[Show all top banners]

hit.the.hot
Replies to this thread:

More by hit.the.hot
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 संसारलाई हँसाउने हरिबंश आँफै रूँदा...
[VIEWED 7507 TIMES]
SAVE! for ease of future access.
Posted on 04-25-11 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संसारलाई हँसाउने हरिबंश आँफै रूँदा :

Source: http://www.filmykhabar.com/index.php?page=news&news_id=3829


सुमन गैरे, काठमाण्डौ, २०६८ वैशाख ७, बुधवार

सारा संसारलाई हँसाउने बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य आज आँफै रोएका छन् । आफूलाई हँसाउने हरिबंश रोएको देख्दा आज सारा देशबासी पनि उनीसँगै रोएका छन् । आफ्नी धर्मपत्नी मिरा आचार्यको बुधबार निधन भएपछि उनका आँखाबाट दिनभरी नै आँशुका धारा बगेका थिए ।
 
मष्तिस्क पक्षघातका कारण ४६ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा बुधबार निधन भएपछि उनले अस्पतालमै श्रीमतीलाई दुलही झैं सिंगारेर चुरा पोते को साथमा अन्तिम सिन्दुर लगाई दिएका थिए । जब उनले श्रीमतीलाई सिन्दुर लगाई दिए त्यसपछि उनले आफ्नो मनलाई थाम्न सकेनन् र भक्कानिए । उनी रोएको देखेपछि हरिबंश कै लगानी रहेको सो मोडल अस्पतालमा  उपस्थित उनका शुभचिन्तकहरू पनि भक्कानिदै रोएका थिए ।
 
मिराको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिने क्रममा पनि हरिबंश निकै रोएका थिए । उनका साथमा दुई छोरा त्रिलोक र मोहित पनि बुवासँगै भावबिह्वल भएका थिए । पशुपति आर्यघाटमा अन्तिम श्रद्वाञ्जली दिन नेपाली सिनेमा क्षेत्रका चिरपरिचित अनुहार तथा राजनितिज्ञहरूको बाक्लो उपस्थिती थियो भने सयौं सर्वसाधारणहरूको पनि उपस्थिती रहेको थियो ।
 
आफ्नी श्रीमतीलाई निकै माया गर्ने हरिबंशले मिरासँग २०४० सालमा मागी विबाह गरेका थिए । केहि समय अगाडी एक पत्रिकालाई अर्न्तवार्ता दिने क्रममा उनले भनेका थिए, 'म हरेक दिन घरबाट निस्कने क्रममा एक पटक उनलाई किस गरेर निस्कन्छु ।' यसबाट के प्रष्ठ हुन्छ भने उनले श्रीमतीलाई आफूभन्दा पनि धेरै माया गर्थे । यसरी आफ्नो प्राण भन्दा प्यारो मान्छेलाई गुमाउनु पर्दा हरिबंशको मन कति रोयो होला त्यसको अनुमान सायदै कसैले लगाउन सक्दैन होला ।
 
हरेक पुरूषको सफलताको पछाडी स्त्रीको हात हुन्छ भने झैं हरिबंश सफल हुनुको पछाडी उनकी धर्मपत्नी मिराको पनि ठूलो हात थियो रे । तर दैबको खेल नै अचम्मको छ । जस्ले धेरै माया गर्छ त्यसलाई नै दैबले खोसेर लैजान्छ । आज हरिबंशको जीवनमा त्यस्तै भएको छ । आज हरिबंशले आफूलाई माया गर्ने श्रीमती गुमाउनु परेपनि उनलाई र उनको कलाकारितालाई माया गर्ने धेरै नेपालीको मायामा कहिल्यै कमी नआओस् भन्दै यस दुःखद घडीमा दिबंगत हुनुभएकी मीराको आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डटकम परिवार शोक सन्तप्त हरिवंश आचार्य र सिंगो परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछ ।
 
Posted on 04-26-11 4:43 PM     [Snapshot: 941]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कालमहिमा कबिता पढेका छौ ? तेही हो , कुन दिन आफ्नै नाम पनि अरुले पड्लान !!!!!!!!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters