पाल्पा, पुस ७ - विभिन्न क्याम्पसमा अध्यापनरत भारतीय मूलका प्राध्यापकले स्थायी माग गर्दै आन्दोलन थालेका छन् ।
लामो समयसम्म अस्थायी रूपमै काम गनर्ुपरेपछि आन्दोलनमा उत्रनुपरेको प्राध्यापक देवेशकुमार उपाध्यायले बताए । उनका अनुसार नेपालमा ३२ वर्षदेखि पढाउँदै आएका प्राध्यापकसमेत अस्थायी छन् ।
स्थानीय त्रिभुवन बहुमुखीलगायत मुलुकका २२ जिल्लामा सयभन्दा बढी भारतीय मूलका प्राध्यापक कार्यरत छन् ।
यसअघि भारतले नेपाललाई प्राध्यापक स्थायीका लागि आग्रह गरेको थियो । प्रक्रिया पुर्याएर स्थायी गर्ने आश्वासन दिए पनि पूरा नगरेको प्राध्यापक उपाध्यायले बताए । 'एकअर्कोमा दोष थुपारेर विश्वविद्यालयले काममा ढिलाइ गरेको छ,' उनले भने ।
प्राध्यापकहरूले रक्षामन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।