[VIEWED 152144
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 01-25-08 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tei ta bhanya pjna007,
dipu ka harai ha?
rahuldaiko anu khoi bhanera ma khojya khojyai chu. atto patto chaina ba.
ma pani miss sisko party hai rahuldai.
नत्र भए हामी आन्दोलन गर्छौं, टायर बाल्छौं, नारा लगाउछौं बिद्रोह गर्छौं।
अनुराधा जिन्दाबाद, राहुलभाइ धन्याको पात,
ANU lai chito lyaunu paryo kathama.......ha ha ha
Last edited: 25-Jan-08 12:23 PM
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-25-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Crazy dipu mamaghar gaeiche. ani timi ke saro josieko nara julus launa ..la la ----" ratnapark ko fohor uthaera lyaera anuradha thread ma aune batai banda gardinchu " --pani thapa timro nara ma
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 01-25-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर कस्तो बाठो Pjna,
मलाइ सिकाएर आफु चाहि पछाडी पो बस्ने रैच।
तेसो गर्यो राहुलदाइले फेरि मलाइ यो थ्रेडमा आउने बाटो बन्द गरिदिनु भयो भने ?
बेला न कुबेला दिपुचा किन मामाघर गेको नि? कि बैसाखमा हो उसको लगन?
राहुलदाइ केहि नभएनि अनुराधाको फोटो त राख्नुस् भन्या
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-25-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो अनुराधाको एउटा फोटो त राख्नै पर्ने हो क्यार ठुल्दाइले, खै के गर्या हो यस्तो?
Last edited: 25-Jan-08 01:29 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-26-08 6:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा, कथा मा अब 'अनुराधा' भन्ने कोही थियो जस्तो देखिएछ 'बिहे' को चरणमा हुने केही कुरा हरु रमाइलो लाग्यो। "भनेर के गर्नु छोरी, यति चांडो बिहे गर्नु थिएन मलाई । आफु उभिने धरातल बलियो नभै कसरी बिहे गर्नु मैले?" हुन त ठीक हो तर के गर्ने marshy land मा धरातल बलियो बनाउने धुनमा जूनि बित्न लागेको पत्तो हुँदैन "पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?" जसले यस्तो 'डाइलग' खान्छ उसैलाई मात्र यसको मर्म थाहा हुन्छ
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-26-08 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाई,
यो पटक चाइ अली लामो कथाबस्तु लिएर आउनु भएछ। नत्र पहिला पहिला त पढ्न सुरु गरेको छैन सकिन्थ्यो। यो भाग पनि निकै मन पर्यो। दाजुको कमल को त के बर्णन गर्नु, शायद शेषनाग ले पनि सक्दैनन होला। तपाईं को "बिहा" को परिभाषा घतलाग्दो रहेछ, मन नै छोयो। फेरी जिबनका बिभिन्न पाटोहरु लाई कती सहजै तर प्रस्ट रुपमा शब्दमा उतार्नु भएको, तपाईं को त्यो खुबी मान्नै पर्छ। बाकी भागहरु पनि चाडै पढ्न पाइयोस।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते जी, झ्याईँ गर्न यति सजिलो हुन्छ र भने? फिलिम् होइन नि जिन्दगि चिलिम खाएको भरमा झ्याइँ गर्न।
रिट्ठे जी, धन्यबाद। समय परिस्थिति त्यस्तै हुन्थ्यो त्यतिबेला। खुलेआम प्यार गर्नेहरुलाई एक थरि चरो मा गणना गरिन्थ्यो- नक-चरो।
मास्टरनी नानी, तपाईहरु कै सुझाव र सल्लाहको आडमा त आज यति सम्म लेख्ने साहस् बटुलेको छु। ओखति कहिले गुलियो हुन्छ र? मैले बुझेको छु। धन्यबाद।
चित्रे जी, मलाई नि तपाईको सहभागिता प्रेरणादायी लाग्छ।
बिर्खे जी, "बिहे" प्रति मेरो सोच-रिसोच पुरातन हुन सक्ला तर मेरो अबधारणा त्यही हो। सात जुनीको लागि होइन, यही जुनीको सात पल् निस्वार्थ मायामा संसार भुल्न पाए, सके ७ त के ७०० जुनी बराबरको आनन्द मिल्ने हुन्छ।
अर्को कुरा, आफ्नै रगतका दिदी भाईहरु ले त इन्जिनियर भनेका घुस्याह हुन् भन्ने सोच राख्दा रहेछन्। मानौ पैसा चाप्ने लाइसेन्स् पास गरेका हुन्छन्। इमान बाच्नेहरुको मुटु आफन्तको बचनले झन कचिला कचिला हुने हुन्छ।
pjna700 जी, कथा अनुराधा को भएको ले स्वाभाबिक रुपमा अनुराधा नै लेखिएका हुन्। भाउजु संग को प्रेम- कहानी छोरीलाई सुनाई सकें, त्यो महाकाब्य पनि यसै मा जोड्नु मनासिब देखिन। भाउजुको महानता, शालिनता अनि आत्मियताको बारे जान्ने इच्छा छ भने निम्न लिंक मा क्लिक गर्नु होस्।
"लौ सुन म भन्छु, मेरो प्रेम कहानी" http://sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=39279
CL जी,
टायर बालेर कहिलेइ केटी देखा परेको छ इतिहास छ र भन्या? नाक मुख छोपेर घर भित्र भागि हाल्छ नि। अनुराधा नै अनुराधा त छन् कथा भरि-ब्यथा भरि।
पर्बते ज्यू, घुस्याह इन्जिनियरको पदबीको नमीठो स्वाद बुझ्नु भएकोमा सन्तोष लाग्यो।
नेप्चे जी,
धन्यबाद, हौसला का हर एक शब्द प्रति आभारी छु।
अन्तमा सबै पाठकहरु प्रति आफ्नो अमुल्य समय दिएर पढिदिनु भएकोमा धन्यबाद।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-08 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा भाग २०
"छोरी, उमेर मै बिहे गर्ने चाहना म मा नि थियो तै पनि अनेक बहाना गरी बिहेलाई एक डेढ बर्ष पर सार्न सफल भएं।" तिम्रो मम्मीलाई मनाउन नि गाह्रो भो। घरको परिस्थिति मिलाउन झन साह्रो। मन मिले पनि धन मिलाउन साह्रै गाह्रो भो। अड्डाको काम् पछि नि फुर्सद मिल्ने होइन, तै पनि रात संग एक मुठी समय पैंचो मागेर घरको नक्सा कोर्न थालें। मानौं कि नया जिन्दागीको नक्सा कोर्दै गैरहेछु। घरको नक्सा कोरि दिन आग्रह गर्ने ग्राहकहरुको कमि थिएन। यसरी पुग न पुग "बिहेको खर्च" जुटाउन सफल भएं।
त्यसो त अझै पनि आफ्नो करियरको प्रारुप बनि नसकेको र आर्थिक स्थिति अझै देशको जस्तो जर्जर नै भएको ले अलि ढिलै बिहे गरे हुन्थ्यो जस्तो लाग्थ्यो। तिम्रो मम्मी को दुरदर्शी सल्लह पनि त्यही थियो। घर परिवारको दवाव संग हारें, छोरी, हारें।
आज न गरे भोलि त गर्नै छ। परिवार गुमाएर के पाउछु जस्तो लाग्यो र बिहेको लागि राजी भएं र म्याड्मलाई जबर्जस्ति राजी गराएं। घर परिवारका अन्य सद्स्यहरु दङ्ग थिए। खर्चको चिन्ता कसैमा थिएन। इन्जिनियर त्यो नि काइदाको अफिसमा हाकिम, फाइदा देखे सबैले।
उता तिम्रो मामाहरुले नि भब्य न भए नि गच्छे अनुसार् तयारी गरे। बिहे पार्टीको निम्ता दिन म्याडम् आफै अनुराधाको घर् गई मौखिक निमन्त्रणा समेत दिनु भएको रैछ, मलाइी थह थिएन। अनुराधा र म्याडम मिल्ने सखी न भए पनि नमिल्ने साथी पनि थिएनन्। स्कूलकी नाम कहलिएकी अनुराधा अनि स्कूलकी सबै भन्दा बढी अंक ल्याउने तिम्रो मम्मी। एक ताका एकै क्याम्पसमा थोरै समयको लागि भने पनि संगै पढेकी। त्यसैले पनि दुइबिच सम्बन्ध राम्रो नै थियो। पार्टी भयो, धेरै जसो निम्तालुहरु आए, गए तर अनुराधा त्यो पार्टीमा गइनन् रे।
"किन होला ड्याड्डी?"
त्यो पार्टीमा किन गइनन्? मलाई थाहा हुने कुरा थिएन। सोध्ने कुरा पनि होइन नि। मान्छेको मन भित्र पस्न सकिन्न। दिलको डिलमा के कुरा खेल्यो, के खिचडी पाक्यो। के थाहा? सबै अनुमानहरु मात्र हुने हुन्छ। म कसैको हनुमान पनि होइन, जता ततै उडेर गुडेर गएर चियो गर्दै हिड्ने।
यता बिहेको औपचारिक कार्यक्रम अन्तर्गत दुल्ही भित्र्याइयो। "कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले। सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा बिचलित नहुन, पथभ्रष्त नहुन चेतावनिको बिगुल फुक्दै थिए।"
पार्टी भयो, निम्ता गरे जति साथी सङी, इष्टमित्र, आफन्त अनि अड्डा का हाकिम, सहकर्मी सबै आए।रमाए। अनुराधा पनि आइन्। मलाई अनि म्याडम् दुबैलाई बधाई दिदै सामान्य भाव मै बिदा भइन्। बिबाहको सम्पूर्ण धार्मिक तथा मार्मिक संस्कारहरु सबै सकिए। नयाँ दायित्वबोध भए नि मनले रोजेको खोजेको र भेटेको जीवन साथी पाएकोमा म खुशि थिएं।
भिडियो इडिटिङ् पछी पहिलो पल्ट हामीले हेर्यौं, त्यो रात म्याडमले अचानक जिज्ञासा राख्नु भयो।
"अनुराधा मेरो पार्टीमा न आउनु तर यताको पार्टीमा मात्र आउनुको रहस्य के होला?" "मलाई के थाहा?" अप्रत्याशित र अप्ठेरो प्रश्नले मथिङ्ल घुम्यो, रोटे पिङ् घुमे जस्तै। मैले त्यति मात्र उत्तर् दिएं। अलि नमज्जा लाग्यो, हलुवा खांदै गर्दा बालुवा परे जस्तो भयो। त्यो रात मैले न चाहंदा न चाहंदै सोच्न बाध्य भएं।
"अनुराधा, तिमी किन उनको भोजमा गएनौ? "
इर्ष्या, इन्फेरेइयर कम्लेक्सिटी? के थियो त्यो?
क्रमश:
Last edited: 28-Jan-08 07:38 PM
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-28-08 5:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा र म्याडम मिल्ने सखी न भए पनि नमिल्ने साथी
पनि थिएनन्। स्कूलकी नाम कहलिएकी अनुराधा अनि स्कूलकी सबै भन्दा बढी अंक
ल्याउने तिम्रो मम्मी। What a CLIMAX सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन,
आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो
अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको
अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो।
Are, kasto sahitya
ल मज्जा आyo १९ र २० भाग पढ्दा, ल दाई यसरी नै छिटो छिटो लेख्नु भए त कुर्नै पर्ने थियन नि -------- Great going RahulDai...
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-28-08 5:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा बिअचलित नहुन, पथभ्रष्त नहुन चेत्वानिको बिगुल फुक्दै थिए।"
अनुराधा तपाइँको पार्टीमा आउनु तर म्याडमको पार्टीमा नजानुको रहस्य त अब खै के भन्नु, उता त कसरि जान सक्नु नि बरा!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-28-08 5:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले। सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो"---कस्तो मन छुने कुरा लेख्नु भएको राहुल दाई
अनी हाम्रो माइला दाई लाई पनि खुब चित्त बुझेछ यो कुरा। अब त झन नबुझ्ने त कुरै भएननी होइन माइला दाई फागुन पनि लाग्न लाग्यो क्यारे
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-28-08 5:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ठुल्दाईले होलीको कुरा गर्या रेछन कि के हो?? फागुन भन्दैछिन दिप्पु त?? खै म बुडो को आँखा तिरिमिरि भ'र के पढिछु, फागु पुर्नेको कुरा गर्या रेछन हिसाबले!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-28-08 6:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पढ्दा पढ्दै यो भाग पनि सकिएछ। निकै मन पर्यो।
"कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले। सिउदोमा छरेको एक् चिम्टी सिन्दूर मात्र थिएन, आस्था बिश्वास अनि भरोसा सहितको अनुपम प्रेमको जिउदो रुप थियो त्यो रातो अबिर। पखालिने, मेटिने अबिर थिएन, कहिलेइ नमेटिने छाति भित्र टांगिएको अनमोलधातु जडित फ्रेममा सजिएको तसबिर थियो त्यो। मानौं सारा देब देवीहरु सगरबाट चियाउदै साक्षी किनारा सदर गरिगर्दै थिए। र जीवन यात्रामा बिचलित नहुन, पथभ्रष्ट नहुन चेतावनिको बिगुल फुक्दै थिए।" - साह्रै घतलाग्दो रहेछ, यो अनुच्छेद । एकदम वजनदार लेखाइ छ। अर्को भाग पनि चाडै पढ्न पाइयोस।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 01-28-08 6:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर माइला दाई का कुरा। अब फागु पुर्ने होकी जनै पुर्ने त के था? तर जे था थ्यो तेही भनिदेको हो। अनी आखो अहिले देखी तिर्मिरायो भनेत लौ न नि फागुन मा त के हुने होला
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 01-28-08 6:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau aisakecha arko bhag - sadhaijhai ati ramro.
---अनुराधा तपाइँको पार्टीमा आउनु तर म्याडमको पार्टीमा नजानुको रहस्य त अब खै के भन्नु? , उता त कसरि जान सक्नु नि बरा! --tei ta bara
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 01-28-08 7:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सुन्यौ केटाकेटीहरु, प्रेम गर्नु त अनुराधाले जस्तो, बिहे गर्नु राहुलदाइले जस्तो।
खाली हल्ला गरेका छन साझामा। मायापिरेम भनेका छन खोइ बुझ्या कुरो?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-29-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ मेरो ओखतीले काम गरेकै हो त? :)
यसपटक चै हजुरको शब्दभावहरुलाई मेरो सलाम!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-29-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो! राहुलदाइ, गज्जबको गयो फेरी!
ईन्टरेस्टिऊ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-29-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ब्रो, समय मिलाएर लामो गन्थन पढिदिनु भएकोमा आभारी छु। अब धेरै कुर्नु पर्दैन। छिट्टै राख्ने छु।
बिर्खे जी, मेरो मनमष्तिस्कमा कोरिएको "बिबाह" त्यही हो। नगरपालिकामा दर्ता गरिने कागजको खोस्टो त न्यायपालिकामा च्यातिन सक्छ।
दीपिका जी, धन्यबाद। मनले लेखेको थिएं, मन छुने भे छ, त्यसैले तपाईको टिप्पणि पनि मन पर्यो।
नेप्चे ब्रो, खै के भनुं, तपाईं को टिप्पणीलाई सलाम गर्छु।
pjna007 जी, खै त्यो रहस्य मलाई नि थाहा भएन, नारी मनले खोज्न सक्किएला कि? आफु पुरुष परियो।
उफ्री जी, अलि मिलेन कि, प्रेम पनि राहुलदा ले जस्तै गर्नु, प्रेम गरेको हो भने बिहे पनि राहुलदा कै जस्तो गर्नु। खै कुरा बुझेको , खाली हल्ला खल्ला गरे केही हुन्छ?
मास्टरनी नानी, तपाईंको सुझाव शिरोधार्य छ नै, अझै कमि कमजोरीहरु होलान्, धक नमानी लेख्नु होला।
चित्रे जी, गज्जब त के थियो र? सदा झै चिलिम् ब्रेक कै कमाल हो, बबाल हो। तारेमाम्।
अन्त्यमा सम्पूर्ण पाठक एवं शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगामी अंक अन्तिम अंक हुने ब्यहोरा अनुरोध छ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-29-08 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|