भाग १ बाट अगाडि.............................................
नाकको फुलि फुकालेकि रहिछन् । उनि बानेश्वरको nds छिर्ने बित्तिकै मैले उनको नाक notice
गरि हाले । चिन्न
गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे ।
‘भएन’ उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने
। मैले मेरो अधुरो काम सम्झिहालें ।
‘कफि लिने?’
‘होइन, म त चिया लिन्छु ।‘ उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा
अडिग भए ।
मैले उनलाई जसरि हेरको थिए, वेटरले मलाई त्यसरि नै ।
‘अरु पछि भनौला’ यति भनेपछि मात्र वेटर गयो ।
केटा र केटि पहिले भेटने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर
कुरा मैले नै राखेको थिंए ।
केटि B Sc को exam दिएर बसेकि । बिराटनगर कि केटि । सापकोटा, उपाध्याय बाहुन । आमाले को
साइनो बाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले भन्नु भएको ।
कान्छी छोरी, दिदीहरु भन्दा राम्री ।
पुड्कि नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडि त मिल्छ
। मैले मन मनै गुने ।
‘अनि फुर्सद मा के गर्दै हुनुहुन्छ?’ ५ मिनेट सोचेर मैले प्रश्न सोधें
।
‘buffalo को metabolism को बारेमा एउटा paper follow गर्दै छु ।“ मेरो
उडेको प्रश्नलाई उनले discrete उत्तर दिइन् ।
मैले abstract expression देखांए ।
केटि कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।
‘carrier को main turning point मा बिबाह सोच्नु भएको?’ मैले पनि वजनदार प्रश्न
फालें ।
उनि एकछिन सोच्न थालिन् । मलाई कता कता खुसि लाग्यो । राम्रो प्रश्न
गर्न सफल भएकोमा ।
कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला
वेटर आइपुग्यो ।
‘केहि order गर्नु न ल’ उनले मेनु मतिर फर्काइन् ।
‘दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।‘ अर्डर गरेपछि आफैलाई गालि
गरे ।
बानेश्वरको nds को रोल एकदम झुर हुन्छ ।
‘एउटा चांहि भेज गर्नु ल’ उनले यस पटक पनि order change गरिन् ।
‘चिकेन मिठो लाग्दैन?’ मैले केहि नसोचि, केटा साथिलाई जस्तो प्रश्न
गरें ।
‘im vegetarian’
‘एएएऽऽऽऽ‘ मलाई नराम्रो पनि लागेन । मेरो reaction neutral थियो ।
उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबल मा थियो । टिस्सि पेपर झिकेर
हातमा लिइन् ।
‘म master’s लाई apply गर्दै छु, Australia,
यो session मा’ ।
‘अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदी हरुको बिहे भएसक्यो ।
घरमा मेरो मात्र बाकि, ममि बाबा को मन पनि राखिदिनु पर्यो । फेरि पछि आफुलाई पनि
ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।‘
उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन
।
‘युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । ADB को scholarship पाएको छु । त्यसैले राम्रो छ chance
। Australia मा dependent
ले काम गर्न पाउँछन । so, technical line
को partner भयो भने सजिलो
हुन्छ भनेर, हजुर संग कुरा चलेको हो ।‘
‘अनि पढाइ पछि , के गर्ने ?’ मैले एकै चोटि अन्तिम प्रश्न सोधें ।
‘clearly भनौं है । अब यत्रो try गरेर पढेर फेरि यहि नेपालमा struggle
गर्ने त आंउदिन ।
बरु retired life मा आंउला । this is
my plan and vision of life, त्यहि हो । ‘ आंखी भौं उठाउँदै उनले आफ्ना बिचार राखिन् ।
‘भनेपछि कहिले को session लाई try गरेको?’
‘२ महिना मा session शुरु हुन्छ । भ्यायो भने यहि महिनामा, नत्र document
बनाउन ढिला हुन्छ ।‘
कफि हिउं चुलि भएको थियो । म पनि सोचमा हराए ।
मेरो Pulchowk मा मास्टर्स सकिन अझै एक बर्ष बाकिं । गए पनि मैले us को सोचेको हो । Australia को त मैले सोचेको नै छैन । यि त तपसिलका कुरा,
मलाई सबै भन्दा गाह्रो र अफ्ठ्यारो लागेको को कुरा त “आफु qualified भएर, स्वास्निको dependent भएर Australia जानु, भात पकाउन ??” मलाई
मेरो दिमाग मा गढेको पारम्परिक पौरुषता को आडम्बर र रुढिबादि सामाजिक सोचले
तर्सायो, उकास्यो ।
कता कता आफैमा डुबेको थिंए । कुन त nd’s को नमिठो चिकेन रोल त्यहि माथि चिसिएको ।
‘तपाईं को के छ plan?’ उनको पालो थियो सोध्ने ।
म असमन्जस्यमा परें ।
‘म सोच्दै छु ।‘ मैले साँचो उत्तर दिएं ।
‘अफ्ठ्यारो नमानि भने हुन्छ ।‘
उनको नाकमा टोमेटो सस लागेको
रहेछ । उनकै हात बाट टिस्सि पेपर लिएर मैले पुछिंदिए । उनि शर्मिलो मुस्काइन् ।
‘फेरि कफि खाँउ है’ भनेर मैले एउटा black coffee र एउटा milk
tea मगाएं । उनले होइन,
दुइ वटै black coffee भनिन् । म हासें । उनि पनि ।
कफि आयो, लामो सास लिएर मैले सुरु गरे ।
‘I don’t want to break my study right now. अब शुरु गरि सके । बिचमा म छोड्न सक्दिन । अनि
मैले त्यस्तो permanently abroad जाने plan गरेको छैन । I have to be with my parents’
लप्पन-छप्पन excuses नगरि मैले सिधा शब्दमा मेरो व्यवहार र
वास्तविकता राखें ।
‘you are a good person’ उनि कफि खादै हांसिन् । नाक मा केहि लागेको थिएन
र पनि नाक पुछिरहेकि थिईन् ।
चिनि पुगेनछ । एक चम्चा थपिन् । मैले पनि मेरो कप अगाडि बढाए । उनले
मेरो मा पनि हालि दिइन् र चिनि घोलिन् ।
‘sorry, मैले हजुरको कफि जुठो गरिदिए’ उनले भनिन् ।
‘अव मीठो हुन्छ होला’ म हांसे ।
केहि बात पछि उनले नै भनिन् । ‘ अफ्ठ्यारो मान्नु पर्दैन. We have our own paths of life. Our paths are different
so leave this issue. Take it easy. I can handle my parents’
उनि English बोल्दा बढि comfortable थिइन् । उनको कुरा ले मलाई पनि सजिलो भयो
। नत्र आमा बुआ लाई कुरा वुझाउन गाह्रो हुन्थ्यो ।
मेरा साथि हरु म भन्दा राम्रा छन नि, म हजुर को बारेमा कुरा गर्छु ‘
बाकि रहेको एक मात्र finger chips मा धेरै सस दलेर उनले मीठो मानि मानि खाइन् । म
हासें ।
‘मेरा पनि batch mate हरु छन Australia म भन्दा पनि good persons हरु । ill
provide their id to you.’
हामी दुबै जना मरि मरि हास्यौं ।
उनले डायरि निकालेर मेरो email id मागिन् ।
मैले सकेसम्म राम्रो अक्षरमा लेखें
meaninglessthinkings@somewhereondearth
---------------------------------------------------------------------------------------------
अरु कुरा अर्को पटक ।