[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 131034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-28-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै आइसकेछन

गर न चित्रे भाई अव समिधाको जासूसी गर गुन्टे लुन्टेको गर्न पर्दैन

गालव लै चै कति चिटो निद्रा लायो त ?
 
Posted on 11-28-06 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, उठ्ने बेलाकै हो!!
निद्रा नलागेर आँखा त देसी गोलभेंडाजस्ता ठुला ठुला राता राता भाछन् भन्या!
:(
 
Posted on 11-28-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी,
समिधा धेरै लेख्दिन चौतारीमा, अब दिनमा तीन चार लाईन लेख्नेहरूको बारेमा कसरी थाहा पाउने र? न ट्याम नोट गर्न मिल्छ, न ईस्टाइल नै। अलि धेरै बोल्न थाले भने चैं अलि क्लु पाउन सकिन्छ होला।

हरी,
गालेको सुत्नेबेलाको निद्रा हो, मेरो जासूसी अनुसार चैं।:P
 
Posted on 11-28-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले, के हो दिउँसैदेखि सुत्यौ कि क्या हो आज? अहिले उठ्नेबेला भो पो भन्छ बा! कमसेकम मेरो जासूसीलाई त फ्लप हुन नदेऊ। :P
 
Posted on 11-28-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुन्टे चाहि नमे पो जस्तो छ है मेरो जासुसि अनुसार
 
Posted on 11-28-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुन्टे ले आफ्नो फोटो टाँस्या जस्तो छ नि,

ल गालब्, आँखा काँचो गोल्भेडा जस्तो हरियो हुनु भन्दा त
देसी गोल्भेडा जस्तो रातै भको राम्रो नि हैन र
एकछिन चौतारीआँ बसे सब ठीक हुन्छ
 
Posted on 11-28-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे! यहाँ एउटा कुरा प्रस्ट पार्न परो!!!
कुरा के भने, १-२ दिनलाई काम परेर मास्टर्नी दिदीहरुको गामतिर आ को थिएँ। अब, भर्खर उज्यालो भयो केरे! जेटल्यागको कारनले तेती निद्रा लागेन क्या राति!
तिम्रो जासुसीलाई फ्लप पार्न खोज्या हैन! कुरै यस्तै पर्यो। सत्य त बोल्नै परो नि! हैन?

ल, त अम्रिकातिरका मित्रहरुले फोन नम्मर र परिचय तलको ठेगानामा पठाम्, म फोन हान्ने भएँ। mailtogaalab@gmail.com

अथवा, मैले उतैड बोकेर ल्या मोबाइलमा गर्न परे,
01181-90937-15575
मा हाने भने मैले रिसिभ गर्न मिल्छ रे! तर, पैसा चैं कतिको पर्छ मलाई राम्री था भेन है!!!

हवस् त!
अस्तु:॥
 
Posted on 11-28-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चित्र लुन्टेलै नै बनाएको हो त?
 
Posted on 11-28-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अम्रिका तिर चैं कता आ हो नि
 
Posted on 11-28-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाम तिर ???गालव मेरो गाम त दक्षिण तिर पर्च पोहरसाल हुरि बतास आएको तिर । हजूर चै कता तिर को गाम होला
 
Posted on 11-28-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाँरो नयाँ खड्क गाम तिर आम्नि भए मत्र बिजुली पत्र हान्दिन्छु मु त! माछाको तिऊन, टिम्मुर र गोलभेंडाको चटनी, ढेंडो, अनि साईडाँ हरियो खुर्सानी र रातो प्याज, पित्तलको थालीआँ राखेर सेवा गरम्ला! ;)

हुन त दिपेको त्यो छयत्तरे भाषा निसेको भुन्दा कडा र'च। (दिपेको ईस्कुलिङ् चईं उतै तिर हो कि के हो?) कि उतातिरको ग्याँस्-स्याँस् थ्यो एक जमानामा? :p तर पनि निसे चईं दिपे नै हो भुन्ने मेरो शंकामा अडिग मु चईं।

समिधा चईं मास्टर्नी नानी! लु जा!

गुन्टे, सुन्टे, लुन्टे को चईं बाल मतलब छैन। आऽऽऽऽऽऽऽऽऽऽ जो सुकै होस्! सक्कली भान्जाको सु-सु, डाईपर, के के जाति सम्हाल्ने दिज्जु नै छिन् के रे, नक्कली भान्जाहुरलाई जो सुकैले स्यारोस् त नि! मामा बना'र के के न पाम्ला भन्नि आशा होला के रे, लोप्पा खाऊ, लोप्पा! :p

हरेक सोऊँबार चईनि मेरो डबल काम हुन्च के रे, जम्मा जम्मी १६-१८ घण्टा। ईन्टरनेट बिना त्यो नि। अब, हिजो पोस्ट ग्-या निसे मै हो भन्नीहरुले नि खाऊ यत्रो बडेमानको लोप्पा! :D

लु त नि, थुप्रि सक्या छन् के रे, हरेकलाई एक एक अरेर अन्दा, सामुदायिक साष्टाङ्ग दण्डवत् मेरो!
 
Posted on 11-28-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामुदायिक दण्डबत पुन्टे दाइ!
 
Posted on 11-28-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टेदा मलै समिधा बनाइदेको??:(:(:(:(
 
Posted on 11-28-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम भन्नाले देश हो नि मिस्।
पुन्टेदाइकाँ आ'र चौरासी व्याञ्जन खानी मन नभा' त हैन! अब, आफ्नू पनि त्यस्तै छ। हिंडिहाल्नुछ!!! क्यार्नी!!! अनि, मैले निश भनेर पुन्टेदाइ जस्तो सोझो (हँसिया जस्तो??) मान्छेलाई शंका गरेंचु क्यारे! यता कुरा अर्कै परेजस्तो छ। ल, तपैंले भनेझैं धनुस्टंकार क्षमा!!
 
Posted on 11-28-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है चौतारोको दाजूहरु, भाईहरु, सुड्डाहरु, सुड्डिहरु, दिदिदहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई मेरो आँsssssच नमस्ते छ ल!

पुन्ट्स सुड्डा खित् खित् खित् :)

गाल्स ब्रो, मोइले एउटा आँssचको इमेल ठोक्दिएको थिएँ हौ सोमलाई, पाएन कि के हो?
त्यो गुगल मेल मा एक नजर हानौँ न हौ। :)
 
Posted on 11-28-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच गालउ सङ्ग फुन गर्‍या त, आम्बोsss ब्रो त हामी जस्तै यङ पो रैच नि अन्त। म त उनलाई नि जिम्स सुड्डाकै उमेरको ठानिराको नि हौ!!

आमामामामा!!! सान फ्रान्सिस्कोमा लास्ट रमाइलो गर्ने पिलान गर्या रे'च। एक वीकले ढिलो भो नि, लास्ट वीकेन्ड त्यत्तैतिर घुम्न गएको थिएँ, भेट्न हुन्थ्यो।

:-)

Sabai lai namaste chha hai!!
 
Posted on 11-28-06 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है गाल्स् ब्रो, मैले नि ईमेल ठोक्दया छु, ईमेल हेरौ न है
 
Posted on 11-28-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालेले अस्ति सोध्दै थियो त सान्फ्रे गाममा को छ भनेर, पुगिसकेछ केटो त।
तितौरी छिन् जस्तो लाग्यो उतातिर।

ल, निसे नि आएछ बिहान, बेलुकि चैं जिम्माल बूढा आउने होला। :P

कुम्ले, के छ हालखबर? तिमीलाई नि जिम्माल बा, ए! सरी! निसेको बोली सर्यो? :P
 
Posted on 11-28-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच कुम्ले! कतातिर गा' रे घुम्न? अहम्! अहम्!! कुछ कुछ होता है? हो गिया? होने वाला हे? हो रहा हे? हो सक्‌ता हे? या कुछ कुछ को मुछ मुछ कर्के आल्काटृाज मे बन्द कर्दिया? :p

मास्टर्नी नानी धेरै मजाक गर्नि खाल्को त हुनु हुन्न, अब तेस्तरी सरियस् भे'र होईन भनेसि होईन्त होला नि! :) तेसो भए निसे, समिधा, गुन्टे, सबै एउटै हुनु पर्च। लुन्टे चईं अर्कै हो।

झन् येई बेलाँ, किरिस्ट मसको झिलीमिळि हेर्न, आम्नु पर्नि हो के रे, गालउ। अर्को साल त आफू नि यतातिर हुन नपाम् भुनेर परार्थना गरि रा'छु के रे। हेरम् के के हुने हो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
मैले नबुझेका केहि गीत का lyrics हरु
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters