यस वंशमा रणबहादुर जस्ता पनि राजा भए जसले राष्ट्रनिर्माता मध्येका एक वीर पुरुष बहादुर शाहलाई मराए, दामोदर पाण्डे, करवीर पाण्डे आदि व्यक्तित्वहरूलाई कटाए। उनीहरूका पत्नी, छोरी–बुहारीहरूलाई पतीत गराए। तिनका निरपराध बालकहरूलाई पनि बाँकी राखेनन्। नपढे, नपरेको आलोकाँचो तन्नेरी भीमसेन थापालाई अगाडि सारेर उनको सहयोगमा विधवा कान्तिवती ब्राह्मणीलाई रानी बनाई रणबहादुरले राजघरानाको वैवाहिक परम्परालाई विटुलो पारे। वैद्य, ज्योतिषी आदिलाई समेत क्रूरतापूर्वक पशुतुल्य सजाय दिए। खाल्टो खनी उभ्याई शरीर जति पुरी टाउकोमा खोटो राखेर आगो लगाइदिने, आँखा झ्िकिदिने, नाक–कान–हात काटिदिने, मान्छे–कुकुरको गुहु तथा मासु, गाईको सिनो खुवाउने, फलामको तातो रातो झ्ीर मुखबाट रोपेर मलद्वारबाट निकाल्ने, सिसा पगालेर खुवाउने जस्ता अति बीभत्स कृत्य गरी जनसमाजलाई आतङ्कित पारे।
रणबहादुरले नै स्थापित गरेका भीमसेन थापाले देशको एकतिहाई भाग अङ्ग्रेज भारतलाई चढाउँदा उनका पुत्र गीर्वाण विक्रम शाहदेवले सो भूमिको रक्षा गर्न/गराउन सकेनन् बरु आफू 'वीरविक्रम' भए। यिनका छोरा राजेन्द्र वीरविक्रम शाहदेवको विवेकहीनता, कायरता र यिनकी रानी राज्यलक्ष्मीको छोरालाई राजा बनाउने स्वार्थका कारणले माथवरसिंह थापा जस्ताको हत्या, कोतपर्व, भण्डारखाल पर्व जस्ता घटनाहरू घटे। अभिमान सिंह राना, खड्ग विक्रम, फत्यजङ्ग शाह जस्ता वीर पुरुषहरूलाई मार्न लगाई जङ्गबहादुर कुँवरको उदय गराए।
राजा सुरेन्द्रले जङ्गबहादुर कुँवरलाई राज्य शासन व्यवस्थाको पूरा अधिकार र 'श्री ३ महाराज' (कास्की र लमजुङको राजा) को पद तथा सैनिकको सम्पूर्ण अधिकार सुम्पेर आफ्नो लहडी, स्वार्थी, मोजमस्तीको जीवन बिताए भने जङ्गबहादुरले नेपाली जनतामाथि साँढे भएर राणाशासनरुपी जहानियाँ निरङ्कुश सत्ता/शासनको स्थापना गरे। जङ्गबहादुरको परिवारमा वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर जस्ता हत्यारा, क्रूर निष्ठुर, शोषक र अत्याचारीहरू पैदा भए। यिनी र यिनीहरूका सन्तानले १०४ वर्षसम्म नेपाली र नेपाली जनसमाजको शोषण र दमन गरिराखे। यी शासक–साँढेहरू नेपाली जनताबाट अगाडि सारिएका थिएनन्– बरु शाह राजाहरूले नै जनतामाथि थोपरेका थिए।
राजा त्रिभुवनले १९९७ सालमा गङ्गालाललगायतका चार जना शहीदलाई झ्ुण्ड्याउने र गोली ठोक्ने आदेशमा सही गरे। पछि उनले राणाशासन विरुद्ध प्रजातन्त्रका लागि क्रान्तिकारीहरूलाई सहयोग–प्रोत्साहन पनि गरे। तर २००७ सालमा राणासँग दिल्लीमा सम्झ्ौता गरेर फर्केपछि राणा शासकमा रहेको सम्पूर्ण राज्यशक्ति आफ्नो हातमा लिए। राणाको निरङ्कुशताको स्थानमा राजाको निरङ्कुशता स्थापना र सञ्चालन गरे। नेपाली जनतालाई प्रजातान्त्रिक व्यवस्था निर्धारणसम्म गर्ने अधिकार यिनले दिएनन्। यसैको पृष्ठभूमिमा राजा महेन्द्र र राजा वीरेन्द्रको पञ्चायती शासन ३० वर्षसम्म चल्यो।
२०४६ सालको जनआन्दोलन राजा वीरेन्द्र र आन्दोलनकारी दलहरूका बीच सम्झ्ौतामा पुगेर टुङ्गियो। त्यसैअनुरुप २०४७ को संविधान निर्माण र लागू पनि गरियो। तर जनप्रतिनिधित्व र जनसहमतिविना नै बनेको संविधान हुनाले यसमा देशको पछौटेपन हटाउने, समाजलाई द्रूततर ढङ्गले आधुनिकीकरण गर्ने, गराउनुपर्ने जस्ता अहं मुद्दाहरू प्रतिबिम्बित हुन सकेनन्। देश र जनताप्रति संवेदनशीलतापूर्वक सत्ता/शासनले पालना गर्नुपर्ने स्थायी नीति र कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि भएन। परिणामतः सत्ता–शासनमा बस्नेले मात्र प्रजातन्त्रको उपभोग गरे, नेपाली जनताले त्यो मौकै पाएनन्।
यी सबै वृत्तान्तबाट एउटा कुरा स्पष्ट हुन्छ– नेपाली राजाहरू अनुकूल परिस्थितिमा आफैँ अघि सरी निरङ्कुशता चलाउँछन्र प्रतिकूलतामा जनतामाथि 'साँढेहरू' थोपरेर तिनमार्फत् आफ्नो स्वार्थ पूरा गर्दै सुरक्षित रहन्छन्। आज विश्व मानचित्रमा नेपाल र नेपाली जाति पिछडिएको, अन्धविश्वासी, भोको, नाङ्गो, गरीबी जस्ता दुर्दशा भोगिरहनु परेको अवस्थामा छ। यसको कारण र कारकतत्व नेपाली राजाहरूको त्यही स्वार्थी प्रवृत्ति र क्रियाकलाप हो।
१९ जेठ २०५८ मा सपरिवार हत्या भएका राजा वीरेन्द्रको युग सकिएपछि सोही २२ गते वर्तमान राजा ज्ञानेन्द्रलाई नेपालको राजगद्दीमा चढ्ने मौका मिल्यो। शुरुमा उहाँलाई नेपाली जनताले गम्भीर, अनुभवी, पाको व्यक्तित्वको रूपमा लिए। उहाँबाट दलीय सरकारहरू र माओवादी विद्रोहीबीच भइरहेको लडाइँरुपी आतङ्कबाट देशलाई मुक्ति दिने काम हुनेछ भन्ने सोचे। तर राजाबाट शुरुदेखि नै “म दाजु जस्तै टुलुटुलु हेरेर बस्दिनँ..., म एक्काइसौँ शताब्दीको राजा...' राजाको भूमिका 'कन्स्ट्रक्टीभ' हुनुपर्छ भन्ने चाहन्छु...” जस्ता अभिव्यक्तिहरू आए। यसबाट राजनीतिक, बौद्धिक तथा जागरुक क्षेत्रमा शङ्काको सिर्जना हुन थाल्यो, बढ्न थाल्यो।
यस्तैमा रोल्पाको होलेरीमा माओवादीका केही उच्च स्तरीय नेता–कार्यकर्ता र सरकारी सुरक्षाका उच्च पदाधिकारीहरू एकअर्काको घेराउमा परे। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सुरक्षाकर्मीबाट माओवादीमाथि कार्वाही (आक्रमण) होस् भन्ने चाहन्थे। तर त्यसो भएमा सुरक्षाकर्मीहरूका ती उच्च पदाधिकारीहरू माओवादी आक्रमणको निशाना बन्न सक्थे। यस्तोमा राजाले सुरक्षाकर्मीको बचाउ चाहेकाले सुरक्षा बल फर्क्याे– माओवादी आफ्नो बाटो लाग्यो। यो देखेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री पदबाट राजिनामा दिई हटे। पोकेमनरुपी खेलौना बन्न सक्ने शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री बनाए। यिनको सिफारिसमा प्रतिनिधिसभा (संसद) विघटन गर्न सफल भएपछि 'एक्काइसौँ शताब्दीका टुलुटुलु हेरेर नबस्ने राजा' आफ्नो 'कन्स्ट्रक्टीभ' भूमिकालाई अगाडि बढाउने खेलहरू खेल्दै गए।
०५९ असोज १८ गते राजाद्वारा अर्काे कदम चालियो। शेरबहादुर देउवालाई हटाइयो र दरबारको निगाहाले मात्र 'व्यक्तित्व' बनेका क्रमशः लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई अगाडि सारियो। हटाएको दुई वर्ष नपुग्दै पुनः शेरबहादुर देउवालाई सत्तामा ल्याइयो। यसबीचमा आफ्नो सत्ताको आकाङ्क्षा, भोक र झ्ोंकको प्रयोग गर्र्दै २०६१ माघ १९ गते यी सबैलाई फ्याँकेर देश र जनता लुटेका, चुसेका जन–तिरस्कृत अपराधी, भ्रष्ट, तस्कर र अराजनीतिक मान्छेहरूलाई लिई राजा, प्रधानमन्त्री, मन्त्रिपरिषद, सरकार आफैँ भएर राजाको सोझ्ै सत्ता/शासन शुरु भयो।
आफू राजा हुँदाका बखत देश र जनताका अगाडि मौजूद समस्याको समाधानमा प्राथमिकताका साथ लाग्नुको सट्टा भइरहेको लडाइँलाई अरू भयङ्कर पार्ने काम राजाबाट भयो। सोही स्तरमा उत्रेका माओवादी र राजाका बीचको लडाइँले सरकारी आँकडामा १५ हजार जति भनिए पनि २० हजार जति नेपालीको जीउज्यान लिएको अनुमान छ। नेपालका हजारौँ छोराछोरीहरू बेपत्ता पारिएका छन्। लाखौँ नेपालीहरू विस्थापित छन्। लाखौँ बूढाबूढी, महिला र केटाकेटीहरू प्रभावित र पीडित छन्। लाखौँ नेपाली युवाहरू बाध्य भई बाहिरिएका छन्। यो सब देखेर आज सर्वसाधारणले समेत प्रश्न गरिरहेको छ– 'के राजाको सत्ता/शासनमा यस्तै हुनुपर्छ?
माओवादी विद्रोही कहिले युद्धविराम त कहिले भिडन्त गर्दै सर्वदलीय अन्तरिम सरकार गठन गरी संविधानसभाका लागि जनतामा जाने माग गर्दै लडाइँ गर्दैछ। बहुदलीय प्रजातन्त्रवादी दलका नेताहरू प्रजातन्त्र पुनःस्थापनाको नाममा शासन–सत्ता लिनका लागि राज्यविरोधी आन्दोलन गर्दै संवैधानिक राजतन्त्रको धारणा राखेर राजासँगै वार्गेनिङ गर्दैछन्। तर, राजा भने यी सबै पक्षलाई तितरवितर पारी पाखा लगाएर आफ्नो मन अनुसारको शासन/सत्ता चलाउँदै छन्। सेना र राष्ट्रको साधन–स्रोत र श्रमको तजबिजी उपयोग गर्दै लडाइँ जारी राखेर वा बढाएर नेपाली जनतालाई रगत र आँशुमा डुबाइरहेको आजको त्रासदीपूर्ण अवस्थाका सर्जक सत्ता/शासनलाई भविष्यले पुरस्कृत गर्ने छैन, यो ध्रुव सत्य कुरा हो।
आज रणबहादुर, भीमसेन, राजेन्द्र, सुरेन्द्रहरूको जमाना होइन भने राजा महेन्द्रको समय पनि होइन। अहिलेका राजामा महेन्द्रको जस्तो ढङ्गढाल, सङ्गत र जनबल पनि छैन, र वीरेन्द्रको समय पनि होइन जसलाई राजा महेन्द्रका अनुयायीहरूले साथ दिउन्। वितेका १५ वर्षमा केही नभए पनि, बहुदलीय व्यवस्थाले नेपाली जनतालाई आफूमाथि परेको पीडा बुझन सक्ने गरी जागरुक बनाई नै सकेको छ। सत्ता र शासन/शासकहरूको तुलनात्मक विश्लेषण गर्न सक्ने नेपालीहरूको ठूलो जमात तयार भइसकेको छ। यसैकारण उनीहरूले 'संसदवादी, माओवादी अरू वादी सबै दललाई एक ठाउँ/समयमा बोलाई छलफल गरी शान्तिसुरक्षाको स्थापना, सुरक्षित भविष्यका लागि नीतिनिर्धारण, अधिकार र कर्तव्यको बाँडफाँड गरी देश र जनतालाई आजको सङ्कटबाट मुक्त गर्नका लागि' राजालाई आग्रह गरेका थिए, जुन अद्यपि केही कायम छ। राजाले त्यो आग्रहलाई नमाने पनि एक दिन त्यसो गर्नै पर्नेछ, किनभने सही बाटो त्यही नै हो।
जनताको दुःखित पीडित अवस्था, आवश्यकता र जनआग्रहलाई बेवास्ता गरेर कहिले अफ्रिकाको भ्रमण, कहिले गाउँगाउँको भ्रमण, पोखराको बास, परिवारका सदस्यहरूलाई गैँडाको पाहुर बुझ्ाउन विदेश पठाउने जस्ता राजाका व्यवहारले गर्दा अब जनसमाजले भन्न थालेको छ, “संवैधानिक राजतन्त्र होइन, संवैधानिक राजसंस्था! पूर्ण संवैधानिक राजसंस्था र संविधानअन्तर्गतको राजसंस्था मात्र ग्राह्य छ” भनेर।
यी कुराहरूप्रति विचार नगरी आजकै ढर्राबाट राजा चलिरहने हो भने एकदिन नेपाली जातीय पहिचान ठूलो सङ्कटमा पर्नेछ। जनता अर्थात् राष्ट्रिय पहिचान नबाँचे राजसंस्था, राजा रहन सक्तैनन्। तसर्थ, राजा गद्दीवादी नभई जनतावादी हुनुपर्छ। यो तथ्य बुझन ढिला भइसकेको छ। अझ्ै पनि नबुझ्ी वा बेवास्ता गरी गलत तत्वलाई साथ लिई जनसमाजमा असुरक्षा, अशान्ति र असुरक्षित भविष्यको स्थिति सिर्जना र बढोत्तरी गराउँदै जाने हो भने त्यस्तो शासनशैलीले राजाको प्रतिष्ठा चकनाचूर पार्नेछ।
आजको माओवादी विद्रोही र सेना बीचको लडाइँले देशको सीमा सुरक्षा र लाभ हुने होइन भन्ने कुरा बुझदै गएपछि आज राजाका लागि लड्ने विभिन्न प्रकारका सिपाहीहरू सधैँ लडिरहलान्? सल्लाहकार रथीहरू सधैँ बहाल रहलान्?? एक दिन सत्य कुरा यी सबैले बुझ्ोइनन्??? त्यसबेला राजालाई चाहिने भनेका सच्चा देशभक्त नेपाली जनता नै हुन्! यस्तो सत्य कुराप्रति राजाको ध्यान किन गएको छैन भनी 'राजा सबैको साझा' मान्ने नेपालीहरू चिन्तित देखिन्छन्। तसर्थ देश र जनताप्रति संवेदनशील भएर राजाले तत्काल सबै दलको बैठक बोलाई माथि उल्लेख भएबमोजिम निष्कर्ष–निर्णयमा पुगी राष्ट्रको रक्षा र जनतालाई न्याय दिन अब ढिलाइ गर्नु हुँदैन।
अन्त्यमा कसैको शक्ति पनि सदावहार र अजम्बरी हुँदैन। स्थायी शक्ति भनेको जनशक्ति मात्र हो। यसकारण राजाले अब आफ्नो मात्र होइन, राजसंस्थाकै उपयोगिता प्रमाणित गर्न सक्नुपर्छ। औचित्य–उपयोगिता प्रमाणित संस्थाको भविष्य मात्र सुनिश्चित हुनसक्छ। पुर्खाहरूको इतिहास र आफ्नै व्यवहारका कारण समेत वर्तमान राजासामु यो चुनौती खडा भएको हो।
-
http://www.nepalihimal.com/2063/baisakh-1-15/aabaran_bishleshan_5.html