[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 27679 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-23-10 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हिजोआज एकोहोरो बाहुनवाद! बाहुनवाद! भन्ने शब्द सुन्दा मेरो कान पाक्न थालेको छ र मलाई झनक्क रिस उठ्न थालेको छ। आखिर के हो त यो बाहुनबाद? बाहुनवादको प्रखर व्याख्याता डा. कृष्ण भट्टचनकै शब्दमा भन्ने हो भने बाहुनवादको परिभाषा यस्तो छ: I define Bahunbad as an ideology, policy and practice of domination of one caste (Bahun-Chhetri), one religion (Hindu), one language (Khasa-Nepali), one culture (Hindu), one region (the Kathmandu Valley), and one sex (male) over others.


यो कुरा हामी सबैले मानेको र अनुभव पनि गरेको हो कि ईतिहासको कुनै कालखण्डमा नेपालमा केही सिमित व्यक्तिहरुले अरु बहुसंख्यक व्यक्तिहरुलाई शोषण गरेकै हो, अन्याय गरेकै हो, दवाएकै हो र त्यो हेपाहा, मिचाहा मानसिकता कतिपय व्यक्ति बिशेष र कतिपय स्थान बिशेषमा अझ पनि कायम छ। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने त्यस्ता दवाईएका व्यक्तिहरु न त केवल जनजाती र दलित वर्गका मात्र थिए न त दवाउने व्यक्तिहरु बाहुन र क्षेत्रीहरु जातीका मात्र थिए। भलै दवाउने मध्यका अधिकांश बाहुन क्षेत्रीनै छन्, तर दविनेमा हेर्ने हो भने जनजाती र दलि वर्ग सहित थुप्रै बाहुन क्षेत्री र अरु जातीका मानिसहरु पनि छन्। तर समाजवादका व्याख्याताहरुलाई र जातीय नेताहरुलाई यो तथ्यको कुनै मतलब छैन। सबै दोष जति सिंगो बाहुन जातीलाई हालिदियो, काम तमाम भैहाल्यो।


हजारौ नेपालीहरुलाई झुटो सपना बाडेर,  हजारौ नेपालीहरुको रगतको खोलो बगाएर, सिमित केही नेताहरुलाई शासनसत्तामा पुर्याउन चलाइएको दशकौ लामो माओवादी पार्टीको कथित जनयुद्दको एउटा मात्र राम्रो पक्ष भनेको यसले नेपाली जनताको राजनैतीक र सामाजिक सोचको स्तरलाई ह्वात्तै बढाइदियो । तर नराम्रो के भयो भने त्यो सोचको दिशा सयौ बर्षदेखि दविइएका र गरिबीले सताइएका आम नेपालीको सामाजिक र आर्थिक रुपान्तरणमा केन्द्रित हुनबाट मोडिएर देश बिखण्डनतिर लगातार अगाडि बढ्दै छ। नेपालमा बर्षौदेखि मानिदै आएका विभिन्न जातीका धर्म, भाषा, संस्कृति, र चाडपर्वलाई जगेर्ना गर्नुपर्ने कुरामा कसैको दुई मत हुनसक्दैन। तर देशलाई जातीयताको आधारमै संघीयतामा लैजाने भन्ने सोच वास्तवमै विभाजनकारी छ। जसरी देशैभरी छरिएर रहेका हरेक जातीलाई एउटा निश्चित स्थानमा थुपारेर संघीय राज्य बनाउने भन्ने कुरा अवैज्ञानिक छ त्यसैगरी एउटै समय र स्थानमा सहअस्तित्वमा रहेका जातीय सामाजिक तत्वहरु एक अर्काबाट निरपेक्ष रहनुपर्छ भन्ने भनाइ पनि सरासर अवैज्ञानिक र अव्यवाहारिक छ। भर्खरै सकिएको दशैमा अहिन्दू नेपालीले दशै मनाउने कि नमनाउने भन्ने बिषयमा ठुलो बहस चल्यो, जुन हरेक बर्ष चल्ने गर्छ। हिन्दू बाहेकका अरु जातीले दशै मनाउनै पर्छ भन्ने केही जरुरी छैन, नमान्नेलाई कसैले जवर्दस्ती मान्नै पर्छ भनेर कर गर्ने अधिकार पनि छैन। तर कसैले मानिआएका छन् भने तिनीहरुलाई 'ए, यो दशै मान्नु हुँदैन, यो त हिन्दूहरुको चाड हो, हाम्रो होइन' भनेर दशै मान्नबाट कसैले थूनछेक गर्न खोज्छ भन्ने त्यसले पक्का पनि समयको साधारण नियम  पनि बुझेको छैन। धर्म, संस्कृति, भाषा यी सबैका रुप समयको एक बिन्दुबाट अर्को बिन्दुसम्म पुग्दा अवश्य पनि एक रहदैन। सलाद बलमा राखिएका मिश्रणहरुको फरक अस्तित्व त हुन्छ तर जति लामो समय तिनीहरुलाई सँगै बलमा राखिन्छ तिनिहरुमा एक अर्काको स्वाद सर्दै आउँछ। तिनीहरु एक अर्काबाट पूर्णरुपमा प्रभावरहित रहन सक्दैनन्।


नयाँ नेपाल! नयाँ नेपाल! भनेर रातो दिन राग अलापेर हिंड्ने राजनैतीक पार्टीका नेताहरु वा सामाजशास्त्रका विषेशज्ञहरुले बुझेको र जानेको देशको एक मात्र रुपान्तरण भनेको जातियतामा आधारित संघीय राज्यको स्थापना हो। तर उनीहरुले बुझ्न नचाहेको अथवा बुझेर पनि बुझ पचाएको तथ्य के हो भने नेपालीहरुको समग्र सामाजिक रुपान्तरण हुनको लागी सबभन्दा ठुलो बाधक भनेको आर्थिक असमानता हो जुन केही हदसम्म जातीयतासँग सम्बन्धित भए पनि अन्य धेरै कारणहरुसँग सम्बन्धित छ। दलित र जनजाती मात्र गरिव छैनन्, बाहुनहरु पनि गरिव छन्, क्षेत्रीहरु पनि गरिव छन्।  काठमाडौं उपत्यकामा बसेका एउटा नेवार जातीको मात्र उदाहरण लियो भने पनि देख्न सकिन्छ, काठमाडौंमा अरबौपति नेवारहरु पनि छन् र केही नभएका सुकुम्बासी नेवारहरु पनि छन्, त्यस्तै स्थिती हरेक जाती, जनजाती र दलितहरुमा पनि कायम छ। निश्चय पनि बाहुन-क्षेत्रीले अरु जातीलाई वा एक जातीले अर्को जातीलाई तल्लो जाती भनेर गर्दै आएको जातीय विभेदको उन्मूलन हुनैपर्छ। हरेक जातीले आफ्नो भाषा, धर्म र संकृति स्वतन्त्र भएर बोल्न र मान्न पाउनैपर्छ। सयौ अस्पताल र मठमन्दिर बनाउने पुनित कार्य गर्दै हिंड्नु भएका हिन्दू धर्मका व्याख्याता पण्डित दिनबन्धु पोख्रेलजस्ता व्यक्तिहरुले हिन्दू धर्मलाई पुनर्व्यख्या गर्ने समय आइसकेको छ। केवल सतहमा गरिने कार्यहरुबाट समाजमा कायापलट सम्भव छैन, यसको लागि नेपालीहरुको मस्तिष्कमा खिचिएको त्यो जातीय विभाजनको रेखा मेट्नु आवश्यक छ।तर नयाँ नेपालको रुपान्तरणको आधार जनताको आर्थिक अवस्थामा आधारित हुनुपर्छ। संघीयताको आधार पनि अर्थमा नै आधारित हुनुपर्छ। जातीय राज्यहरुको पक्षधरहरुले शायद यो कुराको अनुमान गर्नु कहिले आवश्यक ठानेनन्, जातीय राज्य बनाउँदा के कस्ता समस्याहरु आइलाग्छन् र त्यसलाई समाधान गर्न कत्रो मिहेनत र कति समय आवश्यक पर्नसक्छ।                                 


