ज्ञानेन्द्रलाई ढोग्दा ढोग्दा निधारै चिरियो, आशीर्वाद नपाउँदा चित्त फाटिगो ।
जे त पर्ला भनी गयौं माओवादी शरण, ल्यायो उसले गणतन्त्र एकै क्षणमा ।
खसम पनि फेरिए राजनीति नै फेरियो, सत्ता पाउन चुनाव पनि लड्नैपर्ने भो ।
कोटेश्वर र गौरबाट चुनावै लडियो, अचम्मै भो माइतीराजा नाकै काटियो ।
आफूमात्र हैन हरे पल्टनै हारेको, एकबारको जुनीमा जिउँदै मरेको ।
उनको सुखद गीत यस्तो छः
चुनावै हारेर बसिराको घरमा, हाम्रै सुदले उक्साए पलपलमा ।
माइतीको मन राख्न कछाडै फालेर, कटवालको घुँडो समाई सिंहदरबार ।
धन्य मेरा बाबाआमा धन्य मेरा माइती, हरूवालाई प्रधानमन्त्री तिम्रो पिरती ।
गार्हो पर्यो सार्है बाबा यो कुर्सीलाई जोगाउन, सकिन है मैले आमा संसद् चलाउन ।
केही न केही गर्नुपर्यो राकेसलाई भनिदेऊ, संविधान लेख्ने हैन कुर्सी जोगाइदेऊ ।
माओवादी जितुवा आन्दोलनमा गाको छ, हरूवाको सत्ता भनी खिसी गर्दछ ।
चुनाव् जित्ने सबैजना सडकैमा पुगेका, हरूवा भै हाम्ले सबै सत्ता चुडेका ।
हतियार चाहियो फेरि माओवादी दबाउन, कुन कुन नदी चाहियो बरू बोली माग न