[VIEWED 41695
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-04-11 10:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।” अदितिसँगको मेरो पहिले गुनासो यहि थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।
उ बायोलोजी ग्रुपमा रहिनछे । मोरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भएदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा English class मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, physics tuition, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।
टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ ब्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भएदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उहि सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !
मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए ।
दिन आयो, मौका आयो । अदितिका नजानिदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।
मायाको स्वीकारोक्ति बढो अफ्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदो रहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र । पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।
अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।
मोरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेट हुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।
मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।
‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।
अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।
बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो ।
उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।
क्रमश:
meaninglessthinkings@somewhereondearth
|
|
|
|
Phatte
Please log in to subscribe to Phatte's postings.
Posted on 02-05-11 12:58
AM [Snapshot: 70]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
दरो सुरुवात छ , लेख्दै जाम प्रभु ।
"अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए । "
हा हा हा.... के मात्र गरिएन, उनीको दिदीलाई साथी बनाइयो, दाईलाई कृष्ण मन्दिर पछाडि कती छयाङ कती खुवाइयो खुवाइयो । तै पनि केही लागेन । अस्ती नेपाल जाँदा त अंकललाई नमस्ते गर त भनेर छोरो लाई देखाइन । पुराना दिनहरु समझेर रमाइलो लाग्छ ।
|
|
|
damayanti
Please log in to subscribe to damayanti's postings.
Posted on 02-05-11 11:28
AM [Snapshot: 211]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
somewhereondearth,
यो कथा पढेर म आफ्ना अतितमा हराए, पुराना यादहरु ताजा भयो। “मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।”, सुरुवात नै दामी
अर्को भागको प्रतिक्षामा
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 02-05-11 12:59
PM [Snapshot: 261]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।
प्रभु आफ्नै कथा जस्तो पो लाग्न थाल्यो त... दामी सुरुवात छ .... पेल्दै जाम है गुरु .... अर्को भाग कुरेर बसेकोछु ...
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-05-11 1:06
PM [Snapshot: 266]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
निक्कै दह्रो शुरुवात - अर्को भाग नि छिट्टै लेखम
निकै राम्रो छ -
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-06-11 10:53
AM [Snapshot: 404]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । सोम दाइ धेरै पछि खोजेको कुरा पाएँ , पस्केको मा धन्यवाद !! अदितीको कुरा आफ्नो लाग्यो ,अर्को भागको व्यग्र प्रतिक्षामा छु...... बाँकी दाजुभाइको गन्थन फेसबुकतिरै। :)
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-07-11 4:13
PM [Snapshot: 573]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भने'छि कुरो यस्तो रछ !! Keep Going..
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-07-11 4:31
PM [Snapshot: 591]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जेभियर्स बाट आइ ओ इ गा जस्तो पो भो बै. सार्है रमाइलो प्रस्तुती, आर्को भागको पर्खाइमा
|
|
|
Hasaune Paree
Please log in to subscribe to Hasaune Paree's postings.
Posted on 02-12-11 9:31
AM [Snapshot: 852]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा राम्रो प्रस्तुती...
उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग", अब भने केहि होला जस्तो छ
अर्को भागको प्रतिक्षामा
|
|
|
V2001
Please log in to subscribe to V2001's postings.
Posted on 02-12-11 1:19
PM [Snapshot: 920]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
A Bandhu, arko episode ko pratikshya ma chu...
Moro chai kina ho?
|
|
|
planB
Please log in to subscribe to planB's postings.
Posted on 02-12-11 2:59
PM [Snapshot: 959]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ramro cha sathi...plz continue
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 02-12-11 3:59
PM [Snapshot: 979]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को भागको प्रतिक्षामा !!
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-12-11 5:14
PM [Snapshot: 1011]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिर्सक अनुसार त कथामा चान्डै नै टुइस्ट आउँछ जस्तो लाग्छ है मलाई त ....... मजा आयो पढ्न लाई ..... अर्को भाग को इन्तजार मा ......
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-12-11 10:48
PM [Snapshot: 1053]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Phatte,
Thank you. कृष्ण मन्दिरले प्रभुका पनि गन्थन सँगालेको रहेछ । फूर्सदमा साट्नु होला ।
damyanti, Aakinchan, Serial, Hasaune Paree, Bhakte dai, ramronepal, PlanB
Thank you for your time and words.
Fuche,
भाई, thank you for your support. खोइ त तिमी पनि online भेट्दिन त! बात मार्न थियो!
Cheli,
कुरो त के के थियो थियो । सबै सत्य कहाँ लेखिन्छन र । लेखेका सबै कहाँ सत्य हुन्छन र! :D
Perfectionist,
प्रभु पनि IOE जानु भएको रहेछ । पुल्चोकले के छोड्थ्यो र प्रभु । मेरो पनि उमेर त्यहि गुज्रियो ।
V2001,
Thank you bandhu. अर्थ गह्रौं भएपनि mild blame express गर्नलाई हो (moro) ।
Thank you all.
-somewhereondearth
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-12-11 10:53
PM [Snapshot: 1059]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
भाग -२,
कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।
मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्ने लाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।
अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।
माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन । म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।
‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।
विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ । हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।
हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँधुरा र ठाडा हुँदै गए । अदितिले मलाई course material मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे । मनमा चस्स भयो ।
क्रमश:
meaninglessthinkings@somewhereondearth
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 02-12-11 11:27
PM [Snapshot: 1087]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
".......हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे......"
कस्तो मिठो लेखाई, पढि राख्न पाए पनि हुने जस्तो। ईन्जिनियरिङका किताब पनि तपाईंले नै लेख्नु भाको भए त राम्रो ग्रेड आउँथ्यो होला नि? :)
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 02-12-11 11:29
PM [Snapshot: 1091]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मिलेको भाव ! जुन वाक्य पनि उत्तिकै सालल बगेको छ !!
कथामा मोड आउला जस्तो छ ... धेरै नाकुराउनु है !!
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 02-12-11 11:34
PM [Snapshot: 1100]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Eng padne ko love kailai success hudaina bhanya ?
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-13-11 4:20
AM [Snapshot: 1165]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर यहाँ बार्ने लाई रुघा लाग्छ wow dai....simplest तर छोयो यो वाक्यले मलाई....:)
हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।
दाइ तँपाइ फर्किनु भयो तँपाइ का शब्दहरु फर्किए , शब्द अझ वलियाबांगा भएर फर्किए , हामी जस्तो मन बोक्नेलाई घोच्ने गरी फर्किए.....
उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे
मलाई पनि चस्स भयो यहाँ आएर ..यो कथामा धेरै ले आफूलाई भेट्नेछन् म पनि आँफैलाई खोज्दैछू कहिले कुन हरफमा कहिले कुन हरफमा ...
झुम्म भयो दाइ तँपाई कै शब्दमा ....
|
|
|
planB
Please log in to subscribe to planB's postings.
Posted on 02-13-11 10:14
AM [Snapshot: 1227]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
part 2 pani ustai ramro 6...........waiting for next part
|
|