राणा शासनको अन्त्यपछि शासन सत्तामा बढेको सर्वसाधारणको पहुँच २०४६ सालको आन्दोलन र एक दशक लामो माओवादी बिद्रोह पछि अझै बढी सुनिश्चित भैसक्दा पनि धेरै जसो समय बाहुनहरुनै शासनसत्ताको नजिक पुगे। तर देश र जनतालाई आर्थिक, सामाजिक रुपान्तरणको जुन आश्वासन दिएर सत्तामा पुगेका थिए त्यो पुरा गर्नु त कहाँ हो कहाँ उल्टै देशलाई सयौं बर्ष पछाडि धकेलेर आफ्नो र आफ्नो परिवारजनको भुँडी भर्ने काम मात्र गरे। तर बिर्सन नहुने कुरा के हो भने सबै बाहुनहरु शासन सत्तामा पुगेका छैनन्, सबै बाहुनहरुले पढ्ने मौका पाएका छैनन् र सबै बाहुनहरुले काठमाडौं टेक्न पाएका पनि छैनन् । रातोदिन परिश्रम गरे पनि दुई छाक खान धौ धौ पर्ने नेपालीहरु जनजाती र दलितमा पनि छन्, बाहुन र क्षेत्रीमा पनि छन्।


आफ्नो जातीलाई, आफ्नो भाषालाई, आफ्नो धर्मलाई अपमान गरेको, हेपेको कसैलाई पनि मनपर्दैन र अहिलेको बदलिएको सामाजिक र राजनैतीक बातावरणमा अर्काको आत्म-सम्मानमा आक्रमण गर्ने अधिकार कानूनले पनि कसैलाई  दिएको छैन, चाहे त्यो बाहुन क्षेत्रीले अरु जातीमाथी गरुन् या अरु जातीले बाहुन क्षेत्रीमाथि गरुन्। म एउटा बाहुनको छोरो हुँ, तर मैले कहिल्यै पनि कुनै नेपालीलाई उसको जातीयताको आधारमा विभेद गरेको छैन र म ईतिहासका कालखण्डहरुमा यदी मेरा पूर्वजहरुबाट अन्य जातीहरुमाथि अन्याय भएको रहेछ भने त्यसको दोषी आफूलाइ ठान्दिन। त्यति मात्र किन यदी मेरो आफ्नो आमा-बाबुबाटै कुनै कानूनी अपराध भयो भने पनि जबसम्म मैले त्यसमा मिलोमतो गर्दिन म त्यस अपराधको लागि दिने सजायको भागीदार हुँदिन। त्यसो भए गिरिजाप्रसाद कोइराला या प्रचन्डले गरेको कुकर्मको लागि म किन भागीदार हुने? किन सबै बाहुनहरु भागीदार हुने?  डा. कृष्ण भट्टचनकै व्यख्यालाई आधार मान्दा  एउटा खराब आइडियोलोजी (जुन कुनै पनि जातीसँग सम्बन्धित हुनसक्छ) लाई एउटा जाती बिशेषसँग जोडिएको यो 'बाहुनबाद' भन्ने शब्द जातीय विभेदकारी शब्द हो कि होइन?  सिमित व्यक्तिहरुले खराब काम गरे भन्दैमा सम्पूर्ण जातीकै बदनाम गर्ने अधिकार यसका व्यख्याताहरुलाई कसले दियो?


 


साझाका मित्रहरुमा अनुरोध: कृपया आफ्नो प्रतिकृया दिदा सभ्य शब्द प्रयोग गरिदिनु होला, यदी यहाँहरुलाई मेरो कुरा चित्त बुझेन भने रातो कार्ड देखाइ दिनु होला, तर असभ्य भाषामा दिइएको प्रतिकृया मेट्न म बाध्य हुनेछु।                                                

Last edited: 23-Oct-10 07:59 PM

 
Posted on 10-23-10 5:01 PM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Krishna Bhattachan .. oh, boy. He is a weirdo.

Tell him to publish something good in good journals. He is just trying to be hero with Janajati crowd. But not many Janajati like his divisive,hate filled, west-pleasing agenda. Hatred can take one only so far.

 
Posted on 10-23-10 9:14 PM     [Snapshot: 161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i made my point. thank you. delete delete delete.
Last edited: 24-Oct-10 01:37 PM

 
Posted on 10-23-10 11:33 PM     [Snapshot: 233]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र काइलो,


माफ गर्नु होला, मैले तपाईंले जति समाजशास्त्रको अध्ययन गरेको पनि छैन र तपाईंले जति लेख प्रकाशित गरेको पनि छैन। अनि मैले आफूलाई लाटो देशको गाडो तन्नेरी हुँ भनेर अनुभूति गरेको पनि छैन। म त यहाँहरु जस्तो बाठो समाजशास्त्रीहरु बिचको एउटा लाटो मात्र हुँ जो एउटा खराब प्रव्रिती जुन कुनै पनि जातीका व्यक्तिहरुमा हुनसक्छ त्यसलाई मात्र अनि मात्र बाहुन जातीसँग लगेर जोडेकोमा आफ्नो लाटो रिस पोखिरहेको छ। मैले 'बाहुनबाद'लाई आफ्नै ढंगले परिभाषित गर्न खोजेको पनि छैन। मलाई त यस शब्दको अस्तित्वनै चित्त बुझेको छैन। यो सरासर जातिय विभेदले ग्रसित शब्द हो। नेपाली भाषा भण्डारमा हामी अनगिन्ती यस्ता उखान, टुक्का र शब्दावलीहरु पनि पाउँछौ  जुन कुनै जाती, भाषा, धर्म र लिङलाई होच्याउने खालका हुन्छन्। मैले कता हो 'उखेल्नु पर्ने उखानहरु' भनेर पढेको थिए, जसमा लेखकले त्यस्ता विभेदकारी उखानहरुलाई उखेल्नुपर्छ भन्ने प्रसँग उल्लेख गर्नु भएको थियो। यो 'बाहुनबाद' भन्ने शब्द पनि त्यस्तै उखेल्नुपर्ने शब्द हो।


तर मित्रले भन्नुभयो कि यहाँले पनि यसलाई थुप्रै पटक परिभाषित गर्नुभएको छ। कृपया यहाँको परिभाषा पनि थाहा पाउन पाएको भए अझ राम्रो हुन्थ्यो, कतै यहाँले यसलाई राम्रो अर्थमा व्याख्या गर्नुभएको छ कि?  
   


 
Posted on 10-24-10 7:31 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहुन बाद को कुरामा  विद्वान र बिद्वता लाई खाने भादो बनाउने हरुले आफ्नो समरक्षण राम्रै हिसाबले गरे , छेत्री मुखिया जात भात मा दोस्रो र देश रक्षणको जिम्मा लगाएर उनिहरुलाई पनि दास बनाए , छेत्री बाद को कुरो बाहुन बाद सँग मिलाउन मिल्दैन । ई दुई प्रिथक मुद्दा हुन । 

 
Posted on 10-24-10 9:08 AM     [Snapshot: 379]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र भोजपुरे,


अरुले यसलाई मैले जस्तै सोच्नुपर्छ भन्ने केही छैन तर मलाई लाग्दैन कि हामीले डा. भट्टचनकै परिभाषालाई पनि किन बाहुनसँग मात्र जोडेको? किन क्षेत्रीसँग जोडेर क्षेत्रीवाद? नबनाएको भनेर प्रश्न गर्न मिल्छ। मित्रले क्षेत्रीवाद फरक कुरा हो भनेर त्यसलाई कसरी परिभाषित गर्न खोजेको हो त्यसलाई मैले बुझेको छैन। तर यस्ता हरेक शब्दहरुको अस्तित्व मेटाउनै पर्छ जुन जातीय विभेदले ग्रस्त छन्, चाहे त्यो बाहुनवाद किन नहोस्, चाहे त्यो क्षेत्रीवाद किन नहोस्। 


 
Posted on 10-24-10 9:31 AM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुद्धा साह्रै जटिल बन्दै गैरहेको छ। जतियत को आधारमा देश टुक्रा पारेर आफ्नो पोल्टो भर्ने नब-जनजतिय कबिला सरदारहरुलाई नयाँ नेपालमा यो अहिले एउता सुबर्ण अबसर भएको छ। यथार्थमा हाम्रो देशमा कुनै जती नभै एउटा बर्ग नै त्एस्तो छ जस्ले अरुलाई दास बनएर आफ्नो स्वार्थ सिद्द गर्न हरदम प्रएत्नशिल छ। त्यो बर्गमा आजकालका तथाकथित जनजाती सरदारहरु पनि उत्तिकै छन। यो हामीले बुज्नु पर्ने र बुज्न नसकेको कुरा हो। तसर्थ फगत एउटा जातिलाई तारो बनाउनु भनेको समस्याको गलत व्याख्या नै हो। दुर्गम्मा बस्ने बाउनहरुको अवस्था र शहरमा बस्ने तथाकथित जनजाती कस्को आर्थिक सामाजिक अवस्था राम्रो छ? फेरी आज बाहुन र छेत्री बाहेक अरु जातहरु जनजाती, अधिबासी हुन पुगेका छन। जबकी हाम्रो देशमा भोट्बर्मेली हरु उत्तरी चाइना र मङोलिया बाट फिरन्तेको रुपमा नेपाल चिरेका हुन भन्ने नेपाल र नेपाल बाहेकका ईतिहासकर्हरुको प्रकाशनहरु प्रसस्त रुपमा पढ्न पहिन्छ। त्एसै गरी बाउनछेत्री राज्पुत हरु दक्चिन बाट आएक हुन। तसर्थ जातको आधारमा यो देशमा तेरो भन्दा बढी मेरो हक बढी छ भन्नु केबल द्वन्द निम्त्यौने कुरा मात्र हो। र यो अधुनिक समाजको " equal oppurtunity" को बध्खिलाप् हुन जान्छ। अर्को कुरो, नेपालमा बाउन र छेत्री को जनसंख्या अरुभनदा धेरै छ, तर खोइ त राज्य इनिहरुको? भोली यो मुद्द्दा ले देस्लाई अर्को ठुलो द्वन्दमा लानेछ। त्एसै गरी हिन्दू धर्मालम्भि को नेपाल म बहुलयता छ यो अर्को सत्य हो। त्एसैले राज्यले यो धर्म लाई अरु धर्म भन्दा प्रिथक रुप्मा हेर्न सकेन भने त्एहन पनि द्वन्द निम्तने छ। अमेरिकामा पनि सबै धर्म र जाती लाई छुट छ तर क्रिस्मसमा मात्र राष्ट्रिय बिदा दिएन्छ। नेपाली हरु त यो कुरामा अझ अमेरिका भन्दा नि बढी उदार र प्रजातान्त्रिक भाईसके छ, यो ठीक हो वा गलत हो आउने दिनहरुले भन्ने नै छन. प्रजान्त्रिक मुल्य भनेको बहुमत्को शासन र अल्पमतको कदर हो। यो दुइतैबाट आज हामी बिचलित हुँदै " कबैली " राज्यमा देशलाई लादइछौं। एस्को ठुलो मुल्य हामी निमुखा जनताले औन्दा दिन्मा चुकौनु पर्ने छ।

मेरो अनुरोध जतिय र सम्प्रदैक भावना सबैले त्यागी शाहीश्नु बन्न प्रयास गराउन्। अस्तु।

 
Posted on 10-24-10 10:06 AM     [Snapshot: 390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तल Mr. Bhattachan को interview र तेस्पची को मेरो प्रतिकृया पढ्नु होला



'जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा उठाएको हुँ ।
नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या जातिवादी देख्नु नयाँ कुरा
होइन । म बाहुनविरोधी होइन, बाहुनवादविरोधी हुँ ।'




'नेपालमा डा. कृष्ण भट्टचन जस्ता अराजक समाजशास्त्री पनि छन्, जो समाजलाई नपच्ने
अतिवादी कुरा गर्छन् ।' दुई दशकअघि एक चर्चित दैनिक पत्रिकामा अन्तर्वार्ता
दिँदै आदिवासी जनजाति समुदायकै अर्का एक पिचडीधारी समाजशास्त्रीले डा.
कृष्ण भट्टचनको नामै लिएर गरेको टिप्पणी हो यो । शोषण, उत्पीडन र विभेदबाट
मुक्त र समावेशी समाज निमार्णको कुरा गर्दा गैरआदिवासी जनजाति समुदायकाले
अतिवादी र अराजक भन्नु त्यति नयाँ कुरा थिएन । तर, आदिवासी जनजाति समुदायकै
पिचडीधारी डा. सा'बहरूले उनको नामै किटेर अतिवादी भन्दा डा. कृष्ण
भट्टचनको मन साह्रै अमिलो हुन्थ्यो । सबैले एकोहोरो प्रहार गर्दा त्यतिवेला
उनले आफूलाई हुलमा पनि एक्लो महसुस गर्थे । तैपनि, आफ्नो विचारमा उनी
अविचलित थिए । यस्तो साहस उनलाई कसले दियो ? 'म बाँचेको नेपाली समाज र
क्यालिफोर्निया विश्वविद्यालयले,' उनी भन्छन्, 'क्यालिफोर्निया
विश्वविद्यालयमा पढ्न गएपछि थाहा पाएँ- म बाँचिरहेको समाज विभेदयुक्त र
असमावेशी समाज हो । र, यस्तो सामाजिक संरचना भत्किन्छ । यसका लागि संघर्ष
आवश्यक छ ।'


कुनै वेला ग्यालिलियोले 'पृथ्वी गोलो छ' भन्दा चेप्टो भन्नेले उनलाई मृत्युदण्ड
दिएका थिए । किनभने, त्यतिवेला चेप्टो छ भन्नेको बोलवाला थियो । अन्ततः पछि
पृथ्वी गोलै छ भन्ने मान्यता स्थापित भयो । चालीसको दशकतिर डा. भट्टचन पनि
एक्लो ग्यालिलियो थिए । नेपालको समाजिक संरचना विभेदपूर्ण र असमावेशी छ
भन्दा उनलाई सबैले अतिवादी, उग्र, अराजक, साम्प्रदायिक आदि धेरै उपमा
दिन्थे । तर, अहिले उनले भनेजस्तै हिजोको सामाजिक संरचना असमावेशी र
विभेदयुक्त छ भन्ने कुरा प्रमाणित भएको छ । र, नयाँ सामाजिक संरचना निर्माण
प्रक्रिया सुरु भएको छ । अहिले उनका विचारका पछि धेरै छन् । हिजोका एक्लो
प्राणी अहिले भीडको अगुवा बनेका छन् । 'सत्य जहिल्यै पनि अराजक र अतिवादी
देखिन्छ । तर, यो एक दिन स्थापित भएरै छाड्छ,' उनी भन्छन्, 'म हिजो एक्लो
ग्यालिलियो जस्तै थिएँ । पराईले अतिवादी भन्ने नै भए । आफ्ना भनाउँदाले पनि
अतिवादी भन्थे ।'


क्यासिनोका चतुर जुवाडे


डा. भट्टचनको बाल्यकाल पोखरामा बित्यो । उनका बाजे भीमबहादुर भट्टचन मुस्ताङबाट
बसाइँ सरेर पोखरा झर्ने पहिलो पुस्ताका थकाली थिए । बाजे भीमबहादुर राम्रो
सितारवादक र वेद-वेदान्तमा पारङ्गत थिए । बुबा झपट भट्टचन नेपाल
कम्युनिस्ट पार्टी कास्कीका संस्थापकमध्ये एक थिए । पुष्पलाललगायत नेता
पोखरा जाँदा उनकै घरमा बस्थे । स्कुल छँदै राजनीति र साहित्यका पुस्तक उनले
पढ्न पाए । स्कुल पढ्दासम्म उनको साहित्यमा अभिरुचि थियो । कथा, कविता
खुबै लेख्थे ।


साढे चौध वर्षको कलिलो उमेरमै ०२४ मा एसएलसी पास गरेपछि पृथ्वीनारायाण क्याम्पसमा
आइएस्सी भर्ना भए । क्याम्पसको पढाइबाहेक रेडक्रस जुनियर सर्कलमा पनि
क्रियाशील
थिए । उनी क्याम्पसका
प्रतिभाशाली विद्यार्थी गनिन्थे । उनको प्रतिभा देखेर रेडक्रसका तत्कालीन
अध्यक्ष पि्रन्सेप शाहले काठमाडौँमा 'जुनियर रेडक्रसको' डाइरेक्टर पदको
जागिरका लागि बोलाइन् । उनी पढाइ-सढाइ छाडेर काठमाडौँ हान्निए । तर,
काठमाडौँ आएपछि रेडक्रस होइन, सोल्टी होटलको क्यासिनोमा जागिर खान पुगे ।
उनी निकै चतुर भएकाले पि्रन्सेप शाहले उनलाई सोल्टी होटलको क्यासिनोमा तास
खेलाउने जागिर लगाइदिए । उतिवेला क्यासिनोमा क्रुपियर (जुवा खेलाउने)ले तीन
महिनाको तालिम लिनुपथ्र्यो । उनले २८ दिनमै तालिम पूरा गरी जुवा खेलाउन
सुरु गरे । त्यतिवेला क्यासिनोमा देश-विदेशका ठूला मान्छे रमाइलोका लागि
जुवा खेल्न आउँथे । 'इन्डियाका रणदीप कपुर, बबिता, आशाभोस्लेदेखि नेपालका
नारायण गोपाल, बैरागी काइँलासम्मलाई मैले जुवा खेलाएँ,' उनले सुनाए,
'रमाइलोका लागि देश-विदेशका ठूला मान्छे जुवा खेल्न आउँथे । त्यतिवेला
पिर्टर जे कार्थक कसले कति राम्रो खेलाउँछ ? भनेर हेर्ने अनुगमनकर्ता थिए
।' उनी 'बेस्ट कुपि्रयर' भए पनि त्यहाँबाट पाउने तलब सुविधामा भने विभेद
थियो । चाकरी-चाप्लुसी नगरेकै कारण साढे दुई वर्ष क्यासिनोमा काम गर्दा
आफूमाथि अन्याय भएको महसुस गरे भट्टचनले ।


टेबलटेनिसका नम्बर वान् कोच


क्यासिनोमा विभेद हुन थालेपछि उनलाई काम गर्ने जाँगर मर्दै गइरहेको वेला टेबलटेनिस
कोचको प्रशिक्षणका लागि आवेदन खोलिएको थाहा पाएर उनले पनि निवेदन दिए ।
उनीसहित चार छानिए । भारतको पटियालामा राष्ट्रिय खेलकुद केन्द्रमा गएर १०
महिने तालिम लिए । प्रशिक्षण लिएर फर्किएपछि खेलकुद परिषद्ले उनलाई पश्चिम,
मध्य पश्चिम र सुदूरपश्चिमको टेबलटेनिस प्रशिक्षणको जिम्मा दियो ।
खेलकुदको जागिरे भएर उनी फेरि पोखरा फर्किए । पोखरा फर्किएर बिहान-बेलुका
टेबलटेनिस प्रशिक्षणसँगै अध्ययन पनि सुरु गरे । पृथ्वीनारायण क्याम्पस
पोखरामा बिए भर्ना भए । जागिर खाँदै पोखराबाट बिए पास गरे ।


टेबलटेनिसका चार प्रमुख कोचमध्ये उनी एक थिए । पोखरामा बसेकाले केवल प्रशिक्षणमा
मात्रै ध्यान दिए । विदेश भ्रमणका विभिन्न अवसरबाट उनलाई वञ्चित गरियो ।
अनेकन नियम बनाएर उनलाई विदेशमा हुन खेलमा जान दिइएन । 'विदेशमा हुने खेल र
प्रशिक्षणमा जाने अवसरबाट वञ्चित गरियो,' उनले सुनाए, 'सबैभन्दा राम्रो
कोच म, तर अवसरचाहिँ अरूले मात्रै लिए । यसमा पनि म विभेदको सिकार बने ।'


एटिथ भट्टचन



खेलकुदमा
पनि विभेद भोगेपछि उनी जागिर छाडेर एमए पढ्न काठमाडौँ आए ।
राजनीतिशास्त्रमा एमए पढ्न थाले । बेनुपराज प्रसाइं, तीर्थराम डंगोल उनका
साथी थिए । उनको ब्याचमा उनी सबैभन्दा ट्यालेन्ट विद्यार्थी थिए । सबै
विषयमा सधँै ८० भन्दा माथि अंक ल्याउँथे । उनका साथीहरूले उनलाई सबैले
'एटिथ भट्टचन' भन्थे । '८० भन्दा माथि ल्याएकाले मलाई सबैले 'एटिथ भट्टचन'
भन्थे,' उनले सम्झिए, 'विश्वविद्यालयमा मलाई कृष्ण भट्टचनभन्दा पनि एटिथ भट्टचन भनेर चिन्थे ।'



त्यही वेला एमएको कोर्सअन्तर्गत नै उनी कञ्चनपुरका थारू जीवनबारे अनुसन्धान गर्न
पुगे । त्यतिवेला थारूले बाँचिरहेको जिन्दगीलाई नजिकबाट बुझ्ने अवसर पाए ।
'नेपाली समाजमा त्यति धेरै कहालीलाग्दो र भयानक जिन्दगी बाँच्ने जाति पनि
छन् भनेर पहिलोपटक थाहा पाएँ,' उनले भने, 'देख्दा मात्रै पनि मलाई
सहिनसक्नुको पीडा भयो । झनै भोग्नेलाई कस्तो पीडा थियो होला आफैँ
सोच्नुहोस् ।' त्यही वेला उनलाई लाग्यो, 'विभेदको यो हद ?'


गोरखापत्रको लेखले त्रिविमा हलचल


त्रिविमा राजनीतिशास्त्रमा एमए पढ्दा-पढ्दै भारतको हिन्दू वनारस विश्वविद्यालयमा
समाजशास्त्रमा एमएका लागि छात्रवृत्ति पाए । वनारस विश्वविद्यालय सबैभन्दा
नामी विश्वविद्यालय थियो । त्यसमा एमए पढ्न पाउनु भनेको चानचुने कुरा थिएन ।
नेपाल, भारत र बंगलादेशका प्रधानमन्त्रीका छोराहरू त्यही विश्वविद्यायलमा
पढिरहेका थिए ।


हिन्दू विश्वविद्यायलबाट प्रथम श्रेणीमा एमए पास गरेपछि नेपाल फर्किएर त्रिविमा
पढाउन सुरु गरेँ । उतिवेला पनि त्रिविमा योग्यताभन्दा पनि चाकरी, चाप्लुसी,
नातावाद, कृपावाद हाबी थियो । त्रिविमा जागिर खान उनलाई निकै धौ-धौ पर्‍यो
। त्यही वेला त्रिविभित्रको विकृतिविरुद्ध गोरखापत्रमा लेख छपाएँ । त्यो
लेखले निकै हलचल मच्चाएको थियो । उनले सुनाए, 'त्यो लेखले त्रिविमा निकै
ठूलो हलचल ल्यायो ।' ०४२ मा उनी त्रिवि समाजशास्त्र विभागको प्रमुख बने ।


बर्कलेले बनायो डा. कृष्ण भट्टचन


उनले त्रिविमा पढाउँदा-पढाउँदै अमेरिकाको बर्कलेस्थित 'युनिभर्सिटी अफ क्यालिफोर्निया'मा पिएचडीका लागि फुलब्राइट स्कलरसिपमा नाम निकाले । बर्कलेमा पिएचडीका लागि दुई वर्ष मात्रै बस्न पाइने व्यवस्था
थियो । तर, उनले ६ वर्ष बस्ने अवसर पाए । बर्कलेमा पनि उनी निकै राम्रा
विद्यार्थीमा गनिन्थे । बर्कले जानुअघि जातीय मुक्ति आन्दोलनमा उनी
उतिसाह्रो जमिसकेका थिएनन् । उनका विरोधीका भाषामा भन्नुपर्दा 'अतिवादी,
अराजक र उग्र' भएका थिएनन् । के उनलाई बर्कलेले नै यस्तो बनाएको हो त ?
'हो' उनले भने, 'बर्कलेमा गएर समाजको विषयमा गहिरो अध्ययन गरेँ ।



त्यसपछि मलाई बोध भयो, 'म हुर्कें, बढें र बाँचिरहेको समाज घनघोर असमावेशी र विदेभपूर्ण छ ।' क्यालिफोर्निया
विश्वविद्यायलमा जातीय विभाग थिए । उनले संसारभरिका जातीय समाज र जातीय
विविधता विषयको गहिरो अध्ययन गरे । उनका विरोधीले उनलाई जसरी जुन तरिकाले
व्याख्या गरी अतिवादी भन्छन्, त्यसवेला बर्कलेका प्राध्यापकहरू पनि उनी
जस्तै थिए रे । 'तर, त्यहाँ कसैलाई पनि अतिवादी या अराजक भनिदैनथ्यो,' उनी
सम्झन्छन्, 'किनभने, त्यहाँ मान्छे विविधतापूर्ण समाजप्रति संवेदनशील थिए
।'



सन् १९९३ मा पिचडी सकेर नेपाल आएपछि उनले बर्कलेमा सिकेका कुरा जोडतोडसाथ उठाए ।
'जातीय कुरा होइन, मैले समता र समानताका लागि मानवअधिकारका कुरा मात्रै
उठाएको हुँ,' उनी भन्छन्, 'नेपाली समाजको यथार्थ नबुझ्नेले मलाई अतिवादी या
जातिवादी देख्नु नयाँ कुरा होइन । तर, बुझ्नेले बुझेर पनि डर र लोभले मलाई
त्यस्तो देखेका हुन सक्छन् ।' ज-जसले उनलाई साम्प्रदायिक देख्छन्, उनी पनि
तिनलाई साम्प्रदायिक देख्छन् । 'राज्यसत्ताले साढे दुई सय वर्षभन्दा बढी
एक भाषा, एक भेष, जय देश, जय नरेश भन्ने नीतिसाथ आदिवासी जनजातिमाथि शोषण
गर्दा साम्प्रदायिक नहुने, आदिवासीले पहिचानसहितको अधिकार माग्दा
साम्प्रादायिक हुन्छ ?' उनले प्रतिप्रश्न गरे, 'समता र समानताका लागि
मानवअधिकारका कुरा गर्दा देशको सर्वभौमिकताको कुरा किन गर्छन् ?'


धैँ बहिष्कार


डा. भट्टचनको अर्को पाटो बहिष्कार पनि हो । उनलाई पटक-पटक सांसद, सभासद्,
राजदूत आदिका अफरहरू आए । तर, सधैँ बहिष्कार गर्छन् । बहिष्कार पनि उनको
पहिचान जस्तै बनिसकेको छ । किन सधैँ बहिष्कार त ? 'आन्दोलनका लागि
बहिष्कार' बहिष्कार गर्नुका कारण सुनाए, 'कुन पदमा बस्ने भनेको कसैको
निगाहा वा सर्त मान्ने हो । अरूको सर्त मानेपछि आन्दोलन कमजोर भएर जान्छ ।
पदले आन्दोलनलाई खत्तम बनाउँछ । मैले त्यही कारणले बहिष्कार गरेको हुँ ।
समता र समानतापूर्ण समाज निर्माण नभएसम्म सधैँ
बहिष्कार गरिरहन्छु ।'



डा. भट्टचन ०४२ मै त्रिवि समाजशास्त्र र मानवशास्त्र विभागका अध्यक्ष हुन् ।
उनी विभागका संस्थापकहरूमध्ये एक हुन् । उनले पढाएका विद्यार्थी त्रिविका
प्राध्यापक बनिसकेका छन् । तर, उनी अझै लेक्चरर मात्रै छन् । कारण, उनले
त्रिवि पनि बहिष्कार गर्दै आएका छन् । लेक्चररको हैसितमै अझै त्रिवि
धाइरहेकै छन् । त्रिविमा पनि किन सधैँ बहिष्कार ? 'त्रिविको योग्यताको कदर
नभएर' त्रिवि बहिष्कार गर्नुको अन्तर्कथा सुनाए, 'बर्कलेबाट पिचडी सकेर
आएपछि मैले पुनः पढाउन थाले । म बर्कले जानुअघि नै डिपार्टमेन्ट चिफ
भइसकेको थिएँ । उनी संस्थापकमध्ये एक थिए । पिएचडी गरेको र १० वर्ष पढाएको छ
भने प्राध्यापक हुने नियम छ । मेरो त १५ वर्षको अनुभव थियो ।
समाजशास्त्रबाट हामीले पटक-पटक विज्ञापन खुलाउन माग गर्‍यौँ । पटक-पटक
डेलिगेसन गयौं । तर पनि विज्ञापन खुलाइएन । पछि बुझेको
समाजशास्त्रमा रिडरको पद खाली हुँदाहुदै पनि कृष्ण भट्टचन रिडर हुन्छ भन्ने
षड्यन्त्रले विज्ञापन नखुलाइएको रहेछ । यो थाहा पाएपछि मैले अब
विद्यार्थीसँगबाहेक त्रिविसँग मेरो कुनै सम्बन्ध छैन भनेर घोषणै गरी
बहिष्कार गरेको हुँ ।'



विरोध बाहुनको होइन, बाहुनवादको


उनलाई कतिले बाहुनविरोधी भनेर आरोप लगाउँछन् । के साँच्चै उनी बाहुन विरोधी हुन् त
? 'होइन,' उनले भने, 'म बाहुन विरोधी होइन, बाहुनवाद विरोधी मात्रै हुँ ।
मलाई बाहुनवादी चिन्तन भएकाले बाहुनको बिरोध गर्‍यो भन्छन् । कतिपय आदिवासी
जनजातिभित्र पनि बाहुनवादी चिन्तन भएका छन् । म उनीहरूको झनै विरोधी हुँ
।' केवल जातिको नभएर वाद वा चिन्तनको विरोध गरेको उनी बताउँछन् ।


डा. भट्टचनलाई कतिपयले बिग्रेका विद्वान् पनि भन्छन् । यो आरोपप्रति उनको उत्तर
के छ ? 'मलाई जसले बिग्रेको भन्छ, त्योचाहिँ बिग्रेको हो' उनले भने,
'फूलको आँखामा फूलै संसार । जो आफू काँडा भएर अरूलाई दुःख दिइरहेका हुन्छन्
। उनीहरूले अरूलाई पनि काँडै देख्छन् । म शोषण दमन र विभेद गर्नेहरूका
लागि त काँडै हुँ । त्यस्तो शोषण दमन र विभेदविरुद्ध आवाज उठाइरहेको छु ।'
उनलाई बाहुनवादी चिन्तन भएकाको आँखामा राम्रो देखिनुभन्दा नराम्रो देखिनु
उचित लाग्छ रे । 'उनीहरूको आँखामा नराम्रो देखिनुचाहिँ समस्या होइन, राम्रो
देखिनु समस्या हो,' उनी भन्छन्, 'उनीहरू सबैखालका शोषण सहेर बस्नेलाई
मात्रै राम्रो देख्छन् । उनीहरूको आँखामा काँडै भएर देखिनुमा मलाई गर्व छ
।'

मेरो  प्रतिकृया

१। डा साहेब पन्चायेत् ब्यबस्था मा त निकै प्रगती गर्नु भारेछ,
२।
दरबारिया हरु सँग साधारण  ब्यक्तीको पहुच सजिलो थिएन भन्थे डा. साहेब त 
पि्रन्सेप शाह को contact मा आएर प्रभाब  पनि पार्नु भएछ नि
३। आनी
पञ्चयत ब्यबस्थामै जुवा खेलौने बाट समाजशास्त्र विभागको प्रमुख बन्नु भएछ
तपाईंकै भनाइ मा "तिवेला पनि त्रिविमा योग्यताभन्दा पनि चाकरी, चाप्लुसी,
नातावाद, कृपावाद हाबी थियो" कि डा  साहेब ले कुरा गर्दा धोती फुस्केको
थाहा पाउन भएन ?
४। फेरी बिभागीये प्रमुख भएको केही महिना पछी नै
अम्रिका जानु भएछ , पञ्चयत ब्यबेस्था मै, फर्केर आउँदा बहुदल सुरु भैसकेको
थ्यो तेस्पची चाँही डा साहेब ले मौका पौनु भएन छ। आनी त डा  साहेब आफ्नो
शब्दमा मानब्ताबादी, अरुको शब्दमा जातियताबादि बन्नु भएछ।  शायद आरु  चर्को
प्रगती गर्न हो कि? तर ड। साहेब लाई बहुदलिये ब्यबस्थ्य फापेन कि आफ्ना 
प्रभु हरु लाई रिझाउन  बहुदलिये ब्यबस्था को लागि "trouble maker" बनी दिनु
भएछ फल्स्वोरूप माओवादी ले फास्टऔने मौका पाये.
५। आदी बासी को अधिकार को कुरा गर्ने डा  साहेब ले आमेरिकाको  तरिफ गर्न भो तर अमेरिकामा आदिबासी लाई प्रकृतिक श्रोत दिन पर्छ भनेर आन्दोलन गरेको, हद्ताल गरेको, चक्का जाम्
गरेको  कहाँ देख्न भएछ कुन्नी, तेती मात्र हो र English speaker
भन्दा पहिला आउने  Spanish speaker हरुको बारेमा English speaker गोरा
हरुकोको धारणा को बारेमा   डा साहेब लाई थाहा रहेन छ की? क्लास मा किताबमा 
कुरा नेपालमा पनि गर्न पाईन्छ नि होइन र डा साहेब?

6। अनि  डा  साहेब लाई आफुले पढाको बिद्यार्थी प्रोफेसर भएको र आफु छै lecturrer मात्रै
भाकोमा चित्त पनि दुखेछ, के गर्नु डा  साहेब   दरबार सिध्हि हाल्यो नत्र
तपाईंले पनि अमेरिका बाट PhD गरेर औने बित्तिकै प्रोफेसर बन्नु हुन्थ्यो।
प्रजातन्रमा विश्वाश गर्नेहरु ले आफु लाई अन्याये  भये अदालतको ढोका
ढक्ढकौछन तर डा  साहेब ले त्यस्तो केही गर्न भएन छ, राज्सस्था  भाको भये
दरबारमा बिन्ती पत्र हाल्न जान हुन्थ्यो होला। आनी डा साहेब लाई जाच पास् गरेर खुल्ला प्रतिओगिता बाट प्रोफेसर बन्ने हिम्मत छैन  होला परेन फसाद

७। हुन त म डा साहेब जती बुध्हिमान त होइन तरपनी  एउटा कुरा भनुम की भनेर,
atomic structure purpose गर्ने scientist Neils Bohr को theory लाई उसैको
under मा PhD गर्ने student
Schrodinger ले अणु भनेको wave हो भनेर  आफ्नै professor  को against मा
thesis लेख्यो र PhD गर्‍यो। डा साहेब भाको भये मेरो under मा PhD गर्ने
आनी मेरै theory ठीक छैन भनेर PhD thesis लेख्ने भनेर झापार्नु हुन्थ्यो
होला, तर Neils Bohr ले तेसो गरेनन, Academic कुरा मा जुनियर सिनियर तेती
हुँदैन भनेर डा साहेब लाई थाहा नभ्एको हो कि? हुन त college गएर मात्र
knowledge बद्ढैन भन्चन.
८। अब ब्यक्ती को रिस देश माथि पोख्न थाल्न भाको छ डा साहेब नतिजा के हुने हो   

9. तपाईंको प्रगती  बाट तपाईं त धेरै सन्तुस्त हुन पर्ने हो डा साहेब, नेपाल
को परिप्रेक्च्यमा तर तपाईं किन हो सधैं असन्तुस्टी मात्र पोख्न हुन्छ

१०। रह्यो तपाईंको मुक्ती आन्दोलन,  तेस्ले मुक्ती दिने कुरा त पर जावोस्, देश चाँही तुक्रौला बरु,   
11. टेबल टेनिस को एक नम्बर को कोच रे? कसै ले तपाईं भनोस नभनोस आँफै मपाइ  गर्न हुन्न डा साहेब, कती जना रास्ट्रिये स्तर को खेलाडी तयार पार्नु भो तपाईंले कोचिङ गरेर? प्रमाण पेश गर्न सक्नुहुन्छ? कम्सेकम यो यो प्रसिध्ह खेलादि मेरो चेला हुन भन्न सक्नु पर्‍यो नि, आँफैले बिना प्रमाण आफ्नो प्रसन्सा गर्नु को पनि हद हुन्छ.
12.'एटिथ भट्टचन भन्थे रे? डा साहेब होला पनि, तर ८०% ल्याउने ले तक्मा पाउछ त्रि बि मा, त्यो तक्मा पायेको प्रमाण पनि दिये पत्त्याउन सजिलो हुन्थ्यो, नदिएको भएर मलाई संका लाग्छ कतै अरु हबादारि कुरा जस्ताइ  यो पनि कही हाबादारि कुरा त होइन?
१३।२ बर्ष बस्न पौने fullbright मा ६ बर्ष बस्नु भएछ? मैले बुझे सम्म २ बर्ष MS पढेपछी देश फर्केर कम्ति मा एक बर्ष काम गरेपची PhD को लागि apply गर्न पाईन्छ। तपाईं ले यहाँ गर्नु भएको trick अरुलाई पनि भनिदिनु भये अरु नेपाली को पनि भलो हुने थियो। कि PhD गर्न नै छ बर्ष लगाउनु भयो?

१३। तपाईं चतुर बेक्ती चाँही पक्कै हो: दरबार बाट ठुलो लाभ लीन भो। गिरिजा बाउन चार जना राजा सँग टक्कर लियी र दरबार को अधिकार घटाइदिये, प्रचन्ड बाउन ले गर्द राजा नै ह्टाइये, तेस्कारण  तपाईं लाई बाउन सँग रिश उठेको होला, आहिले जातिबदी राजनीति ले देश भताभुङ भएमा राजा फर्केला अनी  फेरी पहिलाको जस्ताइ मोज गरुला, भताभुङ नभाये सोझा साझा जन्जाती ले नेता ,बुद्दिजिबी मानिहाल्छन अनी  कुनै जन्जाती राज्यमा मोज गरुला भन्ने उदेस्स्य लुकेको देखिन्छ, दूबै हात मा लड्दु, मखुला??
१४।फेरी एउटा जात  सँग जोडेर बाद् को नामकरान् किन गर्न पर्‍योओ कुन्नी, रचनात्मक् सोचाइ को अभाब भएर  हो कि? तपाईं को अन्तर्वाता पढेर मलाई चाँही,  तपाईंकै भाषा मा भन्ने हो भने तपाईं नै नम्बर एक बाहुनबादी   हुनु हुदोरहेछ.       
Last edited: 24-Oct-10 10:08 AM
Last edited: 24-Oct-10 10:11 AM

 
Posted on 10-24-10 11:15 AM     [Snapshot: 460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-24-10 12:34 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्र्कित भाषाको उदय सङै एउटा नयाँ बर्ग जस्ले आफु लाई उपल्लो बनाउने र जोगाड गर्ने काम पनि गर्‍यो। अर्का मित्रले भन्नु भए झै एही भाषालाई खाने भाडो र क्रिडा र आफ्नो कवच को रुपमा प्रायो गर्ने  जथ्था बन्यो , यो जथ्थाले राजाकाज मा पनि सकृया भूमिका खेलेको थियो  नेपथ्यमा बसेर । बाहुनबाद एसतै मानसिकता बोकेका हरुको  जथ्था त हैन ?

Last edited: 25-Oct-10 12:08 PM

 
Posted on 10-24-10 1:33 PM     [Snapshot: 526]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT,
No doubt, thread is good enough to initiate intellectual debate on the topic. However, I doubt this hot-debate will end any time soon. Thank for putting your effort to give something new and entirely different taste each time you post.  See ya soon.

 
Posted on 10-24-10 2:12 PM     [Snapshot: 558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.ekantipur.com/nepal/article/?id=1625

An inspiring person..

Forget about Bahunbad and jatbhat. Anyone who wants to give back like Devi does can curse me whenever he wants:)

"I will take a curse for a bit of patriotism".

 
Posted on 10-24-10 3:24 PM     [Snapshot: 513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै पनि नकरात्मक सोचलाई एउटा जाती बिशेषमा थुपारेर तेस्को बिरोध गर्दै हिंड्नु भनेको अर्काको पछाडी पुच्छर झुन्ड्याइदिएर उस्लाई "बाँदर! बाँदर!" भन्दै खेदाउनु जस्तै हो। त्यस्ले बिरोध गर्नेको सामाजिक चिन्तनको गहिराइलाई
भन्दा पनि उस्को ब्यक्तिगत स्वार्थलाई नग्याउँछ।

जसरी हामी मान्छेको सोच perfect छैन त्यस्तै हामीले नै बनाएको समाज पनि perfect छैन। उत्कृष्ट समाज वा देशको अबधारणा भनेको
relative हो absolute हैन। विश्वको सबैभन्दा बिकशित देशमा त अझै रङ बिभेद बाँकी छ भने हाम्रो जस्तो देशमा जातियताको आधारमा बिभेद हुनु नौलो कुरा हैन। नौलो कुरा हैन भन्दैमा यो सही हो भन्न खोजेको हैन, यस्को सही पहिचान गरेर समाधान खोज्नु पर्छ तर समाधान क्रमिक हुन्छ।

"हजारौ नेपालीहरुलाई झुटो सपना बाडेर,  हजारौ नेपालीहरुको रगतको खोलो बगाएर, सिमित केही नेताहरुलाई शासनसत्तामा पुर्याउन चलाइएको दशकौ लामो माओवादी पार्टीको कथित जनयुद्दको एउटा मात्र राम्रो पक्ष भनेको यसले नेपाली जनताको राजनैतीक र सामाजिक सोचको स्तरलाई ह्वात्तै बढाइदियो ।" एकदम सही कुरा हो तर सोच हुनु आँफैमा पर्याप्त छैन, त्यो सोचले निकास पनि पाउनु पर्छ। आफ्नो क्षमताको बारेमा थाहा पाएका तर त्यस्लाई प्रदर्शन गर्ने अवसर नपाएका मान्छेहरु आफ्नो क्षमताको बारेमा ज्ञान नै नभएका मान्छे भन्दा धेरै खतरनाक हुन्छन। सानो भन्दा सानो फिलुङोले उनिहरुलाई बिस्फोट गराउन सक्छ। त्यसैले त्यस्ता मान्छेहरुलाई अल्मल्याइ राख्नु पर्छ। अहिले हाम्रा नेताहरुले (राजनितिक पार्टीका मात्रै हैनन) बिभिन्न मुद्दा निकालेर त्यस्ता मान्छेहरुलाई अल्मल्याइ राखेका छन, ति मध्ये जातिय आधारमा संघिय राज्यको स्थापना पनि एउटा हो। फेरी उता हाम्रो मित्र राष्ट्र भारतले पनि त्यो कामलाई बिशेस सहयोग गरेकै छ। नगरोस पनि किन? नेपाललाई भौतिक रुप भारत बनाएर संसारको आँखामा तारो हुनु भन्दा बरु नेपाललाई जात जातिको नाममा बिभाजन गराएर कमजोर बनाउने अनी आफ्नो पकड दरो पार्ने। सरकार नेपालको तर शासन उनिहरुको। हामी नेपालीको अन्त जाने ठाउँ छैन भन्ने कुरा बरु हामीले नै बेला बेलामा बिर्सिन्छौ तर भरातले भने राम्रैसँग सम्झीराखेको छ। त्यसैले हाम्रो मुख्य समस्या जातिय असमानता जस्तो देखिए वा देखाइएता पनि खास चैं आर्थिक असमानता हो र समाधान पनि त्यही अनुरुप हुनु पर्छ। अब आर्थिक समानता कसरी ल्याउने भन्ने कुरा गर्न थाल्दा मुल बिषय अल्मलिएला। संछेपमा मैले भन्न खोजेको कुरा के भने हाम्रो देशमा अहिले जातियताको बिषयले चाइने भन्दा बढी चर्चा पाइ रहेको छ जस्ले गर्दा अरु महत्पूर्ण समस्याहरु ओझेलमा परेका छन।
Last edited: 24-Oct-10 03:26 PM

 
Posted on 10-24-10 4:55 PM     [Snapshot: 637]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah this Bhote is partially correct about Bahuns. But  I think he will be a good activist to oppose the Belayati Sashan I am talking about his potential role in British Gurkha's problem on pension. There are really some Bhotes in that Palace serving the Whites and not getting enough compensation. His role will perfectly fit over there. Actually that will be a genuine service from him to the Bhotes.

 
Posted on 10-24-10 7:06 PM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गुरु कृष्णजिले भन्नु भाको कुरो सोरहै आना शही हो, हामी ब्राहमणं लाई सत्य पचाउन गार्हो पर्छ, हामी हरेक कुरामा अवसरवादी हुनछौ भने आरु जात ईमान्दर हुन्छन, देश बेच्ने देखी बिदेश पलायन मा हामी धेरै अगाडि छौ, सरकारी पैसा मा दान दण्डवेद लाएर बिदेश आउन्छौ, त्यही लुकेर ईमान बेच्छौ, काम भन्दा कुरो बडी गर्छौ , गाउँमा हामी कम छौ, भएका हरु पनि पूजा पाठ्को नाम्मा आरु लाई ठक्दै राजधानी आउन्छौ , राजधानीमा साहुको अन्न खाएर उनिलाई घरबिहिन पारेर महल ठडयाउछौ, खर्दारको जागिरले भुराहरुलाई अमेरिका पठाउन्छौ, आफ्नो जन्मभुमी लाई खरानी बनाई राजनीतिको कुरा मात्र गर्छौ, पञ्चायत् को भुतलाई हरेक कुराको दोश थुपार्छौ , पञ्चायत् मा पनि हात जोडी मुडयाएको बिर्सन्छौ , बहूदल्वद्लाई ब्राह्मणको पेवा थान्छौ, हरेक क्षेत्रमा ब्राहामणवादलाई अगाडि पार्छौ, धर्मको नाम्मा आफ्नो संस्क्रिती अरुलाई थुपर्छौ, अरुको खिल्ली उड्याउछौ, आफ्नो जिउको भैंसी देख दैनो, अरुको चाक कोटयाउछौ, अरु जातलाई निचो देख्छौ, अन्तरजातिय विवाह लाई पाप थान्छौ, पाये परश्त्रीलाई आँखा डाल्छौ, पैसा भनेपछी तीन नेत्र खोल्छौ, जती बैंकमा खाता भएपनी सधैं एक एक पैसाको हिसाब गर्छौ, यस्ता कुराले गर्दा अरु जातलाई रिस उठ्नु सवाभिक हो गुरु

 
Posted on 10-24-10 8:41 PM     [Snapshot: 766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ujdachaman Ji,
Since you brought Krishna Ji in this topic. Aren't the chetris greedy too:  I mean Pandavs put their wife on Gamble and Duryodhan started doing Vastra Haran. Nobody is Perfect Guru Ji.

 
Posted on 10-25-10 1:35 AM     [Snapshot: 850]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ujdachaman is a vigilante.He's trying to be bahun to smear them up.
Last edited: 25-Oct-10 01:42 AM

 
Posted on 10-25-10 9:43 AM     [Snapshot: 939]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीटीको बिचारसँग म सहमत छु । बिशेष गरेर उहाँको अन्तिम हरफ नै दोहोराउन चाहन्छु ।
 
सिमित मान्छेहरुले ईतिहासमा गरेका गल्ती र चल्दै आएको परम्पराले गर्दा म जस्तो नयाँ पिढी चाँही यो गलत परम्पराको सिकार भएका छौ । "बाहुन" कै छोरी भएर पनि बिभेदको सिकार भएको महसुस नजिकै बाट अनुभुती गरेको मलाई यो "बाहुन्बाद" भन्ने शब्द पनि जातिय बिभेदकारी शब्द लागेको छ । यस्ता गलत नियम र कानून बनाउनेहरु अनी अहिले आयेर दस थरी ब्यखा गर्ने हरु त अपराधीनै हुन ।

 
Posted on 10-27-10 2:56 PM     [Snapshot: 1149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झटिङरे हरुको भनाइ के छ ?

 
Posted on 10-28-10 10:28 AM     [Snapshot: 1190]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के हो यि साझामा च्या च्या चु चु  गरी घोर्लिने झतिनगरे हरु को यो बाहुनबाद को बारेमा यिनिहरुको दर्शन , व्याख्या सुन्न र पदन पाईन्छ भनेको त यो ब्लग तेतिकै सेलाउने भयो।
 

कि यि झतिङरे हरु तेही जथ्था का परेका हुनाले हो ?


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters