[VIEWED 35973
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-21-07 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हरे आज पनि सातै बजेछ, अध्यारै भैसकेछ"--थकित स्वोरमा आफैलाई समय को ज्ञान दिदै घरको ढोका खोले। झ्याल ढोका दिनभर बन्द भएर गुम्सियको घर, बत्ती बाल्दै भित्र छिरेँ र सिद्दै आफ्नु सुत्ने कोठातिर लागेँ। बिहान उठ्ने बित्तिकै काममा हिडेको ओछ्यान् पनि जस्ताको त्यस्तै दिक्क मान्दै पहिले ओछ्यान् नै मिलाएँ। "फेरि खाना बनायो, खायो, सुत्यो अनि बिहन त्यहि काममा दौड्यो, क्या गधा को जस्तो जिन्दगी बाँच्याछ" --आफै सँग गन्थन गर्न थालेँ सायद धेरैनै थाकेको भएर होला। पढाइ सिद्दिने बित्तिकै भनेको जस्तो काम पाएँ, काम ले गर्दा सर्नु पर्यो, आफ्नु मिल्ने साथिहरु आ-आफ्ना कर्मको खोजि मा निस्के, हत्तपत्त कोहि नचिनेको राख्न पनि मन लागेन त्यसैले आफु एक्लै बस्थे र बिस्तारै त्यो एक्लोपन नै प्रिय हुन थालिसक्याथ्यो। केहि खानु पर्यो भनेर फ्रीज खोलेको मात्रै के थिएँ, फोन आयो, आमा को रैछ नेपाल बाट। म अचम्म परेँ, त्यो समयमा त्यसरि आउदा डर पनि लाग्यो, मेरो पहिलो प्रश्न नै थ्यो--"घरमा सबैलाइ सन्चै छ?", आमाले सकुसल छौं भन्ने आश्वाशन दिनु भो अनि कुरा गर्ने क्रममा भनु भो--"छोरी सत्याल अन्कल र आन्टी आउन लाग्नु भएको छ अर्को हप्ता, तिमी कहाँ तिन दिन बस्नु हुन्छ", "को सत्याल अन्कल र आन्टी, हाम्रो छिमेकि?"--मैले कुरा बुझ्ने कोसिश गरेँ,
"हो हो उहाँहरुनै, छोराको ग्र्याजुएसन छ रे"--आमाले बुझाउनु भयो,
"अनि किन बस्ने त म कहाँ"--मुख बाट झर्को पन् चुइहाल्यो,
"मैले बस्नु भनेको भएर, उहाँहरुको छोरा तिमी भन्दा चार घन्टा टाढा बस्छ रे, मैले नै दुइ चार् दिन छोरीकाँ गएर बस्नु, उस्लाइ हामी गए जत्तिनै हुन्छ भनेकि भएर हो, त्यहि पनि मान्छे घरमा आएको त राम्रै हो नि छोरी"--आमाले मैले झर्को मानेको बुझेर मलाइ सम्झाउने प्रयाश गर्नु भयो। अतिथि सत्कार को पाठ पढाउने घरमा जन्मेर पनि आज कोहि आउने भन्दा यस्तो झर्को पन, आफै झस्केँ। आमा सँग उहाँहरु आउने समय लिएर कुरा टुङाए।
मनमा अनेकौ प्रस्नहरु खेल्न थाले। जहिले आफ्नु एक सुर गरिरा बानि, फेरि कसैलाइ दिने समय पनि थिएन आफु सँग, हप्ता को मध्यमा आउन लाग्नु भएको रहिछ, दिनभरि आफु काममा हुन्छु, बिहान निस्केपछि घर फर्किदा अँध्यारो नै हुन्छ। अब दिनभरि घरमा थुनिदा कति नरमाइलो लाग्ने होला, यस्तै कुराहरुको चिन्तन मनन गर्न थालेँ। "ओहो तन्ना र सिरक धरि धुनु पर्ने छ, क्लजेट मा राखेको धेरै भयो, काठको नै गन्द आइसक्यो होला"--चिन्ता थपिदै थ्यो,
"ह्या किन आउन लागेका होलान मै कहाँ, मैले राम्रो सँग चिनेको पनि छैन, हुन त बाबा आमाहरु सँग मिलेर बस्या हो क्या रे, आमाले नै भनेर आउन लागेका हुन्"--आफैसँग प्रस्न राख्दै फेरि थम्थमाउन थालेँ।
आउने दिन काममा पनि मन लागेन। एउटा नियमित जिन्दगि बिताइरहेको बानि, फेरि आफ्नै तालमा हिडिरहेको, के के कुराहरु सोध्ने होला, कति नाटिकुटि चाहिने होला, सबै कुराहरु सम्झेर टाउको त्यहि दुईटुक्रा पो हुने हो कि जस्तो भो। सन्चो नभएको बाहना बनाएर छिट्टै निस्के कामबाट। घर गएँ खाना पकाएँ, अलि अलि घर सफा गरेँ अनि लिन गएँ बिमान्स्थलमा। उहाँहरु भनेको समय मा नै आइपुग्नु भो र मलाइ देख्ने बित्तिकै एक प्रकार को हर्ष र आनन्दको मिश्रित अनुहार् लगाउदै भन्नु भो--"छोरी तिमी त समयमा नै आइपुगिछौ, हामीले त एक्छिन् कुर्नु पर्छ होला भन्ने सोचिरा", " होइन आन्टी म काम बाट छिट्टो नै निस्केकि थेँ आज" --आन्टी को अनुहारमा हेर्दै भनेँ।
घर पुग्यौँ, उहाँहरु थाकेर आउनु भएको थ्यो, मैले टेबलमा खानाहरु तयार बनाएर राखेकि थेँ, समयको अभाब ले गर्दा धेरै केहि थेन तर पनि दुबैले अचम्म मानेर भन्नु भो--" छोरी कति धेरै पकाएकि किन यती दु:ख गर्नु पर्थ्यो र?", "आन्टी आज मैले त्यस्तो धेरै केही बनाइन, हतार मा बनाएको कस्तो पो भयो"--खाना तिर् हेर्दै भने। उहाँहरुले खुब तारिफ गरेर खानु भयो, खाना को मिठास भन्दा पनि मेरो परिश्रमको ताली बजाउनु भयो। मनमनै सोचेँ आज सम्म कतिलाई घरमा ख्वाएँ होला, कती चोटि आफ्नु घरमा भेला हुँदा पकाएँहोला तर यती खुशीका साथ मेरो स्वागत कस्ले नै आप्नाएका थे होलान् र? खाउन्जेल हास्यो, भए नभएका कुरा गर्यो, जो अगाडि छैन त्यस्को खेदो खन्यो, अनी आ-आफ्ना घर तिर लाग्यो, यही नै थ्यो यहाँ को जिन्दगी। खानपान को काम सिद्दिएपछि आन्टी र अन्कललाइ मैले सुत्ने बस्दोबस्त गरिदिएँ र आफ्नु पनि बिहन छिटो उठ्नु पर्छ काम जान भनेर सुत्ने तर्खर्मा लागेँ।
भोली पल्ट बिहान सधैं झैँ कामा जाने तयारीमा कोठाबाट बाहिर निस्के, हेर्छु त आन्टीले पहिले नै चिया बनाएर मलाई कुरिरनु भएको रहिछ। "लौ आन्टी किन यती छिटो उठ्नु भएको, चिया बनाउनै पर्दैन थ्यो म काममा नै कफी पिउथे"--अचम्म मान्दै भने, "हैन छोरी हाम्रो छिटो नै उठ्ने बानि छ फेरी तिमी गैहाल्नु पर्छ भनेर पहिले चिया नै बनाएँ, अरु के खान्थ्यौ थाहा भएन" -- अनुहारमा केही दु:ख मनाउ नदेखाएर आन्टी ले भन्नु भयो। चिया मग मा खनाएर आन्टिलाई मिल्यो भने बेलुकी चाँडै आउछु भन्ने आश्वासन दिदै घर बाट निस्केँ। बाटो भरि नै उहाँहरुलाइ नै सम्झिरहेँ। अब के गरेर बस्नुहुन्छ होला दिनभरि भनेर माया पनि लाग्यो। काममा पुगेँ, उहि पेलान, हेर्दाहेर्दै छ नै बजेछ। घर फर्के, ढोका खोल्दा त उज्यालो घर, कोठा मिलाएर चिटिक्क पारेको, खानाहरु पकाएर डाइनिङ् टेबलमा राखेको, अचम्म परेँ, आफ्नु घर नै होइन जस्तो। "आन्टी हजुरहरुलाइ नरमाइलो भो होला है आज? म छिटो निस्किन पनि मिलेन"--अप्ठ्यारो मान्दै आन्टीको मुखमा हेर्दै भने। " होइन छोरी हामी बुढा बुढी त्यतिक्कै गफ गरेर बस्यौँ, फिलिम रहिछ त्यो हेर्यौ, रमाइलो भैहाल्योनि"--सायद मैले आप्ठ्यारो मानेको आन्टीले थाहा पाउनु भयो होला। लुगा फेरेर आउछु भनेर आफ्नु कोठामा गएँ, ओछ्यान् मिलाएर राखेको, अलिकति ज्याल खोलिदिएको जस्ले गर्दा कोठामा सुस्तरि चियो हावा छिरेको, बर्षौ पछि आमाले आफ्नु कोठा मिलाएर राखिदिने गरेको याद आयो। थकित ज्यान आमा सम्झे।
कोठाबाट बाहिर निस्के, दुइटा सिसिमा गुलियो लप्सिको अचार देखेर थाहा पाएँ आन्टीले मेरै लागि भनेर नेपाल देखि लेराइदिनु भएको रहिछ मलाइ एक्दम् मन पर्ने भएर, कसैले मन देखि सम्झेर मेरै लागि भनेर लेराइदिएको खुशिको सिमानानै थिएन। खाना खायौँ अनि आन्टी सँग एक्छिन् कुरा गरेर बसेँ। उहाँहरुले मेरो कुराहरुको त्यस्तो खोजिनिति केहि गर्नु भएन खालि सम्झौनु भयो--"छोरी बाबाले कस्तो गर्भ गर्नु हुन्छ तिम्रो प्रगतिको, तिमी अझ पढ्दै रहिछौ आफ्नु लक्ष्य चैँ पुरा गर्नु पर्छ, मान्छेहरु कति बिचमानै बिग्रेको देखेकि छु" म उहाँको आखामा हेरिरहेँ, आमाको याद आयो अनि झर्सङ भए। मेरो उहाँहरु प्रतिको सोचाइ कति गलत रहेछ त्यो म बाहेक अरुले के नै अनुमान् लगाउन सक्थ्यो होला र? आन्टीले बाबा, आमा अनि भाईको खबर् सुनाउनु भो, म ति द्रिश्यहरुको कल्पना गरिरहेँ र आफु उहाहरुकै बिचमा भएको पाएँ। आन्टीले मलाइ सुम्सुमाउदै भन्नु भयो--"छोरी तिमीलाइ कति भ्यैनभ्यै रहिछ, आफ्नु खाना को चैँ खयाल राख्नु पर्छ है बा, शरिर भन्दा ठुलो केहि छैन"--उहाँ को शब्दहरुमा कति निस्वार्थ माया लुकेका थे, लाग्यो त्यो भावनाहरुलाइ समेटेर कतै जोगाएर राखौँ। धेरै पछि घर् परिवार सगँ बसेको अनुभब भो। यहाँ को एक्लो जिवनले आफुलाइ कति स्वर्थि बनाएको रहिछ, उहाँहरु त्यस्तो आफ्नु मानेर आउनु भएको रहिछ, मैले त्यस्लाइ बोझ माने। आफ्नु एक्लोपनमा हराउदा हराउदा आज परिवार् को मान्यता नै बिलिन भैसकेछ। कोहि घर्मा आउने भन्दा दिक्क लाग्ने भएछ आफु बद्लिएको बल्ल थाहा पाएँ। तेस्रो दिन काम बाट छिटो नै निस्के, उहाँहरु लाइ नजिकै सहर घुमाइदिए, एउटा देशिको होटेलमा खाना ख्वाएँ अनि घर फर्क्यौ। थाकेर चुर् भएका थियौ, फेरि बिहान उहाँहरुको छोरा लिन आउने त्यसैले सुत्ने तर्खर् भैहाल्यो।
भोलि पल्ट बिहान उठेँ, आन्टीको हात को चिया खाएँ अनि उहाँलाइ बाहिर साचो लुकाउने ठाउँ देखाइदिएँ। आन्टी आखाँ भरि आशुं गरेर भन्नु भयो--" छोरी तिमी राम्रो सँग बस, बाबा आमाको पिर नगर, हामी छदैछौनि केहि पर्यो भने गर्न, ", घरबाट निस्किदा मन् खिन्न भैरह्यो। दिनभरि नै नरमाइलो लागिरह्यो। मानमा एउटा सन्नटा ले बास लिराथ्यो, बर्षौ पछि बिउझे जस्तो, केहि नपुगेको जस्तो--
कस्तो सन्सार मा बाचिरहेको रैछु, सबै देखावोटि पाउदा पाउदा साचोँ माया नै बिर्सिसकेछु -- आफ्नु लक्ष्यको खोजिमा हिड्दा हिड्दा माया मोहको बन्दन बाट धेरै टाढा, म र केबल म मा पुरिसकेको-- न कसैको आश न कुनै त्राश-- कस्तो जिन्दागी? कसैको निस्वर्थ मायामा पनि सन्कोच--घरबाट निस्किदा कस्तो थिएँ?--दिन्भरी आफ्नु बद्लिएको भाव, देखावोटि समाज र मान्छेहरुको भिँडमा एक्लो र निरश जिन्दगीलाइ केलाइरहेँ र आफै सँग प्रश्न राखेँ--"के म मात्रै यस्तो हो? पक्कै पनि म जस्ता करोडौ छन होलान यो भिडमा हराइरहेको"--यस्तै कुराहरु सम्झे र कर्म क्षेत्रबाट निस्के--बाटा भरि आश लागिरह्यो--मेरो घर हिजोको जस्तै होस--घर जस्तो
"चाहेको जस्तो हुने भए, सोचेको जस्तो पाउने भए मान्छे किन दुखि हुन्थ्यो र?"---आफैलै थम्थमाउदै ढोका खोले--त्यहि अध्यारो घर गुम्सिएका कोठा---
Last edited: 21-Dec-07 10:40 PM
|
|
|
|
bikash kc
Please log in to subscribe to bikash kc's postings.
Posted on 12-21-07 10:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau ayo ayo
k ho cat mouse game jasto kaile yeta kaile utaa
anyway aba padera comment lekhumla
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-21-07 10:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका,
अर्को मन छुने कथा। शब्दहरुमा यहाको जिबन को एक्लोपन को मार्मिक बर्णन झल्किन्छ। कता कता आफ्नै कथा जस्तो लाग्यो। तपाइ को लेख्ने शैली सरल तर एकदम राम्रो छ। लेख्ने क्रम लाइ क्रिपया निरन्तरता दिनु होला।
Thank you very much for posting the story again.
|
|
|
Nepal Premi
Please log in to subscribe to Nepal Premi's postings.
Posted on 12-21-07 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika ji, Yes again, the most interesting part I liked is the true reality of your story. There are many people living as like your life and you expressed the feelings of all those in a better way. Developing your sentences more beautifully in the body part would add more attraction to the readers. Still, felt very good. Keep it up!
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-21-07 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika ji, kya rmaro lekhnu bhako.. I'm so impressed with your writing style. In fact, almost the same thing happened with me also, totally unpredictable that what I had presumed.You're an excellent writer! aba arko pani chittai padhna paaun..
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-21-07 10:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपीकाजी,
अब म चै चुप चाप पढ्छु मात्रै । केहि भन्दिन हउरको रिस त मेरो भन्दा नि कडा रहेछ
अघि मैले लेखेको कुरो बिर्से:) सच्चि के लेखेकिम रे अघि मैले ?
जेहोस मलाई निकै मनपर्यो यो पनि। हो नि त बाबा आमा को माया र संझना त उत्तिकै हुने रहेछ मलाई पनि यो ठाउँ मा सबै पुगेर पनि बाबाआमाको साझ बिहानको रेख देख र माया निकै खट्किन्छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 12-21-07 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जव प्रत्यक बिहानि म ब्युझन्छु र मेरो घाममा ट्याम्केको सितल पवन मिसिएको हुदैन, त म आफुलाइ उसै उसै सुस्काएको पाउँछु।
जव प्रत्यक बिहानि म ब्युझन्छु र मेरो चुलोमा मेरि आमाको अधर झुल्किएको हुदैन, त म आफुलाइ उसै उसै निस्ताएको पाउछु।
जिवन को यो सास्वत दर्दले जो कोहि भरिएको छ र दिपिक ले तेस्लाइ सुन्दर सब्दहरुमा पस्किएर सबैलाइ भाबुक बनाइदिनु भएको छ।
यो त्यो यथार्थ हो, जस्ले प्रत्यक् परदेशिलाइ पिरोलिरहन्छ र दिपिकाले तेस्लाइ सुन्दर अभिब्यक्तिहरुमा पस्किएर हाम्रो आजको दिनलाइ सफल बनाइदिनु भएको छ।
|
|
|
alwaysme
Please log in to subscribe to alwaysme's postings.
Posted on 12-21-07 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Brought tears into my eyes, and mom's sleeping in the next room. Soon, I'll be by myself again. Have been a silent admirer of many elegant postings on sajha for years now, but couldn't resist to a drop a few words on this one. मुटु नै छोयो!!!!
|
|
|
Psychosit
Please log in to subscribe to Psychosit's postings.
Posted on 12-22-07 12:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hey Dipika what's going on dear....it seems like your writing skills are getting better each day....If I were you, I would check the comments every 10 minutes as you are getting so popular with lot of comments within few minutes of the post...so, Dipika I kindly request you to be more active with your replies..I guess an Iphone or something wireless that alerts you of your email notifications would help in this matter....yeah I understand it's a friday night and even the writers and philosophers do like to party but still you should not foget that you are the future star so keep inspiring ownself through all these comments.....keep it up Dipika..now I have an eye on your every step..so it should be a masterpiece everytime you post a new one....being a writer myself I always try to learn from other writers...
I am learning few of your styles so in the days to come you might see some articles from me with a obeisance "inspired from Dipika"...so just be prepared for that..hope you won't mind if I write your name besides mine.....??
All the best Dipika...keep shinning like your name and let the whole reading community shine with you....
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-22-07 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow psychosit, good job man..
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 12-22-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika,
Another awesome piece, again simple but true and honest.
You know everybody is lonely here because of the stress and self-interest I guess. People can be like me who love to be around people and take things easily but still feel lonely sometimes, or they can be like you, responsible, charming and career oriented but still feel lonely sometimes. I found myself hidden somewhere in your story. Very nicely presented. Like other readers, I always love to read your honest and true stories. Please keep on writing.
ka.le.jo
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-22-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hey Dipika,
Enjoyed it again. arko choti ali duklaipan ko pani lekha na yar.
kati eklo life ko blog padhne bhanya. aba ta ramailo khalko pani padhuna hai dipika.
ur wellwishere,
CL
|
|
|
SateLite
Please log in to subscribe to SateLite's postings.
Posted on 12-22-07 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika02 ji ....this is my story too...
yo ta mero pani katha ho.....same ustai awastha rahecha...k garnu..
samjhada ghari ghari dikka lagcha...sabai chadera ghara farkim ki bhanne lagne tara tyo pani nahune...
ghara gayera bihe garnu pareo babu bhanera sadhai aama ko gan gan sunnu bhanda....yehi thik pani bhanchu ma ta.....
nice pcs of writing art....
keep ur spirit high...n ..dont feel alone....we are with u
Thanks
SateLite
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 12-22-07 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oh dipika what a wonderful piece -- writing each and every word frm your heart makes your stories always special.
keepem flowing .....
pjna
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-22-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिकास ज्यु--- सच्चिकै जिस्काएको जस्तो पो भयो
Nepal ko chora--I always respect your thoughts for me. Thank you so much for the inspiration. I love to read your poems and stories too and I always wish to read more.
Nepal Premi jyu--Thank you for the support. From next time I will try to pay more attention on the body part too. Thank you so much for being honest.
kancha jyu--- Thank you for your support.
miss_me--Sis, I know how supportive you are and thank you so much for your help. I always respect that.
सुन्तले ज्यू,---हजुर को शब्दहरुले मेरो कथा को शोभा धेरैनै बढेको पाएँ, हजुरहरुकै प्रेरणा को नतिजा हो यो। धन्यवाद
alwaysme jyu---Sorry for making you emotional. I think this is a common story. Thank you so much for your time and comments.
Psychosit--Thank you for such moral boosting comments.
kalejo--Thank you for your kind words though I am not sure if it applies to me or not.
crazy--Sorry friend, I will try to come up with something exciting next time. Thank you
sate jyu---Thank you for the support. हजुरहरु जस्तो पाठकहरु हुँदाहुँदै पनि एक्लोमहशुस गर्ने त कुरै छैन नि।
pjna--Thanks friend, I love to read your stories too. Ashmita is going so well, please keep on writing and give us an opportunity to read more.
I know I owe my apology to parbatya jyu and IMI jyu. I am sorry I deleted that thread and your comments are gone.
parbatya jyu---I still remember your comments. I must pay my gratitude for that. Thank you so much
IMI jyu---I don't hesitate to say that the reason I deleted that thread was because of your comments. I was not mad at all otherwise I would not be posting this again. I felt bad because I realized that I dragged the readers to the opposite direction. I was trying to show that we feel lonely sometimes due to this nerve-racking life of work and studies and forget the importance of family. but I guess my words were not strong enough to prove that.
Thank you!!!!
Dipika
P.S This time only 50% is my story, remaining 50% is one of my cousins.
Last edited: 22-Dec-07 12:13 PM
Last edited: 22-Dec-07 12:15 PM
Last edited: 22-Dec-07 01:21 PM
Last edited: 22-Dec-07 03:56 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-22-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika jee I read again despite your deletion of my instant posting . I had read it at first and i was funny to write summary and some comment. But I didn't know what happened. Thank you for repost. Anyway it is really touchy for person feeling loneliness in this developed and self centered world.
|
|
|
Antagonist
Please log in to subscribe to Antagonist's postings.
Posted on 12-22-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा ठिकै हो।एक्दमै राम्रो हो भनेर झुत्तो पनि भन्न मिल्दैन। USA मा बसेको सबै नेपाली हरुको एउता कथा मात्र हो। मन्छु लेखिका ले अर्कै राम्रो स्टाईल म लेख्नु भयो तर तेती सरहै पनि राम्रो छैन कि लेखिका लाई अरु केटाहरु ले अर्को थ्रेड म बेस्ट writer अफ साझा भनेर nominate गर्न मिल्दैन। येस्तो स्टोरी त म हरेक् राती लेक्छु मेरो diary मा । लेखिका जि हजुर् को स्टोरी बाट थाहा हुन्छ हजुर् येक्दमै अल्छि कहिले रूम् सफा नगरने र फोरी केति हुनुहुन्च छोरी मान्छे भएर अली सफा बस्ने गर्नुस्।माफ गर्नुस् मलाई तपाईंको जिन्दगीको बारेमा केही चसो त छैन तर तपाईंको कथा पढेर मलाई एस्तो फीलिङ आयो। तपाईंलाई एस्तो एक्लोपन महसुस भको छ भने भोलिको टिकेट कातेर नेपाल जानुस् साझा दत कम मा आएर एस्तो वैयात टि.भी सेरिअल जस्तो कथा पोस्ट गर्नु भन्दा। अनी यहाँ को बोका हरु ,just because she is female writer, all guys are trying to impress her with writing flowering language hahha..कोही कोही ले त आज inspired by Deepika लेख्छु रे hahaha। माफ गर्नुस् लेखिका जि मलाई त तपाईंको कथा पढेर यस्तै लग्यो।बरु पहिला तपाईंले लेख्नु भाको कथा हरु राम्रो थियो। अशा छ अर्को पल्ट एस्तो स्टोरी साझा दत कम मा लेख्नु हुन्न भनेर।धन्यबाद
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-22-07 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Antagonist, all stories do not necessarily ought to be the best one. We should learn to respect each minute that each Sajha writer has devoted to Sajaha.com out of their busy schedule. You're right most of these stories in Sajha are based on real life, however the way of writing matters the most. We all definitely don't have the same skill and talent of writing as these Sajha writers have. Deepika ji is truly one of the amazing girls who's been able to contribute her time in Sajaha continously with her fabulous stories..
Last edited: 22-Dec-07 12:40 PM
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 12-22-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Antagonist,
Stop being a jerk and learn to respect other’s work. May be in your point of view she is not a good writer but you cannot presumed that people are appreciating because she is a female writer. Didn’t you see she was trying to generalize the situation? She already said this is not 100% her story, can’t you use your brain before blaming on anybody’s daughter. How can you say she is lazy hey man if you find a girl like Dipika who knows so well to carry herself, come and talk to me, I can give you my address. You don’t even know about her so better keep you mouth shut rather than talking this nonsense. She is not mentioning her loneliness she is talking about the stressful life of us where sometimes we forget about the importance of family. So, if you are a responsible person I guess this will be enough for you.
kalejo
|
|
|
Psychosit
Please log in to subscribe to Psychosit's postings.
Posted on 12-22-07 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
As your name suggests your nature you got a perfect sajha ID Mr. Antagonist. It seems like you have been antagonist for all your life and may be more when you went abroad....I am psychosit just because I have psycho feelings for all the shits like you who never appreciates other's work and keep on blaming....
It needs guts to expose own's feeling into words so if you got some guts put some of your articles so we can decide who is better.....all the best antagonist...try and learn to appreciate others like kalejo and rest of the commenters in this thread....
Last edited: 22-Dec-07 01:01 PM
|
|