[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 क्रमश:

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 52212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-26-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

भाग-१


ओरिएन्टेसनको पहिलो दिन मैले पाँच जनासङ कुरा गरेँ। ती मध्ये चार जना पुरुष र एक महिला थिए। त्यहीको स्टाफले चिनाएपछि उनिहरु म सङ कुरा गर्न राजी भएका थिए। शुरुमा त मलाइ बिस्वाश लागीरहेको थिएन कि उनिहरु मानसिक रोगी थिए। हुन सक्छ उनिहरु औषधीको असरले सामान्य अबस्थामा आइसकेका थिए। भित्र भित्र मलाइ डर पनि लागीरहेको थियो, कतै उनिहरु अचानक आबेशमा आएर प्रहार त गर्दैनन्। त्यसैले बस्ने मेच बिरामी भन्दा मैले केहि दुरीमा राखेकी थिंए। बाहिर सानो बंगैचा थियो, अरु स्टाफहरु पनि थिए। म सकेसम्म स्टाफ कतातिर छन भनेर बिस्वस्त हुन चाहन्थे। यदि मलाइ केहि समस्या परि हाल्यो भने उनिहरु मेरो उद्वार गर्न कति छिटो आउन सक्लान भनेर उनिहरु र हामीहरु बिचको दुरी कुराकानीको बिचबिचमा अबलोकन गर्थे। दुइजना सङ कुरा गरिसकेपछि म मा हौसला बढ्यो, मैले तेस्रो बिरामी आफै छाने र कुरा गर्न सक्छु भनेर अनुमति लिँए। कुरा शुरु गरेको एकै छिन पछि उसले पर एउटा महिला बिरामी बाहिर निस्केको हेर्दै थियो, उ त मेरो प्रश्न सुन्दै नसुनी उतैतिर गयो। पछि मैले देखे, उ बिक्षिप्त जस्तै थियो, उ बेला बेलामा धर्धरी रोइरहेको थियो। उ एकजना बाहेक अरु सबै मलाइ बिल्कुलै सामाजिक लागेको थियो त्यो दिन।


साइकोलोजीले किन हो मलाइ सधैँ तान्थ्यो। मानिसको साइकोलोजी त्यसको असर, मानसिक स्वास्थ्य र त्यो भन्दा पनि महत्वपूर्ण अनुभवको लागि राम्रो अबसर थियो। साइकोलोजी कहिले बुझ्नै नसकिने बिषय भयो मेरो लागि। रुचि भए पनि अहिलेको अबस्था चुनौतीपुर्ण थियो। म मा अनेकौ किसिमका शंका उपशँका हरु थिए। तिनीहरुलाइ लुकाएर पनि म सामान्य बन्ने प्रयास गरीरहेकी थिए। पाँचौ बिरामी, जो महिला थी। उसैले पहिलो प्रश्न मलाइ गरी।


"अब के गर्छौ त तिमी?"


"भनेको मतलब।" एक्कासी उसको यो प्रश्न मैले बुझ्न सकिन, उ मेरो परिचय पत्र हेर्दैथी।


"अब तिमी यहाको कर्मचारी भैहाल्यौ। तलब पाइ हाल्छौ, पढाइ पनि सकियो। अब तिम्रो के छ त अरु योजना?"


"हँ---?" मैले नसोचेको प्रश्न थियो, त्यसैले जवाफ खोज्नै सकिन। जे पायो त्यही भन्न मन लागेन।


"त्यसबारे मैले सोचेको छैन। तपाइ यहा आउनु भएको कति भयो?" मैले मेरो प्रश्न थाले।


"यसपटक तीन महिना भयो। अब छिट्टै जेल फिर्ता पठाँउछन् होला मलाइ।" उसले जेल पनि त्यसरी नै भनी जसरी हामीहरु पसल जान्छौ। मनमा किन होला जेल जानु पर्ने भन्ने प्रश्न त थियो, तर सोध्न अप्ठ्यारो लाग्यो। त्यसैले चुप भए।


"म आमा  बन्दैछु नि!" उसले आमा बन्नु पनि कुनै उत्साह नदेखाइ भनी। पहिले मैले उसको शरीर मोटै भएको कारण राम्ररी देखिन। उसले भनेपछि उ गर्भबती जस्तो देखिन थाली। मेरो अनुहारमा अरु आश्चर्यबाचक चिन्हहरु उदाउन थाले। कति सम्म ब्यक्तिगत प्रश्न सोध्न मिल्ने हो वा कति सम्म नमिल्ने म दुबिधामा परेँ।


"उ त्यो युनिट छ नि!" उसले हामी बसेकै ठाँउबाट अर्को उनिट देखाइ। "हो त्यहिको एउटा बिरामी सङ मेरो सम्बन्ध भयो पोहोर आँउदा। म प्रेग्नेन्ट भएको कुरा त्यसलाइ नि थाहा छैन। अब एक महिना बाँकी छ, बच्चा जन्मिन्छ अनि म हलुका हुन्छु।" उसको कुराहरु मेरो लागि झन झन कथा जस्तो रुचिपुर्ण लाग्न थाल्यो।


"अनि त्यसपछि--!" मलाइ सोध्न मन लागेको थियो, तैपनि नसोधी "ए, ए!" भन्दै टाउको हलाइरहेँ। फेरि उसैले भनी।


"यो बच्चा लिनलाइ एक परिवार तयार भइसके। सामाजिक कार्यकर्ताले सबै मिलाइसक्यो। मैले बच्चा राखेर पनि के गर्नु हैन? आफै छ- छ महिनामा अस्पतालमा भर्ना हुनु पर्छ।" उसैले सोधी, उसैले उत्तर दिइ।


मैले उसको बारेमा धेरै सोध्नै परेन। बाइपोलार डिस्अर्डर रहेछ शायद स्किजोफ्रेनिया पनि, अरु पनि धेरै डाइग्नोसिस थिए। उसको अरु पनि हुर्किसकेका बच्चाहरु थिए तर उसङ थिएनन्। उ कोर्ट अर्डर कुरीरहेकी थी, मैले त्यसमा केहि मद्दत गर्न सक्छु की भन्ने पनि बुझ्न चाहन्थी। म केही गर्न सक्दिन थें। कुराकानी अन्त्य गर्ने मोडमा आएपछि उसले फेरि सोधी।


"तिम्रो जीबनको लक्ष्य के?"


"अँ---!" म अकमक्किए।


"लक्ष्य क्या लक्ष्य?" उ "गोल" "गोल" भन्दैथी मैले बुझिन कि भनेर।


म उसङ माफी माग्दै रिपोर्ट बुझाउने बेला भयो भनेर हिँडे।


मेरो कानमा उसको सोधाइ गुन्जिरहेको थियो "तिम्रो जीबनको लक्ष्य के?"


कथाको शीर्षक नैं क्रमश: छ नि है?


to be continued..

Last edited: 26-Sep-10 01:56 PM
Last edited: 26-Sep-10 02:06 PM

 
Posted on 09-27-10 12:40 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-10 1:11 PM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी के भनौ .......

कथाको शीर्षक नैं क्रमश: छ नि है? ........

म नि पछी भन्छु ....... क्रमश:  
 
Posted on 09-27-10 2:08 PM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सुरुवात नै रोचक छ, घोचक हुने छाँट छ । जीवनको लक्ष के हो त ? म पनि प्रशन गर्दै छु क्रेजी परमात्मा ।
 
Posted on 09-27-10 2:54 PM     [Snapshot: 145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी लभ को न क्रजी कथा धेरै मिस भय को थियो। धन्यबाद। है। उ किन जैल म। ?  पढेको एक घण्टा भयो अझै सोची राखेको छु। मेरो लक्ष्य तर पनि अनुतरीत छु? कैले आउछ अर्को भाग? 
 
Posted on 09-27-10 3:26 PM     [Snapshot: 155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सललल बगेको कथा भएर होला सुरु गर्ने बित्तिक्कै कता बग्यो बग्यो एकै चोटि क्रमस: पो देखे त मैले
 
Posted on 09-28-10 4:55 AM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२


साँझ डेरामा फर्केपछि मैले निक्किलाइ भने।
"बुझ्यौ उनिहरु त बिल्कुल सामन्य थिए हामी जस्तै।" मैले त्यो धरधरी रोएको बिरामीलाइ बाहेक गरेँ।


"ओ कमन्! तिनीहरु मानसिक बिरामी हुन। हामीहरु जस्तै भए उनिहरु किन अस्पतालमा हुन्थे? तिमी आफै भन त।" निक्किले मेरो कुरालाइ पचाउन सकिन।


"उनिहरुको कुरा गराइ हेर्दा त उनिहरु कदापि पागल होइनन् जस्तो लाग्यो मलाइ।" मैले टाउको हल्लाए।


"त्यसो भए के हामीहरु पागल र उनिहरु सद्धे त?" निक्कि झर्की।


"हैन के! त्यो कस्ले भनेको जस्तो पागलहरु सद्धे हुन्, किनभने उनिहरु आफ्नो मनको कुरालाइ नलुकाइ ब्यक्त गर्न सक्छन्। तर हामी सद्धे भनाँउदाहरु सभ्य हुने प्रयासमा शब्दको मद्दतले आफ्नो स्वतन्त्र बिचारलाइ लगाम लगाँउछौ।" मैले आफ्नै धुनमा मस्त भएर भने।


"त्यसो भए म पनि पागल?" निक्कि मेरो नजिक आएर  आँखा तर्न थाली।


"कहिले कहिँ शंकै लाग्छ?" मैले देब्रे आँखा झिम्काए। उ बल्ल हाँसी।


"मलाइ एउटा कुरा थाहा छ।" निक्किले मलाइ ब्यग्र गर्न खोजी।


"के?" मैले धैर्य गर्न सकिन।


"साझामा एउटी पागल छे, यानी पागल -प्रेमी "क्रेजि-लब"। उ चाहि साँचिकै पागल छे।" कोठा थर्किने गरी हाँसी निक्कि।


निक्किलाइ मेरो साझाको नाम कसरी थाहा भयो? मलाइ अचम्म लाग्यो। म कथा लेख्छु भन्दा उसले कहिले पत्याइन। उ कथा पढ्ने केटि पनि हैन। न त कहिले साहित्यमा रुचि राख्थी। मैले यस्तो किताबहरु पढेको देख्यो भने "कस्तो झर्को लाग्ने गरी पढेको" भन्थी। त्यो एउटा कुरा बाहेक हामीहरुको बानी उस्तै उस्तै थियो। उ पनि म जस्तै संबेदन्शील थी, मनको कुरा लुकाउन सक्दिन थी।


"तिमी उसलाइ चिन्छौ?" मैले निक्किलाइ जिस्काए।


"चिन्छु! पहिले उ अर्ध पागल थी, आजकाल पुरै पागल भएकी छे, संसारलाइ पागल देख्छे।" ब्यंग हानी।


"तिमीलाइ थाहा छ? आज मलाइ एकजना बिरामीले के सोधी?" मैले उसलाइ फेरि अस्पतालको कुरा सम्झाउने कोशिश गरेँ।


"प्लिज! अब चाहि पागललाइ सद्धे नभन है। परिभाषा नै गडबड हुन्छ, पागल र न-पागलहरु बिचको।" उसको शर्त मैले स्वीकार गरेँ।


"ल, ल! तिमी सामान्य, सद्धे र न-पागल! पहिले मेरो कुरा त सुन!" मैले अनुरोध गरें। निक्कि चुप लागी र बदाम छोडाएर खान थाली।


"त्यो बिरामीले मलाइ सोधी "तिम्रो जिबनको लक्ष्य के हो?" मैले निक्किलाइ कतिको असर पर्न थाल्यो भनेर हेरें। उ मलाइ नै छक्क परेर हेर्दै थी।


"त्यो कुन ठुलो कुरा हो? प्रत्यक मान्छेको जिबनमा लक्ष्य हुन्छ। के तिमीले उसलाइ जवाफ दिएनौ?" उसैगरी सामान्य भै उ।


"म त नाजवाफ भए। अकमक्किए। म सङ नभएको जवाफ कसरी दिन सक्थे?" मेरो कुरा बुझिन निक्किले।


"के तिम्रो जिबनमा लक्ष्य छैन?" उसको आँखामा अबिस्वासको बादलहरु थियो।


"उहिले उहिले सानि हुँदा लक्ष्य को बारेमा कुरा गरिन्थ्यो, तर त्यतिखेर लक्ष्य कसरी पुरा हुन्छ भन्ने ज्ञान थिएन। जे लाइ लक्ष्य भनिन्थ्यो, त्यो परिबर्तन् हुन्थ्यो, त्यसैले आजकाल मैले लक्ष्यको बारेमा सोच्नै भ्याएको छैन।" मैले भने।


निक्कि घोरिन थाली।


"अहिलेको परिप्रेक्ष्यमा त जिबनको लक्ष्य भनेको बाँच्नु भएको छ। आर्थिक मन्दिमा जागीर खोज्नु, सकेसम्म पाएको काम नगुमाउनु र महिनाको खर्च धान्न सक्नु, त्यही मात्र भएको छ। के बाँच्नु मात्र जिबनको लक्ष्य हो त?"


"निकै सोचनिय कुरा छ साथी! यसको लागि गम्भिर छलफल गर्न जरुरी छ। त्यसको लागी दिमागलाइ सक्रिय गर्ने तरल पदार्थ पनि।" भन्दै निक्किले फ्रिजबाट रेड वाइनको बोतल झिकि।


"तर आज त शनिबार हैन, भोली बिदा पनि छैन।" मैले पिउने परिस्थितिसम्म नपुग्ने कोशिस गरेँ।


"के फरक पर्छ? जिबनको लक्ष्य त पत्ता लगाउनै पर्छ आज।" निक्किले रेड वाइन दुइ वटा गिलासमा खन्याउन थाली।


मैले गिलासको कुन सतहसम्म रेड वाइनले ठाँउ ओगट्न सक्छ हेर्न थाँले, गिलास भरिनै लाग्यो।


क्रमश:


 



 


 
Posted on 09-28-10 9:15 AM     [Snapshot: 233]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो भागले जीवन जगत बारे सोच्न र घोच्न वाध्य बनायो । धेरै कुरा चपाएर, नक्कली कुरा छपाएर हामी सद्दे मानिस् बनिरहेका छौ । क्रेजी को लेखाइ सदा झै उच्च स्तरको ।
 
Posted on 09-28-10 9:38 AM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ले पागालखाना मै काम पाएछ, ल ठिकै हो - अब क्रेजी लाई लोन्ली फील नहुने भो - आफु जस्तो अरु पनि देखे पछी त दङ्ग होला है, त्यही भएर होला क्रेजी लाई त्यहाँ का मान्छे हरु सद्दे लागेको -

कथा राम्रो छ अर्को भाग को प्रतिक्षा मा  

 
Posted on 09-28-10 12:04 PM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुफल ज्युले के राम्रो लाग्यो भन्नु भएको होला, कथा कि लेख्ने मान्छे। हे हे! धन्यबाद!


रामे मामा!


जे भने नि हुन्छ, हा हा। कमेन्टको लागि धन्यबाद!


ठुल्दाइ,


जीबनको लक्ष्य के होला भन्ने कुरामा वर्कशप गर्नु पर्ला म:म पार्टी भएको बेलामा।


north pole,


उ जेलमा किन परी भन्ने चाहि मैले पनि सोधिन तर उसको केस अपराध सम्बन्धी नै थियो। साँच्चै तपाइको पनि लक्ष्य छैन, छ होला, अलि धेरै बेर सोचेर बस्नु त! यो लक्ष्य भन्ने कुरा केटाकेटीमा मात्र महत्वोपूर्ण हुन्छ कि के हो? हैन हैन छ होला तपाइको लक्ष्य। मेरो त बनाउनै  पर्छ।


यो रिट्ठे बेला न कुबेला के मा बग्छ हँ, खोला सम्झ्यो कि के हो? हे हे। क्रमश: भनेकै क्रमश: हैन त?


भने पछि ठुल्दाइ नि सद्धे हैन? जोक गर्‍या मात्रै है दाइ। नरिसाउनु होला।


लहरे,


तिम्रो लागि एउटा बेड खाली छ पागलखानामा। छिट्टै भर्ना हुन आउ। यो जोक हैन।


 
Posted on 09-28-10 12:13 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

double post 
Last edited: 28-Sep-10 10:49 PM

 
Posted on 09-28-10 12:13 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो क्रेजी लहरेलाई तेतै भर्ना गर्ने वेबस्था मिलाउनु पर्यो !!
कथामा आउदा, सधाझैँ राम्रो बहाव छ ...अरु भाग को प्रतिक्षामा 

 
Posted on 09-28-10 6:41 PM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्किले रेड वाइन दुइ वटा गिलासमा खन्याउन थाली। २ वटा मा मात्रै? अब करमस खाँदै जानु है।  म भोली तहै पगलखाना म भेट्न आउछु। 
 
Posted on 09-28-10 7:43 PM     [Snapshot: 312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डो भित्र लुकेको छ् जिन्दगी
रिस, राग, द्वेस टन्न छ म भित्र
तर म बूध्ह हुने अभिनये गर्छु

सपना र चित्कार मा डुबेको छ जिन्दगी
कथा छ म भित्र, ब्य्था छ म भित्र
तर म मोनालिसा मुस्कौन खोज्छु

नक्कल र आबेश मा बगेको छ जिन्दगी
रावण छ म भित्र, हिट्लर  छ म भित्र
तर म शभ्य राम बन्न खोज्छु

लक्च्य के हो के हो, बेलाक्च्य छ जिबन
तर कोइ आज भन्दैछ  म भित्र
यहाँ, साधु ले मासु पसल खोल्न  र
बगरे ले अहिम्साको उपदेश दिन अझै बाँकी छ

 
Posted on 09-28-10 9:41 PM     [Snapshot: 334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी पनि ........ कहाँ त्यो मामा वाला जोकस मेरो हो त ........ त्यो त त्यही जिते लाई भनेको हो .....

अर्को भाग को आश, साश नछुटे सम्म गर्छन् यिनिहरुले भनेर धेरै कुराउने होइन नि .........
 
Posted on 09-28-10 11:32 PM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी प्रभो, आजकल त कथा लेखेको पनि थाहा नै पाईदैन त. स्कुल ले गर्दा धेरै साझा हेर्न पाउदिन.. 
फेरी कथा पनि कस्तो राम्रो लेखेको  हो नि ... 
जाओस जाओस.. नामै त क्रमश छ 

guchcha chor

 
Posted on 10-01-10 1:54 PM     [Snapshot: 486]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-३


चियर्स गर्नु अघि मैले निक्किलाइ सोधेँ।


"तिम्रो भोलि कलेज जानु पर्दैन?"


"दिउँसो तिन बजेको क्लास छ, तिमी चिन्ता नगर।"


"त्यसोभए अब यो बोतल भित्र राखि हालौँ।" मैले वाइनको बोतल फ्रिजभित्र राख्नै खोजेको थिँए।


"यहाँ १८ बर्ष मुनिका नाबालिग कोहि छैनन्, तिमी नडाराए हुन्छ।" भन्दै निक्किले फेरि बोतल टेबलमा राखी।


"मेरो त भोलि जानै पर्छ। त्यसैले म तिमीलाइ साथ मात्र दिन्छु।" हामी दुबैले चियर्स गर्यौँ, अलिकति दाल्मोठ चिउरा र बासी तर्कारीहरु तताउदै सङै खान थाल्यौँ।


"अँ, हामी के को कुरा गर्दैथ्यौँ?" निक्किले अलि अलि झम झम जस्तो पार्यो पछि भनी।


"लक्ष्य।" त्यतिखेर सम्म मैले पनि बिर्सिसकेको थेँ, फेरि सम्झे।


"जब म सानो थेँ, मेरो ठुलो मान्छे बन्ने लक्ष्य थियो।" निक्कि कतै अतितमा डुबे जस्तो भै।


"हात्ती पनि ठुलो छ।" मैले ठट्टा गर्न खोजे।


"धेरै पढ्नु, पैसा कमाउनु, नाम कमाउनु, सुखी र सम्पन्न हुनु कति धेरै सपनाहरु थिए।" निक्किलाइ मेरो ठट्टाको असर परेन, उ बोलीरहेकी थिइ।


"त्यो त सबैको हुन्छ सपनाहरु। लक्ष्य चाहि के थियो त?" मैले उसको गहिरो आँखाहरुमा सपनाहरु सल्बलाएको देखेँ।


"म डाक्टर पढ्न चाहन्थे।" मलाइ निक्किको परिवारको बारेमा सबै थाहा थियो। उ सम्पन्न परिवारकी थिइ, उसको लक्ष्य अधुरो हुनुमा आर्थिक कारण हुनै सक्दैन थियो।


"मैले बुझिन।"


"मुमा स्वर्गे भएपछि बुबाको दोस्रो बिहे भयो। त्यसपछि सानो ममीबाट छोरा र छोरी पनि जन्मिए। म त मामाघरमा हुर्के। मलाइ मामाघरको हजुर्बुबा र हजुर्मुमाले लालन पालन सबै गर्नु भयो, तर पछिसम्म मेरो शिक्षामा आर्थिक लगानी गर्न सक्नु भएन। मामाहरु हुनु हुन्थ्यो, माइज्युहरु आउनुभयो, उहाँहरुको भित्रि राजनिति शुरु भयो। म त उता बुबाको परिवारमा नि बाहिरकी जस्ती भए, हजुरबुबा र हजुरमुमा स्वर्गे भएपछि यो संसारमा मेरो आफन्त म आफै मात्र भए। मेरो लागी काम खोजेर स्वाबलम्बी हुनु पहिलो प्राथमिकता भयो। कामपछि पढाइ गोलमाल, त्यसपछि मामाघरमा पनि अनेक समस्या हुन थाल्यो। त्यसपछि मैले फुपुलाइ चिट्ठि लेखे र उहाँले आफै मलाइ यहाँ बोलाउनु भयो। मैले उहाँले लगाएको गुण कहिले तिर्न सक्दिन।"  निक्किको फुपुकहाँ हामी कहिलेकहि चाडपर्बमा अझै जाने गर्छौं। उहाँको ठुलो परिवार छ। शुरुमा निक्कि ६ महिना त्यही बसी र उहाँहरु अलि टाढा नयाँ घरमा सरेपछि काम पाउन गार्हो छ भनेर निक्कि मेरो रुमपार्टनर भइ।


"लक्ष एकातिर हुन्छ जिबन अर्कोतिर बग्छ है?" मैले पनि आफुले नचाहेको बिषय आमाको करले बाध्य भएर पढेको फ्रस्टेसन सम्झे।


"अहिले त एउटा हिन्दी गीत छ नि। क्या क्या बन्ना चाहता था, बैरागी बन गया हुँ जस्तो पो भएको छ जिन्दगी।" निक्किले अर्को पेग थपी।


"कर्म मेरो फुटिरैछ, बाँच्न गार्हो भयो है, कर्म मेरो फुटिरैछ----" मैले शुरु गरे, निक्किले पनि साथ दि। हामीलाइ बैराग लाग्यो कि हामी यही गीत सङै गाँउछौ।


"अझै पनि केहि बितेको छैन नि, तिमी त पढ्न शुरु गर्दैछौ त।" मैले निक्किलाइ हौसला दिन खोजे।


"कहिले पढिसक्ने, कहिले रिन तिर्ने, कहिले हो कहिले? म त हरेश खान्छु सोच्दा सोच्दा।" लामो सुस्केरा हाली र उसले दोस्रो पेग स्वाट्ट आधा पारी।


"ओइ केटि! बैरागी हुँदैमा जड्याँहा बन्न त मिल्दैन नि। अलि बिस्तारै खाउ।" मैले बिस्तारै भने।


"त्यो त हो साथी, तिमी मलाइ यस्तो बेलामा पनि साथ नदिने के साथी त?" भन्दै उसले मेरो गिलास पनि भरि।


"ल अब पुग्यो, त्यो लक्ष्य सक्ष्य को कुरा बिर्सौँ। अब सुत्न जाउ, भोली मलाइ बिहानै उठ्नु छ" मैले भने।


"मलाइ छ नि कहिलेकहि कस्तो कस्तो हुन्छ।" निक्किले आँखाभरी आँसु पारी। मैले सोचे यो निक्कि हैन शायद रातो वाइन बोलीरहेको छ।


"कस्तो भन्नाले?" मैले सोधे।


"तिम्रो कबितामा जस्तो जिन्दगी बेशीर्षक लाग्छ, पात्रहरु हराएको जस्तो-----" मलाइ आपत पर्‍यो, मैले त्यो कबिता केहि दिन अघि लेखेर कतै राखेकी थिँए, निक्किले कुन बेला पढेर पनि त्यसलाइ अनुभुत गरीरहेकी रैछ। त्यो त्यस्तै निराश मुडमा लेखेकी थिँए, तर त्यसले निक्किलाइ नैं त्यस्तो असर पार्छ भन्ने मैले सोचेकी थिइन।


"ह्या--, त्यस्तो जाबो कबिता, म त पागल हो नि। मेरो कबिताको भाबहरुलाइ त्यस्तो सिरियसली लिनु हुदैँन लाटि। त्यो कुन सन्काइमा लेखेको। त्यो अर्थ न बर्थको कबिता। त्यस्तो जाबो कबिता नि के पढेको? खोइ कहाँ छ त्यो कपी म अहिले च्यातेर फालिदिन्छु।" म त्यो कपी खोज्न थाँले।


"कपी खोजेर के गर्छौ मलाइ सबै कन्ठै छ। ल सुन---"


शीर्षक खोज्छु,


कथा अलमलिन्छ,पात्रहरु हराएका छन्।


शुन्य छ बिषयबस्तु,


न त शुरुवात छ, न त अन्त्य नैं,


यो मेरै भोगाइ हो शायद,


खाली पानामा अमुर्त चित्र कोरिरहेछु,


ठम्याउनै नसकिने आकारहरु देख्छु,


खै कहाँ छन् भेटिन्छन् अर्थहरु,


म निशब्द भैरहेछु,


मौन यो क्षण मलाइ साक्षी बनेर हेर्दैछ,


खोइ कहाँ छ परिभाषा जिन्दगीको


जिन्दगी बेशीर्षक छ।"



मलाइ रुनु न हाँस्नु भयो, म निक्किलाइ कबिताको कारण दुखी बनाउन चाहदिनथे। तर उसलाइ गहिरो असर पर्‍यो। केहि लेखिहाल्न पनि डर भयो, भएभरको कपीहरु ओल्टाइ पल्टाइ गर्न थाले। निक्कि  मेरो गतिबिधि देखेर चकित थी। मैले त्यतिकै उसको कपीको कुनै पानामा खेस्रा कबिता लेखेकी थिए। उ त्यसैलाइ पढ्दै निराश भएकी रैछ।


एकछिनपछि निक्कि आफै उठी र कतैबाट त्यही खेस्रा कबिता लेखेको कपी ल्याइ।


"यता देउ, म त्यो पाना च्यातेर फाल्छु।"


"एक शर्तमा दिन्छु।" निक्किले ब्ल्याकमेल गरी।


"तिमीले साँचो उत्तर दिनु पर्छ।" उस्को कुरा सुनेर मलाइ हाँसो उठ्यो।


"साँचो प्रश्नको उत्तर साँचो हुन्छ।"


"जिन्दगी किन बे-शीर्षक छ?"


म सङ त्यसको उत्तर थिएन।


क्रमश:

Last edited: 01-Oct-10 01:59 PM

 
Posted on 10-01-10 2:09 PM     [Snapshot: 496]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्ते दाइ,


ब्यबस्था भइसक्यो बरु बिरामीलाइ बाँधेर भए पनि ल्याउनु पर्‍यो।


north pole लाइ नि भर्ना हुन मन लागेको जस्तो छ। हे हे।


TMS
धेरै राम्रो कबिताको लागि धन्यबाद। अरु पनि लेख्नु भए हुन्छ। कबिता नैं कथा जस्तो पो भयो त, उस्तै उस्तै।


रामे,


मैले जोक्स पनि साँचै हो भनेर पत्याए। हे हे।


GC
ल त्यति ब्यस्त हुँदाहुदैँ पनि कथा पढेर कमेन्ट गरिदिनु भएकोमा धन्यबाद साथी!


 
Posted on 10-01-10 3:09 PM     [Snapshot: 520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जिन्दगीको पनि लक्ष्य हराइ राथ्यो। ए क्रेजी, फेरी त्यस्तो लक्ष्य खोज्ने कार्यक्रम भयो भने मलाई नि बोलाउ है? बरु त्यो रातो वाइन म लिएर आउँछु, तिमीहरुले दालमोट चिउरा र बासी तरकारीको बन्दोबस्त गरे हुन्छ। इन केस लक्ष्य भेटियो भने फेरी सेलीब्रेट गर्नु पर्छ।

" शीर्षक खोज्छु,
कथा अलमलिन्छ,पात्रहरु हराएका छन्।
शुन्य छ बिषयबस्तु,
न त शुरुवात छ, न त अन्त्य नैं,...."

beautiful...

 
Posted on 10-01-10 4:37 PM     [Snapshot: 550]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीको कथा-बेथा जेभने पनि काइदाको लेखाइलाई शादुबाद !! पद्ने हामी छौ अरु पनि पस्कौ पस्कौ
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters