नांगिएर नानाभाँती
[Disallowed String for - ] type="text/javascript">
[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
प्राकृतिक अवस्थामा रम्न रुचाउने बेलायतीहरूले वेल्सनजिकको टापु
‘फ्लाट होम’लाई आफ्नो गन्तव्य बनाएर सर्वांग नांगिई दिन व्यतित गरेका छन् ।
त्यहाँ सबै उमेर समूहका ४४ जना महिला र पुरुषलाई लगिएको थियो । ‘फ्लाट होम
सोसाइटी’ र ‘बि्रटिस नेचरिज्म’को संयुक्त आयोजनामा लगिएका तिनलाई टापुमा
पुग्नेबित्तिकै लुगा फुकाल्न लगाइएको थियो ।
यात्रुहरूले नांगै अवस्थामा टापुको इतिहास, वन्यजन्तु र दुर्लभ
प्राणीबारे जानकारी हासिल गरेका थिए । यसका निम्ति उनीहरू टापुको
कुना-कुनासम्म पुगेका थिए । उनीहरूले त्यहाँ राखिएको सय फुट अग्लो टावर
चढेर समुद्रमा तैरिरहेका पानीजहाजको अवलोकन गरेका थिए । आयोजक एन्डि्रया र
फिल गि्रफिटका अनुसार रेडियोको आविष्कार गर्ने वैज्ञानिक मार्कोनीले सन्
१८९७ मा यसै टापुबाट रेडियो परीक्षण प्रसारण सुरु गरेका थिए ।