पालो बिनै हुलिन्छन खेतै-खेत,
आश्सनका बाढीहरु |
दौडिन्छन नयाँ उमार्छु भन्दै,
खल्यानै -खल्यान
बिकासे रे यि बालीहरु ||
रङगिन बादलहरु, ढाकिएर आकाश
अस्पष्ट झै छन, उज्याला ति ताराहरु|
बन्द चुकुलहरु, अपहरण परेर
उत्तेजित रातहरुमाझ
शोककुल झै छन, यि गामहरु ||
पालो बिनै हुलिन्छन खेतै-खेत
........
नौरङग फुस्रा अनुहारहरु पोतिएर
उभिरहन्छन ठिङग, विवस भित्ताहरु
|
चन्द्र निल्ने अजिङगरको
मन्चन गर्दैछन, नाटकहरु ||
पालो बिनै हुलिन्छन खेतै-खेत
.......
त्यसैले विन्ती,
नआउ अझै, फाटेका जिजिविषा उधार्न
|
अनि अनुरोध छ,
नबिथोल नौलो क्षितिज हेर्ने,
यि संकल्पहरु ||
पालो बिना हुलिन्छन खेतै-खेत
.......
***********************************************
सुझाव एवं
सल्लाह स्वागत छ |
आशक्त