[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 121047 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-10-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिङ् देखे'छि गीत् गाउन मन् लग्यो! :p

दशै आयो
खाउला पिउला
कहा पाउला ?
चोरि ल्याउला
धत् पापि म त परै बसौला! :D

धन्यबाद् नमे नया चौतारी बनाएको मा !
तर किन नाम् चै महोत्सब् नै राखेको?!
 
Posted on 09-10-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् नमे नयाँ चौतारिको लागि!
यसपाली पनि गोताएँ भन्दा म नै पहिला भएछु नयाँ चौतारिमा धन्यवाद् दिने!
आज कताबाट तितौरीले उछिनिछिन :)
 
Posted on 09-10-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद तितौरी र बिर्खे ।
चौतारी २६ मात्रै हुनुपर्ने मा महोत्सब पनि जोडिएछ । त्यसको लागि क्षमा चाहान्छु ।
 
Posted on 09-10-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सबैलाई!

राम्रो छ नमे चाईञ्जो बहुत राम्रो छ! धन्यबाद! यो चौतारी बहुत रमाईलो लाग्छ, कहिलेकाहीँ पुराना अंकहरु पढ्दा असाध्यै हाँसो उठ्छ।

अनि जिम्माल! यस्तै हो आजभोलिका ठिटा-ठिटीलाई तिमी-हामीजस्ता हड्डी मक्किन थालेकाले उछिन्ने भन्या कुरो पनि! सकिन्न जिम्माल, सकिन्न! मैले त त्यै भ'र कुद्नै छोड्द्या छु अचेल।
 
Posted on 09-10-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भनेओ गोताएँ, अब चाइन्जो दौडे नै पनि यो घुँडाले साथ देला अस्तो लाउदैन मलाई।
बरु यसो हँसि मजाक अर्न सम्म सकिया छ यसैमा चित्त बुझाउनु परो क्यार्नु।
बरु हँसिमजाकको कुरो अर्दा एउडा कुरा सम्झेँ हाम्रा नेपाली साहित्यका एकजना हँसिमजाकका कुराहरु लेख्ने साहित्यकारको नीधन भएछ। वासुदेब शर्मा लुइँटेलजीको (भुतको भिनाजु)! वहाँको आत्माले शान्ति पाओस!
 
Posted on 09-10-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हार्दिक श्रध्दाञ्जली उहाँलाई।

बरु यो नेपाललाई के भएको हो कुन्नि, मर्न नपर्नी भटाभट मरिरहेका छन्, अहिले तुरुन्तै मरे पनि कोहि नरुने चोर नेता, घुस्याहा हाकिम र गामठामका ठूला-ठालू भने मर्ने नामै लिँदैनन! ती त झन् झन् चिल्ला र राता-पीरा भएका छन्। अचेल यो मेरो काँचो गिदी फेरि छड्किन थाल्या छ बुझ्यौ जिम्माल? नेपालका काला दिन सकिया रैनचन्। अझ काला दिन आऊँदैछन् जस्तो छ। हाम्रा पुस्ताले पनि सुखी नेपाल नदेखी मर्न पर्ला भन्ने पिर पो बढेको छ गाँठे मेरा मनमा!
 
Posted on 09-10-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै छ के भन्नु!

साढे दुई करोड भेडाहरुको केहि सय गोठाला
आलोपालो ड्युटि फेर्छन यहि छ साथि चाला!

 
Posted on 09-11-06 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दादा

हिजो मात्रै दादाको इ मेल पाएको थिए, न्यू योर्क जाँदै हुनुहुन्छ रे, एउटा कन्फ्रेन्समा भाग लिन । दुई तीन महिना पछि फुर्सद मिलाएर नेपाल आउने रे । दादा - मलाई संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे मेरो 'रोल मोडेल', मेरो ठुल्दाइ । दीपा दिदिलाई पनि मेल पठाउनुभएको छ रे । दीपा दिदी - मेरो दादाको सबैभन्दा मिल्ने साथी । दीपा दिदीको बाबा र मेरो बाबा क्याम्पसको जमाना देखिको साथीहरु, एउटै टीम बाट भलिबल खेल्नु हुन्थ्यो रे । अहिले उहाँहरुको अफीस छुट्टा-छुट्टै भए पनि शनीबार र बिदाको दिन उहाँहरु धेरै जसो समय सँग-सँगै बिताउनु हुन्छ । हाम्रो एउटा सानो संसार छ, केही नातेदारहरु अनि केही पारीवारिक मित्रहरु । यसपाली दादा घर आउँदा दादा र दीपा दिदीको बिहे गरिदिने रे, इनगेजमेन्ट त पोहोर साल दादा दसैंमा घर आउँदा खेरी नै गरेको हो । अब त दीपा दिदीलाइ पनि भाउजु भन्नु पर्छ मैले तर कसरी भन्ने होला, सानै देखि दिदी भनि राखेको मान्छेलाइ भाउजु ? 'म तपाईंलाइ दिदी नै भन्छु है, भाउजु भन्दिन ' भन्दा दीपा दिदी भन्नु हुन्छ, 'हुँदैन अब त तिमीले मलाई भाउजु नै भन्नु पर्छ' ।

दादा म भन्दा पाँच बर्ष जेठो, हाम्रो स्कूल पनि फरक फरक थियो । मैले होस् सम्हाले देखि नै मेरो सबैभन्दा नजीक दादा नै हुनुहुन्छ । हाम्रो घरमा धेरै कोठाहरु भए पनि म र दादा एउटै कोठामा सुत्थ्यौं । दादाले मलाई होम-वर्क गर्न मद्दत गर्नु हुन्थ्यो, मलाइ धेरै नयाँ-नयाँ कुराहरु सिकाउनु हुन्थ्यो। मलाइ गितार बजाउन पनि दादाले नै सिकाउनु भएको हो। पहिलो चोटि 'देउराली उकाली चढेर बिजयपुर खोला तरेर........' भन्ने नेपली गीत र 'एक दो तीन.....' भन्ने हिन्दी गीतको नोटेसन हेरेर गितार बजाउन सक्ने हुँदा कति खुसी भएको थिए, छ क्लासमा पढ्थे म, त्यतिबेला। छुट्टीको दिनमा मेरो साथीहरुलाइ घरमा बोलाएर त्यहि गीतहरु बजाएर सुनाउँथे, दादाको गितारमा। पहिलो चोटि गीतार बजाउन सिक्दा औंलाको छाला खोस्रेर असाध्यै दुखेको थियो। तर दादाले 'हरेस खान हुन्न, बिस्तार-बिस्तारै बानी पर्छ' भनेर सम्झाउनु भएको थियो। दादाले मलाइ हरेस खान हुन्न भनेर सिकानु भएको कुरा अहिले पनि मनन गर्छु म। मलाइ साइकल, मोटर साइकल र गाडी चलाउन सिकाउने पनि दादा नै हुन्। हरेक् अर्थमा दादा नै मेरो पहिलो गुरु हुन्। पहिलो पल्ट साइकल चलाउन सिक्दा दादाले पछाडिबाट साइकल समाइदिनुहुन्थ्यो अनि म पाइडल चाल्थे। एकचोटि दादाले साइकल छोडिदिनु भएछ पछाडिबाट, मैले थाहा नपाउने गरेर। धेरै अगाडि सम्म मैले साइकल चलाएर लगेपछि उहाँले 'बाबु पछाडि हेर् त, मैले समाएको छैन, तैले आफैं चलाउन सक्ने भइस्' भन्दा पो हड्बडाएर साइकल समेत बाटो छेउको सिस्नो घारीम लडेको थिए। मलाइ चोट त लागेन तर सिस्नोले पोलेर धेरै बेरसम्म पोलिराखेको थियो। यो घटना सम्झिँदा हामीहरु पछिसम्म पनि धेरै बेरसम्म हाँस्थ्यौं। मैले साइकल चलाउन सक्ने भइ सकेपछि दादा र म टाढा-टाढासम्म साइकलमा सँगै जान्थ्यौं। मोटर साइकल चलाउन सिक्न मलाइ त्यति गार्हो भएन। गाडी चलाउन सिक्दा दादा र म दुइ घन्टा पुलिस चौकीमा बस्नु परेको कुरा सम्झेर पनि हामीहरु धेरै बेरसम्म हाँस्थ्यौं। दादाले मलाइ गाडी चलाउन सिकाउँदा मैले एकचोटि नगरपालिकाको ट्रयाक्टरलाइ पछाडिबाट ठोकाउन पुगेछु अनि त ट्राफिक केस भैहल्यो। दुइ घन्टा पछि बल्ल बाबा आएर हामीहरुलाइ छुटाएर लिएर जानु भयो। कति रमाइलो गर्थ्यौँ हामीहरु त्यति बेला।
 
Posted on 09-11-06 5:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सानो छँदा पकेट मनी पाउँदिन थें, ममीले नै स्कूलको लागि टिफिन प्याक गरेर पठाइ दिनु हुन्थ्यो, पाँच क्लासमा पढुन्जेलसम्म । त्यतिबेला मलाई चक्लेट खान मन लागे म दादासँग पैंसा माग्थें, कहिलेकाँही आँफै पनि चक्लेट किनेर ल्याइदिनुहुन्थ्यो । एक चोटि चोकमा एकजना खेलौना बेच्ने मान्छे आएको थियो । मलाई एउटा खेलौना असाध्यै मन परेको थियो, दुर्बिन जस्तो तर त्यसमा आँखाले नजीकबाट हेर्‍यो भने फिल्मका हिरो-हिरोइनको फोटो देखिने, पाँच रुपैयाँ रे त्यसको । मसँग पैसा थिएन, दादा पनि घरमा हुनुहुन्थेन्, ममीले त्यो फजूल कुराको लागि पैसा दिने कुरै भएन । हाम्रो घरमा एकजना पाहुना आउनु भएको थियो, मेरो अंकल, बाबाको मामाको छोरा । मैले अंकलले टेबुलमा राख्नु भएको मनी पर्सबाट खुसुक्क पाँच रुपैयाँ निकालेर मलाई मन परेको खेलौना किने । बेलुका दादाले खेलौना देखेर सोध्नु भयो,'कहाँबाट ल्याइस् बाबु यो खेलौना ?', म दादासँग कहिल्यै झुठो बोल्दिन्थे या शायद दादासँग म झुठो बोल्नै सक्दिनथें। दादाले मलाई राम्ररी सम्झाउनु भयो, यस्तो काम गर्नु हुँदैन भनेर र पाँच रुपैयाँ दिएर मलाई नै अंकलको मनी पर्समा राखेर आउ भन्नु भयो । हामी दुबैजना गएर अंकल कोठामा नभएको समयमा अंकलको मनी पर्समा पाँच रुपैयाँ रखेर आएका थियौँ । त्यतिबेला देखि म नसोधिकन कसैको पनि समान अथवा पैसा उठाउँदिन्, मेरो दादाले सिकाउनु भएको शिक्षा ।

दादा इन्जिनियरिङ्ग पढ्न ईन्डिया जानुभयो, बेङ्ग्लोर्, म स्कूल मैं पढ्थे । पहिलो चोटि दादासँग छुट्टीएको थिएं म, असाध्यै नरमाइलो लाग्यो केही दिन सम्म । बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, चिठ्ठी पनि पठाइरहनुहुन्थ्यो, इ मेल थिएन त्यतिबेला । छुट्टीमा दादा घर आउँदा कति धेरै समान लिएर आउनुहुन्थ्यो मेरो लागि, कति रमाइलो गर्थ्यौं त्यतिबेला हामीहरु । काठमाडौंमा भए भरका रेस्टुराँमा जान्थ्यौं, मोटर साइकलमा टाढा-टाढासम्म घुम्न जन्थ्यौं । दादा , दीपा दिदी र म धेरै चोटि आईसक्रीम खान गएका छौं । दादा र दीपा दिदी कतै घुम्न जाँदा धेरैजसो मलाई पनि सँगै लिएर जानु हुन्थ्यो । असाध्यै रमाइलो हुन्थ्यो त्यतिबेला । वास्तवमा मैले पहिलो चोटि बियर पिएको पनि दादासँग नै हो, दादाको एकजना साथीको बर्थडे पार्टिमा । दादाले भन्नु भएको थियो,'स्वाद सबै कुराको लिनुपर्छ तर यसैलाइ आदत बनाउनुहुँदैन' । अहिले पनि म कहिले काँही नपिइ नहुने ठाउँमा मात्रै ड्रीन्क गर्छु । छुट्टीमा घर आउँदखेरी नै हो दादाले मलाई गाडी चलाऊन सिकाउनु भएको पनि। दादाको छुट्टी सकिन-सकिन लाग्दा मलाई असाध्यै नरमाइलो लाग्थ्यो । दादा सँधै मसँगै बसिरहनु भए कति रमाइलो हुन्थ्यो । तर दादाले फर्किनु त पर्थ्यो नै । जानुभन्दा अगाडि दादाले मेरोलागि धेरै-धेरै कमिक्स्, लुगा अनि खेल्ने र खाने सामान किनिदिनु हुन्थ्यो ।

दादा पढाई सिद्ध्याएर ईन्डियाबाट फर्किनु भयो, म त्यतिबेला दस् क्लासमा पढ्थें । दादा काठमाडौं मै एउटा अफिसमा काम गर्न लाग्नुभयो । मलाई एस.एल.सि.को लागि पढाईमा धेरै मद्दत गर्नुभयो । केही समयपछि मेरो एस.एल.सि. शुरु हुनुभन्दा केहि महिना अगाडि मात्रै दादा 'फर्दर स्टडि'को लागि अमेरिका जानुभयो । अब म पनि बुझ्ने भइसकेको थिए, मलाई थाहा थियो दादा चाहेर पनि सँधै मसँगै रहन सक्नुहुन्न । म दादाको सफलतामा धेरै-धेरै खुशी भएको थिएँ र दादा जस्तै सफल बन्ने प्रण गरेर राम्ररी एस.एल.सि. को तयारी गर्न थालें । दीपा दिदीले आँसु रोक्न सक्नुभएको थिएन, दादा अमेरिका जाने दिन । मलाई पनि नरमाइलो त धेरै लागेको थियो तर एक थोपा पनि आँसु झर्न दिइन मैले त्यो दिन । दादाले बेला-बेलामा फोन गरिरहनुहुन्थ्यो, (अब त चिठ्ठी होईन) इ मेल पनि नियमित रुपमा पठाउनुहुन्थ्यो । हामीहरु ढिलोसम्म च्याटिङ गरेर पनि बस्थ्यौं । मेरो एस.एल.सि. को रिजल्ट पनि भयो, राम्रो नम्बरले पास भएँ म । दादाको जती नम्बर ल्याउन सकिन मैले तर म सन्तुश्ट थिएँ।

मैले कहिले पनि दादालाई जित्न चाहेको थिइन र आज दादाको भन्दा 'एग्रीगेट्'मा चार नम्बर कम ल्याउँदा म धेरै खुशी भएको थिएँ। म सँधै दादाभन्दा एक कदम पछाडि रहन चाहन्थें र अहिले पनि म दादाभन्दा पछाडि नै रहन चाहन्छु।

पोहोर साल दसैंमा घर आउनुभएको थियो दादा। त्यतिबेला दादाले मलाई मन परेको मोटर साइकल किनिदिनु भएको थियो, पहिलोपल्ट त्यसैमा चढेर हामी दुबै नगरकोट गएका थियौँ । त्यहिबेला हो दादा र दीपा दिदीको 'इनगेज्मेन्ट' गरिदिएको। कति रमाइलो भएको थियो, बिहेको पार्टी नभए पनि मैले मेरो क्लासका सबै साथीहरुलाइ बोलाएको थिएँ । मैले र दादाले एउटै किसिमको दाउरा सुरुवाल लगाएका थियौं, रङ मात्रै फरक। हामी दुबैले नै पहिलोपल्ट हो दाउरा सुरुवाल लगाएको कुनै समारोहमा। दादाले त स्कूल र कलेजमा पढ्दाखेरी नाटक र 'डान्स'मा भाग लिँदा दाउरा सुरुवाल लगाउनु भएको थियो क्यारे, केही फोटोहरु देखेको थिएँ दादाको अल्बममा । दादा र दीपा दिदी कति सुन्दर देखिनु भएको थियो त्यो दिन्, बेहुला-बेहुली जस्तै, स्वर्गमैं बनेर आएको जोडी जस्तै । हामीले त्यो दिन डान्स पनि खुब गर्यौँ, दादा पनि नाच्नु भयो एकछिन। खासमा भन्ने हो भने मेरो दादा असाध्यै राम्रो नाच्नु हुन्छ। हजुरआमा बित्नु भन्दा पहिला म, दादा अनि हजुरआमा तलको बैठक कोठामा गएर बाबाले थाहा नपाउने गरेर धेरै बेर सम्म नाचेर बस्थ्यौँ । असाध्यै रमाइलो हुन्थ्यो। अब त हजुरआमा बित्नु भएको पनि पाँच-छ बर्ष भइसक्यो।

वास्तवमा भन्ने हो भने यदि 'पर्फेक्ट्' भन्ने केही कुरा छ भने मैले थाहा पाएको मध्यै मेरो दादा मात्र त्यो कुरा को सबैभन्दा नजीक हुनुहुन्छ। पढाईमा, अतिरिक्त कृयाकलापमा, बानीब्यहोरामा, हरेक कुरामा अनुकराणिय। मेरो दादाको कोठाभरि दादाले जितेका मेडल,कप र शिल्डहरु भरिएका छन। पहिला पहिला म दादाले जितेका मेडलहरु घाँटिमा झुन्ड्याएर सबैलाइ देखाउँथे। मामु भन्नुहुन्थ्यो 'तिमी पनि दादा जस्तै हुनुपर्छ है बाबु, धेरै धेरै पुरस्कार जित्नुपर्छ'। सबैजना दादालाइ मन पराउँथे तर दादाको सबैभन्दा ठुलो 'फ्यान'चाँही म नै थिएँ । म दादा जस्तै बन्न चाहन्थे। दादाले जस्तै गरेर लुगा लगाउने कोशीश गर्थे, बोल्ने, हिँड्ने, खाने, सबैकुरामा म दादालाइ 'इमिटेट' गर्ने कोशीश गर्थे। मलाई अहिले थाहा भयो त्यो मेरो मिथ्या प्रयास मात्रै थियो, म मेरो दादा जस्तो 'पर्फेक्ट' कहिल्यै पनि बन्न सक्दिन या मलाई त लाग्छ मेरो दादा जस्तो 'पर्फेक्ट'कोही पनि बन्न सक्दैन।
 
Posted on 09-11-06 5:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले म दादाकै कोठामा बसिराखेकोछु, मेरो घरको सबैभन्दा मनपर्ने कोठा । दादाको सुत्ने खाट उस्तै छ, भित्ताभरि र टेबुलमा सजाएर राखेका प्रमाणपत्र मेडल,कप र सिल्डहरु उस्तै छन । कुनामा दादाको गीतार पनि उस्तै छ, मैले पहिलो चोटि बजाउन सिकेको गीतार । दादा र दीपा दिदीको 'इनगेज्मेन्ट'को बेला खिचेको फोटो पनि दादाको 'रिडिङ्ग टेबुल्'मा फ्रेम गरेर राखिएको छ । अरु फोटोहरु पनि उस्तै छन्, धेरै फोटोहरुमा दादा र म सँगै छौं । मनकामनामा खिचेको फोटो, हामी गोदवरी क्याम्पिङ गएको बेलाको, पोखरा, नगरकोट्, धुलिखेलमा खिचेका फोटोहरु र मलाई सबैभन्दा मनपर्ने फोटो, म धेरै सानो हुँदा (शायद ३-४ बर्ष को) दादाले मलाई आफ्नो काखमा बोकिराखेको फोटो । सबै कुराहरु उस्तै छन ।

मामु उता आफ्नो कोठामा हुनुहुन्छ, एकहोरो एकनास दादाको फोटोलाइ नियालिरहँदै, बाबा तल बैठक कोठामा हुनुहुन्छ, स्तब्ध ,मौन्, प्रतिकृया बिहीन । मैले मेरो बाबा र मामुलाइ यस्तो हालतमा कहिल्यै पनि देखेको थिइन । सधैं हँसी मजाक गरिरहनु पर्ने मेरो बाबा, सधैं ओंठमा मुस्कान भइ रहने मेरो मामु । हामीहरु सधैं रमाइलो गरिरहनुपर्ने, कहिल्यै अरुको कुभलो नचिताउने, आफ्नै संसारमा मग्न प्राणीहरु । बाबा एकदमैं टुटिसक्नुभएकोछ । मामु झन नराम्रो हालतमा हुनुहुन्छ । म कसरी सम्हालुँ मेरो बाबा र मामुलाइ, म आँफै पनि नराम्रो सँग टुटिसकेको छु । एक पल मैं हाम्रो सुन्दर संसार भाताभुङ्ग भइसकेकोछ । दीपा दिदीको हालत कस्तो होला, असाध्यै पीर लागिरहेकोछ । म कति विवस छु, दीपा दिदीलाई ढाढस दिन पनि सक्दिन, म आँफैलाइ सहाराको जरुरत छ अहिले । सधैं दीपा दिदीलाई जिस्किएर 'म तपाईंलाइ भाउजु होईन दिदी नै भन्छु है' भन्थे म । नियतीले आज यो हल्का मजाकलाइ क्रुर वास्तविकता बनाइदिएकोछ । हो, अब दीपा दिदी कहिल्यै मेरो भाउजु बन्नु हुन्न, सधैं मेरो दीपा दिदी मात्रै रहिरहनुहुनेछ ।

मेरो दादा ओहायोको एउटा सफ्टवेर कम्पनीमा काम गर्नुहुन्थ्यो । एउटा कन्फ्रेन्समा भाग लिन हिजो न्यूयोर्क आउनु भएको रे, हो हिजो सेप्टेम्बर ११ । हुन त मेरो दादाको कन्फ्रेन्स भइरहेको ठाँउ वर्ल्ड ट्रेड सेन्टर भन्दा टाढा नै थियो रे तर ब्रेकमा मेरो दादा एकजना चिनेको नेपाली साथीलाई भेट्न उसले काम गर्ने रेस्टुराँमा जानु भएको रे, वर्ल्ड ट्रेड सेन्टर को १३औं तलामा, दादाको एक जान साथीले फोन गरेर बताउनु भएको ।

नियतीको अगाडि कसको के लाग्छ र, मेरो दादाले अरु हजारौं निर्दोशहरुले जस्तै आफूले नगरेको गल्तीको लागि बलिदान दिनुभयो । मेरो दादा, सधैं अहिँसाको पक्षपाती, आज आँफै हिँसाको शिकार बन्नुभयो । मेरो दादा, कसैको कुभलो नचिताउने मान्छे, आज आँफै कसैको लहडिपनको शिकार बन्नुभयो । मेरो दादा, सधैं सबैलाइ विश्वास् गर्नुपर्छ भन्ने मान्छे आज आँफै मान्छे-मान्छे बिचको अविश्वासको ज्वालामा पर्नुभयो । मेरो दादा विश्व भाइचारा र मेलमिलापमा विश्वास गर्ने मान्छे आज आँफै मानवीय घृणा र प्रतिसोधको शिकार बन्नुभयो ।

हो, नियतीले धेरै ठुलो घात गरेको छ हामीहरु माथि तर समयसँगै जीवन त चलीनैरहन्छ र चलिरहनु नै पर्छ । मेरो दादा मानव समाजको लागि केही गर्न सक्ने खुबी भएको मान्छे, आज सम्झनामा मात्रै बाँकी रहनुभयो । म भगवानसँग प्रर्थना गर्छु, मेरो दादा र मेरो दादासँगै विलीन भएका हजरौं जीवनहरुको बलिदान नै आखिरी होस्, मानव समाजको लागि । भोलिको बिहानि भातृतववाद र भाईचाराको नौलो किरण सहित झुल्कियोस् । घृणा, हिँसा, प्रतिसोध्, आतंक कहीं कतै नहोस् । मेरो दादा र मेरो दादाको जस्तै नियती भोगेका सम्पूर्ण ज्ञात अज्ञात आत्माहरु प्रति यही नै सच्चा स्रद्वान्जली हुनेछ । प्रभु हामी सबैलाइ सद्बुद्दी देउ ।

(९/११ को सम्झनमा)
 
Posted on 09-11-06 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow!!!gwanche
सान्दर्भिक , पढेर भ्याइसके राम्रो लाग्यो

आजत म ठुली भन्दा पहिले....... जुरुक्क उठेर चौतारीमा

:):)
 
Posted on 09-11-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् आज मलाई अलि सन्चो नवएर दिलो भो । जे भएनी ल म हजी भए ।
रोल #६ ठुलि
हजुर मिस् ।
 
Posted on 09-11-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैभन्दा पैला त नमेलाइ धन्यवाद, हाम्रो गाम्को ईन्जिनियर, यस्पाली नि बेलइमा नयाँ चौतारी चिनेछ । तर यो २६ औँ खण्डलाइ नि महोत्सव कै नाम दे'को भे'र झुक्किएर पुरानैमा पुगे, बल्ल बल्ल आइपुगे २६ औँ खण्डमा !! कुनै बिशेष खण्डलाइ मात्रै मउसब बना'र बाकी चौतारीलाइ चाँही खाली चौतारीमात्रै भन्ने हो कि ?

अब कान समाएर उठ्बस् गर्छु, क्यार्ने, जानी जानी गल्ती त अर्‍या होइन क्यारे, भैहाल्यो । कुरो के पर्‍यो भने, माथि नै भनिहाले, यो चौतारीया नाम नि मउसब नै राखेछ, नमेले ।आफु जानु पर्ने २६ लमबरको चौतारीआँ, पैला झुक्केर पुरानै २५ मा पुगे । कथा टाँसे'सी पो था'भो अभिलेखालयमा पठाउनुपर्ने चौतारीलाइ त मुइले माथि पो तान्देछु, फेरी अरु गाम्ले'रु नि तेतै छिर्ने पो हुन कि ? तेइ कथालाइ याँ नयाँ चौतारीआँ नि टपक्क टिपेर माथि राख्दया छु, केइ बर्ष पैला लेख्या कथा हो तर आज मौका (यस्लाइ अबसर नभन्नु पर्ला र यदि यो अबसर हो भुने 'नि यस्तो अबसर अब कैले नआवोस्, यस्तो कथा कैलेइ लेख्नु नपरोस्)मिलेको हुनाले यहाँ राखेको छु, यो कथा मेरो कल्पनामा आधारित छ, यसमा उल्लेखित पात्रहरु सप्पै काल्पनिक हुन ।

अब तेस्रो कुरा, अस्तिको मउसबमा पुरस्कार पनि बितरन भयो, हामीहरु लग्भाग सप्पैले पुरस्कार नि पायौ, जिम्मालबाले त पुरस्कार ससम्मान चौतारीलाइ नै फिर्ता गरिदिनु भे'छ! मलाई के लाग्छ भने चौतारी त हाम्रो घर हो, परिवार हो, हामीले चौतारीको मउसबमा भाग लिदैंमा पुरस्कार बितरण गरिहाल्नु पर्छ जस्तो लाग्दैन, यसो गर्दा त हामीहरुले आफ्नो घरको जिम्मेबारी निभाए बापत बाबा आमासँअ पुरस्कार मागे जस्तै हुन्छ कि जस्तो लाग्छ । चौतारीमा सहभागीता जनाउनु त हाम्रो कर्तब्य हो र यसबापत हामीले कुनै पुरस्कारको अपेक्ष्या गर्नु हामीले चौतारीलाइ वीरानो ठाने जस्तै हुन्छ हैन र ? र यदि पुरस्कार कै कुरा गर्ने हो भने चौतारीमा सहभागीता नै सबैभन्दा ठुलो पुरस्कार हो जस्तो लाग्छ मलाई त !

अस्ती नै चौतारीमा मैले आफ्नो कुरा राख्ने क्रम मा नि भुन्या थे, म साझामा धेरै पहिलेदेखि आउने भे' नि मैले धेरै समय सम्म यसको कुनै पनि धागोमा सहभागीता जनाइन तर चौतारीमा आउनुबाट रोक्न सकिन मैले आफुलाइ । आज मान्छे झन झन स्वार्थी भइराखेको बेलामा यो चौतारीमा आउछौं हामीरु, मौका मिल्ने बित्तिकै, आफ्न सुख दु ख, मनका भावनाहरु एक आपसमा बाँड्न । आज जताततै मान्छे मान्छे र समुदाय समुदाय बिच मन मुटाव बढी राखेको बेला चौतारीले हामीहरु एक अर्काबिच भातृतवबादको सन्देश छरिराखेको छ । साझा मै पनि केही अरु धागाहरुमा हामीहरु नै एक अर्काबिच आरोप प्रत्यारोप गरिराखेका छौ, कुनै एक जाती, समुदाय या धर्मको मात्रै समर्थन गरेर अन्य जाती, धर्म र समुदायको बारेमा 'abusive comments' दिइ राखेका छौं, जुन एकदमै आपत्तिजनक छ, साँच्ची भन्ने हो भने यो हामी नेपालीहरुको ब्यहोरा हैन, हामीहरु त बिश्वमा नै सहयोगी, मिलनसार्, मेहेनती र सहृदयि समुदाय को रुपमा परिचित छौं (अझै पनि) होइन र ?

लौ मार्यो, कुरा त काँबाट काँ पुगिसकेछ, अन्यथा न सोचिदिनुहोला, अभिब्यक्ती स्वत्रन्ततको सदुपयोग मात्रै गरेको हुँ । मेरो दुई पैसाको सुझाव्, आगे जो मर्जी ........................

सदा आज्ञाकारी,
ग्वाँचे
 
Posted on 09-11-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैगाम्लेहरूलाई नमस्ते!

ग्वाँचेको कथा साह्रै मार्मिक लाग्यो.

ठूली तिम्लाई सन्चो छैन? के भो? हुनत मलाई नि अलि रूघा लागेको छ.

रोल नं ८ चित्रे
हजूर मास्टर्नी दिदी
 
Posted on 09-11-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई नि रुघा लागिरछ ।
 
Posted on 09-11-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस हाजीर गरेँ।
धन्यबाद् नमे नया चौतारी बनाएकोमा।
ग्वाँचेको कथा साह्रै राम्रो छ।
ठुल्नानी, चित्रे के छ हालचाल्?
 
Posted on 09-11-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वेछे साह्रै राम्रो लाग्यो तपाईंको कथा ।
 
Posted on 09-11-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ठीकै छ हालचाल, तर काममा नि खोकि लागेर हैरान! :(
तपाईको के छ?

ठूल्नानी, तातोपानी पिऊ, सन्चो हुन्छ.
 
Posted on 09-11-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम!

राम्रो कथा छ ग्वाँचे!
अनि माथिका गन्थन पनि सहि छन्। अन्त 'बाउन्न घुस्सा, त्रीपन्न ठक्कर' खाएर आएपनि यो चौतारीमा आएपछि चित्त शान्त जो हुन्छ!

नमेले हतारमा चिनेकोले 'महोत्सब' मेट्न भ्याएन जस्तो छ। तर ठीकै छ, चौतारी हाम्रा लागि सदावहार महोत्सब!अनि छुटेका नाममध्ये एउटाचैं दीपको हो। दीपजस्तो खर्राँ---------ट गाम्लेलाई त तो लिष्टोको टाउकैमा राख्नुपर्छ अब हुँदी।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters