ठेको दिलमा तोप बज्ने! तोप पनि थरि थरिका रैछन नि गाँठे! आफ्नो त बाबै बाह्र कोश पर तोप पड्क्या सुनो भने नि सातो जान्छ! कोलायो!!! कोलायो!! गर्यो आनि आफैँले आफैँलाई! उता पुन्टे बुडालाई भने जस्तो सुकै तोपले नि लेहि लछारपाटो लाउँदैन। सिलित् सिलित् चिप्लेर खेर जान्छ तोप को गोला बुडाको चिल्लो तालुमा! बुडा नि अनपारका छन फेरि, गाडिको बम्पर फोरेर लप गर्न तम्सिन्छन ए गाँठे!

कुरो गरो कुरैको दुख!


 
Posted on 10-18-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सबैमा प्रभातकालीन जदौ!

फूलपातीको शुभकामना!

आज म हेल्मेट लाएर आएँ!


Last edited: 18-Oct-07 10:18 AM

 
Posted on 10-18-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! चित्रे!

यो चित्रे सँअ जहिले बात मार्न लाग्दा नि के के जाति काम आइपर्छ। हिजो नि तेस्तै भओ! क्यार्छौ बाबै सपताहन्त तिर मिल्छ अलि मजाले बात मार्न! कहिले हिँड्छौ मुगलान तिर?

हेल्मेट लाउनु पर्दैन, बेकार मा महंगो हुन्छ। बरु भोगटे किन एउटा, मजाले साँधेर खाऊ अनि त्यसको बोक्रा लगाऊ! सस्तो, बलियो, भरपर्दो र ठुलिलाई... आच्या सबैलाई मन पर्ने!


 
Posted on 10-18-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"हेल्मेट लाउनु पर्दैन, बेकार मा महंगो हुन्छ। बरु भोगटे किन एउटा, मजाले साँधेर खाऊ अनि त्यसको बोक्रा लगाऊ! सस्तो, बलियो,

भरपर्दो र ठुलिलाई... आच्या सबैलाई मन पर्ने" birkhe da LOL

 
Posted on 10-18-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूली मैले कैले गोलभेंडा जत्रो आँखाले हेरे कुन्नी, बिहान त झन यस्तो  चिम्से आँखाले हेरेको।  गोलभेंडा जत्रो आँखा त  यो पो हो।  झन बेकाराँ फूलपातीको दिन ब्यान ब्यानै गाली खाईयो।  अबदेखी आँखा चिम्लेर हेर्ने गरुम्ला

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters