[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GYANENDRA KAAL --- Some Examples of Brutalities

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13737 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-20-05 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends,

I start this thread to collect the evidences of some brutal acts of GYANENDRA KAAL (including articles, pictures and news!). Although it is fairly late to summarize hundreds, if not thousands, of such incidences since FEB 1 (better to say since Asoj 18!), the present situation of Nepal clearly shows many more in the offing !.

----
OK

Here goes from Kantipur:
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46311

'बाँचेकोमा छक्क पर्छु?
दीपक अधिकारी
- घटना गएको २९ माघको हो । म झापाको भद्रपुरबाट 'नौलो आवाज साप्ताहिक' निकाल्छु, सीमित साथीहरूको सहयोगमा । त्यस दिन साँझ ५ बजे भद्रपुर- १४ संगमचोकस्थित कार्यालय पुग्दा सहकर्मी मदन पोखरेललाई सेनाले पक्राउ गरी लगेको थाहा भयो । खबर पाएलगत्तै साथीको खोजीमा निस्कन आँट आएन । चन्द्रगढीस्थित जवरजंग गुल्ममा फोन गरेँ । 'तपाईंको साथी यहीँ छ, घरमै भएजस्तो हो' जवाफ थियो- 'सुर्ता नगर्नुस्, भोलि बिहान लिन आउनोस् ।'
भोलिपल्ट अर्थात् फागुन १ गते सखारै गुल्म पुग्दा १० बजेपछि आउनु भनियो । म मध्याह्न १२ बजे गुल्म पुगेँ । सेनाका हवल्दार मेजरले 'ठीकै छ, साथी जिम्मा लिन जानोस्' भने । सेनाको जवानसाथ लगाई मलाई लगियो । म साथीसँगै फर्किन आतुर थिएँ तर ब्यारेक घुमाएर म स्वयंलाई अँध्यारो कोठामा थुनियो । हातमा हत्कडी लगाइयो । छाँगाबाट खसेझैं भएँ ।

मलाई मेरो अपराध के हो, बताइएन । त्यहाँ तीन दिनपछि ४ फागुनको साँझ ५ बजे आँखामा पट्टी लगाएर बाहिर निकाले । गाडीमा बसाए । र, अज्ञात ठाउँ लगे । एक ठाउँमा पट्टी खोलिदिए । तर त्यो कोठा थिएन । सेनाको बंकरजस्तो थियो । भित्तामा रगतका टाटा र रौंहरू थिए । छेवैमा तारहरू छरपस्ट थिए । पछि था'भो, मलाई चारआली ब्यारेक ल्याइएको रहेछ । त्यहाँ सेनाका जवानहरू भनिरहेका थिए 'यो कोठामा तीनजना त मरिसके, अब चार पुग्ने भो ।' जीवन यति नै रहेछ जस्तो लाग्यो । अरूभन्दा पनि अपराधै थाहा नपाई मारिने भएँ भनेर मनमा औधि कुरा खेल्यो, त्यस रात ।

भोलिपल्ट बिहान आठ बजे जवानहरू आए । आँखामा कालोपट्टीमै बाहिर निकाले । सायद त्यो ब्यारेकको चौर थियो । त्यहीँ लडाए, अनि बेस्सरी कुटे । आँखाको पट्टी यथावत् थियो, उनीहरूले पानी छयाप्तै कुटिरहे । सुनेको थिएँ, पानी छयापेर कुट्दा डाम बस्दैन । सायद उनीहरू त्यही सूत्र अपनाउँदै थिए । उनीहरूले मलाई 'माओवादी कमान्डर हुँ भन्, तुरुन्तै छाडिदिन्छु' भने । मैले 'म पत्रकार हुँ माओवादी होइन, नभएको कुरा कसरी भन्छु' भन्दै प्रतिवाद गरिरहेँ । उनीहरूको कुटाई अविरल थियो ।

पानी छयाप्दै कुट्दा यो क्रम दुई घन्टा लम्बियो ।

क्रमश:
 
Posted on 07-20-05 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस दिन बिहान खाना दिइनन् । बेलुका खाना खाने बेला 'यसलाई गोद्ने होइन, सिध्याउनुपर्छ' भन्दै थिए, केही जवानहरू । भोलिपल्ट बिहान पनि अघिल्लो दिनकै घटना दोहोरियो । म प्रतिवाद गरिरहेँ । ममाथि यातना दिने क्रम जारी रह्यो । दिउँसो भने कर्णेल सुरेशकुमार कार्कीसँग भेट गराइयो । म आफैं पनि भेट्न चाहिरहेको थिएँ । सायद उनले मेरो पुकारा सुन्छन् कि ! तर, उनले मलाई यसरी उपदेश दिए, मानौं मैले पत्रकारिता गरेर आतंकवादको काम गरेको छु । उनको भनाइ थियो 'आतंकवाद विश्वमा कहीँ सफल भएको छैन, यहाँ पनि सफल हुँदैन । तपाईं समाचार लेख्ने काम नगर्नोस् ।'

पत्रकारिता छाडेर अरू जागिरमा जाने भए आफूले सक्नेसम्म सिफारिस गरिदिने उनले बताए । यातनाले असह्य अनुभव गरेको म कसैगरी बाहिर निस्कन चाहिरहेको थिएँ । उनले भने 'पैसै कमाउन पत्रकारिता गर्नुभएको हो भने अरू पनि बाटा छन् ।' उनको तर्क सुन्दा लाग्थ्यो, पत्रकारिता माओवादीले गर्ने काम हो । त्यसैले म माओवादी हुँ । तर, उनले मलाई राम्रै व्यवहार गरेका थिए ।

यो भेटपछि मलाई कोही जिम्मा लिने साथी बोलाउने भए नाम दिन भनियो । मैले सोचेँ पछि आउनेलाई पनि मेरो जस्तै त गर्ने होइनन् ! फेरि मजस्तो एक्लो मान्छेभन्दा पत्रकार महासंघ झापा शाखा सभापति बोलाउँदा उचित होला भन्ठानेर उनको नाम दिएँ ।

फागुन ७ गते शुक्रबार साँझ ५ बजे तत्कालीन शाखा सभापति माधव विद्रोही आए । मलाई उनको साथ लागेर जान भनियो । छाड्नुअघि तीनपुस्ते परिचय

सोधे । र भने- 'अहिलेलाई तारेखमा छाडेको हो । एक महिनापछि आउनु । यहाँ रहँदा के-के भयो, बाहिर नभन्नु होला । त्यसको परिणाम आफैं सोच्नु ।'

बाहिर आएर थाहा भो जसका लागि म ब्यारेक पुगेँ ती साथीलाई भोलिपल्टै छाडिएको रहेछ । मलाई सेनाले अकारण यातना दिएको थाहा भयो किन भने यातना दिनुको कारण उनीहरूले कहिल्यै खोलेनन् ।

मलाई शारीरिक रूपमा जति पीडा भएको थियो, मानसिक आघात त्योभन्दा धेरै गुना बढी थियो । बाहिर आएर म चुप लागेर बसेँ । आतंक यस्तो थियो कि साथीहरूले समाचार लेख्ने त के, कसैले विज्ञप्तिसम्म जारी गर्ने आँट गर्न सकेनन् ।

वैशाख ७ गते म ब्यारेकमा गएँ । खासै कुराकानी भएन । उनीहरूले यतिमात्र सोधे 'यहाँभित्रको कुरा बाहिर त भन्नु भएन होला नि ?' यसपछि १२, १३ र २५ गते बोलाइयो । केही सोधपुछ भएन । एकैचोटि ५ जेठमा आउन भनियो । त्यसपछि १५ र २५ जेठमा गएपछि 'अब नआउनु' भनियो । एक दशकअघि धादिङको तसर्कु- ३ बाट यहाँ आएको मेरो जीवनमा यो सबैभन्दा कहालिलाग्दो घटना थियो । ती सात दिन सम्झँदा, बाँचेकोमा छक्क छु । राज्यले एउटा पत्रकारलाई त 'माओवादी कार्यकर्ता हुँ भन्' भनेर बाध्य पार्दोरहेछ भने सर्वसाधारणलाई के गर्ला ?

मैले अझै घरमा बा-आमालाइ पीर होला भनी यो कुरा खोलेको छैन । घटना दोहोरिएला भन्ने लागेर क्षतिपूर्तिका लागि अदालत गएको छैन । सञ्चारकर्मीमाथि राज्यको दृष्टि बुझ्दै जाँदा राजधानीबाहिर मान्छे सुरक्षित छ भन्ने लाग्दैन । त्यसैले म आफूलाई परेको घटना सुनाउँदै हिंड्न पनि चाहन्न ।

माघ १९ पछि सञ्चारकर्मीमाथि सरकारी दृष्टि असहिष्णु छ । सञ्चारकर्मीमा राज्यबाट हुने अकारण शारीरिक/ मनोवैज्ञानिक त्रास अद्यपि छ । यसरी कहिलेसम्म पत्रकारिता चल्ला ? यो मेरो आफैंसँग नियमित हुने अनुत्तरित प्रश्न हो । तर सबैको आवाज स्वतन्त्र प्रेसका लागि उठेको सम्झँदा भने मन हलुँगो हुन्छ ।
-भीम घिमिरेसँग कुराकानीमा आधारित)

 
Posted on 07-20-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another one--- little old but remains in mind forever

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=45000

'आमालाई मारेपछि लुगामा बन्दुक लुकाए'
सरस्वती कार्की/लीला बराल

टाघनडुब्बा -झापा, असार २२ - 'म सुतेको थिएँ, उनीहरूले हप्काउँदै उठ् भनेपछि म उठ्तै थिएँ, अर्कोले लुगामुनि कालो के लुकायो,' आमा हत्याको घटना सम्झँदै समीर अधिकारीले भने- 'पछि त्यहीँबाट बन्दुक निकालेर तेरी आमा माओवादीमा लागेर हतियार बेच्दिरैछे हैन ? ल हेर् भनेर देखाए ।'
आइतबार बिहान टाघनडुब्बा-७ की सर्वसाधारण ३८ वषर्ीया रमा अधिकारीलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए । सादा पोसाकका सुरक्षाकर्मीले आमालाई माओवादी बनाउन गरेका क्रियाकलाप देख्ने १३ वषर्ीय बालकलाई त्यतिबेलासम्म आमाको हत्या भएको थाहा थिएन ।

'तेरी आमा माओवादी हो कि होइन ? हतियार बेच्ने हो कि होइन ? भन्' भन्दै सुरक्षाकर्मीले आफूलाई सुत्न, बस्न, उठ्न लगाउँदै पीडा दिएको उनले मंगलबार घटनास्थल पुगेका सञ्चारकर्मी र अधिकारवादीलाई सुनाए ।

छोरालाई समेत मार्ने त्रासले बुवा देवीप्रसाद जबरजस्ती कोठामा पुगेका थिए । 'बाबाले नानी यिनीहरूले आमालाई मारे नि थाहा पाइस् भन्नुभयो,' आँसु झार्दै समीरले भने- 'झ्यालबाट हेर्दा आमा दलानमा लडिरहनुभएको थियो ।' उनीहरुले हल्ला गरे अझै पाँच-छ जना मार्ने भनेको उल्लेख गर्दै उनले सुनाए- 'बाबालाई 'नि मारे भने के गर्नु भनेर बाबालाई नबोल्नु भन्दै तानें ।'

देवीप्रसादका अनुसार सुरक्षाकर्मीले 'बाहिर जा' भनेर रमालाई दलानतिर खेदेपछि गोली हानेका थिए । 'शव पुर्न उनीहरूले खाल्डो खन्न थाले,' घरनजिकै रहेको खाल्डो देखाउँदै उनले भने । मुचुल्का तयार गर्ने जिल्ला कार्यालयका एक प्रहरीलाई चिनेकाले हारगुहार गर्दै शव मागेको उनले बताए ।

उनै सुरक्षाकर्मीलेे देवीप्रसाद घर नभएका बेला गत ११ गतेसमेत आएर रमासँग कुराकानी गरेका थिए ।

सुरक्षाकर्मीले दोहोरो भूमिका निर्वाह गर्ने 'खराब चरित्रकी' स्थानीय कर्ण थरकी युवतीको झोसपोलमा निर्दोष व्यक्ति मार्न थालेको गाउँलेको आरोप छ । जिल्लास्थित उच्च सुरक्षा स्रोत भने ती युवतीलाई माओवादीको आशंकामा पक्राउ गरेको बताउँछ ।

आफूहरू दोहोरो मारमा परेको जनाउँदै स्थानीयवासीले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कडा कारबाही माग गरेका छन् । 'भात दिएन भने माओवादीले मार्ने, दिए सुरक्षाकर्मीले मार्ने !' टाघनडुब्बाका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले भने- 'अनि गाउँलेलाई कसको के भर !' झापास्थित हुरेक्ड, इन्सेक, कानुनव्यवसायीले पनि मंगलबार संयुक्त विज्ञप्ति जारी गरी निर्दोष महिलाको हत्यामा संग्लनलाई कडा कारबाही माग गरेका छन् ।
 
Posted on 07-20-05 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल आय पछि भैसिले भिर खोजछ, मानिस ले निउ खोजछ। काल ले कुतकताइ सकेको छ यो सरकार लाई पनि तयति मात्र हो।
 
Posted on 07-21-05 4:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you buddy for this effort. kg will sure go to hell with his hanumans.
 
Posted on 07-21-05 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can anyone translate these documents. I am creating one website having all of these Gyane's Kartut.

Down with Gyane and His Cornies.
 
Posted on 07-21-05 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Has anyone read Naulo Awaj Saptahik?? I haven't either. So I will not make judgements about this alleged event.

Take a guess. what kind of newspaper do you think Naulo Awaj is?
 
Posted on 07-21-05 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey SON OF NEPAL!

Thank you buddy for this effort. kg will sure go to hell with his hanumans.

No man, you still putting K against this Gyane animal? its DG; dada Gyane not king gyane.
 
Posted on 07-21-05 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How about brutality caused by Girija Kaal, Prachanda Kaal, Baburaam Kaal... I am hoping KAAL takes them all soon!

Caio
RT
 
Posted on 07-22-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46498

दोहोरो असुरक्षामा गाउँले
गुणराज लुइँटेल/राजेन्द्रप्रताप शाह

आरुघाट -धादिङ, साउन ७ - सुरक्षाकर्मीले निःशस्त्र नागरिकलाई सुुरक्षा दिने कि नागरिकले सुुरक्षाकर्मीको सुुरक्षा गर्ने ? धादिङ र गोरखा सीमावर्ती बजार आरुघाटबासीले एक महिनादेखि यो प्रश्न गरिरहेका छन् ।
किनमेल गरिरहेका दुुई सैनिकको असार ४ गते माओवादीले हत्या गरेपछि सुुरक्षाकर्मीको आक्रमणको तारो भने स्थानीयवासी भएका छन् । 'माओवादी पालेको' आरोपमा स्थानीयवासीमाथि कुुटपिटमात्रै भएन कि एक महिनासम्म बजारसमेत नियमित खुुल्न सकेन ।

पीडितहरूका अनुुसार सुुरेन्द्र श्रेष्ठको कपडा पसलमा आरुघाटस्थित संयुुक्त सुुरक्षा क्याम्पका दुुई सैनिक दिलीप मुुखिया र सुुनीलकुुमार तामाङको माओवादीले हत्या गरेका

थिए । सँगै आएका चार सैनिक अर्को पसलमा किनमेल गरिरहेका थिए । 'हत्या भएको थाहा पाएर पनि उनीहरू ब्यारेकतिर फर्के,' एक स्थानीयवासीले भने- 'तर माओवादीलाई त्यत्तिकै जान दिएको र माओवादीको मतियार भन्दै हामीले सुुरक्षाकर्मीबाट निरन्तर प्रताडित हुुनुुपरेको छ ।'

दुुवैतिरबाट पीडित भएको पीडा सुनाउँदै सुुरेन्द्र भन्छन्- 'माओवादीले घरभित्र घटना गराएको पीडामा सुुरक्षाफौजबाट पनि हामीलाई सान्त्वना मिलेन ।'

अरू दिनभन्दा शनिबार उनको पसलमा भीडभाड थियो । त्यही बेला आएका दुुई अपरिचितले दुई सुुरक्षाकर्मीलाई कञ्चटमा गोली हानेका थिए । मुुखियाको तत्काल मृत्युु भयो भने तामाङलाई उपचारका निम्ति स्थानीय बासिन्दाले नै स्वास्थ्य चौकी लगे । उनको उपचारकै क्रममा मृत्युु भयो ।

स्थानीयवासीका अनुुसार माओवादीलाई नपक्रेको निहुुँमा सुुरक्ष्ााकर्मीले कुुटपिट गर्न र पसल बन्द गराउन थाले । तीन दिनसम्म बिजुुलीको लाइन काटियो । झन्डै एक महिना बजार बन्द रह्यो । असार १३ गतेबाट बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म, १६ गतेबाट बिहान ८ देखि ४ बजेसम्म र साउन २ देखि बिहान ६ बजेदेखि बेलुुका ६ बजेसम्म पसल खोल्न दिइएको छ । राति १२ घन्टा कफ्यर्ुु छ । मानव अधिकारवादीले सार्वजनिक गरेको प्रतिवेदनमा धादिङका प्रमुुख जिल्ला अधिकारी रामशरण चिमोरियाले भने कफ्यर्ुुको आदेश आफूले जारी नगरेको बताएका छन् । 'कफ्यर्ुुको आदेश प्रशासनबाट मात्र जारी हुुने भएकाले मबाट त्यो आदेश जारी भएको छैन,' उनले भनेका छन् ।

'सुुरुका १०/१२ दिन त झ्यालढोका खोल्नसमेत पाइएन,' किराना पसले बिलप्रसाद श्रेष्ठले कान्तिपुुरसँग भने- 'बिहानदेखि ढोका खोल्न दिइएको तीन दिन भयो ।'
क्रमश:
 
Posted on 07-22-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदरमुुकाम धादिङबेसीबाट करिब ८ घन्टा पैदलमा पुुगिने यो पुुरानो बजारका वासिन्दा अझै समस्याबारे बोल्न डराउँछन् । असार १४ गते इन्सेक, कोक्याप, हिमराइट, रिलेक, गैसस महासंघ, सिनेट नेपाललगायतका संस्थाका आठ मानव अधिकारवादी अनुुसन्धानका निम्ति पुुगेका थिए । 'त्यो बेला हामी कम्ती खुुसी भएका थिएनौं,' एक पसलेले भने- 'तर उनीहरू गएपछि हामीलाई मानव अधिकारवादीलाई कसले बोलायो भनेर सोधपुुछ गरियो ।'

चार वर्षपहिले संयुुक्त सुुरक्षाफौज बस्न आउनुुअघिको उनीहरूको पीडा बेग्लै थियो । उनीहरूलाई माओवादीले चन्दा र सहयोगका लागि हैरानी दिन्थे । सुुरक्षाकर्मी बसेपछि त्यो पीडाबाट उनीहरू मुुक्त भएका थिए । तर सुुरक्षाकर्मीबाट भएको दुुव्र्यवहारपछि उनीहरू दोहोरो असुरक्षा महसुस गर्न थालेका छन् ।

स्थानीयवासीको सबैभन्दा ठूलो चित्तदुुःखाइ केमा छ भने उनीहरूलाई आफ्नो कुुरा भन्नसमेत नदिई कुुटपिट गरियो । उनीहरूका अनुुसार बजार क्षेत्रमा मात्रै २ सयभन्दा बढीले पिटाइ खाएका

छन् । अझ त्यो बाटो हिँड्नेहरूले खाएको पिटाइको कुुनै गणना छैन ।

चार महिनादेखि टेलिफोनबाट समेत वञ्चित उनीहरूले आफूलाई निकै ठूलो बन्धनमा परेको अनुुभव गरेका छन् । आफ्नाबारे कतैबाट सुुनुुवाइ नभएपछि आफूहरूको संरक्षण गर्ने कुुनै निकाय नै नभएको जस्तो ठानेको समेत उनीहरूले बताए । उनीहरू सुरक्षाकर्मीसँग असन्तुष्ट देखिन्थे । तर सेनाका स्थानीय एक अधिकृतले स्थानीय बासिन्दासँग सम्बन्ध राम्रो भएको बताए । 'सुुरुका दिनमा केही तुुषारापात भयो,' उनले भने- 'अहिले राम्रो छ ।'

मानव अधिकारवादीको प्रतिवेदनमा आरुघाटका सहसेनानी रुद्रदेव पाण्डेलाई उद्धृत गर्दै लेखिएको छ- 'हाम्रा केटाहरू मारिएपछि छानबिनका क्रममा दौडिँदा कसैमाथि ठेस लागेको हुुनसक्छ, कसैलाई धक्का लागेको हुुनसक्छ । त्यसलाई कुुटपिट भएको मान्नुु हुुँदैन ।'

आफूमाथि भएको पिटाइका सम्बन्धमा प्रतिवेदनमा पूर्वसैनिक टेकबहादुुर श्रेष्ठले भनेका छन्- 'म पनि पूर्वआर्मी हुुँ भन्दा अशिष्ट गालीगलौज

गरे । बाँसको लौराले मेरो दायाँ हातमा पिट्दा कान्छी औंला दोबि्रयो । त्यसपछि फेरि बायाँ हातमा पनि हिर्काए । पुुनः बुुटले हाने । गालामा हातले पनि हिर्काए । त्यसपछि अर्को मान्छे भएतिर झम्टिए ।'

पिटाइ धेरैले खाए । 'यहाँ को-को पिटिए भन्दा पनि कसले पिटाइ खाएन र किन खाएन भन्नेमात्र चर्चा छ,' एक बजारवासीले भने ।

मानव अधिकारवादीले असार २४ मा सार्वजनिक गरेको प्रतिवेदनमा कुुटाइबाट घाइते र पीडित हुुनेमा जीवन श्रेष्ठ, ज्ञानप्रसाद अधिकारी, दिनेश ढकाल, पीपेन्द्र कँडेल, भगवान श्रेष्ठ, सुुरेन्द्र श्रेष्ठलगायत ३७ को नाम उल्लेख छ ।

घटना विवरण उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ- 'अध्ययन टोली असार १४ गते दिउँसो करिब साढे तीन बजे धादिङतर्फको बजारमा पुुग्दा बजार पूरै बन्द थियो । केही घरको ढाकाबाहिर उभिइरहेका थिए । टोली पुुगेपछि तत्कालै जम्मा भएका बजारवासी सुुरक्षाकर्मीले देख्ने डरले बाहिर बजार चोकमा उभिन डराएका थिए ।'
 
Posted on 07-22-05 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wish we could circulate these posts to UN too, besides our frens and family...i wonder how people can survive such atrocties and carry on living a false livlihood..


 
Posted on 07-23-05 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hasn't this been happening even before gyane..

One boy was shot dead by Army when he was trying to escape, when he saw those army killing another adult. One woman was shot dead in Hetauda when she was collecting woods in community forest.

What you have to say about this..
 
Posted on 07-27-05 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेनाको गोलीले वृद्ध दम्पती घाइते
कास
राजविराज, साउन १२ - सेनाको गोली लागि मंगलबार राति स्थानीय वृद्ध दम्पती घाइते भएका छन् । सुरक्षा बेसक्याम्पमा सेनाले चलाएको गोलीको छर्रा घरैमा सुतिरहेका अवस्थामा उनीहरूलाई लागेको थियो । सेनाले 'अभ्यास गर्न' चलाएको गोलीको छर्रा लागेर फत्तेपुर-२ का ७२ वषर्ीय लालबहादुर बिष्ट र ६६ वषर्ीया पत्नी पम्फा घाइते भएका हुन् । बिष्टको घर बेसक्याम्पदेखि ३ सय मिटर टाढा छ ।
पम्फाको दाहिने नाडीमा र लालबहादुरको ढाडमा छर्रा लागेको छ । क्याप्टेन प्रेमकुमार तामाङले गोली नियमित अभ्यासका क्रममा चलेको बताए ।

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46945


 
Posted on 07-27-05 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकुम्बासीका टहरा भत्काइयो
कास

राजविराज, साउन १२ - सातायता घोघनपुर-८ र ९ को पौडा खोलाकिनार बारघरेमा बस्दै आएका करिब दुई सय सुकुम्बासी परिवारको घरटहरा भत्काइएको छ ।
जिल्ला वन कार्यलय, प्रहरी, जिल्ला प्रशासनको संयुक्त टोलीले मंगलबार घर टहरा भत्काइ दिएको हो । प्रतिकार गर्ने मेगेन्द्र विश्वकर्मा र जितबहादुर विश्वकर्मालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । स्थानीय निखुरी हात्तीलेट समुदायिक वन उपभोक्ता समितिको उजुरीका आधारमा वनक्षेत्रमा बसोबास गरेको करिब ८५ घर भत्काइएको वन कार्यालयले जनाएको छ ।

 
Posted on 08-07-05 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशान्तकी पत्नी पनि खाल्डोमा ?
काठमाडौं । 'दाइ ? मेरो दर्ुइवटी छोरी छन्, मेरो बूढासमेत जीवित हुनुनुन्न' भन्दै ती महिला निकै बिलौना गर्दै रोइन्, जब उनीमाथि यहा? उल्लेख गर्न नसक्ने यौन व्यवहार भयो । तर पनि, उनको कुरा सुनिएन । ती महिलाको संवेदनशील अङ्गहरुमा करेन्ट लगाइयो । भन्नै नमिल्ने यौन दुर्व्यर्वहार र यस्तो कठोर यातना कमजोर शरीर भएकी एउटी महिलाले कसरी थेग्न सक्थिन् र -.... उनको प्राणपखेरु यस्तै यातनाकाबीच उड्यो । त्यसपछि ०६० पुस २ गते उनीसहित चारजना महिला माओवादीहरुको लाश काठमाडौंबाट उत्तरपश्चिमतिर पर्ने शिवपुरीको जङ्गलमा लगेर गाडियो ।
माथि उल्लेखित चरम यातना पाएर मृत्युवरण गर्न पुगेकी ती महिला थिइन्- दर्ुगा बिसंखे । अर्को एकजना साथीस?ग मंसीरमा चन्दा उठाउन गएका बेला 'चन्दादाता' बाट सुरक्षाफौजलाई खबर गरिएपछि पक्राउ परी मारिएकी दर्ुगामाथि यस्तो व्यवहार मोहनसमशेरबाट जफत गरी राष्ट्रियकरण गरिएको महाराजगञ्जस्थित लक्ष्मी निवासमा भएको थियो ।
चर्को यातनासहित मारिएका अन्य महिलाहरु थिए, गत पुसमा 'आत्मर्समर्पण' पछि सेनाको बलाजुस्थित १ नं. बाहिनीमा आत्महत्या गरेका साधुराम देवकोटा उर्फ'प्रशान्त' की जीवन संगिनी कौशीला पोखरेल र अर्की माओवादी कार्यकर्ता कला तिवारी । उनीहरु सबैको प्राणपखेरु उही स्थानमा उही मितिमा गएको थियो । कस्तो दुःखको कुरा ? यसरी अमानवीय तरिकाले जीवन गुमाएकी कलाका पिताले छ महिनाअगाडि नै आफ्नी छोरी तथा स?गै पक्राउ गरिएका ज्वाइ?को स्थिति पत्ता लगाउन श्री ५ मासमेत निवेदन दिएका थिए । तर, जनआस्थाको विश्वस्त स्रोतले उनीहरुको प्राणपखेरु कसरी उडेको थियो भन्ने विस्तृत विवरण दि?दै उनीहरु जीवित नरहेको दुःखद् जानकारी दिएको छ । सेनाको कब्जामा परेपछि यी सुश्री दुलालसहितका निरीह माओवादी चेलीहरुमाथि कस्तो दुर्व्यर्वहार भयो र कडा यातना दिइयो भन्ने कुरा हामी सभ्य समाजलाई सुनाउन सक्दैनौं ।
बेपत्ता पारिएका आफन्तजनको वास्तविक स्थिति पत्ता लगाउन कहिले मानवअधिकारवादी कहा? त कहिले सञ्चार माध्यमका कार्यालयहरुमा पुगेर सहयोगका लागि अनुरोध गर्ने परिवाजनहरु झिनो आशा राख्दै व्यारेकहरुमासमेत पुग्ने गर्थे । तर, उनीहरुलाई पक्र?दै नपक्रेको जवाफ सम्बन्धित निकायबाट पाउ?थे । पक्र?दै नपक्रेको जवाफ उनीहरुले किन पाउ?थे भन्ने कुराको रहस्य उनीहरुको यस्तो अमानवीय मृत्युस?गै उद्घाटित भएको छ ।
continue....
 
Posted on 08-07-05 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....यी चेलीहरुको यसप्रकारले प्राणान्त भएको समाचार दर्ुइ हप्ताअघि नै प्राप्त भएपछि जनआस्थाले थप जानकारीका लागि राष्ट्रिय मानवअधिकार आयोगमा सर्म्पर्क गरेको थियो । आयोगका अधिकृत अच्युत आचार्यले जानकारी दि?दै भन्नुभएको थियो- यीमध्ये कौशिला पोखरेलको हत्या भएको छैन, किनभने गत महिनामात्र हामीले सिंहदरबारस्थित गणमा उनलाई भेटेर तस्वीरसमेत खिचेका थियौं । तर, भोलिपल्टै आचार्यले त्यसलाई सच्याउ?दै भन्नुभयो- हामीले भेटेर फोटोसमेत खिची ल्याएकी बन्दी कौशिला पोखरेल हैन, कौशिला दाहाल रहिछन् ।'
पोखरेलको बारेमा जहिले सोद्धा पनि सुरक्षा निकायबाट आफ्नो हिरासतमा नरहेको जानकारी आउने गरेको जानकारी पनि आचार्यबाट पाइयो । कुनै पनि व्यक्तिको मृत्युको समाचार निकै गह्रुङ्गो हुन्छ । थुप्रै व्यक्तिहरु यसरी नै मारिएको खबर जनआस्था कार्यालयमा आइपुग्छन् । हामी हाम्रा विभिन्न स्रोेतहरुमार्फ् त्यसको पुष्टि भएपछि मात्रै विवरणसहित दिने गर्र्छौं । यस्तै मृत्यु -हत्या) को समाचार हामीले कृष्णसेन 'इच्छुक' र मैना सुनुवारको बारेमा दिएका थियौं, जुन समाचार असत्य सावित भएनन् । मैना सुनुवारको हत्याका बारेमा त सेनाले नै छानबिन गर्दैछ र कर्र्णोल बबी खत्रीसहित केही व्यक्तिलाई अभियुक्त ठहर गरी सैनिक हिरासतमा राखेको छ ।
जानकारी अनुसार, यी चारजना महिला माओवादी बन्दीहरु थुनामा रह?दा भैरवनाथ गणको गणपतिको रुपमा अहिले जुम्लास्थित चौबीस बाहिनीमा कार्यरत लेफि्टनेन्ट कर्र्णोल राजु बस्नेत थिए, जो त्यसलगत्तै संयुक्त राष्ट्रसंघअर्न्तर्गत शान्ति सेनाको रुपमा बुरुण्डीसमेत खटिएर गए । जुनबेला यी चार 'बेपत्ता' महिला माओवादी बन्दीहरुको ज्यान गयो, त्यसबेला उनी निकै तनावमा थिए, किनभने उनका दाजु किरणबहादुर बस्नेतको माओवादीले उस्तै क्रूर तरिकाले हत्या गरेका थिए । यससम्बन्धमा प्रतिक्रिया लिन सैनिक जनसर्म्पर्क निर्देशनालयमा सर्म्पर्क गर्दा सेनानी सुशील दाहालले अनभिज्ञता दर्शाउ?दै भन्नुभयो- केही समयअघि प्रशान्तकी पत्नीले पनि सुसाइड गरिन् भन्ने बजार हल्ला मैले पनि सुनेको हु? । वास्तविकता पत्ता लगाउन छाउनीलगायत सबै ठाउ?मा सोधखोज गर्दा उनलाई हामीले नियन्त्रणमशहा लिएको देखिएन ।
Taken from: Janashtha Weekly http://www.nepalnews.com.np/contents/nepaliweekly/janastha/2005/aug/aug03/mainnews.php#3

 
Posted on 08-08-05 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

juss have a look and compare the news.

SARAKARI News Taken from RNA Website: http://www.rna.mil.np/news.php?newsid=968&&lan=np
सुरक्षाफौजको कारवाहीमा २ (दुइ) आतंककारीको मृत्यु
मिति २०६२ श्रावण १८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीमा बझाङ्ग जिल्लाको भाँडेबगर इलाकामा १ तथा यही श्रावण १७ गते जाजरकोट जिल्लाको भेडेलेक इलाकामा आतंककारी समुहका कथित जनसरकार प्रमुख काली बहादुर वली "रमेश" उपनाम गरेका १ समेत गरी २ जना आतंककारी मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलहरुबाट डेटोनेटरहरु, पाइप बम तथा सकेट बमहरु, बिष्फोटक पदार्थ, बिद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, कम्ब्याट ड्रेसहरु एवं आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

Nepal Samachar Patra http://newsofnepal.com/ffstory.asp?sn=6213
सुरक्षाफौजद्धारा र्सवसाधारणको हत्या
जाजरकोटको खलंगामा गस्तीमा गएको सुरक्षाफौजको टोलीले जिल्लाको पुन्मा-५ भेरर्खर्क घर भएका एक र्सवसाधारणको निर्मम हत्या गरेको छ। सुरक्षाफौजले स्थानीय कालीबहादुर वलीलाई नियन्त्रणमा लिई हत्या गरेको थियो।घरमा भैंसी दुहिरहेको बेला उनलाई नियन्त्रणमा लिई घरनजिकैको जंगलमा गोली हानेर हत्या गरिएको आइतबार वीरेन्द्रनगर आइपुगेका मृतकका आफन्तले बताए।वलीलाई नियन्त्रणमा लिइसकेपछि सुरक्षाफौजले आंखामा पट्टी बांधी चरम यातना दिएको र हत्या गरिसकेपछि शव गाडेको ठाउंमा बम झुन्डयाइदिएकाले हत्याको तीन दिनपछि पनि परिवारले शव उठाउन नसकेको उनीहरुले बताए। यही साउन १८ गते सुरक्षाफौजले हत्या गरेको वलीलाई २० गते मात्र दोहोरो भिडन्तमा मारिएको भनी रेडियो नेपालले प्रचार गरेकोसमेत आफन्तले दुःखेसो गरे।
माओवादीको आशंकामा हत्या गरिएका वलीलाई माओवादीले जबर्जस्ती वडा जनसरकार प्रमुख बनाएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा आई आफूलाई माओवादीले जबर्जस्ती वजस प्रमुख बस्न दबाब दिएको जानकारी गराएका थिए। त्यसपछि उनलाई प्रहरीले घर फर्काइदिएको थियो। हत्यापछि वलीका श्रीमतीसहित चार बालबालिकाको अहिले बिचल्ली भएको छ।

 
Posted on 04-06-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from Janaastha Weekly
बलात्कारको मुखबाट बाहिरि“दा
विमसु bimasu2000@yahoo.com
बन्दीगृह, अर्थात् यातनागृहभित्रको दारुणिक कथा हो यो । हामी २१ औं शताब्दीमा प्रवेश गर्‍यौं भन्न पनि लाजलाग्दो छ यो कथा । मानवअधिकारको फत्तुर हा“क्ने सुरक्षाकर्मीभित्रका बलात्कारी झुण्डको अत्याचारको शिकार ममात्रै होइन, थुप्रै महिला मभन्दा बढी मात्रामा भइसक्नुभएको छ । तर, म निसंकोच आफूलाई प्रस्तुत गर्ने साहस राखेर यी पंक्तिहरुमा प्रकट भइरहेकी छु ।
झापाको धरमपुर गाविस वडा नं. ५ मा पर्छ मेरो घर । घरकी म एक्ली छोरी हु“, न दाजुभाइ छन्, न बुबा नै । सानैदेखि हो, मेरो व्यक्तिगत जीवन जटिलताबीच हर्ुर्किएको । ममा चेतनाको विकास भएस“गै मैले महिलामाथिको उत्पीडन भोगेकी हु“ । परिवारभित्रै छोरीमाथि अन्याय भएका घटनाहरुले मैले सबैलाई आफूजस्तै ठान्न थाले“ । सामाजिक र सांस्कृतिक क्रान्ति भन्ने कुरा नबुझ्दै हो, म त्यसप्रति निष्ठावान भएकी । उमेर का“चै छ“दा म परिवर्तनको सपना देख्थे“ । धरमपुरस्थित मंगलबारेमा रहेको श्री मोति माविमा अध्ययनरत छ“दा केही राजनीतिक चेतना हासिल गर्ने अवसर पाएकी थिए“ । मैले भोगेका सामाजिक विभेदलाई ०५२ सालदेखि सशस्त्र जनयुद्धमा ओर्लिएको नेकपा -माओवादी) ले मात्रै हल गर्नसक्छ भन्ने मेरो ठम्याई रह्यो । मालेमावादको विकासबाट सामाजिक र सा“स्कृतिक संरचनामा आमूल परिवर्तन आउ“छ भन्ने विश्वासका साथ म असंगठित रुपमै भएपनि माओवादी बन्न पुग“े । जतिबेला ममा मालेमावादको चेनता हावी भयो, म एसएलसी दिएर बसेकी थिए“ । लगत्तै उच्चशिक्षा अध्ययनको सिलसिलामा काठमाडौं आई रत्नराज्य क्याम्पसमा भर्ना भए“ । रमेश श्रेष्ठ, गीता अधिकारीलगायतका अखिल -क्रान्तिकारी) स“ग सम्बद्ध साथीहरुको सर्म्पर्कले मैले पनि संगठनमा काम गर्ने अवसर पाए“ । मुलुक र जनताका लागि जनयुद्ध एउटा महान अवसर हो भन्दै म त्यसमा होमिएकी हु“, यर्सथ जस्तै यातना र मृत्यु पनि स्वीकार गरेकी थिए“ ।
अखिल -क्रान्तिकारी) ले ०५८ साउन ४ मा बन्दको कार्यक्रम तय गरेको थियो । हामी प्रचारप्रसारको क्रममा रातदिन हि“ड्थ्यौं । विशेषतः विद्यालयहरु गएर औपचारिक पत्रसाथ हामी बन्द सफलताका लागि आग्रह गर्दथ्यौं । त्यसै सिलसिलामा साउन ३ गते भानु, भूपाललगायतका साथीहरुस“ग म पनि बन्द सफलताको आह्वान गर्दै अनामनगरको मिलन विद्या मन्दिरमा पुगेकी थिए“ । हामी त्यहा“ गयौं र आफ्नो अनुरोधपत्र त्यहा“का प्रधानाध्यापकलाई दियौं । वातावरण सौहादर््रपर्ूण्ा थियो, प्रधानाध्यापकले हाम्रो पत्र लिए । यसो हु“दा हामीले अनुमानसम्म गरेका थिएनौं कि हामी दुश्मनको घेरामा परेका छौं भन्ने कुराको । जब हामी स्कूलको गेटबाट बाहिरिदैं थियौं प्रहरीले सबैलाई च्याप-च्याप समातेर भ्यानमा हाल्न थाल्यो । त्यसबेलासम्म अखिल -क्रान्तिकारी) लाई राज्यले आतंककारी घोषित गरेको थिएन । यातना पनि कम दिन्छ भन्ने कुरा थुनिएर छुटी आएका साथीहरुले भन्थे । मलाई पनि त्यस्तै होलाजस्तो लागेको थियो । तर, स्थिति कल्पना गरेभन्दा निक्कै नै फरक रह्यो । हामीलाई अनामनगरमा समातेर सरासर हनुमानढोका लगियो । अनामनगरबाट हामी १२ जना समातिएका थियौं र त्योमध्ये महिला ममात्र थिए“ । लगेकै दिन राती मलाई प्रहरीहरुले घर पुर्‍याइदिन्छौं भनी खोरबाट निकाले । तर, घर पुर्‍याउलान् भनेका पुलिसहरुले मलाई घर लैजा“दैन थिए । कुनै कालकोठरी जस्तो ठाउ“मा पिसाबै पिसाबको गन्ध आउने भर्ूइंमा लगेर फ्या“किदिन्थे र भोलिपल्ट बिहान फेरि हनुमानढोका पुर्‍याउ“थे । रातभरि हात र खुट्टामा हत्कडी लगाइएको हुन्थ्यो । पिसाब लाग्दा 'सर, पिसाब फर्ेन जान्छु' भन्थे“ । 'पाइ“दैन' भन्दै मलाई उल्टै हप्काउ“थे । साह्रै जिद्धी गरेपछि उत्साहित हु“दै 'ल, पाइन्टको चेन हामी खोल्दिन्छौं, अनि पिसाब फेर्..' भन्थे । मैले नमान्दा 'त्यसोभए जेसुकै गर्' भन्थे । त्यसरी मैले कहिले पनि चेन खोलेर पिसाब फर्ेन पाइन“ र पाइन्टभित्रै पिसाब फर्ेन बाध्य थिए“ । म पाइन्टमै पिसाब फेरेर पूरै दर्ुगन्धित भएकी थिए“ । रोएर अनि चिच्याएर मानसिक रुपमा म अर्धचेतको अवस्थामा पुगेकी थिए“ । शरीरका विभिन्न भागमा उनीहरु हात हाल्ने प्रयत्न गर्थे, तर म चिच्याएर त्यसको प्रतिवाद गर्थें । नेताहरु भेटाइदे, नत्र बलात्कार गरिदिन्छौं पनि भन्थे । 'हामीले बलात्कार गरेर तेरो पेटमा ७-८ महिनाको बच्चा भएपछि छाडिदिन्छौं, अनि त्यसबेला त्यो कसको बच्चा भन्छेस्' भन्दै मलाई मानसिक तनाव दिइरहन्थे उनीहरुले । दिउ“सो हनुमानढोका पुर्‍याएपछि म सरसफाई गथर्ंर्ेे यसरी चरम शारीरिक र मानसिक यातनापछि सरकार-माओवादी वार्ताको क्रम शुरु भइरहेको थियो । पार्टर्ीी सबै आस्थाका बन्दीहरुको रिहाइको माग गर्‍यो र त्यहीअर्न्तर्गत मलगायतका धेरै साथीहरु यातनागृहबाट मुक्त भयौं ।
continues..>>>>
 
Posted on 04-06-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from Janaastha Weekly
बलात्कारको मुखबाट बाहिरि“दा
विमसु bimasu2000@yahoo.com
बन्दीगृह, अर्थात् यातनागृहभित्रको दारुणिक कथा हो यो । हामी २१ औं शताब्दीमा प्रवेश गर्‍यौं भन्न पनि लाजलाग्दो छ यो कथा । मानवअधिकारको फत्तुर हा“क्ने सुरक्षाकर्मीभित्रका बलात्कारी झुण्डको अत्याचारको शिकार ममात्रै होइन, थुप्रै महिला मभन्दा बढी मात्रामा भइसक्नुभएको छ । तर, म निसंकोच आफूलाई प्रस्तुत गर्ने साहस राखेर यी पंक्तिहरुमा प्रकट भइरहेकी छु ।
झापाको धरमपुर गाविस वडा नं. ५ मा पर्छ मेरो घर । घरकी म एक्ली छोरी हु“, न दाजुभाइ छन्, न बुबा नै । सानैदेखि हो, मेरो व्यक्तिगत जीवन जटिलताबीच हर्ुर्किएको । ममा चेतनाको विकास भएस“गै मैले महिलामाथिको उत्पीडन भोगेकी हु“ । परिवारभित्रै छोरीमाथि अन्याय भएका घटनाहरुले मैले सबैलाई आफूजस्तै ठान्न थाले“ । सामाजिक र सांस्कृतिक क्रान्ति भन्ने कुरा नबुझ्दै हो, म त्यसप्रति निष्ठावान भएकी । उमेर का“चै छ“दा म परिवर्तनको सपना देख्थे“ । धरमपुरस्थित मंगलबारेमा रहेको श्री मोति माविमा अध्ययनरत छ“दा केही राजनीतिक चेतना हासिल गर्ने अवसर पाएकी थिए“ । मैले भोगेका सामाजिक विभेदलाई ०५२ सालदेखि सशस्त्र जनयुद्धमा ओर्लिएको नेकपा -माओवादी) ले मात्रै हल गर्नसक्छ भन्ने मेरो ठम्याई रह्यो । मालेमावादको विकासबाट सामाजिक र सा“स्कृतिक संरचनामा आमूल परिवर्तन आउ“छ भन्ने विश्वासका साथ म असंगठित रुपमै भएपनि माओवादी बन्न पुग“े । जतिबेला ममा मालेमावादको चेनता हावी भयो, म एसएलसी दिएर बसेकी थिए“ । लगत्तै उच्चशिक्षा अध्ययनको सिलसिलामा काठमाडौं आई रत्नराज्य क्याम्पसमा भर्ना भए“ । रमेश श्रेष्ठ, गीता अधिकारीलगायतका अखिल -क्रान्तिकारी) स“ग सम्बद्ध साथीहरुको सर्म्पर्कले मैले पनि संगठनमा काम गर्ने अवसर पाए“ । मुलुक र जनताका लागि जनयुद्ध एउटा महान अवसर हो भन्दै म त्यसमा होमिएकी हु“, यर्सथ जस्तै यातना र मृत्यु पनि स्वीकार गरेकी थिए“ ।
अखिल -क्रान्तिकारी) ले ०५८ साउन ४ मा बन्दको कार्यक्रम तय गरेको थियो । हामी प्रचारप्रसारको क्रममा रातदिन हि“ड्थ्यौं । विशेषतः विद्यालयहरु गएर औपचारिक पत्रसाथ हामी बन्द सफलताका लागि आग्रह गर्दथ्यौं । त्यसै सिलसिलामा साउन ३ गते भानु, भूपाललगायतका साथीहरुस“ग म पनि बन्द सफलताको आह्वान गर्दै अनामनगरको मिलन विद्या मन्दिरमा पुगेकी थिए“ । हामी त्यहा“ गयौं र आफ्नो अनुरोधपत्र त्यहा“का प्रधानाध्यापकलाई दियौं । वातावरण सौहादर््रपर्ूण्ा थियो, प्रधानाध्यापकले हाम्रो पत्र लिए । यसो हु“दा हामीले अनुमानसम्म गरेका थिएनौं कि हामी दुश्मनको घेरामा परेका छौं भन्ने कुराको । जब हामी स्कूलको गेटबाट बाहिरिदैं थियौं प्रहरीले सबैलाई च्याप-च्याप समातेर भ्यानमा हाल्न थाल्यो । त्यसबेलासम्म अखिल -क्रान्तिकारी) लाई राज्यले आतंककारी घोषित गरेको थिएन । यातना पनि कम दिन्छ भन्ने कुरा थुनिएर छुटी आएका साथीहरुले भन्थे । मलाई पनि त्यस्तै होलाजस्तो लागेको थियो । तर, स्थिति कल्पना गरेभन्दा निक्कै नै फरक रह्यो । हामीलाई अनामनगरमा समातेर सरासर हनुमानढोका लगियो । अनामनगरबाट हामी १२ जना समातिएका थियौं र त्योमध्ये महिला ममात्र थिए“ । लगेकै दिन राती मलाई प्रहरीहरुले घर पुर्‍याइदिन्छौं भनी खोरबाट निकाले । तर, घर पुर्‍याउलान् भनेका पुलिसहरुले मलाई घर लैजा“दैन थिए । कुनै कालकोठरी जस्तो ठाउ“मा पिसाबै पिसाबको गन्ध आउने भर्ूइंमा लगेर फ्या“किदिन्थे र भोलिपल्ट बिहान फेरि हनुमानढोका पुर्‍याउ“थे । रातभरि हात र खुट्टामा हत्कडी लगाइएको हुन्थ्यो । पिसाब लाग्दा 'सर, पिसाब फर्ेन जान्छु' भन्थे“ । 'पाइ“दैन' भन्दै मलाई उल्टै हप्काउ“थे । साह्रै जिद्धी गरेपछि उत्साहित हु“दै 'ल, पाइन्टको चेन हामी खोल्दिन्छौं, अनि पिसाब फेर्..' भन्थे । मैले नमान्दा 'त्यसोभए जेसुकै गर्' भन्थे । त्यसरी मैले कहिले पनि चेन खोलेर पिसाब फर्ेन पाइन“ र पाइन्टभित्रै पिसाब फर्ेन बाध्य थिए“ । म पाइन्टमै पिसाब फेरेर पूरै दर्ुगन्धित भएकी थिए“ । रोएर अनि चिच्याएर मानसिक रुपमा म अर्धचेतको अवस्थामा पुगेकी थिए“ । शरीरका विभिन्न भागमा उनीहरु हात हाल्ने प्रयत्न गर्थे, तर म चिच्याएर त्यसको प्रतिवाद गर्थें । नेताहरु भेटाइदे, नत्र बलात्कार गरिदिन्छौं पनि भन्थे । 'हामीले बलात्कार गरेर तेरो पेटमा ७-८ महिनाको बच्चा भएपछि छाडिदिन्छौं, अनि त्यसबेला त्यो कसको बच्चा भन्छेस्' भन्दै मलाई मानसिक तनाव दिइरहन्थे उनीहरुले । दिउ“सो हनुमानढोका पुर्‍याएपछि म सरसफाई गथर्ंर्ेे यसरी चरम शारीरिक र मानसिक यातनापछि सरकार-माओवादी वार्ताको क्रम शुरु भइरहेको थियो । पार्टर्ीी सबै आस्थाका बन्दीहरुको रिहाइको माग गर्‍यो र त्यहीअर्न्तर्गत मलगायतका धेरै साथीहरु यातनागृहबाट मुक्त भयौं ।
continues..>>>>
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters