[VIEWED 152141
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-29-08 4:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-29-08 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अनुराधा मेरो पार्टीमा न आउनु तर यताको पार्टीमा मात्र आउनुको रहस्य के होला?"
उता दाइजो बोकेर जानु परो के रे, यता रित्तै आउन पाइयो, त्यै भे'र होला नि।
जोक्स अपार्ट, कथा सुलुलुलु बगेको छ, खोला जस्तै। पढ्दा मजा आउने। खोलामा नि ठाउँ-ठाउँमा पानी जम्मा भे'र रह बनेको हुन्छ, अनि त्यहाँ भुमरी पनि परेको हुन्छ। त्यसरी नै यो कथा पढ्दा ठाउँ ठाउँमा मेरो पनि सोँचाइले रह बनायो र मन-मस्तिष्क भुमरीमा घुम्यो। कथाको "म" ले केहि लुकाए जस्तो लाग्छ, निस्कन खोज्दा खोज्दै नि केही कुरा जबर्जस्ती अँठ्याएर राखे जस्तो लाग्छ। "म"को यति महत्वपूर्ण पार्टीमा उसकोको यति अमूल्य समय र सोँचाइ खर्च्याउन सक्षम अनुराधा पनि आइन रे। मात्र अनुराधा पनि आइन ? म त पत्याउँदिन, केवल अनुराधा मात्र आइन भनेर। अनुराधाले ठुलै आँधि-हुरि बोकेर ल्याएको हुनुपर्छ। खै त्यो आँधि-हुरि ? कि यो हुरि अगाडिको सन्नाटा हो? हैन भने अहिले सम्म आएको सबै भेलहरु बिना बर्षाको बाढी हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, यति छिट्टै कहाँ हो र भन्या, पाँच महिना लाघेर छैठौं महिना भैसक्यो लेख्न थालेको। एुटा कथा मै जुनी बिताउनु त भएन नि। कथा सुन्ने छोरी नै बुढिकन्ने होली भन्ने डर् भै सक्यो।
pjna007 जी, यो मर्त्यलोकमा जन्मिने हरेक प्राणीको अन्त्य हुनु नै छ। सुरु भए पछि अन्त्य गर्नै पर्छ। अन्त्य पछि अर्को सुरु । यो कथा पछि अरु कुनै बिषयमा सुरु हुन्छ कि?
भउते जी, आँधी आउने हुन् कि हुरी, अर्को अंक न कुरी कसरी थाहा हुन्छ? मखुला?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा, बल्ल पो देखे त, अब अन्तिम भनेर नरमाइलो पो लाग्यो (बाहिरी शक्तिको दबाब हो कि क्या हो) तर मलाई लागेको चाँही अनुराधा को 'लभ' वा अरु केही 'True Love' हैन जस्तो लाग्यो नत्र बिहेमा गएर 'कसरी हेरौ खै मन परेको मान्छेलाई अर्कैले..................... ' हेर्न सकिन्छ र भनेको ? अब चाँही छुट्टीको दिन लेख्नु होला है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 5:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा अन्तिम भाग
अनुराधा बिनोतीको पार्टीमा नगई मेरो मा मात्र आउनु मेरो हिसाबमा सरल अंक गणित जस्तो लागेको थियो। खोततल्दै जाँदा त्यो indeterminate algebra जस्तै भयो। उत्तर् भेटिएन कसै गरी।
जिन्दगीको रथ गुड्दै थियो। नयाँ अनुभूतीमा रमाउदै थियौं। भबिष्यका वासलात बनाउने प्रारम्भिक चरणमै थियौं। बिनोती युनिभर्सिटीमा पढाउने कामम ब्यस्त। बाहिर प्रोफेशनल काम गरी घरको चुल्हो सम्हाल्न गाह्रो हुंदो हो, त्यो भूमिका पनि असल बुहारी भै निभाई नै। सलाम गर्छु म म्याडमलाई जिन्दगीको कठिन मोडमा पनि बिचलित भइनन्।
हाम्रो बिहे फागुणको तेश्रो हफ्तामा भाको थियो। करिब दुइ महिना पछि अचानक अनुराधा हाम्रो घर आइन्। प्राय जसो शनिबार को दिन पनि काम मै ब्यस्त हुने मान्छे म, अनि म्याडम् माइतीमा बाबा आमाको दर्शन गर्ने जाने। त्यो दिन संयोगले हामी दुबै घरमै थियौं। आश्चर्य चकित भयौं हामी दुबै। तल दैलो मा गएं र औपचारिकता निभाउनै पर्यो। "माथि नै जाउं न त, यहाँ बाटोमा के कुरा गर्ने?" "म्याडम् पनि माथी नै छ आज।"
"टाइम छैन, म त मेरो बिहे को निम्तो मात्र दिन आएको। बैशाख २५ गते छ भोज, दुबै जना आउनु है। अन्त पनि कार्ड बाड्न जानु छ। अहिले जान्छु।"
जान्छु भन्ने लाई रोक्ने म संग कुनै कारण पनि थिएन, कुनै इच्छा पनि। मैले बस्, हस् मात्र भनें।
हाम्रो बिहेमा एकातिर आउनु न आउनु जति रहस्यमय लागेको थियो। त्यो भन्दा बढि उनको बिहे को खबर थियो। सामान्य भै सकेको अनुराधाको प्रसंग अब झसंग हुने खालको भयो। फेरि एकपटक अन्दाज को भरमा वक्तब्य जारी गर्ने पंडितहरुलाई मसला मिल्यो। अनुराधाको चर्चा फेरि पर्चा छरे सरि भयो।
हाम्रो बिहे भएको २ महिना मै अनुराधा ले बिहे गर्ने निर्णय लिइन् त? सबै भन्दा बोझिलो र चोटिलो प्रश्न यही थियो। एक "तर्फी प्रेम? मेरो बिहे सम्म कुरेको हो त?" सार्बजनिक बहसका प्रश्नहरु भए ती।
"साच्चै हो त ड्याडी?"
"खै छोरी, मेरो मनले मान्दैन।" बिहे भनेको त्यति बेला उति बेला नै गर्छु भनेर हुने होइन, बजारमा पाइने रेडिमेड कपडा होइन। साइत जुर्नु पर्छ। त्यो संयोग मात्र हुन सक्छ। कुरेकी भन्न लाई हाम्रो बिहेको सुइको बर्ष दिन अघि नै पाएकी थिइन्। बरु मलाई लाग्यो, मैले इलाहाबाद छंदा लेखेको केही पत्रहरुले सांसारिक माया मोह त्याग्ने अस्वाभाबिक निर्णयलाई जीवन जगतको प्रबाहमा ल्याउन सफल भएं। खुशी मैले यसमाने मा भएं। तर फेरि आलोचना, समालोचना गर्नेहरु मुखहरु निस्के। "राहुलेले गर्नु नगर्नु गरे। अनुराधाले अन्तिम घडि सम्म कुरे।" आदि इत्यादि।
म कसकस्को मुख टाल्दै हिडुं। हरकोहीलाई आफ्नो नजरबाट दुनिया पढ्ने छुट छ। "मेरो आँखाको दुनिया बाट तिमीले बुझे पुग्छ छोरी।"
"अनि बिहे मा गैस्यो त?"
गएं, बधाई सहित उपहार् टक्र्याएं।
"त्यसपछि के भयो , भनिसियोस् न।"
त्यस पछि के भयो भन्ने अब, केहि भए पो। एक छिन हाँस्यौ दुबै जना। अहिले अनुराधा करोड पति ब्यापारीको श्रीमती भएर घर र ब्यबसाय दुबै सम्हाल्दै छिन् होली।
"बिहे पछि भेट भएन त कहिलेइ?" हुन्न भने पनि हुन्छ, अनुराधाको दुनिया बेग्लै, हाम्रो दुनिया बेग्लै। बाटो मात्र होइन, जीवनको पातो नै बेग्लै। आ-आफ्नो हिस्साको जिन्दगी इमानदारपूर्बक जिउनु छ। हामीले सके सम्म हाम्रो जिन्दगीलाई जिउने कोशिश गरेका छौ। हाम्रा समकालीन मित्रहरु, जो सम्पर्कमा छन्, तिनका छोराछोरीहरु हुर्कीबढि सके, तिनैको बर्तमन, बिहे मा कहिले काहि भेट् हुन्छ। हुंदैन भन्न मिल्दैन।
"लौ यही हो कहानी अनुराधा, छोरी। धेरैको लागि रहस्य नै भए पनि हाम्रो सबन्धमा कुनै द्वेश थिएन। न त मेरो मन मा कुनै पाप थियो, न त पस्चाताप नै। "मैले बुझें ड्याडि, छर्लङ बुझें।" मैले अझ क्लियर्ली बुझें, माई मम्मि एन्ड ड्याड् आर् रियलि ग्रेट्। लौ पुरै दिन अनुराधा ले खाए छ, अब हामीले के खाजा खाने? म्याडम् फर्किने बेला भयो होला, म:म: बनाउने तयारी गरौं छोरी।
*समाप्त*
|
|
|
waiyat
Please log in to subscribe to waiyat's postings.
Posted on 01-30-08 5:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
The daughter asked this question on the first part
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? It seems she knows well abt Anuradha. But in the last part you told...
अहिले अनुराधा करोड पति ब्यापारीको श्रीमती भएर घर र ब्यबसाय दुबै सम्हाल्दै छिन् होली।
It seems you dun know much abt her family and business occupation now but how could your daughter knew abt Anuradha aunty .
In the first part it used to look like you ppl were in good family reln till now but last part ma tyo annyol.....uncertain kura bhayeko jastai lagyo malai. It's my view only.
But RahulVai you have written a good story. You made it flow well and i loved reading it. I request you to write more. Thanks for sharing your words with us.
P.S 'You' is referred the actor of the story.
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 5:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahuldaai, wonderful story, reallly impressed!! AS USAL But can I ask few questions? Ive already typed, if u permit I will just post it now. Thanks
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 01-30-08 5:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सक्केछ नि। अब अनुराधाको अर्को अंक कहिले आउँछ भनेर ब्यग्रताका साथ पर्खिने बानि पर्या मनलाई कसरी सम्झाउने लौ। भन्नुस त ठुल्दाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, जे जे छन् सबै नहिच्किचाइ सोधौं।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-30-08 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
katti pani chitta bujhena samapti ---ahile nepalima lekhna mildaina pachhi lekhchhu aru
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-30-08 5:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सक्केछ!
thanks for sharing such a lovely story rahuldai.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-30-08 5:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahulda shodhnu ta malai pani chha :)
(pjna)prerana sis sanchai hajurlai ?:)
Last edited: 30-Jan-08 05:59 PM
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 6:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dai Sorry, I ve just posted few things here, I hope if you dont mind you will clear. If u think its not necessary just DELETE this post........ राहुलदाइ, तपाइको अनुराधा शुरुदेखी अन्त सम्मनै अती चाख दियर पढे, साह्रै राम्रो, घटना त खासै ठुलो होइन रहेछ, शायद सबैको विद्यार्थी जीवनमा यस्तो घटना हुन्छ होला भन्नाको मतलब कसैले कसैलाई मन परायको हुन्छ, कतिको त इलु लिउ नै हुन्छ लोल, अनी फेरी अर्को थरिको हुन न सुन गाउ टोलभरी हल्ला फैलिन्छ, हाम्रो स्कुलमा पनि धेरै नै थिय यस्ता घटनाहरु। मेरो बिचारमा तपाईंले अनुराधालाई एक असल साथीको दृष्टिले मात्र हेर्नुभयको थियो र तपाईंले पनि त्यही नै गयर कुरा टुङ्याउनु भयको छ। तर यदी तपाईंलाई उहा प्रती कहिल्यै पनि माया भन्ने फीलिङ नै आयन, अथवा तपाईंको अरु कारणले गरदा त्यस्तार्फ सोच्ने फुर्सद नै नभय पनि, यस्तो गाउभरी, टोलभरी तपाईं २ जनाको हल्ला हुँदा तपाईंले उहालाई एक पटक भयपनी सबै कुरा अती नै राम्रो सँग खुलेर किन नभन्नु भयको? तपाईंले नै भन्नुभयो कि दुबइ जनाको बारेमा नानाथरिका हल्ला हरु समाज भरी फैलियको थियो, अनुराथाको पढाई बिग्रनुको एउटा कारण त्यो पनि हुन सक्थ्यो, के त्यो बेलामा यदी मनमा त्यस्तो भावना नै नभयपनी, तपालाई त थाहा थियो, किन उसको कुरा नबुझ्नु भयको? हुन त केटी मान्छेहरु मनको कुरा सिधै कहाँ भन्न सक्छन र ? अनी अर्को कुरा, बिनोती भाउजु पनि एकै स्कुलको भनेपछी, के तपाईंले भाउजुलाई स्कुल्देखिनै मन पार्नु भयको थियो कि? अनी इलाहाबाद चिट्ठी पठाउदा पनि शायद तपाईंले एकदम क्लियर भयर लेख्नु पर्थ्यो नि, १००% कुर छर्लङ हुने गरी। तपाईंको बिहेमा अनुराधा आउनु र बिनोती भाउजुको तर्फ नाऔनु खासै ठुलो कुरो जस्तो लागेन मलाई, किनकी तपाईंले नै भन्नु भयो नि, दुई जना साथी हुन तर अती मिल्ने होइन भनेर, अझ त्यसइमा आफ्नो पहिलो प्रेमलाई त्यसरी अर्काको पोल्टोमा परेको कुन नारिले सहन सक्ला र हिन्दी फिल्म्को नाटकमा बाहेक ------------ But Story was WONDERFUL
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-30-08 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing ko kura ma meropani samarthan -- malai pani khadkeko kura-- jun kura afule sochaikai chaina tyo sodhi khoji garnu jaruri theyna bhanna sakincha ---Granted! tara unko kura sodhera afno kura prastyauna sakintheyo ni ilahabadi chitti haruma anuko yati lamo katha padhera "usle k socheki thi "ma patra" ko afnai hypothesis matrai bhaepani sunna paieko bhae aja ramro hunthyou. but thanks again, it was really a wonderful story.
Mis sis ma aramai hajur lai kast o cha ? :)
Last edited: 30-Jan-08 06:32 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-30-08 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कथा त कहिले सिद्धिदैन जस्तो लाग्थ्यो, यो पनि सिध्यो
मन चित्त सबै बुझ्ने। सबै जना हाँसी खुशी मै कथा टुङ्यो आफुलाई त त्यही राम्रो लाग्यो
तै पनि *समाप्त* देख्दा चैँ कस्तो नरमाइलो लाग्यो। "क्रमश:" हेर्न बानी परिराथ्यो
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-30-08 6:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न ठुल्दाइ को महाकब्य त सकिएछ। हुन त कथा अझ लामो पनि हुन सक्थ्यो होला। तर जे होस अनुराधाले पनि बिहे गरेर पारिवारिक संसारमा हामफालेको पढेर अनी कथा को सुखद अन्त्य भको देखेर चित्त बुझाउनु पर्यो। कथा चाइ साह्रै राम्रो लाग्यो। ठुल्दाइ मौका मिले यस्तै राम्रा रचना हरु लिएर आउँदै गर्नुस।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-30-08 6:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi Dipppy K chha sathi? मन चित्त सबै बुझ्ने। सबै जना हाँसी खुशी मै कथा टुङ्यो
Ho ra Bhanya??????? hehehehe
---------------
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-30-08 7:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la ma chai sathilai uta "Rose Thread" ma jiskaudai thiye, usle ta yeha jiskauna bhayisakechha.
Ani ho ta ni katha hashi kushi nai sidhyo. Anu pani khushi, Binoti bhauju pani khushi, Rahuldai pani khushi ani chhori ta jhan khushi "My Mommy and Daddy are really great" bhandia mo mo nai banauna gayeko bhane pachi story ko happy ending bhaihalyoni
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले।"
वाह ठुल्दाइ, कस्तो सटिक वाक्य कथा भन्दा नि बढी जीवन गाथा भन्न मिल्छ हजुरको कथालाई दुवै जना आ आफ्नो दाम्पत्य जीवनमा बाधिसकिये पछि त खासै उल्लेखनिय कुरा त हुँदैन पनि खैर जहाँ सुरुवात छ त्यँहा अन्त्य जैले पनि निश्चित हुन्छ
अत्यन्त राम्रो प्रस्तुती, धेरै धेरै धन्यवाद
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 01-30-08 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता कता एकचोटि कथाले स्कुलको याद लाई ताजा बनाइ दियो। मिठो भाब, शैली अनी मनलाई छुने प्रस्तुतिकरणले अनुराधालाई निकै माथि पुराएको छ,यस्तै अनुराधाहरु फेरी पनि पढन पाइयोस.
|
|